राजनीति

    Showing 8,921-8,930 of 9,673 items.
  • ओलीको भ्याकेट निवेदन माथि सर्वोच्चमा आज सुनुवाइ हुँदै

    काठमाडौँ  / नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका चार सांसदमाथि हालेको भ्याकेट निवेदनको सुनुवाइ सर्वोच्च अदालतमा आज हुने भएको छ । एमालेले कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने पार्टीका चार सांसदमाथि गरेको कारबाहीलाई सर्वोच्च अदालतले मान्यता नदिएपछि अध्यक्ष ओलीले सर्वोच्चमा भ्याकेट निवेदन दिएका थिए ।सर्वोच्चको अन्तरिम आदेशमा केन्द्रीय कमिटीले राजनीतिक दलसम्बन्धी ऐनअनुसार सांसद एवम् पार्टी सदस्यमाथि प्रष्टिकरण सोध्ने र कारबाही गर्ने अधिकार महाधिवेशन आयोजक कमिटीलाई नहुने बताएको थियो ।असार ८ गते न्यायाधीश आनन्दमोहन भट्टराई र हरि फुँयालको संयुक्त इजलासले म्याद जारी गरेको थियो। त्यसपछि

    • प्रकाशित मितिः साउन १८, २०७८
    • 125 पटक पढिएको
  • सहमति पछि बिर्तामोड नगरपालिकाको ताला खोलियो

    बिर्तामोड / खोप दुरुपयोगमा संलग्न बिर्तामोड नगरपालिकाका कोभिड फोकल पर्सन ओम खड्कामाथि कारवाहीको माग गर्दै नगरपालिकामा लगाएको ताला सहमतिमा आज खोलिएको छ ।बिर्तामोडको होटल टाइमलेसमा आफू निकटलाई बोलाएर खोप लगाउने तयारी गर्दै गरेका विवादास्पद पृष्ठभूमिका खड्कालाई नेविसंघ र अखिल क्रान्तिकारीका विद्यार्थीले रंगेहात समातेपछि उनीमाथि कारवाहीको माग गर्दै विद्यार्थी सङ्गठनले नगरपालिकाको प्रशासनिक भवनमा तालाबन्दी गरेका थिए ।तालाबन्दी खुलाउनका लागि इलाका प्रहरी कार्यालय अनारमनिमा आइतबार बसेको सर्वपक्षीय भेलामा ७ बुँदे सहमति भएपछि नगरपालिकाको तालाबन्दी सहमतिमा खोलिएको हो ।खोप दुरुपयोगको विषयमा छानविन गर्न ख

    • प्रकाशित मितिः साउन १७, २०७८
    • 1,157 पटक पढिएको
  • सांसदहरूले तलब भत्ता अब सरकारी बैंकबाट पाउने

    काठमाडौँ / प्रतिनिधिसभा सांसदहरुले तलब भत्ता अव सरकारी बैंकबाट पाउने भएका छन् । संसद् सचिवालयको पहलमा सांसदहरूको तलब भत्ता सरकारी स्वामित्वको राष्ट्र वाणिज्य बैङ्कबाट पाउने भएका हुन् । यस अधि सचिवालयले सांसदहरूको तलब भत्ता निजी बैंक मार्फत उपलब्ध गराउँदै आएको थियो । लामो समयदेखि निजी बैंकबाट हुँदै आएको संघीय संसद् सचिवालयको सम्पूर्ण सरकारी कारोबार राष्ट्रिय वाणिज्य बैंकमार्फत गर्न लागिएको हो । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंक तथा महालेखा नियन्त्रण कार्यालयमार्फत सिंहदरबारस्थित सबै सरकारी कार्यालयका खाता १ साउनदेखि राष्ट्रिय वाणिज्य बैंकमा सञ्चालन गर्न स्वीकृत दिएसँगै सांसदको तलब भ

    • प्रकाशित मितिः साउन १७, २०७८
    • 105 पटक पढिएको
  • दार्चुला घटना : दोषीलाई कारबाही नभए सडक संघर्ष गर्ने २२ दलको चेतावनी

    बिर्तामोड / विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहितका २२ दलीय गठबन्धनले दार्चुला घटनाका दोषीलाई कारबाहीको दायरामा नल्याए सडक संघर्ष गर्ने सरकारलाई चेतावनी दिएको छ ।आइतबार गठबन्धनका तर्फबाट सीपी गजुरेलले जारी गरेको संयुक्त विज्ञप्तिमा सरकारले दोषीलाई कारवाहीको दायरामा नल्याए सडक संघर्ष गर्ने  चेतावनी दिएको  हो ।विज्ञप्ति जारी गर्नेमा नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले), नेपाल कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा (माओवादी केन्द्र समाजवादी र नेकपा (माओवादी मोर्चा) रह

    • प्रकाशित मितिः साउन १७, २०७८
    • 95 पटक पढिएको
  • कलाकार ‘राता मकै’को ४० बिघा जग्गा कब्जा

     चितवन//मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले कलाकार किरण केसी ‘राता मकै’को  ४० बिघा जग्गा कब्जा गरेको घोषणा गरेको छ।  चितवनको माडी नगरपालिका–२ पौबारीमा रहेको ‘राता मकै’ को जग्गामा शनिबार दिउँसो १ बजे झण्डा गाडेर माओवादीले कब्जा गरेको हो। ‘राता मकै’ लगायतको ट्वान्टी वान समूहले  गैरकानुनी रुपमा जमिन खण्डीकरण गरेको भन्दै सो जग्गा कब्जा गरेको बताइएको छ। जग्गा  खण्डीकरणमा माडी नगरपालिकाका मेयर ठाकुर ढकालको पनि मिलेमतो रहेको सो पार्टीले आरोप लगाएको छ।

    • प्रकाशित मितिः साउन १६, २०७८
    • 167 पटक पढिएको
  • महाकाली नदीको तुइन काट्दा बेपत्ता भएका जयसिंह धामी घटनाको विरोधमा प्रदर्शन

     काकरभिट्टा //भारतीय सिमा सुरक्षा बल एसएसबीले महाकाली नदीमा रहेको तुइन काट्दा बेपत्ता भएका जयसिंह धामी घटनाको विरोधमा काँकरभिट्टामा प्रदर्शन भएको छ।  तुइनमा सवार रहेकै बेला एसएसबीले तुइन काट्दा धामी बेपत्ता भएको  भन्दै नेपाल कम्युनिष्ट पार्टी ( विप्लब ) झापाले एसएसबीको ज्यादती विरुद्धमा प्रदर्शन गरेको हो ।प्रदर्शनमा भारतीय साम्राज्यवाद मुर्दावाद, नेपाल र नेपाली माथि भएको हत्या हिंसा बन्द गर , बैज्ञानिक समाजवाद जिन्दावाद र  राष्ट्रघाति एमसिसी सम्झौता मुर्दावाद लगायतका नारा लगाइएको थियोे ।स्थानिय बसपार्कबाट शुरू गरिएको प्रदर्शन भट्टराईचोक हुँदै बजार परिक्रमा पछि  हन

    • प्रकाशित मितिः साउन १६, २०७८
    • 96 पटक पढिएको
  • राजतन्त्र फर्काउने उद्घोष गर्दै नयाँ दल गठन

    काठमाडौं / देशमा राजतन्त्र फर्काउने उद्घोष गर्दै पोखरामा आज एक नयाँ राजनीतिक दलको गठन गरिएको छ । नारायणप्रसाद कोइरालाको नेतृत्वमा ‘नेपाल प्रतिविम्ब पार्टी’ नामक दलको गठन गरिएको हो । शिक्षा र सुरक्षमा जोड दिँदै गठन गरिएको दलले पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयन्द्र शाहलाई आलंकारिक राज्यप्रमुख बनाउने घोषणा समेत गरेको छ ।उक्त पार्टीले संवैधानिक राजतन्त्रका विषयमा जनमत संग्रह गरी शाहलाई आलंकारिक राज्य प्रमुख बनाउने उद्घोष गरेको हो । यसबाहेक देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था लागू गर्नुपर्ने एजेण्डा पनि सो पार्टीको छ ।

    • प्रकाशित मितिः साउन १६, २०७८
    • 1,098 पटक पढिएको
  • जसपा संसदीय दलको नेतामा यादव

    काठमाडौं / जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन भएका छन् । आज (शनिबार) बसेको संसदीय दलको बैठकले दलको नेतामा यादवलाई चयन गरेको हो । बैठकमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले यादवलाई दलको नेता प्रस्ताव गरेका थिए भने महेन्द्र राय यादवले समर्थन गरेका थिए । बैठकमा २१ जना सांसदको उपस्थिति रहेकाे थियो ।

    • प्रकाशित मितिः साउन १६, २०७८
    • 134 पटक पढिएको
  • देउवा-प्रचण्ड भेटवार्ता

    काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता र छलफल भएको हो ।भेटमा मन्त्रिपरिषद् विस्तार र समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन् ।असार २९ गते प्रधानमन्त्री निर्वाचित भएका देउवाले २५ सदस्यीय मन्त्रिपरिषद्लाई पूर्णता दिन १९ मन्त्री नियुक्त गर्न बाँकी छ । काँग्रेस र माओवादीबाट २– २ मन्त्री र एक राज्यमन्त्रीका साथमा देउवाले सरकार सञ्चालन गरेको अवस्था छ ।जतिसक्दो चाँडो मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा देउ

    • प्रकाशित मितिः साउन १६, २०७८
    • 109 पटक पढिएको
  • एमाले स्थायी कमिटी बैठक बस्दै

    काठमाडौं / नेकपा एमालेले स्थायी कमिटीको बैठक बोलाएको छ । बैठक तुलसीलाल स्मृति प्रतिष्ठानमा आज (शनिबार) दिउँसो ३ बजे बोलाइएको हो । आजको बैठकमा तीन वटा एजेन्डामाथि छलफल हुने एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । तामाङका अनुसार केन्द्रीय विभागहरुको पूर्णता, विधान महाधिवेशनको तयारी, पार्टी सदस्यता नवीकरण र वितरणबारे बैठकमा छलफल हुनेछ ।पार्टीको आज बोलाइएको स्थायी कमिटी बैठकमा उपस्थित हुन वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई पनि खबर गरिएको छ । तर, नेपाल पक्ष भने सहभागी नहुने भएको छ । पार्टी एकताका लागि बनेको कार्यदलका नेपाल पक्षका सदस्यले भने बैठक सार्न आग्रह गरेका

    • प्रकाशित मितिः साउन १६, २०७८
    • 90 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.