राजनीति

    Showing 8,891-8,900 of 9,673 items.
  • सहकारी ठगीको आरोप लागेर छानबीनमा परेका व्यक्तिलाई भेटे प्रधानमन्त्री देउवाले

     काठमाडौं// सहकारी ठगीको आरोप लागेर छानबीनमा परेका व्यक्तिलाई प्रधानमन्त्री शेरबहादुर देउवाले भेटेका छन् ।ललितपुरको पुलचोकमा रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था मार्फत दर्जनौँ व्यक्तिलाई ठगी गरेको अभियोगमा राष्ट्र बैंकदेखि सिआइबीसम्मले छानबीनमा राखेको सुरेन्द्र भण्डारीलाइ देउवाले भेटेका हुन् ।उनले आफुलाई नेपाली कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागका सचिव बताउँदै आएका थिए। देउवालाई शुभकामना पत्र मात्रै  दिएका भण्डारीले नेपालमा सहकारी बैंक हुँदा हुँदै अर्को सहकारी बैंक खोल्ने विषयमा देउवालाई जानकारी गराएको उल्लेख गर्दै आएका छन् ।केही मिडियामा भण्डारीले ‘सबै स

    • प्रकाशित मितिः साउन २२, २०७८
    • 78 पटक पढिएको
  • उपाध्यक्षको ससुराको मृत्युमा सार्वजनिक बिदा

    बिर्तामोड / तेह्रथुमको एक गाउँपालिकाले उपाध्यक्षको ससुराको मृत्यु हुँदा सार्वजनिक बिदा दिएको छ । मेन्छयायेम गाउँपालिकाले उपाध्यक्ष गीता तिम्सिना गौतमका ससुराको मृत्यु हुँदा सार्वजनिक बिदा दिएको हो । उपाध्यक्ष गौतमका ससुरा कृष्णप्रसाद गौतमको मृत्युमा गाउँपालिकाले आज (शुक्रबार) सार्वजनिक बिदा दिएको हो ।गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले सूचना जारी गर्दै गाउँपालिकाका स्वास्थ्य संस्थाबाहेक सबै कार्यालय बन्द हुने जनाएका छन् ।गाउँपालिका अध्यक्ष यादव खापुङले गाउँ कार्यपालिका बैठकबाटै निर्णय गरेर सार्वजनिक बिदा दिएको बताए ।

    • प्रकाशित मितिः साउन २२, २०७८
    • 158 पटक पढिएको
  • सरकारको ‘साझा नीति तथा कार्यक्रम’ सार्वजनिक (पूर्ण पाठ)

    बिर्तामोड / नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काको संयोजकत्वमा गठित सत्ता गठबन्धनले तयार पारेको साझा नीति तथा कार्यक्रम सार्वजनिक भएको छ ।नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका ७ नेता सम्मिलित कार्यदलले ‘संयुक्त सरकारको साझा नीति तथा कार्यक्रम’ तयार पारेको थियो । कार्यदलले दुई साता लगाएर बनाएको कार्यक्रमको मस्यौदा प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ताधारी दलका शीर्ष नेताहरूलाई बुझाएको छ । यस्तो छ  ‘संयुक्त सरकारको साझा नीति तथा कार्यक्रम’१. विषय प्रवेशनेपाली जनताले पटकपटक गरेका ऐतिहासिक जनआन्दोलन, सशस्त्र संघर्ष, मधेस आन्दोलनलगायत विभिन्न आन्दोलन,

    • प्रकाशित मितिः साउन २२, २०७८
    • 170 पटक पढिएको
  • देउवालाई सचिव सरुवा मै सकस

    बिर्तामोड / नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा सरकार सञ्चालनमा कमजोर देखिएका छन् ।सरकार गठन भएको झण्डै एक महिना सम्म मन्त्रीपरिषद विस्तार गर्न नसकेका गठबन्धन सरकारको नेतृत्व गरेका देउवालाई सचिव सरुवामै अर्काे  सकस परेको छ ।गृह मन्त्रालयको सचिव सरुवामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), एमाले वरिष्ठ नेता माधव नेपाल, गृह मन्त्री बालकृष्ण खाँड र देउवा पत्नी आरजु राणाबीच विवाद भएपछि प्रधानमन्त्री देउवा अप्ठ्यारोमा परेका छन् । गृह मन्त्रालयमा अहिले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र महेश्वर न्यौपाने छन् ।प्रधानमन्त्री देउवाकी श्रीमत

    • प्रकाशित मितिः साउन २२, २०७८
    • 129 पटक पढिएको
  • सरकार सञ्चालन कार्यविधिको पूर्णपाठ

    काठमाडौँ / सत्तारुढ दलको सात सदस्यीय कार्यदलले प्रभावकारी सरकार सञ्चालनका लागि संघ, प्रदेश र जिल्लामा ‘उच्चस्तरीय राजनीतिक समन्वय समिति’ गठन गर्न प्रस्ताव गरेको छ।कार्यदलले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको ‘गठबन्धन सरकार सञ्चालन कार्यविधि’ मा ‘उच्चस्तरीय राजनीतिक समन्वय समिति’ गठन गर्ने प्रस्ताव गरेको हो । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड योजना अनुसार संयन्त्र निर्माण गर्ने सहमति भएको बताईएको छ ।कार्यदलले संघ प्रदेश र जिल्लास्तरमा राजनीतिक समन्वय समिति गठन गरि सरकार सञ्चालनमा सहयोग पुर्याउने छ । विगतमा स्थानीय तह नभएका बेला ‘सर्वदलीय संयन्त्र’ बनाएर सहमतिका आध

    • प्रकाशित मितिः साउन २२, २०७८
    • 109 पटक पढिएको
  • कानुन मिचेर २ वटा गाडी प्रयोग गर्दै सभामुख

    विराटनगर / प्रदेश नम्बर एकका सभामुख प्रदीपकुमार भण्डारीले कानूनी प्रावधान विपरीत २ वटा गाडी प्रयोग गरेको पाइएको छ ।प्रदेश सभाका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनको अनुसूची १ मा एउटा मात्र गाडी प्रयोग गर्न पाउने व्यवस्था छ । तर, कानूनी प्रावधान विपरीत भण्डारीले दुई वटा गाडी प्रयोग गर्दै आइरहेका छन् । सभामुख भण्डारीले इसुजी मक्स जीप र क्रेटा कार गरी २ वटा सवारीसाधन प्रयोग गर्ने गरेको प्रदेशसभा सचिवालयले जनाएको छ । सचिवालयका अनुसार को१ज ६६६ नम्बरको इसुजी मक्स जीप र प्र १–१–०२–००१झ–००१० नम्बरको कार भण्डारीले प्रयोग गर्दै आएका छन् । इसुजी मक्स जीप १ करोड ३६ लाख

    • प्रकाशित मितिः साउन २१, २०७८
    • 179 पटक पढिएको
  • लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आह्वान

    बुटवल / लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेका छन् ।संविधानको धारा १८३ को उपधारा (३) बमोजिम शेरचनले साउन २७ गते विशेष अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिव दुर्लभ कुमार पुनले मगरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ  ।विशेष अधिवेशन बुधबार १ बजे देखि हुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।  

    • प्रकाशित मितिः साउन २१, २०७८
    • 81 पटक पढिएको
  • मुख्यमन्त्री निवासमा ‘बन्धक’ बनाई जबरजस्ती हस्ताक्षर गराइयो : सांसद वली

    बिर्तामोड / लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वलीले आफूलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा बन्दी बनाएर जबरजस्ती हस्ताक्षर गराइएको बताएकी छिन् । वलीले बिहीबार पत्रकार सम्मेलन गरी सो कुरा बताएकी हुन् । उनले आफू माओवादी केन्द्रमै रहेको समेत बताएकी छिन् । वलीले आफूलाई एमालेमा सामेल हुन र मन्त्री बन्न दबाब दिँदै साउन १६, १७ र १८ गते मुख्यमन्त्री निवासबाट बाहिर निस्कन नदिई जबर्जस्ती एमालेमा रहेको बेहोराको विज्ञप्तिमा हस्ताक्षर गर्न लगाइएको खुलासा गरेकी छन् ।‘मैले इन्कारी जारी राखेँ, साउन १८ गते विज्ञप्ति लेखेर मलाई पढ्नै नदिई जबरजस्ती हस्ताक्षर गराइयो,’ विज्ञप्तिमा उनले भनेकी छन्, ‘यतिमात

    • प्रकाशित मितिः साउन २१, २०७८
    • 133 पटक पढिएको
  • भ्रष्टाचार अभियोग लागेका व्यक्ति मन्त्रालयका सल्लाहकार

    काठमाडौँ / भ्रष्टाचार मामिलामा विशेष अदालत काठमाडौंबाट दण्डित व्यक्तिलाई प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले सल्लाहकार नियुक्त गरेका छन् ।भ्रष्टाचारको मुद्दामा कैद र जरिवाना तोकिएका जीवनाथ चौधरीलाई यादवले मन्त्रालयको सल्लाहकार पदमा नियुक्त गरेका हुन् ।अदालतले चौधरीलाई ४ महिना जेल सजाय र ६ लाख ७५ हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो। अदालतको फैसलामा पुनरावेदन भएपछि उक्त मुद्दा हाल विचाराधीन छ ।तत्कालीन जिल्ला विकास समिति धनुषाका लेखापालको रुपमा कार्यरत रहँदा भ्रष्टाचारमा मुछिएका चौधरी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।निलम्बनकै अवस्थामा

    • प्रकाशित मितिः साउन २१, २०७८
    • 149 पटक पढिएको
  • सर्वोच्चको आदेश विरुद्धको पुनरावलोकन मुद्दा आज सुनुवाइ हुने

    काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) माओवादी केन्द्र दल परित्याग गरी एमाले प्रवेश गरेका जनप्रतिनिधिलाई पुनर्बहाली गर्न सर्वोच्चले दिएको आदेश विरुद्ध पुनरावलोकन ( भ्याकेट)मा गएको छ ।  माओवादी अध्यक्ष पुष्पकमल दाहाल ( प्रचण्ड) एमालेमा क्रियाशील रहेका स्थानीय तहका जनप्रतिनिधिलाई पुनर्बहाली गर्ने सर्वोच्चको अन्तरिम आदेशविरुद्ध भ्याकेटमा गएका हुन् । फाल्गुन २३ को फैसलापछि दल परित्याग गरेका विभिन्न जिल्लाका मेयर, उपमेयर र गाउँपालिकाका पदाधिकारीलाई माओवादी केन्द्रले कारबाही गर्दै निर्वाचन आयोगबाट पदमुक्त गराएको थियो । पदमुक्त हुनेमा रौतहटको मौलापुर नगरपालिकाकी मेयर

    • प्रकाशित मितिः साउन २१, २०७८
    • 121 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.