राजनीति

    Showing 8,791-8,800 of 9,673 items.
  • ओली समुहको गिद्धे नजर : जहाँ सरकारी जग्गा , त्यहाँ ओली समुह

    बिर्तामोड / एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले आफ्नो दलको संरक्षणमा रहेको समुहलाई ताप्लेजुङको फकताङलुङ गाउँपालिका, खम्बाचेनको १ हजार ५ सय रोपनी सरकारी दिने प्रयास गरेको सार्वजनिक भएको छ । सर्वोच्चको आदेशसँगै सरकार ढलेपछि ओली समुहको त्यो योजना विफल भएको हो । आफ्नो दलको सरकार रहेको समयमा सरकारी जग्गा जोगाउने काम भएको भनेर एमाले नेताहरूले प्रचार गरिरहेका वेला ओली समुहकै योजनामा मूल्यवान सरकारी जग्गा व्यक्तिलाई सुम्पेका विषय तथ्य सहित सार्वजनिक भईरहेका छन् । केही समय अघि ओली नेतृत्वकै सरकारले आर्थिक प्रलोभनमा परेर&nb

    • प्रकाशित मितिः भदौ १५, २०७८
    • 119 पटक पढिएको
  • प्रदीप नेपालले छाडे माधवको साथ

    बिर्तामोड / नेकपा (एकीकृत समाजवादी) गठनमा साथ दिएका प्रदीप नेपालले अध्यक्ष माधवकुमार नेपालको साथ छाडको बताएका छन् ।  अध्यक्ष नेपालले झेली गरेको भन्दै नेता नेपालले नेकपा (एकीकृत समाजवादी) पर्टी छाडेको फेसबुक मार्फत बताएका हुन् । पार्टीको मार्गदर्शक सिद्धान्तमा बहुदलीय जनवाद उल्लेख हुनुपर्ने आफ्नो अडान रहेको र बहुदलीय जनवाद नभएकाले आफू पार्टीमा नरहेको नेता नेपालले बताएका छन् । नेपालले आफू केपी ओलीसँग नजाने पनि स्पष्ट पारेका छन् ।उनले फेसबुकमा लेखेका छन् – ‘म केपीसँग जान्नँ, किनभने तानाशाही प्रवृत्तिको म सधैँ विरोधी हुँ, तपाईं पनि झेली कुरा गर्न सिक्नुभएछ ।’ नेपालले भनेका

    • प्रकाशित मितिः भदौ १४, २०७८
    • 120 पटक पढिएको
  • पार्टी भित्र रविन्द्र मिश्रको दादागिरी

    बिर्तामोड / विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य महेश पाठकले अध्यक्ष रविन्द्र मिश्रले पार्टी भित्र दादागिरी गरेको आरोप लगाएका छन् । अध्यक्ष मिश्रले पार्टी एकीकरण सम्झौता विपरीत संयोजकसँग परामर्श नगरी एकल रुपमा केन्द्रीय समिति बैठक आह्वान गरेको भन्दै पाठकले आरोप लगाएका हुन् । पाठकले मिश्रको दादागिरी धेरै दिन नटिक्ने समेत बताएका छन् ।  उनले भने –“मिश्रजीले बैठक आह्वान गर्दा प्रयोग गर्नुभएको भाषाले माघ १९ मा ज्ञानेन्द्र शाहले बोलेको कुराकै झल्को दिएको छ । ज्ञानेन्द्र शाहको ‘कू’ त टिकेन। मिश्रजीको ‘कू’ पनि टिक्ने छैन।” उनले मिश्रको पार्टी एकताघाती कदमको घोर भत्सर्ना गर्दै विर

    • प्रकाशित मितिः भदौ १४, २०७८
    • 107 पटक पढिएको
  • सत्ता गठबन्धनका नेताबीच मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति

    काठमाडौँ  / सत्ता गठबन्धन नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताबीच सरकारलाई पूर्णता दिने सहमति भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनका शीर्ष नेताको बैठकमा त्यस्ताे सहमति भएको हो । बैठकमा समसामयिक राजनीतिक विषयको समीक्षा, मूल्याङ्कन हुनुका साथै गठनबन्धनका शीर्ष नेताहरुले सरकार सञ्चालन सम्बन्धमा प्रधानमन्त्री देउवालाई सुझाव दिएको काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए ।बैठकमा काँग्रेसका तर्फबाट प्रधानमन्त्री देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री खड्का, नेता

    • प्रकाशित मितिः भदौ १४, २०७८
    • 110 पटक पढिएको
  • नेतृत्वको विषयलाई लिएर वाईसीएलमा विवाद

    बिर्तामोड  / नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ्ग कम्युनिस्ट लिग नेपाल (वाईसीएल)मा नेतृत्वको विषयलाई लिएर विवाद भएको छ । वाईसीएलको दुई नेताबीच प्रतिष्पर्धा देखिएपछि नेतृत्वको विषयलाई लिएर विवाद भएको हो । महासचिव सुबोध श्रीपाली र उपाध्यक्ष सुमन देवकोटाबीच वाइसीएलमा कसले नेतृत्व गर्ने भनी प्रतिष्पर्धा भइरहेको छ । स्रोतका अनुसार अध्यक्षमा प्रत्यासी देवकोटामा ल्याउन उच्च नेतृत्वको दवाव छ । तर कार्यकर्ता तहमा भने महासचिव रहेका सुबोध श्रीपालीलाई अध्यक्ष बनाउनुपर्ने माग चर्को उठेको छ ।उनी महासचिव रहँदा कार्यकर्तामा भिजेको र यसअघि महासचिवबाटै राम प्रसाद सापकोटा दीपशिखा अध्यक्ष बनेका

    • प्रकाशित मितिः भदौ १४, २०७८
    • 123 पटक पढिएको
  • घर डुबानमा परेपछि स्थानीयद्धारा नगरपालिका तालाबन्दी

    नवलपुर  / स्थानीयवासीले गैँडाकोट नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिदिएका छन् । बुधबार रातिदेखि परेको बर्सातले आफ्ना घर डुबानमा पर्दा पनि जनप्रतिनिधिले बेवास्ता गरेको जनाउँदै उनीहरुले आइतबार तालाबन्दी गरिदिएका हुन् ।अविरल वर्षाका कारण नवलपरासी (बर्दघाट–सुस्तापूर्व) गैँडाकोट –४ मा २०० भन्दा बढी घर डुबानमा परेको थियो । नगरपालिकाको प्रशासनिक भवनमा तालाबन्दी गरेर स्थानीयवासीले स्थानीय सरकारले जनतालाई डुबानबाट मुक्ति दिन नसकेको जनाउँदै पानीको निकास दिन आफूहरुले नै काम गर्ने बताएका छन् । गैँडाकोट –४ का तीर्थ पौडेलले निरन्तर परेको पानीका कारण घर डुबानमा परेपछि घरमा खान, बस्न, सुत्न समस्या

    • प्रकाशित मितिः भदौ १४, २०७८
    • 140 पटक पढिएको
  • १४ सांसदलाई कारबाही नगर्ने सभामुखकाे निर्णय

     काठमाडौं//नेकपा एमालेले सिफारिस गरेका १४ सांसदलाई कारबाही नगर्ने सभामुखले  निर्णय गरेका छन्। निर्वाचन आयोगले १४ जना सांसदसहित नयाँ दल गठन भइसकेको जानकारी दिएकाले कारबाही नगर्ने सभामुख अग्निप्रसाद सापकोटाले निर्णय गरेका हुन्। पार्टीको ह्विप नमानेको भन्दै यही भदौ १ गते एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसहितका १४ जना सांसदलाई कारबाही गर्ने निर्णय गर्नुभएको थियो । तर यसअघि नै सर्वोच्च अदालतले पार्टीको ह्विप नमानेकै कारण सांसदहरूलाई कारबाही गर्न नमिल्ने फैसला गरिसकेको छ ।१४ सांसदसहित नेकपा एकीकृत समाजवादी पार्टी दर्ता भइसकेको अवस्थामा राजनीतिक दल र अन्य कानुनअनुसार उनीहरूलाई कार

    • प्रकाशित मितिः भदौ १३, २०७८
    • 106 पटक पढिएको
  • एकीकृत समाजवादीको संसदीय दलको नेतामा माधव नेपाल चयन

    काठमाडौँ / नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल सर्वसम्मत चयन भएका छन् ।आइतबार संसद भवन बानेश्वरमा बसेको दलको बैठकले नेपाललाई दलको नेता चयन गरेको एकीकृत समाजवादीका एक नेताले जानकारी दिए ।यस्तै राष्ट्रियसभा संसदीय दल नेतामा स्थायी कमिटी सदस्य बेदुराम भुसाल चयन भएका छन् । अरु पदाधिकारीहरु भने पछि चयन हुने सांसद विरोध खतिवडाले जानकारी दिए ।संसदीय दलको बैठकले विधान मस्यौदा समिति बनाएको छ । भवानी खापुङ, शेरबहादुर कुँवर, निरादेवी जैरु, ठगेन्द्र प्रकाश पुरी र लक्ष्मी चौधरी समिति छन् ।

    • प्रकाशित मितिः भदौ १३, २०७८
    • 131 पटक पढिएको
  • केपी ओलीले इतिहासमा लाजमर्दो काम गरे : माधव नेपाल

    बिर्तामोड / नेकपा (एकीकृत समाजवादीका) अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीले इतिहासमा लाजमर्दो काम गरेको बताएका छन् । आइतबार नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकमा आफ्नो दलका सांसदहरूलाई सम्बोधन गर्दै नेता नेपालले ओलीले इतिहासमा लाजमर्दो काम गरेको बताएका हुन् । नेपालले अहिले तत्काल कुनै पाटीसँग एकता गर्ने पक्षमा नरहेको समेत बताएका छन् । उनले अन्य पार्टीसँग एकता गरेर जाने कुराहरू वाहियात रहेको बताए । उनले भने– ‘हाम्रो यस अगाडि देखि नै जिल्ला जिल्लामा संगठन रहेको छ । अब राष्ट्रिय सम्मेलन गरेर त्यसलाई अझै मजबुत बनाउनुपर्नेछ ।’ उनले पार्टीको संगठन विस्तार गर्दै बलियो ब

    • प्रकाशित मितिः भदौ १३, २०७८
    • 147 पटक पढिएको
  • एकीकृत समाजवादीको संसदीय दल बैठक बन्दै

    काठमाडौँ / नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको बैठक आज बस्दैछ । संसदीय दलको बैठक बिहान ११ बजे बानेश्वरस्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बस्न लागेको हो । बैठकले पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई संसदीय दलको नेता चयन गर्ने नेकपा एसका केन्द्रीय सदस्य प्रेम आलेले जानकारी दिए । यस्तै प्रमुख सचेतक तथा सचेतक समेत चयन गरिने भएको छ । सरकारमा सहभागी हुनुपूर्व सो दलले संसदीय दलको नेता चयन गर्न लागेको हो । छिट्टै सरकारमा जाने पार्टीको योजना रहेको केन्द्रीय सदस्य आलेले बताए ।

    • प्रकाशित मितिः भदौ १३, २०७८
    • 116 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.