राजनीति

    Showing 8,851-8,860 of 10,447 items.
  • कांग्रेस बैठक पुस १० गते

    काठमाडौं  / १४ औँ महाधिवेशनबाट चयन भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको पहिलो बैठक पुस १० गते बस्ने तयारी गरिएको छ । अन्तिम मतपरिणाम आए लगत्तै केन्द्रीय कार्यसमिति बैठक बोलाउने तयारी भएको हो ।केन्द्रीय कार्यसमितिको बैठक पुस ‘१० मा बोलाउने तयारी गरिएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी गराएका छन् । १४ औँ महाधिवेशनमा भएको निर्वाचनको मतगणना बिहीबार सकिने छ ।

    • प्रकाशित मितिः पुस ८, २०७८
    • 91 पटक पढिएको
  • एमालेका उपसचिव एकीकृत समाजवादीमा प्रवेश

    झापा / नेकपा एमाले बाँकेका उपसचिव प्रमोद धिताल नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।आज कोहलपुरमा आयोजित कार्यक्रममा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले धिताललाई पार्टी प्रवेश गराएका हुन् । धितालले समाजवादीमा प्रवेश गरेको सो पार्टीका लुम्बिनी प्रदेश सचिव राजु गुरुङले जानकारी दिए । उनले भने– ‘अन्य कार्यकर्तासँगै उपसचिव पनि यता हाम्रोतिर आउनुभएको हो ।’शुरुदेखि माधव नेपाल समूहमा रहेर पनि  एमाले विभाजन हुँदा धिताल नेपाललाई छोडेर एमालेमै बसेका  थिए । आज फेरि माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका हुन् । उनले एमालेमा अध्यक्ष केपी शर्मा ओलीले पार्टी

    • प्रकाशित मितिः पुस ८, २०७८
    • 215 पटक पढिएको
  • स्थानीय तहका कर्मचारीहरूको सरुवा रोक

    काठमाडौँ  / संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका कर्मचारीहरूको सरुवा स्थगित गरेको छ । आगामी स्थानीय तहको निर्वाचनलाई ध्यानमा राख्दै कर्मचारीको भूमिका बढ्ने भएकाले सरुवा रोकिएको मन्त्रालयका सचिव सुरेश अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार स्थानीय तहमा पठाएका प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर लगायतका कर्मचारीहरूको सरुवा भने रोकिएको छैन ।मन्त्रालयले जारी गरेको सूचनामा लोक सेवा आयोगबाट स्थानीय तहमा सिफारिस भई स्थायी नियुक्त भएका कर्मचारीहरूलाई कामकाजमा खटाउने सम्बन्धी कार्य व्यवस्था नभएसम्मका लागि स्थगित गरिएको उल्लेख छ । २०७८ चैत्र पाँच गते भित्र ७५३ स

    • प्रकाशित मितिः पुस ८, २०७८
    • 114 पटक पढिएको
  • कांग्रेस महाधिवेशन : मतगणना आज सकिँदै

    काठमाडाैँ / नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति सदस्यहरूको मतगणना आज सकिने भएको छ । कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत गत मंसिर २४ गतेदेखि काठमाण्डौमा सुरु भएको महाधिवेशनमा मंसिर २७ गते केन्द्रीय पदाधिकारीका लागि चुनाव भएको थियो ।अब आदिवासी जनजाति र खसआर्यतर्फ केन्द्रीय सदस्यहरूका लागि भएको निर्वाचनको मतपरिणाम सार्वजनिक हुन बाँकी छ ।१३४ पदका लागि भएको निर्वाचनमा बुधबारसम्म दलिततर्फसहित १०६ पदको मतपरिणाम सार्वजनिक भएको छ । अहिलेसम्म सार्वजनिक १३ पदाधिकारीसहित ९७ पद मध्ये संस्थापन समूहले दुई तिहाइ बढी पदमा जित हासिल गरेको छ।कांग्रेसको विधान बमोजिम निर्वाचित केन्द्रीय सदस्यबाट सभापतिको प्

    • प्रकाशित मितिः पुस ८, २०७८
    • 92 पटक पढिएको
  • रञ्जु दर्शनाले गरिन पार्टी परित्याग

    काठमाडौँ / विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले पार्टी परित्याग गरेकी छन् । दर्शनाले बिहीबार विज्ञप्ति जारी गरी साधारण सदस्यसमेत नरहने गरी विवेकशील साझाबाट अलग भएको घोषणा गरेकी हुन् । उनले आफू पार्टीबाट अगल भए पनि राजनीतिबाट टाढा नहुने बताएकी छिन् । वैकल्पिक राजनीतिक पार्टीको खोल मात्र ओढेको विवेकशील साझा पार्टीमा आफ्नो समय, उर्जा, विध्वता, भावना, आर्थिक केही पनि कुरा प्रदान गर्न असमर्थ रहेको उनले पार्टी अध्यक्ष रवीन्द्र मिश्रलाई लेखेको पत्रमा उल्लेख छ ।संघीय गणतान्त्रिक लोकतन्त्र देश नेपालमा वैकल्पिक राजनीतिको मूलचरित्र नै दुर्गन्धित बनाएर भइरहेका सम्पूर्ण कदम, व्यवहारले

    • प्रकाशित मितिः पुस ८, २०७८
    • 112 पटक पढिएको
  • वैशाखमा स्थानीय तहको निर्वाचनको तयारी

    झापा / वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने गरी निर्वाचन आयोगले तयारी थालेको छ । महिला पत्रकारहरूका लागि आयोजना गरिएको निर्वाचन सञ्चालन र व्यवस्थापनसम्बन्धी कार्यशालाको उद्घाटन कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उक्त जानकारी दिएका हुन ।स्थानीय जनप्रतिनिधिको निर्वाचित अवधि चैतमा सकिने भएकाले आगामी वर्षको वैशाखमा निर्वाचन गर्ने लक्ष्यसहित काम थालिएको उनले जानकारी दिएका छन । थपलियाले भने, ‘‘२०७९ वैशाख २० गतेभित्रै निर्वाचन सम्पन्न गर्ने र समयमै नयाँ जनप्रतिनिधिहरू दिने विषयमा आयोग गम्भीर छ र छिट्टै नै स्थानीय तह निर्वाचनको मिति तय गर्न नेपाल सरकार समक्ष सिफारिस गर्ने आयोगले तया

    • प्रकाशित मितिः पुस ८, २०७८
    • 137 पटक पढिएको
  • कांग्रेस अधिवेशन : नेतृत्व चयनका लागि प्रदेश २ मा मतदान शुरु

    जनकपुर / नेपाली कांग्रेस २ नम्बर प्रदेशको नेतृत्व चयनका लागि मतदान शुरु भएको छ । बुधबार नै मतदान हुने कार्यतालिका रहे पनि मतपत्र छपाईमा ढिलाइ भएकाले आज (बिहीबार) बिहान साढे ९ बजे मात्र मतदान सुरु भएको हो । जनकपुरधामस्थित गोपाल धर्मशालामा मतदान शुरु भएको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार प्रदेश सभापतिका उम्मेदवार कृष्ण यादवले पहिलो मत मतदान गरेका थिए ।सहमतिमा नेतृत्व टुङ्गो लगाउने प्रयास असफल भएपछि दुई समूह छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।संस्थापन पक्षले कांग्रेस रौतहटका सभापति कृष्ण यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ भने अर्को पक्षले

    • प्रकाशित मितिः पुस ८, २०७८
    • 90 पटक पढिएको
  • माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा हर्कबहादुर नेम्वाङ विजयी

    झापा / नेकपा (माओवादी केन्द्र) १ नम्बर प्रदेश समितिको अध्यक्षमा हर्कबहादुर नेम्वाङ ‘मिक्सो’ विजयी भएका छन् । बुधबार राति सम्पन्न निर्वाचनको मतगणना अनुसार उनका प्रत्याशी मुक्साहाङ मेन्याङ्बोलाई पराजित गर्दै नेम्वाङ १ नम्बर प्रदेश समितिको अध्यक्षमा विजयी भएका हुन् । २४० जनाले मतदान गरेकोमा नेम्वाङले १६९ मत पाए भने उनका प्रतिस्पर्धी मेन्याङ्बोले ६४ मत प्राप्त गरेका छन् । अध्यक्षमा ७ मत बदर भएको थियो ।तीन जना उपाध्यक्षमा मणिकुमार साम्पाङले १ सय ११ मत, देवान चाम्लिङले १ सय २० र शिवकुमार डाँगीले १ सय १३ मत ल्याएर विजयी भएका छन् ।त्यस्तै सचिवमा गणेश उप्रेती १४८ मत ल्याएर विजयी बने भने उनका

    • प्रकाशित मितिः पुस ८, २०७८
    • 118 पटक पढिएको
  • प्रदेश १ मा माओवादीका पदाधिकारी चयन गर्न निर्वाचन

    विराटनगर /  नेकपा माओवादी केन्द्रको नेतृत्व चयनका लागि प्रदेश १ मा निर्वाचन हुने भएको छ । प्रदेश समितिको बैठकले अध्यक्ष, उपाध्यक्ष, सचिवसहितका पदाधिकारी टुंगो लगाउन नसकेपछि निर्वाचन हुने भएको हो । निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको र मतदान आज (बुधबार) साँझ ७ बजे हुने निर्वाचन समिति संयोजक राजेन्द्र किरातीले जानकारी दिए । किरातीका अनुसार अध्यक्षलगायत ९ जना पदाधिकारीका लागि निर्वाचन गरिदैछ । नौ पदाधिकारीका लागि ४० जना आकांक्षी छन् ।विराटनगरस्थित पार्टी कार्यालयमा हुने निर्वाचनमा पदाधिकारी चयनका लागि प्रदेश समितिका २६९ जनाले मतदान गर्नेछन् ।अध्यक्षमा हर्कबहादुर लावती, शिवकुमा

    • प्रकाशित मितिः पुस ७, २०७८
    • 103 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.