राजनीति

    Showing 8,641-8,650 of 10,447 items.
  • मन्त्री निवास अगाडि प्रदर्शन, सञ्चारमन्त्रीलाई कालोझण्डा

    काठमाडौँ  / स्थानीय तहको चुनावका लागि तत्काल मिति घोषणाको माग गरी प्रमुख प्रतिपक्ष दल नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले प्रदर्शन गरेको छ ।अनेरास्ववियुले आज बिहान ललितपुरको पुल्चोकमा रहेको मन्त्री निवास अगाडि प्रदर्शन गरेको हो ।साथै उनीहरूले चुनावको मिति तत्काल घोषणा गर, चुनाव सार्न पाइँदैन लगायतका नारा लगाएका थिए । प्रदर्शनकारीले निवासबाट बाहिरिँदै गरेका सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीलाई कालोझण्डा समेत देखाएका छन् ।सत्ता साझेदार पाँच दलीय गठबन्धनले आउँदो जेठभित्र स्थानीय तहको चुनाव गर्ने सहमति गरेका छन् । तर सरकारले अहिलेसम्

    • प्रकाशित मितिः माघ १८, २०७८
    • 140 पटक पढिएको
  • अध्यक्ष लिङ्देनमाथि महिला र दलित विरोधीको आरोप

    बिर्तामोड / राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनमाथि महिला र दलित विरोधी भएको आरोप लागेको छ । पञ्चायती व्यवस्थामा तत्कालीन राजसंस्था वरिपरि रहेको शासनसत्तामा रजगज गरेकाको बाहुल्यता रहेको राप्रपामा पुराना नेतालाई पाखा लगाउँदै अध्यक्ष बनेका लिङ्देनमाथि दलित र महिला विरोधी भएको आरोप लागेको हो ।उनी अध्यक्ष भए लगत्तै राप्रपा पुराना अध्यक्ष कमल थापा , पशुपति शमशेर जबरा र लोकेन्द्र बहादुर चन्द पक्षधरले पार्टी सञ्चालनका विषयमा असन्तुष्टि प्रकट गर्दै आएका थिए । उनीहरूले अध्यक्षले पार्टी पदाधिकारी र सदस्य मनोनयन प्रति एकलौटी गरेको भनेको भन्दै आपत्ति जनाइरहेका छन् ।अध्यक्ष लिङ्देनले पछिल्लो पटक गरेका मनोन

    • प्रकाशित मितिः माघ १८, २०७८
    • 122 पटक पढिएको
  • चार टुक्रा भयो नेकपा : फेरि टुक्रिदै एमाले

    बिर्तामोड / एमाले र नेकपा माओवादी केन्द्रको एकता पछि बनेको नेकपा विभाजनपछि कायम एमाले फेरि विभाजित हुने भएको छ । सर्वोच्च अदालतको आदेशमा नेकपा विभाजित भई एमाले र माओवादी केन्द्र बनेका थिए ।नेकपा विभाजन पछि पनि ओलीको कार्यशैली प्रति असन्तुष्ट बनेका सो पार्टीका पूर्व शीर्ष नेताहरू माधव कुमार नेपाल र झलनाथ खनाल लगायतको अगुवाइमा पार्टी विभाजन गरी नेकपा एकीकृत समाजवादी बनाएका थिए ।नयाँ पार्टी समाजवादी यतिबेला संघीय सरकार र प्रदेश सरकारमा सत्तारुढ दलका रुपमा मुख्य मन्त्रालय लिएर क्रियाशील रहेको छ । एकीकृत समाजवादी बनेसँगै एमालेले संघीय सरकार र प्रदेश सरकार गुमाएको छ । राष्ट्रियसभा र प्रतिनिधि सभा सह

    • प्रकाशित मितिः माघ १८, २०७८
    • 109 पटक पढिएको
  • जेठ ५ भित्रै स्थानीय तहको निर्वाचन गर्ने सरकारको तयारी

    झापा / सरकारले जेठ ५ भित्र स्थानीय तहको निर्वाचन गर्ने तयारी गरेको छ ।आयोगले पनि जेठ ५ भित्र स्थानीय तह निर्वाचन गरे कानुन संशोधन गर्नु नपर्ने बताएको छ । जेठ ५ भन्दा पछि स्थानीय चुनाव गर्ने हो भने कानुन संशोधन गर्नुपर्ने आयोगको भनाइ छ ।जेठ ५ भित्र स्थानीय तह निर्वाचन गरे कानुन संशोधन गर्नुपर्दैन भन्ने आयोगको धारणा छ,’ एक मन्त्रीले भने, ‘जेठ ५ पछि चुनाव गर्ने हो भने कानुन संशोधन गर्नुपर्छ र यसमा आयोगको सहमति हुन्न भन्ने आयोगले जनाएको छ ।’सम्भवत आज आयोगसँग छलफल गरेर सरकारले जेठ ५ भित्रै चुनाव गर्ने गरी मिति तय गर्ने निर्णय गर्न सक्ने ती मन्त्रीले बताए । कानुन संशोधन गर्न नपर्ने भए जेठ ५ भित्रै स

    • प्रकाशित मितिः माघ १८, २०७८
    • 126 पटक पढिएको
  • बालुवाटारमा प्रधानमन्त्रीसँग प्रचण्डको भेटवार्ता

    काठमाडौँ / नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटवार्तामा आगामी निर्वाचनबारे छलफल भएको जनाइएको छ । साथै पछिल्लो समय अझ पेचिलो बन्दै गएको अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा समेत कुराकानी भएको बताइएको छ । अन्य समसामयिक विषयमा समेत दुवै नेताबीच छलफल भएको बताइएको छ । भेटमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि सहभागी रहेको स्रोतले जनाएको छ ।प्रधानमन्त्री देउवा जसरी पनि एमसीसी संसदबाट पास गराउने पक्षमा रहेका छन् । तर सत्ता गठबन्धनका दुई मुख्य नेता प्रचण्ड नेपाल भने यथास्थितिम

    • प्रकाशित मितिः माघ १७, २०७८
    • 118 पटक पढिएको
  • राप्रपा केन्द्रीय समिति बैठक फागुन पहिलो साता

    काठमाडौँ  / राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आगामी फागुन पहिलो साता काठमाडौँमा हुने भएको छ ।निर्वाचन आयोगले हालै विधानबाट हिन्दू राष्ट्र र राजसंस्था हटाउनका लागि पठाएको पत्रबारे बैठकमा विशेष छलफल हुने महामन्त्री भुवन पाठकले जानकारी दिए । समसामयिक राजनीतिक विषयवस्तु, स्थानीय तहको निर्वाचनमा पार्टीले गर्नुपर्ने तयारीलगायत विषयमा छलफल हुने उनले बताए।गत मङ्सिरमा महाधिवेशन सम्पन्न गरेको राप्रपाले दोस्रो पटक कार्यसमितिको बैठक गर्न लागेको हो । एक सय ९९ केन्द्रीय सदस्यको व्यवस्था भएको पार्टीमा २० सदस्य मनोनयन गर्न बाँकी छ । पार्टीले महामन्त्री पाठकको संयोजकत्वमा सात सदस्

    • प्रकाशित मितिः माघ १७, २०७८
    • 97 पटक पढिएको
  • नेकपा (एकीकृत समाजवादी)का नेता दुमनसिंह थापाको निधन

    काठमाडौं / नेकपा (एकीकृत समाजवादी) का नेता दुमनसिंह थापाको निधन भएको छ। पार्टीका केन्द्रीय निर्वाचन आयोग सदस्य एवं संविधान सभा सदस्य थापाको गए राति निधन भएको हो। मिर्गौलासम्बन्धी रोग, उच्च रक्तचाप लगायतबाट पीडित उनको उपचारका क्रममा: निधन भएको हो। थापा संविधान सभा सदस्यमा नेकपा एमाले अर्घाखाँचीबाट निर्वाचित भएका थिए। नेपालले समाजवादी पार्टी खोलेपछि उनी उक्त पार्टीमा लागेका थिए।

    • प्रकाशित मितिः माघ १७, २०७८
    • 99 पटक पढिएको
  • प्रदेश न.१ सरकारमा अब १२ वटा मन्त्रालय

    झापा / प्रदेश नम्बर १ सरकारले हाल कायम रहेका मन्त्रालयहरु फुटाएर १२ वटा मन्त्रालय बनाउने भएको छ ।आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद कार्यविभाजन नियमावली संशोधन गर्दै पारित गरेसँगै प्रदेशमा मन्त्रालय संख्या बढ्ने भएको हो ।मन्त्रिपरिषद् बैठकपछि आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सरकारले गरेका अन्य निर्णय मात्रै सार्वजनिक गरेका थिए ।अबको केही दिनमै कार्यविभाजन अनुसार मन्त्रिपरिषद् विस्तार हुनेछ,’ स्रोतले भन्यो, ‘संविधानको सीमाभित्रै रहेर कार्यविभाजन नियमावली संशोधन गरिएको छ ।’यो नियमावली संशोधनसँगै प्रदेशमा ५ वटा मन्त्रालय थप हुने भएका छन् । हाल मुख्यमन्त्री कार्यालयस

    • प्रकाशित मितिः माघ १७, २०७८
    • 102 पटक पढिएको
  • मेलम्ची खानेपानी आयोजनाको बाँकी काम अघि बढिसक्यो : मन्त्री चौधरी

    काठमाडौं  / खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम अघि बढाइसकिएको बताएका छन्। मन्त्री चौधरीले काठमाडौँमा मेलम्चीको पानी ल्याउन निर्माण कम्पनी सिनो हाइड्रोसँग आवश्यक प्रक्रिया पूरा गरिसकिएको बताएका हुन्।निर्माण कम्पनी अहिले निर्माणस्थलमा पुगेर काम गर्न थालिसकेको उनले बताएका छन्। आफूले मन्त्रालयको जिम्मेवारी सम्हाल्दा बाढी पहिराका कारण पहुँचमार्गसम्म पूर्णरूपमा क्षतिग्रस्त भएको उनले बताए। सरकारले विसं साउन ११ गते सिन्धुपाल्चोक जिल्लालाई असोज मसान्त लागू हुनेगरी विपद् सङ्कटग्रस्त जिल्ला घोषणा गरेकाले तत्कालीन समयमा केही गर्न सकिने अवस्था थिएन।आयोजनाको स्थलगत अव

    • प्रकाशित मितिः माघ १७, २०७८
    • 102 पटक पढिएको
  • गठबन्धन टुट्छ भने एमसीसी पास गरौँ : डा.भट्टराई

    काठमाडौँ / जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले गठबन्धन टुट्छ भने एमसीसी सम्झौता पास गर्नुपर्ने बताएका छन् । उनले मध्यरात १२ बजे ट्विट गर्दै एमसीसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसद्बाट पारित गर्नुपर्ने बताएका हुन् ।डा.भट्टराईले एमसिसीकै बहानामा प्रतिगमन विरोधी गठबन्धन टुट्न नहुने बताउँदै जनतामा एमसीसीबारे भ्रम रहेको र त्यसलाई सबैले एकमुख भएर बुझाउने पर्ने बताएका छन् ।उनले ट्वीटमा भनेका छन्, ‘एमसिसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौँ । सबै एकमुख भएर जनतालाई बुझाऊॅ । यही बहानामा प्रतिगमनविरोधी गठबन्धन नटुटोस्।’

    • प्रकाशित मितिः माघ १७, २०७८
    • 112 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.