राजनीति

    Showing 8,661-8,670 of 9,670 items.
  • उपमहानगरका मेयर सुवेदी माथि कार्यकर्ताद्वारा मुक्का प्रहार

    बुटवल / बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई आफ्नै पार्टीका कार्यकर्ताले मुक्का प्रहार गरेका छन् । एमाले रूपन्देहीका अध्यक्ष समेत रहेका मेयर सुवेदी सोमबार पहिरो निरीक्षणका क्रममा बुटवल उपमहानगरपालिका –३ ज्योतिनगर र लक्ष्मीनगर गएका थिए । पहिरो निरीक्षणका क्रममा ज्योतिनगर पुगेका सुवेदीलाई स्थानीय सरकारले नगरवासीका लागि केही नगरेको भन्दै एमालेकै कार्यकर्ता गणेश पंगेनीले मेयरमाथि मुक्का प्रहार गरेका हुन् । पंगेनी अनेरास्ववियु रूपन्देही जिल्ला कमिटी सदस्य रहेको पाइएको छ । उनी लुम्बिनी वाणिज्य क्याम्पस बुटवलका विद्यार्थी हुन् । यति लामो दिन आफूहरू विस्थापित हुँदा मेयर कहाँ थ

    • प्रकाशित मितिः असोज ४, २०७८
    • 267 पटक पढिएको
  • एमालेको विरोधलाई वेवास्ता गर्दै प्रतिनिधिसभाबाट बजेट पारित

    बिर्तामोड / प्रतिनिधिसभाको आजको बैठकले दुई विधेयक स्वीकृत गरेको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेका ‘आर्थिक विधेयक, २०७८’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ बहुमतले स्वीकृत गरेको हो । आर्थिक विधेयक माथिको दफावार छलफलका लागि सभामुख अग्निप्रसाद सापकोटाले यही असोज ७ गतेका लागि छलफलको मिति तोकेका छन् ।   बैठकमा प्रस्तुत विधेयक उपरको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको अर्थमन्त्री शर्माले जवाफ दिए । उनले राजस्वमा आधारित अर्थतन्त्रलाई उत्पादनमूलक अर्थतन्त्रमा परिमार्जन गर्दै लगिने सरकारको नीतिअनुरूप बजेटमा सामान्य हेरफेर गरिएको जानकारी दिए । अर्थमन्त्री

    • प्रकाशित मितिः असोज ४, २०७८
    • 138 पटक पढिएको
  • प्रतिनिधिसभा बैठक जारी

    काठमाडौँ / प्रतिनिधिसभाको आजको बैठक केहीबेरअघि सुरु भएको छ । बैठकमा विनियोजन विधेयकमाथिको छलफल र जवाफ दिने कार्यक्रम छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोधकै बीच बैठक जारी रहेको हो । सभामुख अग्निप्रसााद सापकोटाले बैठक सुरु गर्नेबित्तिकै एमालेका सांसदहरुले नाराबाजी गर्दै रोस्ट्रम घेराउ गरेका थिए । नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालय, कार्यालय एवं सचिवालयका शीर्षकका खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरेका थिए। अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिइरहेका छन् । त्यस्तै ‘विनियोजन विधेयक, २०

    • प्रकाशित मितिः असोज ४, २०७८
    • 99 पटक पढिएको
  • सभामुख सापकोटा र निर्वाचन आयोग विरुद्ध एमालेले दायर गरेको मुद्दाको सुनुवाइ आज

    बिर्तामोड / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोग विरुद्ध दायर गरेको रिट निवेदनको सुनुवाइ आज हुँदैछ । अध्यक्ष ओलीले दायर गरेको सो रिट निवेदनको सुनुवाइ न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा हुने छ । अध्यक्ष ओलीले पार्टीबाट कारवाही गरिएका १४ सांसदसमेतको हस्ताक्षर सनाखत गराएर नयाँ दल गठन गरिएको भन्दै निर्वाचन आयोगलाई विपक्षी बनाएर रिट निवेदन दायर गरेका थिए । त्यस्तै सभामुख सापकोटाले एमालेले कारवाही गरेको १४ जना सांसदको बारेमा जानकारी गराउँदा समेत पदमुक्त नगरेर नयाँ दल दर्ताका लागि भूमिका निर्वाह गरेको भन्दै ओलीले

    • प्रकाशित मितिः असोज ४, २०७८
    • 125 पटक पढिएको
  • कांग्रेस १४ औँ महाधिवेशन : झापा गाउँपालिकाको सभापतिमा सागीरथ

    झापा / नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत झापा गाउँपालिकाको सभापतिमा सागीरथ गणेश सर्वसम्मत भएका छन् । पन्ध्र पालिका रहेका जिल्लामा वडा समिति चयनसँगै पालिका सभापति चयन गर्नेमा सो गाउँपालिका पहिलो भएको हो । कांग्रेस जिल्ला सभापति उद्धव थापाका अनुसार गणेशलाई निर्विरोध सभापति भएको घोषणा गर्न मात्र बाँकी रहेको जानकारी दिए । “सर्वसम्मत सभापतिमा गणेशजीलाई चयन गरियो”, उनले भने, “ विधि र प्रक्रिया बाँकी छ । असोज ९ गते उनलाई आधिकारिक सभापति भएको घोषणा गर्छौ ।”सो गाउँपालिकाको सबै सात वडामा यसअघि सर्वसम्मत वडा पदाधिकारी र क्षेत्रीय प्रतिनिधि चयन भइसकेको छ । आदिवासी मधेशी समुदायको बाहुल्य सो पा

    • प्रकाशित मितिः असोज ४, २०७८
    • 107 पटक पढिएको
  • लामो रस्साकस्सीपछि नेपाली कांग्रेसको विवाद टुङ्गोमा

     काठमाडौं//नेपाली कांग्रेसले लामो रस्साकस्सीपछि क्रियाशील सदस्यता विवाद लगभग  टुङ्गोमा पुर्याएको छ ।२० जिल्लामा क्रियाशील सदस्यताकै कारण अधिवेशन प्रभावित भएको थियो। २० मध्ये ७ जिल्लाको क्रियाशील सदस्यता विवाद समाधान भई सार्वजनिक भइसकेको छ। बाँकी १३ जिल्लाको सदस्यता विवाद टुंगो लगाइएको नेताहरुले बताएका छन् ।पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल र रमेश लेखक रहेको कार्यदलले क्रियाशील सदस्यतामा सहमति जुटाएको हो । तीन नेताले गरेको सहमति कार्यान्वयनको जिम्मा क्रियाशील सदस्यता छानविन समिति सदस्यहरु आनन्द ढुंगाना, जीवन परियार, प्रदीप पौडेल र योगेन्द्र चौध

    • प्रकाशित मितिः असोज ३, २०७८
    • 131 पटक पढिएको
  • कांग्रेस नेता शर्माको प्रस्ताव -‘दुइ कार्यकाल मात्र प्रधानमन्त्री हुने कानुनी व्यवस्था गरौं’

    बिर्तामोड / नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मुलुकको व्यवस्था परिवर्तन भएपनि राजनीतिमा परिवर्तन हुन नसकेको भन्दै परिवर्तनका लागि आफूले आगामी अधिवेशनमा महामन्त्री पदका लागि उम्मेद्वारी घोषणा गरेको बताएका छन् ।गृह जिल्ला झापाको बिर्तामोडमा कांग्रेसका अगुवा कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै नेता शर्माले राजनीतिमा परिवर्तनका लागि भन्दै २४ बुँदे अवधारणा पत्र समेत सार्वजनिक गरेका छन् ।राजनीतिमा परिवर्तन नहुँदा मुलुकमा बेथिति र भ्रष्टाचार बढेको अनि जनतामा निराशा पैदा भएको नेता शर्माले दावी समेत गरेका छन् ।सम्बोधनको अधिकांश समय शुसाशन, बेथिति र भ्रष्टाचारका विषयमा केन्द्रित गरेका शर्माल

    • प्रकाशित मितिः असोज ३, २०७८
    • 403 पटक पढिएको
  • संविधानको पुनर्लेखन गर्न आवश्यक छ : साह

    बिर्तामोड / पूर्वमन्त्री तथा नेकपा (एमाले)का नेता प्रभु साहले संविधान पुनर्लेखन गर्न आवश्यक रहेको बताएका छन् । आइतबार संविधान दिवसको अवसरमा मन्त्री शाहले सामाजिक सञ्जाल मार्फत लेख्दै सो कुरा बताएका हुन् । साहले संविधानमा रहेका विभिन्न खाले गम्भीर त्रुटिहरूको कारण देशमा राजनीतिक संकट गहिरिँदै गएको बताएका छन् । उनले लेखेका छन् –‘संविधानमा रहेका कयौँ व्यवस्था जस्तै नेपाल जस्तो सानो मुलुकमा ७६१ वटा सरकार, संघीय मुलुकमा अनावश्यक तीन तह, शासक जातिलाई आरक्षण, अनावश्यक दर्जनौं संवैधानिक आयोग, दोहोरो नागरिकतासम्बन्धी गलत व्यवस्था, पुरानै न्याय प्रणाली र कर्मचारीतन्त्र, सन्तुलन बिनाको शक्ति पृ

    • प्रकाशित मितिः असोज ३, २०७८
    • 115 पटक पढिएको
  • प्रदेश नं १ को श्रीवृद्धिका लागि योगदान गर्न मुख्यमन्त्री आचार्यद्धारा प्रदेशवासीलाई आह्वान

    विराटनगर / प्रदेश नं १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले संविधानको मर्म र भावनालाई आत्मसात्  गर्दै मन, वचन र कर्मले प्रदेश नं १ को श्रीवृद्धिका लागि योगदान गर्न प्रदेशवासीलाई आह्वान गरेका छन् । संविधानको पूर्ण कार्यान्वयन, प्रदेशको समृद्धि र खुशीको अपेक्षासहित संविधान तथा राष्ट्रिय दिवस, २०७८ का अवसरमा आज जारी शुभकामना सन्देशमा उनले लामो समयदेखिको राजनीतिक द्वन्द्व समाप्त गर्दै राष्ट्रिय एकतापूर्ण, शान्त, समुत्रत र समृद्ध नेपाल बनाउनुपर्ने दायित्व नेपालीकै भएको बताउँदै समृद्ध प्रदेश निर्माणका लागि सबै राजनीतिक दल, सङ्घसंस्था तथा जनसमुदायमा आह्वान गरेका हुन् । प्रदेशलाई सामाजिक,

    • प्रकाशित मितिः असोज ३, २०७८
    • 109 पटक पढिएको
  • कांग्रेसका नेता पीएलद्धारा विभूषण अस्वीकार

    बिर्तामोड / पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता पीएल सिंहले विभूषण अस्वीकार गरेका छन् । सरकारले संविधान दिवसको अवसरमा प्रदान गरको ‘सुप्रशिद्ध प्रबल जनसेवाश्री’ विभूषण पीएलल अस्वीकार गरेका हुन् । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक भएलगत्तै पूर्वमन्त्री समेत रहेका सिंहले विभूषण ग्रहण गर्नु आफ्नो नैतिक मान्यताविरुद्ध भएको बताएका छन् । उनले भने –‘मैले २०४७ को संविधानको षड्यन्त्रपूर्ण हत्यापछि ल्याइएको यो संविधानलाई स्वीकार गरेको छैन। त्यसैले यो संविधान अन्तर्गत दिइएको यो विभूषण मलाई स्वीकार्य छैन।’२०६३ वैशाख ११ गते विगठित प्रतिनिधिसभा व्युँताइएपछि त्यसको वैधानिकता र नैतिक हैसियतलाई प्रश्न

    • प्रकाशित मितिः असोज ३, २०७८
    • 142 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.