राजनीति

    Showing 8,561-8,570 of 9,670 items.
  • माओवादी केन्द्रको बैठक बस्दै, आज मन्त्रीको नाम टुङ्गो लगाउने

    बिर्तामोड / सत्तारुढ नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ ।आज (बुधबार) दिउँसो १ बजे बोलाइएको बैठकले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लगाउने जनाइएको छ ।यसअघि पनि मन्त्रीको टुङ्गो लगाउने जिम्मा अध्यक्ष पुष्पकमल दाहाललाई दिइएकाले आज पनि सोही निर्णय कायमै रहन सक्ने सम्भावना रहेको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए । माओवादी केन्द्रले अर्थ र ऊर्जा मन्त्रालय लिइसकेको छ भने अब शिक्षा, श्रम र भूमिसुधार मन्त्रालय पाउने छ ।लामो समयपछि हिजो सत्ता गठबन्धन दलहरूले मन्त्रालय बाँडफाँडमा सहमति कायम गरेका हुन् । अढाइ महिना बितिसक्दा पनि सरकारले पूर्णता पाउन नसकेका बेला स

    • प्रकाशित मितिः असोज २०, २०७८
    • 188 पटक पढिएको
  • आज विश्वासको मत लिँदै मुख्यमन्त्री राउत

    जनकपुरधाम / प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सभाको बैठक बोलाएका छन् । उनले विश्वासको मत लिनका लागि बुधबार बिहान ११ बजे प्रदेश सभाको बैठक बोलाएका हुन् । बैठकमा मुख्यमन्त्री राउतले विश्वासको मत लिने कार्यक्रम रहेको छ । सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) फुटेपछि संविधान अनुसार उनले विश्वासको मत लिन लागेका हुन् ।मुख्यमन्त्री राउतले विश्वासको मत पाउने निश्चित छ । सत्तारुढ जसपाका ३९, नेपाली कांग्रेसका १९, नेकपा एकीकृत समाजवादीका १३ र नेकपा माओवादी केन्द्रका ८ जना गरी ७९ जना सांसदले मुख्यमन्त्रीलाई विश्वासको मत दिने भएका छन् ।प्रदेश २ का कुल १०७ सांसदमध्ये माओवादी केन्द्रले ती

    • प्रकाशित मितिः असोज २०, २०७८
    • 125 पटक पढिएको
  • कांग्रेसकाे टोली भाजपाको निमन्त्रणामा भारत जाँदै

    बिर्तामोड / सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसको एक टोली बिहीबार भारत जाने भएको छ । भारतीय जनता पार्टी (बिजेपी) को निमन्त्रणामा कांग्रेसको टोली भारत जाने भएको हो । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतको नेतृत्वमा नेता उदय शमशेर राणा र अजय चौरसिया बिहीबार भारत जाने भएका हुन् । नेता राणाले भाजपाको निम्तोमा जान लागेको र भ्रमण दुई पार्टीबीचको सम्बन्ध विस्तारमा केन्द्रित रहने बताएका छन् ।प्रधानमन्त्री शेरबहादुर देउवा भारतसँगको सम्बन्ध सुधारमा केन्द्रित देखिन्छन् । यसै सिलसिलामा कांग्रेस टोली भारत जान लागेको हो । मन्त्रिपरिषद् विस्तारसँगै देउवाको भारत भ्रमण मितिसमेत तय हुने बताइएको छ ।प

    • प्रकाशित मितिः असोज २०, २०७८
    • 115 पटक पढिएको
  • संसद्मा ‘कालो धन चाहिँदैन, देश लुट्न पाइँदैन’ भन्दै एमालेको नाराबाजी

    बिर्तामोड / नेकपा एमालेका सांसदहरुले संसद्मा कालो धन चाहिँदैन, देश लुट्न पाइँदैन भन्दै नारा लगाएको छ । आज (मंगलबार) प्रतिनिधिसभाको वेल घेराउ गर्दै एमालेका सांसदहरुले ३ वर्ष भन्दा अघिको सम्पत्तिमा आयकर र मूल्य अभिवृद्धि कर मिनाहा गर्ने गरी बजेटमा गरिएको व्यवस्थाको विरोधमा सो नारा लगाएका हुन् । सरकारले बजेटमार्फत चिकित्सक, कलाकार, पत्रकार, खेलाडी, इन्जिनियर, कानुन व्यवसायी, लेखापरीक्षक लेखापढी व्यवसायी, परामर्श अभिकर्ता तथा मध्यस्थकर्ता, सेवा प्रदायकलगायत प्राकृतिक व्यक्तिले पछिल्लो ३ वर्षको आयकर आगामी फागुन मसान्तभित्र बुझाएमा सो भन्दा अगाडिको आयमा लाग्ने आयकर तथा मूल्य अभिवृद्धि

    • प्रकाशित मितिः असोज १९, २०७८
    • 119 पटक पढिएको
  • ‘विधान महाधिवेशनले सुदृढ र भावनात्मक एकताका लागि सन्देश दियो’

    बिर्तामोड  / नेकपा (एमाले) का सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले  पार्टीको प्रथम विधान महाधिवेशनले सुदृढ र भावनात्मक एकताका लागि सन्देश दिएको बताएका छन् ।गत असोज १५ देखि १७ गतेसम्म ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनमा ताप्लेजुङबाट सहभागी प्रतिनिधिका लागि आज आयोजित चियापान कार्यक्रममा सो कुरा बताएका हुन् । भट्टराईले भने, –‘महाधिवेशनको समापनका अवसरमा अध्यक्ष केपी शर्मा ओलीले एकताबद्ध भई पार्टीलाई सक्रिय बनाउन गरेको घोषणा सकारात्मक भएको छ ।’महाधिवेशनको सन्देशलाई जिल्ला र स्थानीय तहसम्म पुर्‍याउन भट्टराईले सहभागी जनप्रतिनिधिहरू सबैलाई आग्रह समेत गरेका छन् । 

    • प्रकाशित मितिः असोज १९, २०७८
    • 98 पटक पढिएको
  • प्रतिनिधिसभा बैठक आज बस्दै

    काठमाडौँ / संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज मंगलबार बस्‍दै छ । संघीय संसद सचिवालयको अनुसार बैठक दिउँसो १ बजे बस्ने छ ।मंगलबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन, २०७६-७७ पेश गर्ने सम्भावित कार्यसूची छ ।

    • प्रकाशित मितिः असोज १९, २०७८
    • 103 पटक पढिएको
  • मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीशलाई जोड्नु असान्दर्भिक : सर्वोच्च अदालत

    बिर्तामोड / सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मन्त्रिपरिषद् विस्तारमा असान्दर्भिक रुपमा जोडिएको बताएको छ ।सर्वोच्च अदालतले सोमबार विज्ञप्ति जारी गरी प्रधानन्यायाधीशलाई असान्दर्भिक रुपमा जोडेर अतिरञ्जित गरिएको बताएको हो ।आइतबार साँझ र सोमबार केही सञ्चारमाध्यमले प्रधानन्यायाधीशको कोटाबाट दीपक तिमिल्सिना मन्त्री बन्न लागेको समाचार प्रकाशित गरेका थिए । सोही समाचारको खण्डन गर्दै अदालतले यसप्रति ध्यानाकर्षण भएको र समाचार मिथ्या भएको दावी गरेको छ ।

    • प्रकाशित मितिः असोज १८, २०७८
    • 105 पटक पढिएको
  • कांग्रेस कालिकोट सभापतिमा शाही निर्वाचित

    कालिकोट / नेपाली कांग्रेस कालिकोट जिल्ला सभापतिमा अम्बबहादुर शाही निर्वाचित भएका छन्। जिल्ला सभापति र सिंगो कार्यसमिति नै सर्वसम्मत रूपमा चयन गरिएको कांग्रेसले जनाएको छ।कांग्रेस नेता भूपेन्द्रजंग शाहीका अनुसार कालिकोटका ८२ वडा, ९ पालिका र २ प्रदेश सभा क्षेत्रमा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरिएको छ। उनी वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट हुन्।प्रदेश सभा क्षेत्रीय सभापति भने नन्दबहादुर सिंह र आनन्दकुमार शाही चयन भएका थिए।

    • प्रकाशित मितिः असोज १८, २०७८
    • 121 पटक पढिएको
  • राजकुमार लेखी एमाले प्रवेश

    काठमाण्डौ / लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरेका राजकुमार लेखी नेकपा (एमाले) प्रवेश गरेका छन् । नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष समेत रहेका लेखी गोदावरीमा जारी विधान महाधिवेशनको अन्तिम दिन एमाले प्रवेश गरेका हुन् ।पहिलो संविधानसभा विघटन भएपछि एमाले छाडेका लेखीले आफ्नै नेतृत्वमा नेपाल नागरिक पार्टी गठन गरेका थिए । त्यसपछि उनले राजेन्द्र महतोको सद्भावना पार्टीसँग एकता गरेका थिए ।पछिल्लो समय जनता समाजवादी पार्टी विभाजित हुँदा उनी महन्थ ठाकुर पक्षमा लागेका थिए । त्यस्तै एमाले प्रवेश गर्नुअघि उनले लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेका थिए । 

    • प्रकाशित मितिः असोज १७, २०७८
    • 113 पटक पढिएको
  • एमालेमा ७० वर्ष वर्ष उमेर हद लागू !

    बिर्तामोड / प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको जारी प्रथम विधान महाधिवेशनले ७० वर्ष उमेर पूरा नभएसम्म पार्टीको उम्मेदवार बन्न पाउने व्यवस्था अघि सारेको छ । ७० वर्ष उमेर हदको सुझावप्रति जवाफ दिँदै उपमहासचिव विष्णुप्रसाद पौडेलले यदि कार्यकाल अवधिमा ७० वर्ष पूरा भयो भने उसले आफ्नो जिम्मेवारीमा रहेर कार्य गर्न पाउने व्यवस्था रहने बताए ।यसैगरी, एमालेमा एक कार्यकारी व्यक्ति दुई कार्यकालसम्म नेतृत्व गर्ने व्यवस्था रहने भएको छ । शुक्रबारदेखि जारी विधान महाधिवेशनमा विधान संशोधन सम्बन्धी प्रतिवेदनमाथि जवाफ दिँदै एक व्यक्ति दुई कार्यकालको व्यवस्थालाई पार्टीमा थप महत्वका साथ कार्यान्वयन गरिने बताए ।म

    • प्रकाशित मितिः असोज १७, २०७८
    • 132 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.