राजनीति

    Showing 8,841-8,850 of 9,673 items.
  • जसपा नै सरकारसंग असन्तुष्ट

    काठमाडौं//कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने जसपाले अध्यादेश जारि भएकोमा असन्तुष्टि जनाएको छ।  जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको भन्दै त्यसको विरोध गरेका हुन । ओली गए तापनि ओली प्रवृत्ति कायम रहनु लोकतन्त्रको निम्ति चिन्ताको विषय भएको उनले टिप्पणी गरेका छन् ।सामाजिक सञ्जालमार्फत आफ्नो लिखित भनाइ सार्वजनिक गर्दै उनले जसले गरेपनि संसद अधिवेशन अन्त्य गरे लगत्तै अध्यादेश ल्याउनु भनेको लोकतन्त्रको उपहास रहेको बताएका छन्।  सांसद पद जोगाउने गरी दलविभाजन गर्न अध्यादेश ल्याउनु प्रतिनिधिमू

    • प्रकाशित मितिः भदौ १, २०७८
    • 117 पटक पढिएको
  • जसपाका १८ जना केन्द्रीय सदस्यसहित २० जनाद्वारा उपेन्द्र यादव समूह परित्यागको घोषणा

    काठमाडौं//जनता समाजवादी पार्टी नेपालका १८ जना केन्द्रीय सदस्यसहित २० जनाले उपेन्द्र यादव समूह परित्यागको घोषणा गरेका छन् । आज पत्रकार सम्मेलन गरेर उनीहरुले समूह परित्यागको घोषणा गरेका हुन।२०७२ सालको भुकम्प र कोरोना महामारीमा जनता  पीडीत  हुँदा समेत यो पार्टीले जनतालाई केही दिन नसकेको जसपाका केन्द्रिय सदस्य समेत रहेका भाडावाल सरोकार समाजका अध्यक्ष बिष्णु जंग बस्नेतले बताएका छन् ।१८ महिना उपेन्द्र यादव उपप्रधान तथा स्वास्थ्यमन्त्री बनेर आफूले मात्र कमाएर जनतालाई केही नदिएको आरोप लगाउँदै उनले आजदेखि बाध्य भएर उपेन्द्र यादवको समूह परित्याग गरेको बताएका छन्।२०६५ साल देखि आफुले घरबेटीहरुको

    • प्रकाशित मितिः भदौ १, २०७८
    • 128 पटक पढिएको
  • सांसद विमला वली र वाईसीएल कार्यकर्ता बस्नेतको ‘निजी’ तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक

    दाङ //लुम्बिनी प्रदेशकी सांसद विमला वली र वाईसीएल कार्यकर्ता एकराज बस्नेतको ‘निजी’ तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।एमालेका तत्कालीन सांसद स्वर्गीय उत्तरकुमार वलीकी पत्नी विमलाले बस्नेतलाई चुम्बन गरेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएको हो। बस्नेत स्वयम्‌को फेसबुक स्टोरीमा देखिएको उनीहरुको 'निजि ' तस्बिर  केही समयमा हटाइएको थियो । उत्तरको दुर्घटनामा निधन भएपछि  श्रीमानकै निर्वाचन क्षेत्रमा तत्कालीन नेकपाको उम्मेदवार बनेकी विमला कांग्रेस नेता केशव आचार्यलाई पराजित गर्दै सांसद समेत बनेकी थिइन् ।लुम्बिनी प्रदेशमा एमालेको सरकार ढाल्न निर्णायक बनेकी विमला कहिले माओवादी  ब

    • प्रकाशित मितिः भदौ १, २०७८
    • 164 पटक पढिएको
  • कांग्रेस नेता कोइराला अध्यादेशको विपक्षमा

    बिर्तामोड / सरकारले नेकपा एमालेको माधव नेपाल समुहलाई पार्टी विभाजनका लागि सहज बनाइदिन ल्याएको अध्यादेशको सत्तारुढ दल नेपाली कांग्रेस भित्रैबाट विरोध सुरु भएको छ ।नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले सरकारले ल्याएको राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेशको विरोध गरेका हुन् ।कांग्रेस सभापति समेत रहेको शेर बहादुर देउवा नेतृत्वको आज बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको थियो । अध्यादेश जारीका लागि सरकारले राष्ट्रपतिकोमा पठाएको छ ।आफ्नै दलको नेतृत्वमा बनेको सरकार सञ्चालनलाई सहज बनाउनकै लागि देउवाले अध्यादेश ल्याएको भएपनि अध्यादेशबाट मु

    • प्रकाशित मितिः भदौ १, २०७८
    • 95 पटक पढिएको
  • सप्तरीमा प्रधानमन्त्री रोजगार कार्यक्रममा भ्रष्टाचार

    राजविराज ( रासस ) प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको बजेटमा सप्तरीको बोदे बसाइन नगरपालिकामा अनियमितता भएको खुलेको छ।सो कार्यक्रमअन्तर्गत बोदे बसाइन–१ र ७ मा दैनिक ज्यालादारी अशिक्षित मजदुरलाई दिनुपर्ने रकम नदिई जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा अनियमितता भएको जनाउँदै स्थानीय मजदुरहरूले विरोध जनाएका थिए।मजदुरले पाउने ज्याला नदिई अनियमितता गरेको स्थानीयबासीले आरोप लगाएका छन्।आर्थिक वर्ष २०७७/७८ मा नगरपालिकामा सञ्चालन गरिएको सो कार्यक्रममा वडा कार्यालयले १२८ जनालाई काममा लगाएको छ जबकि नगरपालिकाले ४० लाई मात्र काम लगाउन भनिएको थियो।काममा लगाइएकामध्ये ७० को नाममा सिटिजन बैंकको खातामा रकम जम

    • प्रकाशित मितिः भदौ १, २०७८
    • 120 पटक पढिएको
  • माधव नेपाल पक्षका सांसद पदमुक्त !

    बिर्तामोड / नेकपा एमाले भित्र लामो समय देखि कायम मतभेद र विवाद उत्कर्षमा पुगेको छ । एमालेलाई फुटाउन सहयोग पुग्ने गरी सरकारले अध्यादेश ल्याएपछि एमालेको केपी शर्मा ओली पक्षले वरिष्ठ नेता माधवकुमार नेपालसहितका १४ जना सांसदलाई कारवाही गर्ने निर्णय गरेको छ ।मंगलबार बसेको ओली समुहको बैठकले नेता नेपाल सहित शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन सहयोग गरेका सांसदलाई कारवाही गर्ने निर्णय गरेको हो । ओली समुहका सांसदको बानेश्वर स्थित संसद भवनमा बसेको बैठकले पदमुक्त गर्ने निर्णय गरेको हो ।नेपाल सहित १४ सांसदलाई पदमुक्त गर्ने निर्णय गरेको भन्दै एमालेको ओली समुहले संसद सचिवालयमा पत्र समेत पठाएको छ । संसद स

    • प्रकाशित मितिः भदौ १, २०७८
    • 127 पटक पढिएको
  • राजेन्द्र महतोका सहयोगी उपेन्द्रको पक्षमा

    जनकपुर / जनता समाजवादी पार्टीको महन्त ठाकुर –राजेन्द्र महतो समुहका नेता एवं जनकपुरधामका मेयर लालकिशोर साह कित्ता परिवर्तन गरी उपेन्द्र यादव पक्षमा लागेका छन् ।जसपाका केन्द्रीय सदस्यसमेत रहेका उनी काठमाडौंमा जारी उपेन्द्र यादव समुहको केन्द्रीय समितिको बैठकमा सहभागि भएका हुन् ।राजपाबाट मेयरमा निर्वाचित भएका उनले महतोलाई जिताउन भूमिका खेलेका थिए । 

    • प्रकाशित मितिः भदौ १, २०७८
    • 108 पटक पढिएको
  • गिरीबन्धुलाई झट्का : जग्गा सट्टापट्टा रोक्न सरकारलाई निर्देशन

    बिर्तामोड / केपी शर्मा ओली नेतृत्वको सरकारले ठूला व्यवसायीसँगको मिलेमतोमा गरेको झापाको बिर्तामोड स्थित गिरीबन्धु टि स्टेटको जग्गा सट्टापट्टाको निर्णय रोक्न सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ । अर्बो रुपैयाँ मूल्यको जमिन हडप्न कै लागि प्रचलित कानुन समेत परिवर्तन गरी भएको सट्टापट्टाको निर्णयका विषयमा चौतर्फी विरोध भईरहेका बेला संसदीय समितिले सो काम रोक्न सरकारलाई निर्देशन दिएको हो । सर्वोच्च अदालतमा सो जग्गाका विषयमा मुद्दा बिचाराधिन रहेकै समयमा ओली नेतृत्वको सकारले जग्गा सट्टापट्टा गर्न दिने गरी कानुन नै परिवर्तन गरेको थियो । संसद्को कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको मंगलब

    • प्रकाशित मितिः भदौ १, २०७८
    • 437 पटक पढिएको
  • आयो अध्यादेश : माधव नेपाल र महन्त ठाकुरलाई पार्टी फुटाउन भयो सहज

    काठमाण्डौ / पार्टी विभाजनको लागि कानुनी अड्चन हटाएर एमालेको माधव नेपाल नेतृत्वको समुहलाई सहज हुने गरी सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको छ ।मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले दल विभाजन सम्बन्धी ऐनलाई प्रतिस्थापन गर्ने गरी विभाजनका लागि केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याए पुग्ने व्यवस्था सहितको अध्यादेश ल्याउने निर्णय गरेको हो ।यसअघिको ऐनमा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत संख्या हुनु पर्ने व्यवस्था रहेको थियो ।एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि अन्य दल फुटाउनका लागि अध्यादेश ल्याउने पटक–पटक कोसिस गरेका थिए । आफू नेतृत्वको सरकारका काम आफू अन

    • प्रकाशित मितिः भदौ १, २०७८
    • 200 पटक पढिएको
  • प्रदेश नं २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्र नियुक्त

    काठमाडौँ  / प्रदेश नं २ का प्रदेश प्रमुखमा महोत्तरीका हरिशंकर मिश्र नियुक्त भएका छन् । नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को गत साउन ३२ गतेको बैठकको निर्णय एवं प्रधानमन्त्रीका सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मिश्रलाई आज प्रदेश प्रमुखमा नियुक्त गरेकि हुन् ।यसअघि राष्ट्रपतिले सरकारको सोमबारकै सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) खण्ड (ख) बमोजिम प्रदेश नं २ का प्रदेश प्रमुख राजेश झालाई पदमुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा जारी विज्ञप्तिमा उल्लेख गरीएको छ ।

    • प्रकाशित मितिः भदौ १, २०७८
    • 121 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.