राजनीति

    Showing 8,881-8,890 of 9,673 items.
  • खाद्य स्वच्छता तथा गुणस्तर विधेयक सर्वसम्मतिले स्वीकृत

    काठमाडौँ  /राष्ट्रियसभाको आजको बैठकले खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७’ स्वीकृत गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त विधेकलाई विचार गरियोस् भनी प्रस्तुत गरेको प्रस्तावलाई बैठकको सर्वसम्मतिले स्वीकृत गरेको हो । उक्त प्रस्तावमाथिको छलफलमा नेपाली कांग्रेसका प्रकाश पन्त र अनिता देवकोटा तथा नेकपा (माओवादी केन्द्र)का रामनारायण विडारी र मायाप्रसाद शर्माले भाग लिएका थिए ।प्रतिपक्षी दल नेकपा (एमाले)का खिमलाल भट्टराई, ठगेन्द्रप्रसाद पुरी, गङ्गाकुमारी बेल्वासे, उदया शर्मा पौडेल, डा बिमला पौडेल राई तथा स्वत

    • प्रकाशित मितिः साउन २६, २०७८
    • 262 पटक पढिएको
  • फरक पार्टी निर्माणको तयारीमा माधव नेपाल समूह

    काठमाडौं / एमालेको आन्तरिक कलह हल गर्नका लागि अहिले सम्म भएका प्रयास सफल नहुने भएपछि माधव नेपाल समूह नयाँ पार्टी निर्माणको दिशातर्फ अग्रसर बनेको छ । पार्टी एकताका लागि बनेको कार्यदलले बैठक रोक्नका लागि गरेको आग्रह ओली पक्षले अस्वीकार गरेपछि एकता प्रकृया हालका लागि स्थगन भएको हो ।पार्टी अध्यक्षलाई थप शक्तिशाली बनाउने र अध्यक्ष इतरको समूहलाई पदाधिकारीमा जान नै नसक्ने गरी विधान परिवर्तन गर्ने निर्णय गरेपछि एकता प्रकृया स्थगन भएको हो । एकताको प्रयास जारी राखेकै समयमा सोमबार सम्पन्न माधव समूह बाहेकको पार्टीको बैठकले दूरगामी महत्वका निर्णय गरेपछि माधव नेपाल समूह फरक पार्टी निर्माणको बाटोमा अग्रसर बन

    • प्रकाशित मितिः साउन २६, २०७८
    • 200 पटक पढिएको
  • एमालेको विधान महाधिवेशनमा प्रतिवेदन पेस गर्न मस्यौदा समिति गठन

    काठमाडौं//नेकपा एमालेले भदौ २७ र २८ गते आयोजना हुने विधान महाधिवेशनमा प्रतिवेदन पेस गर्न मस्यौदा समिति गठन गरेको छ। पार्टीको विधान संशोधन प्रस्तावलाई केन्द्रीय समिति बैठकमा पेश गरेसंगै स्थायी समिति बैठकबाट पारित विधान संशोधन प्रस्तावलाई केन्द्रीय समितिले अघि बढाएको हो।एमालेको आगामी केन्द्रीय समिति बैठकमा महासचिव ईश्वर पोखरेलले विभिन्न चारवटा प्रतिवेदनका लागि मस्यौदा समितिको नाम पेस गरेका छन्।राजनीतिक प्रतिवेदन मस्यौदा समितिको संयोजकमा केपी शर्मा ओली,सदस्यहरूमा  वामदेव गौतम, रामबहादुर थापा, प्रदीप ज्ञवाली, छविलाल विश्वकर्मा, सत्यनारायण मण्डल, विष्णु रिमाल, विन्दा पाण्डे रहेका छन्। यसैगरी स

    • प्रकाशित मितिः साउन २५, २०७८
    • 113 पटक पढिएको
  • उपेन्द्र यादव बने ३५ जना समिति सहितका एकल अध्यक्ष

    बिर्तामोड / निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) मा अव ३५ जना मात्र कार्यकारिणी समिति रहने निर्णय गरेको छ ।  आयोगले सोमबार जसपा भित्रको आन्तरिक विवाद समाधानका लागि परेको निवेदनको सुनुवाइ गर्दै सो निर्णय गरेको हो । जसपाको दुई समूहको विवादमा निर्वाचन आयोगले साउन ११ गते उपेन्द्र यादव पक्षलाई अधिकारिकता दिएको थियो । आयोगमा ५१ जनाको केन्द्रीय कार्यकारिणी समितिबाट ३५ जनाको केन्द्रीय कार्यकारिणी समिति रहने गरी अध्याबधिक भएको छ ।ठाकुर पक्षमा उभिएका १६ जनालाई कार्यकारिणी समितिबाट हटाइएको एक नेताले जानकारी दिए । ठाकुरसहित जसपाका वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, सर्

    • प्रकाशित मितिः साउन २५, २०७८
    • 226 पटक पढिएको
  • मुख्यमन्त्री पोखरेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ताको माग गर्दै सर्वोच्चमा रिट दायर

    काठमाडौँ / लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा नेकपा एमालेका प्रदेशसभा सदस्य लीला गिरीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । गिरीले सोमबार  मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव फिर्ता गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् । गिरीले दायर गरेको रिट निवेदनमा संविधानको धारा १६८ को उपधारा १ बमोजिम बहुमत प्राप्त दलको नेताका रुपमा शंकर पोखरेल गत वैशाख १९ गते नियुक्त भएको दाबी गर्दै दुई वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन नपाइने जिकिर गरिएको छ । विपक्षी गठबन्धनले भने अल्पमतका बाबजुद असंवैधानिक रुपमा पोखरेललाई मुख्यमन्त्रीमा नियुक्ति गरिएको दाबी गर्दै प्रदेशसभाको विश

    • प्रकाशित मितिः साउन २५, २०७८
    • 125 पटक पढिएको
  • अदालतले ‘ब्युँतायो’ भूमि आयोग

    बिर्तामोड / सर्वोच्च अदालतले भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ । अदालतले देउवा नेतृत्वको सरकारले विघटन गरेको भूमि आयोगका अध्यक्ष देवी ज्ञवालीसहितले दायर गरेको रिट निवेदनमा सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो ।न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेश जारी गर्ने सन्दर्भमा छलफलका लागि दुवै पक्षलाई भदौ १ गते बोलाएको छ ।

    • प्रकाशित मितिः साउन २५, २०७८
    • 141 पटक पढिएको
  • एमाले स्थायी कमिटी बैठक सुरु

    बिर्तामोड / नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । तुलसीलाल स्मृति प्रतिष्ठानमा सुरु भएको बैठकमा विधान संशोधन मस्यौदा प्रस्ताव पारित गर्ने बताइएको छ । स्थायी समिति बैठकबाट विधान संशोधन मस्यौदा प्रस्ताव पारित गरेर केन्द्रीय समिति बैठकबाट अनुमोदन गरिने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । स्थायी समिति बैठकपछि तुलसीलाल स्मृति प्रतिष्ठानमै एमाले केन्द्रीय समिति बैठक बस्नेछ । बैठकमा माधव नेपाल पक्षीय केन्द्रीय सदस्यहरु भने सहभागी नहुने भएका छन् ।

    • प्रकाशित मितिः साउन २५, २०७८
    • 99 पटक पढिएको
  • भ्रष्टाचारमा संलग्नलाई पुरस्कृत ,फेरिएनन् देउवा

    बिर्तामोड / सरकार परिवर्तनसँगै फेरि पनि सरकारमा सहभागि दलका नेताले बेथिति र भ्रष्टाचारमा संलग्नहरूलाई नै छानिछानी सरकारी निकायमा लगेर कारवाहीको सट्टा पुरस्कृत गर्न थालेका छन् ।शिक्षा र स्वास्थ्य क्षेत्रका व्यवसायी उमेश श्रेष्ठलाई शेर बहादुर देउवा प्रधानमन्त्री बने लगत्तै स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरिएको छ । ललितपुरको गोदावरीमा रहेको योगेन्द्र बहादुर विष्ट परिवारको ४०० रोपनी जग्गा हडपेको विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकै समयमा उनलाई नियुक्त गरेको भन्दै देउवाको आलोचना भइरहेको छ ।स्वास्थ्य र शिक्षा क्षेत्रमा कायम बेथितिका विरुद्ध लामो सयम देखि आन्दोलनरत डा. गोविन्द केसीले श्रे

    • प्रकाशित मितिः साउन २४, २०७८
    • 141 पटक पढिएको
  • सांसद अपहरणको पर्याय बन्दैछ , एमालेको ओली समूह

    बिर्तामोड / संघियता र गणतन्त्रका लागि वर्षौ लडेका राजनितीक दलका नेताले नै व्यवस्था गन्हाउने गरी कानुन हातमा लिएर सत्ता जोगाउन हर्कतहरु गर्न थालेका छन् ।पछिल्लो एक वर्षको अवधिमा आफ्नो दलको नेतृत्वमा रहेको सरकार जोगाउन नेकपा एमालेका शिर्ष नेताबाटै कानुन हातमा लिएर सांसद नै अपहरण गर्ने सम्मका घटना भएका हुन् ।एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेको समयमा संकटमा परेको आफ्नो सरकार जोगाउनका लागि जसपाका सांसद सुरेन्द्र यादवलाई अपहरण गरिएको सार्वजनिक भएको थियो । जसपा विभाजन गराएर आफ्नो सरकारको आयु लम्व्याउन ओलीले आफू निकटका नेता महेश बस्नेत , किसन श्रेष्ठ र नेपाल प्रहरीका पुर्व प्रमुख सर्वेन्द

    • प्रकाशित मितिः साउन २३, २०७८
    • 188 पटक पढिएको
  • साझा न्यूनतम् कार्यविधि सार्वजनिक गर्ने निर्णय

    काठमाडौँ / सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि तयार गरेको न्यूनतम् साझा कार्यक्रम र कार्यविधि सार्वजनिक हुने भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्ता गठबन्धनको बैठकले आइतबार उक्त कार्यविधि सार्वजनिक गर्ने निर्णय गरेको राष्ट्रिय जनमोर्चाको सांसद दुर्गा पौडेलले जानकारी दिएका छन् । कार्यदलले गठबन्धनको न्यूनतम साझा कार्यक्रम र कार्यविधि प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेतृत्वलाई शुक्रबार हस्तान्तरण गरेको थियो । संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम नाम दिइएको उक्त प्रतिवेदनमा संयुक्त सरकारका प्राथमिकतालाई समावेश गरिएको छ ।बैठकमा प्रधानमन्त्री एव

    • प्रकाशित मितिः साउन २३, २०७८
    • 103 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.