राजनीति

    Showing 8,911-8,920 of 9,673 items.
  • मन्त्रिपरिषदको बैठकले गर्यो भूमि आयोग खारेज

       काठमाडौं //आज बसेको मन्त्रिपरिषदको बैठकले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय गरेको छ।यस्तै आचरणविपरीत काम गरेको भन्दै रेल्वे कम्पनीको महाप्रबन्धकबाट गुरु भट्टराईलाई हटाउन उनलाई स्पष्टिकरण समेत सोध्ने  निर्णय भएको छ। भट्टराई  तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको पालामा नियुक्त भएका थिए। त्यसैगरी बैठकले आयोगको अध्यक्षमा काठमाडौं महानगरपालिका - १० का मधुप्रसाद रेग्मीलाई नियुक्त गर्ने निर्णय गरेको छ। सदस्यहरूमा भने काठमाडौं कलंकीका डिल्लीराम रिमाल र कीर्तिपुरकी नन्दकुमारी महर्जन नियुक्त भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्

    • प्रकाशित मितिः साउन १९, २०७८
    • 168 पटक पढिएको
  • रवीन्द्र मिश्रको विपक्षमा उभिए चार नेता (पूर्णपाठ सहित)

    काठमाडौँ / विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेजी र धर्म निरपेक्षताबारे बहसका लागि प्रस्ताव अगाडि सारेसँगै उक्त पार्टीका संयोजक मिलन पाण्डेसहित चार जना नेताले अर्को प्रस्ताव अघि बढाएका छन्।मिश्रको धारणाले वैकल्पिक राजनीतिलाई गलत दिशामा लैजाने भन्दै संयोजक पाण्डे, नेतृ रञ्जु दर्शना, केशव दाहाल र राजेन्द्र पँगेनीले मंगलबार ‘वैकल्पिक राजनीतिको मूल बाटो’ शीर्षकको प्रस्ताव ल्याएका हुन् ।उक्त प्रस्तावमा गणतन्त्रको सुदृढीकरण, धर्मनिरपेक्षताको रक्षा र सङ्घीयतामा सुधारको वकालत गरिएको छ । उक्त प्रस्तावको पूर्णपाठ:  

    • प्रकाशित मितिः साउन १९, २०७८
    • 147 पटक पढिएको
  • एमालेको विभागमा सरकारी अधिकारी नियुक्त

    बिर्तामोड / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका विभागमा सरकारी अधिकारी र झापाली प्राथमिकता दिएको भन्दै पार्टी भित्रै असन्तुष्टि बढेको छ ।विभागमा विवादास्पद मानिएका सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिम प्रकाश पौडेललाई नै राखिएको र ९ वटा विभागमा तीनवटाको नेतृत्वमा झापाली नेता नै रहेको भन्दै पार्टी भित्र असन्तुष्टि बढेको हो ।एमालेको पर्यटन विभागमा नियुक्त गरिएका नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेल माथि निगम निजीकरण गर्न ८० अर्बको सम्पत्तिलाई ५० अर्ब मात्रै मूल्यांकन गराएर ३० अर्ब देशलाई नोक्सान पुर्याउन खोजेको आरोप लाग्दै आएको छ ।पार्टी अध्यक्ष ओलीले

    • प्रकाशित मितिः साउन १९, २०७८
    • 133 पटक पढिएको
  • विद्युत प्राधिकरणमा कुलमानलाई नियुक्त गर्न देउवाको निर्देशन

    काठमाण्डौ / प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो समयमा देशभर लोडसेडिङ बढेको लगायतका कारण देखाउँदै नागरिकको समस्या समाधानका लागि कुलमान घिसिङलाई  विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्न निर्देशन दिएका छन् ।प्रधानमन्त्री देउवाले मंगलबार उर्जा मन्त्री पम्फा भुसाललाई बोलाएर पूर्व प्रधानमन्त्री केपी शर्मा ओली निकटका वर्तमान निर्देशक हितेन्द्रदेव शाक्यलाई बर्खास्त गरी उनको स्थानमा घिसिङलाई नियुक्त गर्न निर्देशन दिएका हुन् ।प्रधानमन्त्रीको निर्देशन पाए लगत्तै मन्त्रालय पुगेर भुसालले शाक्यलाई बोलाएर राजिनामा नदिए कारवाही प्रकृया सुरु गरी बर्खास्त गर्ने चेतावनी दिएकी छन् ।भुसालले

    • प्रकाशित मितिः साउन १९, २०७८
    • 122 पटक पढिएको
  • अपडेट : प्रधानमन्त्री पछि हटे , वीर अस्पतालबाट जागेश्वरको सरुवा

    काठमाण्डौ / स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सोमवार गरेको सरुवाको निर्णय स्थगन गरेका प्रधानमन्त्री शेरबहादुर देउवाले अन्तिम समयमा आएर वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकारी जागेश्वर गौतमको सरुवालाई सदर गराएका छन् । राज्यमन्त्री स्तरीय निर्णयबाट सोमबार भएको सरुवाको निर्णयलाई स्थगन गराएका देउवा जागेश्वरको विषयलाई लिएर आलोचनामा तानिएपछि अन्तिम समयमा आएर उनलाई भने प्रसूति गृहमा पठाइएको छ ।विवादास्पद छविका गौतम आफूले गरेका बेथिति र भ्रष्टाचार जोगाउन कर्मचारीमाथि दमनमा उत्रिएपछि स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले उनी सहित केहीको सरुवाको निर्णय गरेका थिए । गौतमको स्थानमा डा. रुद्र मरासिनीलाई सरुवा

    • प्रकाशित मितिः साउन १९, २०७८
    • 276 पटक पढिएको
  • लुम्बिनी प्रदेशमा मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता

    बुटवल / लुम्बिनी प्रदेश प्रमुख फेरिए लगत्तै प्रदेश सरकार फेरबदलको खेल सुरु भएको छ । एमालेको ओली समुहका प्रभावशाली नेता समेत रहेका मुख्यमन्त्री शंकर पोख्रेल विरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको छ ।एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेको समयमा पनि अविश्वासको प्रस्ताव दर्ता भएको थियो । सो समयमा सत्ताको दुरुपयोग गर्दै प्रकृयामा जानु अगावै मुख्यमन्त्रीबाट पोख्रेलले राजिनामा दिएर असंवैधानिक रुपमा मुख्य मन्त्रीमा पुन नियुक्त हुन सफल भएका थिए ।मंगलबार विपक्षी गठबन्धनका ३४ सांसदले मुख्यमन्त्री  पोखरेल विरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । संविधानको धार

    • प्रकाशित मितिः साउन १९, २०७८
    • 169 पटक पढिएको
  • आज मन्त्रिपरिषद् बैठक बस्दै

    काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।बैठकमा प्रधानमन्त्रीको सचिवालयमा केही नियुक्ति गर्ने तयारी रहेको एक मन्त्रीले जानकारी दिएका छन् । बैठक आज दिउँसो २ बजे बस्ने भएको छ ।  

    • प्रकाशित मितिः साउन १९, २०७८
    • 94 पटक पढिएको
  • एमालेले चार सांसदमाथि गरेको कारवाहीलाई सर्वोच्चले दियो मान्यता

    बिर्तामोड / एमालेको केन्द्रिय कमिटीले कर्णालीका चार सांसदहरूमाथि गरेको कारवाहीलाई सर्वोच्च अदालतले मान्यता दिएको छ । केपी शर्मा ओलीको भ्याकेट निवेदनमा सुनुवाइ गर्दै प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाश कुमार ढुङ्गानाकाे इजलासले एमालेले सांसद माथि गरेको कारवाहीलाई मान्यता दिएको हो । कर्णाली प्रदेशका प्रदेशसभा सदस्यहरू प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अमरबहादुर थापालाई  ह्वीप उल्लंघन गरेको भन्दै एमालेको केन्द्रिय कमिटीले कारबाही गरेको थियो । तर, एमालेले गरेको सो कारवाहीलाई यसअघि न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अन्तरिम आदेशमार्फत बदर गरि

    • प्रकाशित मितिः साउन १८, २०७८
    • 194 पटक पढिएको
  • लुम्बिनीमा विपक्षी गठबन्धनको स्पष्ट बहुमत

    पोखरा  / लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले ४१ सांसदको हस्ताक्षर पुनः प्रदेश प्रमुखसमक्ष बुझाएका छन्। मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा रहे पनि सरकारमा बसिरहेको भन्दै सांसदहरुले हस्ताक्षर बुझाएका हुन् ।नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी लगायतका विपक्षी गठबन्धनले प्रदेश प्रमुख अमिक शेरचनलाई भेटेर विपक्षी गठबन्धनबाट ४१ जना सांसदको हस्ताक्षर बुझाएको नेपाली कांग्रेसका नेता प्रदेशसभा सदस्य डिल्लीबहादुर चौधरीले जानकारी दिए । चौधरीले भने – ‘ हामीले ६८ (२) को प्रक्रिया थालनी तत्काल गर्न माग गरेका छौं।’ मुख्यमन्त्री पोखरेल अल्पमतमा रहे पनि उनले एकल बह

    • प्रकाशित मितिः साउन १८, २०७८
    • 116 पटक पढिएको
  • चार महिनापछि पाइन् राज्यमन्त्री घलेले जिम्मेवारी

    बिर्तामोड / राज्यमन्त्रीमा नियुक्त भएको चार महिना पछि कला घलेले कार्य जिम्मेवारी पाएकी छिन् । आइतबार मन्त्रालयमा गरिएको औपचारिक कार्यक्रममा मन्त्री घलेले कार्य जिम्मेवारी पाएकी हुन् । लामो समय जिम्मेवारी विहीन बनाइएकी घलेले राज्यमन्त्री भएको चार महिना पछि सहकारी सम्बन्धी सम्पूर्ण कार्यकारी अधिकार प्रयोग गर्न सक्ने गरी जिम्मेबारी पाएकी हुन् ।  राज्यमन्त्री नियुक्त भएको लामो समयसम्म मन्त्रीले अधिकार प्रत्यायोजन नगर्दा राज्यमन्त्री कामविहीन झैं थिइन् । नीतिगत तहमा सहयोगी भूमिका बाहेक घलेले हेर्ने गरी मन्त्रालयले कुनै ठोस जिम्मेवारी दिएको थिएन । भूमिव्यवस्था, कृषि तथा सहकारी मन

    • प्रकाशित मितिः साउन १८, २०७८
    • 211 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.