राजनीति

    Showing 8,531-8,540 of 10,447 items.
  • एमसीसीको विरुद्धमा ८ दलले आज देशभर विरोध प्रदर्शन गर्ने

    काठमाडौं/ एमसीसीको विरुद्धमा ८ दलले आज (शुक्रबार ) पनि देशभर विरोध प्रदर्शन गर्ने भएको छ । राष्ट्रघाती एमसीसी सम्झौता विरुद्ध आन्दोलनरत ६ कम्युनिष्ट पार्टी र २ मोर्चाको बिहिबार नेकपाको केन्द्रीय कार्यलय बुद्धनगरमा बसेकोले यस्तो निर्णय गरेको हो ।यहि फागुन ४ गतेको आन्दोलनका क्रममा घाइते भएकाको सम्पूर्ण उपचार निःशुल्क गर्न र आन्दोलनका क्रममा गिरफ्तारगरि हाल हिरासतमा राखिएका मंगल तामाङलाई बिनाशर्त तुरुन्त रिहा गर्न आन्दोलनरत ८ दलले संयुक्त रुपमा निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।त्यस्तै,काठमाडौंको बानेश्वरमा ८ दलले शुक्रबार मध्याह्न १२ बजे संयुक्त विरोध प्रदर्शन गर्ने विज्ञप्तिमा उल्लेख गरिएको

    • प्रकाशित मितिः फागुन ६, २०७८
    • 166 पटक पढिएको
  • ओलीसहित एमाले नेताहरुमाथि अख्तियारमा उजुरी

    काठमाडौं / नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले एमाले अध्यक्ष केपी ओलीसहित एमालेका पाँच नेताविरुद्ध अख्तियारमा उजुरी दर्ता गराएको छ ।विहीबार अनेरास्ववियुले झापा जिल्लास्थित गिरीबन्धु टी–स्टेटको नाममा विर्तामोड र अर्जुनधारामा रहेको कबिर ३०० विघा सट्टापट्टा गर्न पाउने गरी ऐन संशोधन गरेको भन्दै तत्कालीन प्रधानमन्त्री केपी ओली र तत्कालीन भूमिव्यवस्थामन्त्री पद्मा अर्यालविरुद्ध उजुरी दर्ता गरेको हो ।त्यस्तै स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमिता भएको भन्दै सीसीएमसीका तत्कालीन संयोजक इश्वर पोखरेल र स्वास्थ्य मन्त्री भानुभक्त ढकालविरुद्ध पनि उजुरी दर्ता गरिएको अनेरास्वविय

    • प्रकाशित मितिः फागुन ५, २०७८
    • 119 पटक पढिएको
  • कांग्रेसका १६ जिल्लाको अधिवेशन दुई दिन सर्‍यो

    काठमाडौं  / नेपाली कांग्रेसको अधिवेशन हुन बाँकी १६ जिल्लामा फागुन १५ गते चुनाव हुने भएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिले बिहीबार यसअघि फागुन १३ गते गर्ने भनिएको अधिवेशन दुई दिनपछि गर्ने निर्णय गरेको हो।निर्वाचन समितिका सचिव केशव रिजालले नेपाल बारको सम्मेलन चलिरहेको, १३ गते महेन्द्रनारायण निधिको जन्मजयन्ती परेकाले अधिवेशन दुई दिन पर सारिएको बताएका छन् । उनका अनुसार अधिवेशन हुन बाँकी वडा र पालिकाको चुनाव फागुन १० गतेसम्म गरिसक्ने निर्णय पनि भएको छ।मधेश प्रदेशका ८ जिल्लासँगै सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाममा कांग्रेसको जिल्ला कार्यसमिति चयन गर्न

    • प्रकाशित मितिः फागुन ५, २०७८
    • 90 पटक पढिएको
  • स्थानीय चुनावको लागि आजबाट दल दर्ता खुल्यो

    काठमाडौं / आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आजबाट दल दर्ता खुला भएको छ । निर्वाचन आयोगले सूचना प्रकाशन गरी निर्वाचनमा भाग लिनका लागि आजदेखि दल दर्ता गर्न आह्वान गरेको हो ।आयोगले जारी गरेको सूचना अनुसार आजबाट फागुन १५ गतेसम्म कार्यालय समयमा दल दर्ताको निवेदन दिन सकिनेछ । दल दर्ताका लागि सार्वजनिक बिदाका दिन पनि कार्यालय खुल्ने आयोगले जनाएको छ ।दल दर्ताका लागि निवेदन दिंदा दलको विधान, घोषणापत्र, नियमावली, झण्डा र चिन्हको नमूना, कम्तीमा २१ सदस्य केन्द्रीय समितिको व्यवस्था तथा अघिल्लो वर्षको लेखापरीक्षण प्रतिवेदनलगायत कागजात तथा विवरण पेस गर्नुपर्ने छ ।

    • प्रकाशित मितिः फागुन ५, २०७८
    • 134 पटक पढिएको
  • मन्त्रिपरिषदको बैठक २ बजे बस्दै, एमसीसी सदनमा पेस गर्नेबारे निर्णय गर्ने

    काठमाडौं / एमसीसी सम्झौता अनुमोदनका लागि सदनमा लैजाने निर्णय गर्न आज( बिहिवार) मन्त्रिपरिषदको बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजेपछि बस्ने मन्त्रिपरिषद बैठकले एमसीसी सम्झौता संसदमा अनुमोदनका लागि लैजान विषयमा निर्णय गर्ने बुझिएको हो ।बुधबार प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज दिउँसो ३ बजे सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्ने सहमति भएको थियो । तर, त्यो भन्दा पहिला मन्त्रिपरिषदको बैठक बस्ने भनि प्रधानमन्त्री देउवाले समय मागेपछि सत्तारुढ दलका शीर्ष नेताको बैठक ५ बजेका लागि सारिएको छ ।

    • प्रकाशित मितिः फागुन ५, २०७८
    • 99 पटक पढिएको
  • बिर्तामोडमा सी एफ एन कफन पूर्वाञ्चल डिभिजन कार्यलय उद्घाटन

    झापा / बिर्तामोडमा सी एफ एन कफन पूर्वाञ्चल डिभिजन कार्यलयको उद्घाटन गरिएको छ । राजसंस्था, साम्यवाद र नेपाल एकीकरण जस्ता नाराका साथमा अगि बढेको विद्रोही सङ्गठनले अहिलेका दर्ता गरेका गणतान्त्रिक पार्टी मासेर   एक दलीय कफन राज्य सत्ताले राजा घोषण गर्ने छ र राजाले चुनाब आव्हान गरे पछि मात्र संगठन दर्ता गर्ने कफन पूर्वाञ्चल डिभिजनमा प्रमुख बृज किशोर ठाकुरले बताए । बुधबार सम्पन्न कार्यक्रममा सङ्गठनकी   मेची अञ्चलकी संयोजक लिला राईले स्वागत गरेकी थिइन । कोसी अञ्चल संयोजक गणेश दाहालले सञ्चालन गरेको कार्यक्रममा १५० मनिसको सहभागिता रहेको थियो । 

    • प्रकाशित मितिः फागुन ५, २०७८
    • 301 पटक पढिएको
  • सत्तारुढ गठबन्धन दलको बैठक ५ बजेलाई सारियो

    काठमाडौं / सत्तारुढ गठबन्धन दलको ३ बजे बस्ने भनिएको गठबन्धनको बैठक ५ बजेलाई सारिएको छ ।बिहीबार (आज) बिहान नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेबहादुर देउवा र नेकपा माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । एमसीसीबारे निर्णय लिन सत्तारुढ गठबन्धनको बैठक बस्नुअघि दुई नेताबीच छलफल भएको हो । बिहानको भेटमा दुई नेता आ–आफ्नो अडानमा कायम रहेकाले कुनै सहमति हुन नसकेको बालुवाटार स्रोतले जनाएको छ । प्रधानमन्त्री देउवा आगामी प्रतिनिधि सभाको बैठकमा एमसीसी टेबल गर्न चाहन्छन् भने प्रचण्ड सहमति कायम गरेरमात्र अगाडि बढाउने अडानमा छन् । प्रधानमन्त्रीले जबरजस्ती एमसीसी

    • प्रकाशित मितिः फागुन ५, २०७८
    • 105 पटक पढिएको
  • एमसीसी विरुद्ध बिर्तामोडमा विरोध प्रदर्शन

    बिर्तामोड / वाइसिएल झापा र  अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले एमसीसी विरुद्ध आज बिर्तामोडमा विरोध प्रदर्शन गरेका छन् ।  यथास्थितिमा एमसीसी टेबल गर्ने राष्ट्रघाती कदम विरुद्ध वाईसीएल र अनेरास्ववियु (क्रान्तिकारी) ले प्रदर्शन गरेको वाइसिएल झापा इन्चार्ज कुमार आचार्यले बताएका हुन् । प्लेकार्डसहित बिर्तामोडमा भेला भएका विद्यार्थी र बाइसिएलका नेता तथा कार्यकर्ताले नारासहित मुक्तिचोकमा र्याली गरेका थिए । उनीहरूले एमसीसी खारेज गर, अमेरिकी साम्राज्यवाद मुर्दावाद, एमसीसी चाइदैन, देश बेच्न पाइदैन, लगायतका नारासहित बिर्तामोड मुक्तिचोकको

    • प्रकाशित मितिः फागुन ४, २०७८
    • 377 पटक पढिएको
  • गठबन्धनका शीर्ष नेताको बैठक भोलि बस्ने

    काठमाडौं /प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको भेटवार्ता सकिएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटमा उनीहरुबीच बिहीबार अपराह्न ३ बजे सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बस्ने सहमति भएको अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् ।

    • प्रकाशित मितिः फागुन ४, २०७८
    • 101 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.