राजनीति

    Showing 8,871-8,880 of 9,673 items.
  • राजीनामा दिनुअघि पोखरेलले गरे यस्तो निर्णय

    बिर्तामोड / लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजिनामा दिनु अघि विभिन्न निर्णयहरू गरेका छन् । प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीका अनुसार बुधबार बसेको मन्त्रिपरिषद् बैठकबाट मुख्यमन्त्री पोखरेलले राजीनामा दिनुअघि प्रदेश खेलकुद परिषदको सदस्य मनोनयन गर्नेदेखि प्रादेशिक अस्पतालका मेसु परिवर्तन गर्नेसम्मका निर्णय गरेका छन् ।पोखरेलको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले उद्योग दर्ताका लागि पूर्ण छुट दिने निर्णय गरेको छ । प्रदेश विपद् व्यवस्थापन कार्य सञ्चालन दोस्रो संशोधन निर्देशिका स्वीकृत गर्नुका साथै उद्योग मन्त्रालयको सेवा तथा दस्तुरको शुल्कमा दररेट पनि स्वीकृत प्रदान ग

    • प्रकाशित मितिः साउन २७, २०७८
    • 129 पटक पढिएको
  • राज्यले ललिता निवास जग्गा प्रकरणमा मलाई फसायो : गच्छादार

    बिर्तामोड / नेपाली कांग्रेसका उपसभापति विजय कुमार गच्छादारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूमाथि दुश्मनी साँध्ने काम गरेको आरोप लगाएका छन् ।बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा बोल्दै गच्छादारले ललिता निवासको सरकारी जग्गाको नाममा आफ्नो ५० वर्षे राजनीतिक इतिहास नै समाप्त पार्ने गरि अख्तियारले आफूमाथि दुश्मनी साँध्ने काम गरेको आरोप लगाएका हुन् । उनले भने, – ‘तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्रीले जग्गाको लालपूर्जा बाँड्छर ? मोहीको जग्गा छुट्याउने दायित्व मेरो थियो ? त्यो दायित्व भूमि सम्बन्धी मन्त्रालयको होइन र ? तर राज्यले मलाई तह लगाउने नाममा ललिता

    • प्रकाशित मितिः साउन २७, २०७८
    • 221 पटक पढिएको
  • मुख्यमन्त्रीको राजीनामा स्वीकृत

    बुटवल / लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिएको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख शेरचनले बुधबार दिउँसो पोखरेलको राजीनामा स्वीकृत गरेका हुन् ।एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धनबाट पोखरेल दाङ क्षेत्र नम्बर २ ९१० बाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए । उनी २०७४ साल फागुन ३ गते पहिलोपटक र गत बैशाख १९ गते दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका थिए ।

    • प्रकाशित मितिः साउन २७, २०७८
    • 146 पटक पढिएको
  • रेल्वे कम्पनीका महाप्रबन्धक भट्टराईले दिए राजीनामा

    काठमाडौँ / नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले राजीनामा दिएका छन् ।भट्टराईले बुधबार राजीनामा पत्र सार्वजनिक गर्दै आफुले महाप्रबन्धक पदमा रहँदा ईमान्दारीपुर्वक निरन्तर कम्पनीको काममा लागेर मृत प्राय: अवस्थामा रहेको रेल्वे कम्पनीलाई पुनर्जिवन दिएको उल्लेख गरेका छन् ।   'जनताविरुद्ध विभिन्न अवाञ्चित स्वार्थहरूको गठजोडले बनेको गंगटे सरकारले गर्ने जनविरोधी कामहरूको सहयात्री र मुकदर्शक हुन मेरो नैतिक मूल्य मान्यता र मुलुकप्रतिको अगाध प्रेमले नदिने हुँदा मैले आजकै मितिदेखि लागू हुनेगरी नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रबन्धक पदबाट राजीनामा दिएको छु,' राजीनामा प

    • प्रकाशित मितिः साउन २७, २०७८
    • 129 पटक पढिएको
  • मुख्यमन्त्री पोखरेल विरुद्ध कांग्रेस नेता कनौडिया द्धारा अविश्वासको प्रस्ताव पेश

    काठमाडौँ  / लुम्बिनी प्रदेशसभाका मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ । प्रदेश सभाको विशेष अधिवेशनको बैठकमा मुख्यमन्त्री पोखरेल विरुद्ध नेपाली कांग्रेसका नेता विरेन्द्र कुमार कनौडियाले अविश्वास प्रस्ताव पेश गरेका हुन् ।सत्ता पक्षका प्रदेशसभा सदस्य अनुपस्थित रहेकोले धेरै नबोल्ने भन्दै कनौडियाले अविश्वास प्रस्ताव पेश गरेका हुन् । एमाले संसदीय दलको बुधबार बसेको बैठकले विशेष अधिवेशन आह्वानमा संवैधानिक प्रश्न उठाउँदै उपस्थित नहुने संकेत गरेको थियो ।मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशनको बैठक सुरु हुनु अगावै मुख्यमन्त्री

    • प्रकाशित मितिः साउन २७, २०७८
    • 105 पटक पढिएको
  • एमालेले गुमायो लुम्बिनी प्रदेश , मुख्यमन्त्री पोखरेलले दिए राजिनामा

    बुटवल / आफू नेतृत्वको सरकार समस्यामा परेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल पदबाट राजीनामा दिएका छन् । बुधबार आज प्रदेशसभामा आफूविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल सुरु हुन अगावै उनले राजिनामा दिएका हुन् ।पोखरेल विरुद्ध यसअघि दर्ता भएका अविश्वासका प्रस्ताव शक्तिको दुरुपयोग गरी विफल बनाउन सफल भएका उनले यो पटक पदच्युत गर्ने अवस्था आएपछि राजिनामा दिएका हुन् ।एमालेको ओली समूहका प्रभावशाली नेता उनले सांसद विमला ओलीलाई अपहरण गरी आफ्नो सरकार जोगाउन गरेको प्रयास असफल भएपछि राजिनामा दिएका हुन् ।यसअघिको अविश्वास प्रस्ताव असफल बनाउन उनले प्रदेश प्रमुखको सहयोग लिएर आफ्नो सरकार जोगाएका

    • प्रकाशित मितिः साउन २७, २०७८
    • 178 पटक पढिएको
  • मनिषा कोइरालाले नयाँ दल खोल्दै

    काठमाडौँ / नेपालमा जन्मिएकी चर्चित भारतिय अभिनेत्री मनिषा कोइराला र वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठी लगायतका व्यक्तिहरूले नयाँ राजनीतिक दल खोल्ने तयारी गरेका छन् । आगामी भदौ १४ गते श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर धर्मनिरपेक्षता र संघीयताको खारेजीलाई मूल मुद्दा बनाएर नयाँ राजनीतिक दल खोल्न लागेका हुन् ।

    • प्रकाशित मितिः साउन २७, २०७८
    • 221 पटक पढिएको
  • गिरीबन्धुको जग्गा प्रकरण : मुख्य मतियारको हातमा गृहमन्त्रालयको साँचो

    बिर्तामोड  / झापाको बिर्तामोड स्थित गिरीबन्धु टि स्टेट जग्गा प्रकरणका विषयमा छानविन गरी संलग्नमाथि कारवाही गर्न माग भईरहेका बेला शेर बहादुर देउवा नेतृत्वको सरकारले सो प्रकरणमा मुख्य भूमिका खेलेका सरकारी अधिकारीलाई पुरस्कृत गरेको छ ।मन्त्रीपरिषदको सोमबार बसेको वैठकले सो जग्गाा प्रकरणमा मुछिएका भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव टेक नारायण पाण्डेलाई शक्तिशाली मन्त्रालय सुम्पेर पुरस्कृत गर्ने काम गरेको हो । सोमबारको बैठकले पाण्डेलाई गृहमन्त्रालयको सचिवमा सरुवा गरेको हो ।मिलेमतोमा सरकारी ऐन नै परिवर्तन गराएर बजार क्षेत्रमा कम्पनीको नाममा हदबन्दी भन्दा वढि रहेको २ सय ८० विगाहा जग्गा हत्

    • प्रकाशित मितिः साउन २६, २०७८
    • 545 पटक पढिएको
  • असाधारण जनमतबाट प्रधानमन्त्री बन्छु : ओली

    काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असाधारण जनमतबाट आफू फेरि पनि प्रधानमन्त्री बन्ने दाबी गरेका छन् ।प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै ओलीले असाधारण जनमतबाटै आफू पुनः प्रधानमन्त्री बन्ने दाबी गरेका हुन् ।उनले भने– ‘‘हेरिराखे हुन्छ । म मूलबाटो, मूल ढोकाबाटै फेरी आउँछु । असाधारण जनमतबाट पुनः प्रधानमन्त्री बन्छु ।’ आफ्नो कार्यकालमा धेरै काम भएको दावी गर्दै उनले आफू नेपाली जनताकै मतबाट प्रधानमन्त्री हुने दावी गरेका हुन् ।ओलीले आफु देश र जनताको सेवाका लागि नै जन्मिएको जिकिर गर्दै भने – म प्रधानमन्त्री हुन  जन्मिएको हैन , तर काम गर्दै जाँदा प्रधानमन्त्री भए ।सम्बोधनका क्रममा ओलील

    • प्रकाशित मितिः साउन २६, २०७८
    • 177 पटक पढिएको
  • ओली सरकारले योग्यता नै नपुगेकालाई गभर्नर बनाएको खुलासा

    काठमाडौँ /  केपी शर्मा ओली नेतृत्वको सरकारले योग्यता नै नपुगेका महाप्रसाद अधिकारीलाई नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको खुलेपछि अर्थमन्त्री जनार्दन शर्माले सो विषयमा चासो देखाउँदै छानविन थालेका छन् । राष्ट्र बैंक ऐन मिचेर अधिकारीलाई ओली नेतृत्वको सरकारले नियुक्त गरेको खुलेपछि मन्त्री शर्माले उनको विषयमा छानविन अघि बढाएका हुन् ।मन्त्री शर्माले छानविन थालेपछि यस आर्थिक वर्षको मौद्रिक निती समेत प्रभावित बनेको छ । कारवाही हुने सम्भावना देखिएपछि गभर्नर अधिकारी मौद्रिक नितीलाई थाती राखेर आफ्नो पद जोगाउन सकृय बनेको राष्ट्र बैंक स्रोतले जानकारी गराएको छ । ओली नेतृत्वको सरकारले गत चैत्र २

    • प्रकाशित मितिः साउन २६, २०७८
    • 396 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.