राजनीति

    Showing 8,951-8,960 of 10,447 items.
  • कांग्रेस केन्द्रीय सदस्यमा ९१ वर्षीया शान्ति कार्कीको उम्मेदवारी

    काठमाडौं  /  नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा वीरगञ्जकी ९१ वर्षीया शान्ति कार्कीले उम्मेदवारी दिएकी छन् । वीरगञ्जकी उपमेयर कार्कीले महिला खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी हुन् ।उपमेयर कार्कीले स्वच्छ काङ्ग्रेस र महिला अधिकारको लागि आफूले उम्मेदवारी दिएको बताएकी छन् ।

    • प्रकाशित मितिः मंसिर २५, २०७८
    • 106 पटक पढिएको
  • ओलीलाई गगनले फर्काए जवाफ

    काठमाडौँ / कांग्रेस केन्द्रीय सदस्य गगन थापाले एमाले अध्यक्ष केपी ओलीलाई जवाफ फर्काएका छन् । ओलीले कांग्रेस महाधिवेशन उद्घाटन समारोहमा थापालाई लक्षित गर्दै ‘एमालेको समृद्ध नेपाल, सुखी नेपाली को अभियान कपी गरेको अभिव्यक्ति दिएका थिए । ‘आदरणीय केपी ओलीज्यू, चौधौं महाधिवेशनको पूर्वसन्ध्यामा स्नेही कांग्रेस जनमाझ सल्लाह, सुझाव र छलफलका लागि मैले प्रस्तुत गरेको ‘समुन्नत नेपालःसम्मानित नेपाली’को अवधारणा तपाईंले पनि पढेको थाहा पाएर खुसी लाग्यो । तर टिप्पणी चाहिँ अलि हतारमा गर्नु भएछ,’ थापाले ट्विटरमा भनेका छन् । उनले २०७२ सालमा संविधान जारी भएपछि सम्पन्न तेह्रौं महाधिवेशनमै कांग्र

    • प्रकाशित मितिः मंसिर २५, २०७८
    • 118 पटक पढिएको
  • विश्वप्रकाशले भने –म ‘ब्याक’ हुन्न

    काठमाडौँ / नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा आफ्नो दाबेदारी कायमै रहेको बताएका छन् । उनले संस्थापन पक्षको प्यानलमा नपरे पनि  महामन्त्रीको उम्मेदवारीबाट ‘ब्याक’ नहुने बताए । शर्माले भने, – ‘संस्थापनको टिममा परिनँ। तर, महामन्त्रीमा लड्ने पक्का हो। टिम अहिले फाइनल भइसकेको छैन ।’संस्थापन समूह शेरबहादुर देउवाको प्यानलले महामन्त्रीका लागि प्रकाशशरण महत र प्रदीप पौडेललाई अगाडि बढाउने तयारी गरेको छ। महत संस्थापननिकट हुन् भने पौडेल नेता कृष्णप्रसाद सिटौलानिकट छन्।संस्थापनबाट गृहमन्त्रीसमेत रहेका बालकृष्ण खाँण, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, प्रवक्ता शर्

    • प्रकाशित मितिः मंसिर २५, २०७८
    • 128 पटक पढिएको
  • कांग्रेस महाधिवेशन : प्रकाशमानको टिमबाट उपसभापतिमा भिड्दै सुजाता

    काठमाडौँ / नेपाली काङ्ग्रेसकी नेतृ सुजाता कोइरालाले प्रकाशमान सिंहको प्यानलबाट उपसभापतिमा उम्मेद्वार दिने घोषणा गरेकी छिन् । सभापतिमा साझा उम्मेदवार दिन नसकेको पौडेल समूह फुटेपछि नेतृ कोइरालाले प्रकाशमानको समूहबाट उपसभापतिमा उम्मेद्वारी दिने घोषणा गरेकी हुन् । साझा उम्मेदवारमा सहमति नजुटेपछि पौडेल समूहसँगै कोइराला परिवारका नेताहरू शशाङ्क कोइराला र शेखर कोइराला पनि विचल्लित परेका छन् । शशाङ्क र शेखर दुवै जना सभापतिका आकांक्षी हुन् । 

    • प्रकाशित मितिः मंसिर २५, २०७८
    • 101 पटक पढिएको
  • माओवादीको प्रदेश अधिवेशन आज हुँदै, प्रचण्डले एकैसाथ उद्घाटन गर्ने

    झापा / नेकपा (माओवादी केन्द्र)को प्रदेश अधिवेशन आज (शनिबार) हुँदैछ ।  सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशमा हुने अधिवेशनको आज दिउँसो एक बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रदेश १ को विराटचोक, प्रदेश २ को जनकपुर, बागमतीको काठमाडौँ, गण्डकीको पोखरा, लुम्बिनीको भालुवाङ, कर्णालीको सुर्खेत र सुदूर पश्चिम प्रदेशको धनगढीमा अधिवेशन हुने छ । माओवादीले सात भौगोलिकसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समिति गठन गरेको छ। विशेष र सम्पर्क समितिले अनुकूलमा सम्मेलन गर्ने भएका छन् । तर प्रवास समितिको सम्

    • प्रकाशित मितिः मंसिर २५, २०७८
    • 104 पटक पढिएको
  • सभापतिमा कल्याण गुरुङले गराए उम्मेद्वारी दर्ता

    काठमाडौं  / नेपाली कांग्रेसको सभापतिमा कल्याण गुरुङले उम्मेद्वारी दर्ता गराएका छन् । कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत भृकुटिमण्डपमा शनिबार बिहान १० बजेदेखि मनोनयन दर्ताको समय सुरु भएसँगै गुरुङले सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् । कांग्रेस निर्वाचन कार्यतालिका अनुसार शनिबार बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता गर्न सकिने छ। सभापतिमा उम्मेदवारी दर्ता गराउने गुरुङ पहिलो व्यक्ति हुन्। गुरुङ केन्द्रीय सदस्य हुन् ।यस्तै सह–महामन्त्रीमा मानबहादुर विश्वकर्माले उम्मेदवारी दर्ता गराएको निर्वाचन समिति सदस्य तेज रावलले जानकारी दिए ।

    • प्रकाशित मितिः मंसिर २५, २०७८
    • 109 पटक पढिएको
  • महाधिवेशन प्रतिनिधि भन्छन् : अग्रजको अनुभव र युवाको जोस आवश्यक

    काठमाडौँ,/ नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा भाग लिन काठमाडौँ आएका महाधिवेशन प्रतिनिधिहरूले सङ्गठनलाई सुदृढ बनाउन अग्रजको अनुभव र युवाको जोसलाई अगाडि बढाउनुपर्ने बताएका छन ।पार्टीको १४ औँ महाधिवेशनको उद्घाटन क्रममा शुक्रबार भेटिएका धनुषा क्षेत्र नं १ का महाधिवेशन प्रतिनिधि राजकिशोर सिंह २१ औँ शताब्दीमा समयसँगै पार्टीभित्र पनि रूपान्तरणको खाँचो रहेको बताउँछन ।यसपटकको महाधिवेशनको नारा पनि उत्साह, एकता र रूपान्तरण रहेको छ । कुनै समय तराईमा राम्रो भोट भएको कांग्रेस आज तराईमा किन कमजोर भयो  यसबारे पार्टीभित्र गम्भीर समीक्षा हुनु जरुरी रहेको उनको भनाइ छ । “कांग्रेसले मधेशमा राम्रो प्रदर्शन गर

    • प्रकाशित मितिः मंसिर २५, २०७८
    • 95 पटक पढिएको
  • एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै

    काठमाडौँ / नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज भक्तपुरमा बस्ने भएको छ ।एमालेको दशौँ महाधिवेशन पछिको दोस्रो केन्द्रीय कमिटी बैठक आज दिउँसो १ बजे जर्मन हाउस हस्पिटालिटी गठ्ठाघर भक्तपुरमा बस्ने भएको हो ।बैठकमा १५ वटा कार्यसूचीमाथि छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।आज बिहान ११ बजे केन्द्रीय कमिटीको बैठक बस्ने कार्यतालिका रहे पनि त्यसलाई १ बजेका लागि सारेर त्यसअघि ११ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सचिवालय बैठक बस्ने भएको तामाङले बताए ।

    • प्रकाशित मितिः मंसिर २५, २०७८
    • 128 पटक पढिएको
  • गाउँमा नेतालाई जनताले चोर भन्छन् : अध्यक्ष लिङ्देन

    काठमाडौँ  / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले नेताहरूले पूर्ण रुपमा जनताको विश्वास गुमाएको बताएका छन् । कांग्रेसको महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै लिङ्देनले अहिले नेताहरूले जताको  विश्वास गुमाएको बताएका हुन् । लिङ्देनले भने, –‘सरकार सरकार जस्तो छैन, संसद् संसद् जस्तो छैन, अदालत अदालत जस्तो छैन । यो सबलाई ठीक लगाउने कसले ? राजनीतिले । राजनीतिलाई कसले ठीक लगाउने ? नेताहरूले । तर अहिले नेताहरूले पूर्ण रूपमा विश्वास गुमाएको अवस्था छ ।’अहिले नेताहरू गाउँमा जाँदा जनताहरूले चोरको संज्ञा दिने गरेको समेत बताएका छन् ।&nbs

    • प्रकाशित मितिः मंसिर २४, २०७८
    • 121 पटक पढिएको
  • ‘एउटै मञ्चमा पहिलो पटक यति धेरै प्रधानमन्त्री देखे’

    काठमाडौँ  / भारतीय जनता पार्टी (भाजपा) का नेता हर्ष वर्धनले एउटै मञ्चमा यति धेरै पूर्वप्रधानमन्त्री पहिलो पटक देखेको बताएका छन् । नेपाली कांग्रेसको जारी उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता बर्धनले यति धेरै पूर्वप्रधानमन्त्री पहिलो पटक देखेको बताएका हुन् । एक अर्काको कार्याक्रममा नेताहरु उपस्थित भएको देखेर बताउँदै नेपालका राजनीतिक दलहरूको प्रशंसा गरेका छन् ।  नेता वर्धनले भने, –‘नेपालमा एकै पटक धेरै प्रधानमन्त्रीहरूलाई मञ्चमा देख्दा खुसी लागेको छ । एउटै मञ्चमा यति धेरै पूर्व–प्रधानमन्त्रीहरु भारतमा पनि देखेको छैन ।’कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन कार्यक्रममा पूर्व प

    • प्रकाशित मितिः मंसिर २४, २०७८
    • 127 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.