राजनीति

    Showing 8,631-8,640 of 10,447 items.
  • मधेस प्रदेशसभामा रिक्त तीन समितिमा माघ २४ गते उम्मेदवारी दर्ता हुने

    धनुषा / मधेस प्रदेशको प्रदेशसभामा रिक्त समिति सभापतिहरू चयनका लागि माघ २४ मा प्रदेशसभा उम्मेदवारी दर्ता हुने भएको छ । प्रदेशसभामा लामो समयदेखि रिक्त रहेका विभिन्न विषयगत समितिहरूको सभापति चयन प्रक्रिया सुरु गरिन लागेको हो ।प्रदेशसभा सचिवालयका सचिव रञ्जित कुमार यादवले प्रदेशसभा अन्तर्गतको रिक्त सार्वजनिक लेखा समिति, प्राकृतिक श्रोत तथा वातावरण समिति र कृषि तथा भूमि व्यवस्था समितिको रिक्त रहेको पद सभापति चयन प्रक्रियाका सूचना जारी गरेका छन्  । सूचनामा विषयगत संसदीय समितिहरू सभापतिका लागि उम्मेदवारी दर्ता गराउन सचिवालयले आह्वान गरिएको छ ।जारी गरिएको सूचनामा प्रदेशसभा कार्य सञ्चालन नियमावली २

    • प्रकाशित मितिः माघ १९, २०७८
    • 95 पटक पढिएको
  • माघ १९ गते लाई ‘कालो दिन’का रुपमा स्मरण गरिँदै

    काठमाडौँ  / आज माघ १९ अर्थात् तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासकीय महत्वाकांक्षाले शासन हातमा लिएको दिन । यो दिनलाई नेपालको प्रजातान्त्रिक आन्दोलनमा कालो दिनको रुपमा लिने गरिएको छ ।२०६१ साल माघ १९ गते प्रजातान्त्रिक व्यवस्थालाई क्रियाशील तुल्याउने भन्दै पूर्वराजा शाहले शाही सम्बोधन मार्फत शासनसत्ता आफ्नो नियन्त्रणमा लिएका थिए ।पूर्वराजा शाहले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्थ गरी आफ्नै अध्यक्षतामा मन्त्रिमण्डल गठन गरेका थिए । १७ वर्षपछि अहिले उनै देउवाले सरकारको नेतृत्व गरिरहेका छन् ।दरबार हत्याकाण्ड लगत्तै राजा बन्न पुगेका शाहले मुलुकमा राजनीतिक अधिकार, मानवअधिकार तथा प्

    • प्रकाशित मितिः माघ १९, २०७८
    • 103 पटक पढिएको
  • एमाले सचिवालय बैठक आज दिउँसो बस्दै

    काठमाडौं / प्रमुख प्रतिपक्षी नेकपा एमालेले सचिवालयको आज दिउँसो १ बजे बैठक बोलाएको छ । स्थानिय तहको निर्वाचन जेठमा हुने भएलगत्तै पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माणलगायत विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।बैठक भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बस्ने जनाइएको छ ।

    • प्रकाशित मितिः माघ १९, २०७८
    • 64 पटक पढिएको
  • सोनाम ल्होसारका अवसरमा सुख, शान्ति र समृद्धिको शुभकामना : राष्ट्रपति भण्डारी

    काठमाडौँ  / राष्ट्रपति विद्यादेवी भण्डारीले तामाङ समुदायको पर्व सोनाम ल्होसारका अवसरमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना दिएकी छिन ।मुलुकका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिले समेत आआफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएको पाइन्छ । राष्ट्रपति भण्डारीले यस प्रकारका चाडपर्वले हाम्रो मौलिक सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्दै मौलिक पहिचान अभिवृद्धि गर्नसमेत सहयोग पुर्याइरहेको बताइन ।“बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम लोसारजस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता

    • प्रकाशित मितिः माघ १९, २०७८
    • 92 पटक पढिएको
  • आज नेकपा एमाले केन्द्रीय सचिवालय बैठक बस्दै

    काठमाडौं / नेकपा (एमाले), केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ । बैठक भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा दिउसो १ बजे बस्न लागेको हो ।आजको बैठकमा स्थानीय निर्वाचनको तयारी, पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माण, विभागहरू गठन, प्रदेश, जिल्ला र जनसंगठनका अधिवेशनलगायतका विषयमा छलफल हुने कार्यसूची रहेको नेता विष्णु रिजालले जानकारी दिएका छन ।

    • प्रकाशित मितिः माघ १९, २०७८
    • 93 पटक पढिएको
  • एमाले सांसदको ठगी प्रकरण : ४० करोड लगानीका कारण सङ्कटमा प्रभु बैंक

     बिर्तामोड/ राजनीतिक संरक्षणमा सर्वसाधारणको अर्बौ रुपैयाँ ठगी गरेका एमालेका पूर्व सांसद एवं सिभिल समूहका अध्यक्ष इच्छाराज तामाङसँगको शंकास्पद सम्बन्धका कारण देशको ठूलो वाणिज्य बैंक प्रभु बैंक पनि अनुसन्धानको घेरामा तानिएको छ ।एमाले सत्ताच्युत भएसँगै कानुनी कारवाहीमा तानिएका तामाङ यतिबेला अदालतको आदेशमा पुर्पक्षका क्रममा थुनामा रहेका छन् । तामाङका विषयमा सम्पत्ति शुद्धिकरण विभागले समेत अनुसन्धान गरिरहेको छ ।विभागको अनुसन्धानका क्रममा ठगीमा संलग्न तामाङलाई प्रभु बैंकले ४० करोड रुपैयाँ लगानी गरेको र सो लगानीका लागि देखाइएको जमिन मालपोतको अभिलेखमा नदेखिएकाले बैंक समेत सङ्कटमा फस्ने भएको छ ।ता

    • प्रकाशित मितिः माघ १८, २०७८
    • 150 पटक पढिएको
  • हट्यो संसदको अवरोध : सत्तारुढ दल र एमालेबीच ७ बुँदै सम्झौता

    बिर्तामोड / संसद् अवरोध खुला गर्न सरकार र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबीच ७ बुँदे सम्झौता भएको छ । एमालेले निरन्तर संसद् अवरुद्ध गरेपछि सरकारले एमालेसँग ७ बुँदे सहमति गरेको हो । कर्णाली प्रदेशमा निरन्तर संसद अवरुद्ध बनेपछि सत्तारुढ दलले एमालेसँग सम्झौता गरेको हो ।दुई पक्षबीच सहमतिसँगै अब एमालेले संसद् बैठकमा कुनै अवरोध नगर्ने भएको छ । एमालेले प्रदेशसभाको नवौँ बैठकमा विभिन्न माग राख्दै संसद् बैठक अवरुद्ध गर्दै आएको थियो ।त्यतिबेला एमालेले अलपत्र योजनाहरूलाई सरकारले पूर्णता दिनुपर्ने, अघिल्लो सरकारले पूरा गर्न नसकेका कामहरू पूरा गर्न बजेट व्यवस्थापन गर्नुपर्ने र बजेट संशोधन गर्नुपर्ने माग राख

    • प्रकाशित मितिः माघ १८, २०७८
    • 273 पटक पढिएको
  • स्थानिय निर्वाचन : जेष्ठ ४ गते एकै चरणमा निर्वाचन

    बिर्तामोड / सरकार र निर्वाचन आयोगबीच स्थानीय तहको निर्वाचन आगामी २०७९ साल जेठ ४ गते गर्ने सहमति भएको छ। मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको प्रधानमन्त्री शेरबहादुर देउवा र आयोगका पदाधिकारीहरुबीचको बैठकमा स्थानीय तहको निर्वाचन आगामी जेठ ४ गते बुधबार एकै चरणमा गर्ने सहमति भएको हो।आयोगले सरकारलाई ६ बुदे सुझाव पत्र समेत दिएको छ । आयोगले कोरोना महामारीबीच जेठ ४ मै स्थानीय निर्वाचन कसरी गर्ने भन्ने विषयमा सरकारलाई सुझाव समेत दिएको छ ।स्थानीय तहका जनप्रतिनिधिको पदावधि आगामी जेठ ५ गते सकिँदैछ । आयोगले त्यसभन्दा अघि नै स्थानीय तहको निर्वाचन गर्न भन्दै सरकार र दलहरुलाई दवाव दिंदै आएको थियो ।प्र

    • प्रकाशित मितिः माघ १८, २०७८
    • 187 पटक पढिएको
  • प्रधानमन्त्री देउवासमक्ष सूचना आयोगको वार्षिक प्रतिवेदन पेश

    काठमाडौं / राष्ट्रिय सूचना आयोगले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष आयोगको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पेश गरेको छ । प्रतिवेदनमा सम्पादन गरेका मुख्य–मुख्य काम कारबाही सङ्लग्न वार्षिक प्रतिवेदन सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा २५ को उपदफा १ बमोजिम व्यवस्थापिका संसद्मा पेश गर्नका लागि आज प्रधानमन्त्री देउवा समक्ष पेश गरिएको हो ।सोही अवसरमा प्रधानमन्त्री देउवाले आयोगको स्थापनाबाट सुशासन कायम गराउन मद्दत पुगेको बताउँदै आयोगको क्षमता विकास गर्नुपर्ने, राष्ट्रिय सुरक्षासँग सम्बन्धित गम्भीर प्रकृतिका सूचनामा संवेदनशील हुनुपर्नेमा जोड दिए ।आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङल

    • प्रकाशित मितिः माघ १८, २०७८
    • 105 पटक पढिएको
  • स्थानीय तहको निर्वाचन जेठ पहिलो साता हुन्छ : प्रधानमन्त्री देउवा

    काठमाडौं / प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन जेठ पहिलो साता नै हुने बताएका छन् । नेपाली कांग्रेस वाग्मती प्रदेशका नवनिर्वाचित पदाधिकारीहरूसँगको भेटमा प्रधानमन्त्री देउवाले वर्तमान संविधान र ऐनमा संशोधन नगरी जेठको पहिलो साता नै निर्वाचन गर्ने तयारी भइरहेको बताएका हुन् ।स्थानीय तहका जनप्रतिनिधिहरुको पदावधि आगामी जेठ ५ गते पूरा हुदैछ । प्रधानमन्त्री देउवाले सो अगावै स्थानीय तहको निर्वाचन हुने बताएका बताइएको छ । ऐन संशोधन गर्न झन्झट भएको कारण सकेसम्म ऐन संशोधन नगरी स्थानीय तहको निर्वाचन गर्ने प्रयत्न भइरहेको बताइएको छ ।

    • प्रकाशित मितिः माघ १८, २०७८
    • 110 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.