राजनीति

    Showing 8,651-8,660 of 9,670 items.
  • कांग्रेस पदाधिकारी बैठक बस्दै

    काठमाडौँ / प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशन र समसामयिक विषयमा छलफल गर्न केन्द्रीय पदाधिकारी बैठक बोलाएको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निजी निवासमा दिउँसो ३ः०० बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने उनका प्रमुख स्वकीयसचिव भानु देउवाले जानकारी दिएका छन् ।मङ्गलबार सत्ता गठबन्धन दलका शीर्षनेताको बैठकमा कांग्रेस नेता डा नारायण खड्कालाई तत्काल परराष्ट्रमन्त्रीमा नियुक्त गर्ने सहमति भएको थियो । पदाधिकारी बैठकमा सोबारे पनि छलफल हुने बताइएको छ । यसैगरी कांग्रेसको महाधिवेशन अन्तर्गत वडा अधिवेशन हुन बाँकी जिल्लाको अधिवेशनक

    • प्रकाशित मितिः असोज ६, २०७८
    • 107 पटक पढिएको
  • सर्वोच्चद्वारा ओलीको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार

    बिर्तामोड / सर्वोच्च अदालतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका १४ जना सांसदको पद खारेजीको माग गर्दै दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । आज मङ्लबार न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासले सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । सर्वोच्चले विपक्षी निर्वाचन आयोग, सभामुख अग्नि प्रसाद सापकोटाले गरेका निर्णयका सक्कल फाइल झिकाउन आदेश दिएको छ ।तत्कालीन प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाबाट वैशाख २७ मा विश्वासको मत लिने क्रममा अनुपस्थित भएरका १४ सांसदलाई सांसदलाई पदमुक्त गर्न माग गरेका छन् । सो निर्णय कार्यान्वयन गराउन एमालेले गत

    • प्रकाशित मितिः असोज ५, २०७८
    • 92 पटक पढिएको
  • सरकारी ढुकुटीको पैसामा एमाले नेता शाक्यको मनपरी

    बिर्तामोड / काठमाडौँ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले आफ्नो एकल निर्णयबाट सरकारी रकम जथाभावी खर्च गर्ने गरेको पाइएको छ । मेयर शाक्यले मनोमानी रुपमा आफू निकट व्यक्ति तथा संस्थाहरूलाई एकल निर्णयमा सरकारी रकम जथाभावी खर्च गरेको पाइएको हो । एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिने शाक्यले स्वर्गीय मदन भण्डारीको नाममा स्थापित (एनजिओ) मदन भण्डारी फाउन्डेसनलाई निजी भवन बनाउन आवश्यक जग्गा खरिदका लागि  करोडौँ रुपैयाँ रकम वितरण गरेको खुलेको हो । शाक्यले २०७६ साउन २१ गते मदन भण्डारी फाउन्डेसनलाई अनामनगर क्षेत्रमा ३ आना देखि ४ आना र १० आना ३ पैसा दाम क्षेत्रफलका ३ टुक्रा

    • प्रकाशित मितिः असोज ५, २०७८
    • 182 पटक पढिएको
  • विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

    काठमाडौँ / राष्ट्रियसभाले ‘विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस्'  भन्ने प्रस्तावलाई बहुमतद्वारा स्वीकृत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रियसभाको आजको बैठकमा उक्त प्रस्ताव पेस गरेका थिए ।त्यसअघि बैठकमा नेकपा (एमाले)का सांसद भैरवसुन्दर श्रेष्ठले राजनीतिक दलसम्बन्धी अध्यादेशले विग्रह निम्त्याएको आरोप लगाए । उनले पार्टी अनुशासन विरोधी गतिविधि गरेका १४ सांसदमाथि आफ्नो पार्टीले गरेको कारबाहीसम्बन्धी सूचना प्रकाशित नगरिएका आपत्तिसमेत जनाएका छन् । राष्ट्रियसभाको अर्को बैठक यही असोज ७ गते दिउँसो २ बजे बस्नेछ । 

    • प्रकाशित मितिः असोज ५, २०७८
    • 116 पटक पढिएको
  • प्रादेशिक अस्पताललाई प्रभावकारी बनाउँछौः मुख्यमन्त्री शाक्य

    चितवन / वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश सरकारका मातहतमा रहेका अस्पतालाई प्रभावकारी सेवा दिन आग्रह गरेकी छन् । पूर्वी चितवनस्थित बकुल्लहर रत्ननगर अस्पतालमा आज आयोजित पिसिआर ल्याब र अक्सिजन प्लान्टको शुभारम्भ गर्दै उनले अस्पताललाई थप श्रोत साधन सहयोग गरिने जानकारी समेत दिएकी छन् ।  यी दुवै उपकरण प्रदेश सरकारले अस्पताललाई उपलब्ध गराएको थियो । स्वास्थ्य क्षेत्रमा सुधारको आवश्यक देखिएपछि सरकारले स्वास्थ्य मन्त्रालयलाई अलग बनाएको उनको भनाइ रहेको छ । मुख्यमन्त्री शाक्यले भनिन्,“सङ्घीय सरकारले प्रादेशिक अस्पताल हस्तान्तरण गर्न ढिला गरेकाले व्यवस्थापकीय पाटोमा समस्या

    • प्रकाशित मितिः असोज ५, २०७८
    • 172 पटक पढिएको
  • तीन वडा सभापति सर्वसम्मत

    काभ्रेपलाञ्चोक / नेपाली कांग्रेसको  १४ औँ महाधिवेशन अन्तर्गत वडा अधिवेशनका क्रममा काभ्रेका तीन वडा सभापति सर्वसम्मत चयन भएका छन् ।यसरी चयन हुनेमा धुलिखेल नगरपालिका–११ वडा सभापतिमा नारायणप्रसाद ओझा, बनेपा नपा–११ मा राजु श्रेष्ठ र १२ नम्बर वडामा प्रेम शर्मा वाग्ले छन् ।  पार्टीका जिल्ला प्रवक्ता महेश पौडेलले केही वडामा सर्वसम्मतको प्रयास भइरहेको र केही वडामा सर्वसम्मत चयन भई निर्णय गर्ने चरणमा रहेको जानकारी दिएका छन् । उन्नाइस हजारभन्दा बढी क्रियाशील सदस्यले बाँकी वडासभापति चयन गर्दैछन् । जिल्लामा तेह्र पालिका छन् ।  आज काभ्रेसहित सात जिल्लामा वडा अधिवेशन जारी छ । पार्टीको के

    • प्रकाशित मितिः असोज ५, २०७८
    • 135 पटक पढिएको
  • इतिहासको पुनरावृत्ति : एमसीसीमा महाकाली सन्धिको झल्को

    बिर्तामोड / महाकाली सन्धी भएको २५ वर्ष पुरा भएको छ । आजकै दिन असोज ४ गते तत्कालिन प्रतिनिधी सभाको दुई तिहाई बहुमतले असमान महाकाली सन्धी अनुमोदन गरेको थियो । पहिलो पटक विदेशी मुलुकसँग गरेको सन्धी र सम्झौता सदनमा प्रवेश गराउँदै तत्कालिन सरकारले अनुमोदन गराएको थियो ।नेपालको पानी र भूभाग समेत गुमाउने गरी भएको सो सन्धि अनुमोदन गराउने काममा प्रमुख प्रतिपक्षी दल एमालेले पनि आफूलाई सत्ता पक्षकै लाइनमा उभ्याएर सहयोग गरेको थियो । असमान महाकाली सन्धि सन्धिका पक्षमा यतिबेला आफूलाई राष्ट्रवादी नेता सावित गर्न कोशिस गरिरहेका एमालेका अध्यक्ष केपी शर्मा ओली भरपुर सहयोग अनि समर्थन गरेका थिए ।ओली सन्धिका पक्षमा

    • प्रकाशित मितिः असोज ५, २०७८
    • 152 पटक पढिएको
  • विभूषणको अपमान : पदकको नाम भन्दा बढी बदनाम

    बिर्तामोड / एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सत्ताच्युत गरी सरकारको नेतृत्व हत्याउन सफल बनेका शेर बहादुर देउवाले पनि ओलीकै बाटो हिड्न थालेको छनक दिएका छन् । ओली प्रधानमन्त्री रहेको समयमा भएका वेथिति र भ्रष्टाचारको विरोध गरी सत्ता यात्रा प्रारम्भ गरेका अन्य दलले पनि ओलीकै बाटो पछ्याउन थालेका हुन् ।संविधान दिवशका अवसरमा देशकै सवैभन्दा ठुलो विभुषण प्रदान गर्ने क्रममा देउवा नेतृत्वको सरकारले ओलीको बाटो मात्रै समातेको छैन , उनलाई समेत उछिन्ने संकेत दिएको छ । ओली सरकार प्रमुखमा रहेको समयबाट सुरु भएको आफु निकटलाई छानिछानि दिने विभूषणको खेलमा वर्तमान सरकारले नयाँ रेकर्ड नै बनाएको छ ।राज्यको ढुकुटीबाट २

    • प्रकाशित मितिः असोज ५, २०७८
    • 141 पटक पढिएको
  • सङ्गठन विस्तार अभियानमा एकीकृत समाजवादी

    काठमाडौँ  / नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) काभ्रेले सङ्गठन विस्तारको अभियानलाई तीव्र पारेको छ । सो पार्टीले पार्टी विभाजनसँगै पार्टीको संरचना निर्माणका लागि पहिला जिल्ला कमिटी गठन गरी नगर र गाउँपालिका हुँदै वडा कमिटीसम्म पार्टी, जनवर्गीय सङ्गठन निर्माणको अभियानलाई तीव्रता दिएको हो ।सोहीअनुरूप सोमबार काभ्रेपलाञ्चोकको मण्डनदेउपु नगरपालिका–१ बालुवापाटी देउपुरमा वडा कमिटी निर्माणसँगै जनवर्गीय सङ्गठन, महिला, किसान, दलित मुक्ति समाज, विद्यार्थी र युवासङ्घको कमिटी निर्माण गरिएको छ । सो क्रममा जोगबहादुर तामाङका अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन गर्नुका साथै युवासङ्घ, अनेरास्ववियु, द

    • प्रकाशित मितिः असोज ५, २०७८
    • 112 पटक पढिएको
  • कांग्रेसको वडा अधिवेशन बुधबार सात जिल्लामा हुँदै

    काठमाडौँ / नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन हुन बाँकी २० जिल्लामध्ये बुधबार सात जिल्लामा अधिवेशन हुँदैछ । यही असोज ५ गते सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, बाजुरा, कपिलवस्तु, बर्दिया र मोरङमा वडा अधिवेशन हुन लागेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । पार्टीले २० जिल्लाको वडा अधिवेशन यही असोज ५ गते एकै दिन हुने गरी कार्यतालिका निर्धारण गरेको थियो । बाँकी १३ जिल्लाको क्रियाशील सदस्यता विवरण समयमै समितिलाई प्राप्त हुन नसकेका कारण ती जिल्लामा भने वडा अधिवेशन निर्धारित समयमा नहुने देखिएको हो । कांग्रेसले यसअघि ५७ जिल्लामा वडा अधिवेशन सम्पन

    • प्रकाशित मितिः असोज ४, २०७८
    • 101 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.