राजनीति

    Showing 8,991-9,000 of 10,447 items.
  • हाम्रो रेकर्ड तोड्न नसकेर कांग्रेस, माओवादीले जनसभा नगर्ने निर्णय गरे ः योगेश भट्टराई

    भरतपुर / नेकपा एमाले का सचिव योगेश भट्टराईले चितवनमा भएको महाधिवेशनबाट एमाले एकताबद्ध भएर मिसन र कार्यदिशामा शक्ति आर्जन गरेर फर्केको बताएका छन् । भरतपुरमा आज प्रेस चौतारी नेपाल चितवन शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले एमालेले महाधिवेशनबाट आर्जन गरेको शक्ति आगामी निर्वाचनमा देखिने उल्लेख गर्दै ५० प्रतिशत बढी स्थानीय तहमा जित्ने र संघ तथा प्रदेशमा पनि बहुमत हासिल गर्ने लक्ष्यका साथ एमाले हिँडेको बताए ।एमाले महाधिवेशनको उद्घाटन सत्रमा सात लाख बढी जनता सहभागी भएको जिकिर गर्दै उनले भने, ‘हामीले रकेर्ड बनाइसक्यौँ, त्यो रेकर्ड तोड्न नसकेरै कांग्रेसले आफ्नो महाधिवेशन र माओवादीले

    • प्रकाशित मितिः मंसिर २०, २०७८
    • 96 पटक पढिएको
  • राप्रपाका नवनिर्वाचित अध्यक्ष लिङ्देनले गरे पदभार ग्रहण

    झापा / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनले पदभार ग्रहण गरेका छन् । पार्टीको एकता महाधिवेशनमा भएको निर्वाचनमा निवर्तमान अध्यक्ष कमल थापालाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका लिङ्देनले आज (सोमबार) पार्टी कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् । आइतबार बिहान मत परिणाम आएपछि दिउँसो निर्वाचन समितिको संयोजकमा हरिबहादुर बस्नेतबाट पद तथा गोपनीयताको शपथ लिएका लिङ्देनले आज (सोमबार) पदभार ग्रहण गरेका हुन् ।  शपथ ग्रहण कार्यक्रममा लिङ्देनले निवर्तमान अध्यक्षहरू कमल थापा, पशुपतिशमशेर जबरा र प्रकाशचन्द्र लोहनी अभिभावकको रूपमा मात्र नभएर सक्

    • प्रकाशित मितिः मंसिर २०, २०७८
    • 94 पटक पढिएको
  • अछामका १० वटै पालिकामा माओवादी केन्द्रको संगठन विस्तार

    अछाम / नेकपा माओवादी केन्द्र अछामले जिल्लाका १० वटै पालिकामा संगठन विस्तार कार्य सम्पन्न गरेको छ ।माओवादी केन्द्र जिल्ला इन्चार्ज झपट साउँदका अनुसार ढकारी गाउँपालिकाको संगठन विस्तार भएसँगै जिल्लाका सबै पालिकाको संगठन विस्तारको कार्य सकिएको हो ।जिल्ला इन्चार्ज साउँदका अनुसार ढकारी गाउँपालिकामा नृप थापाको अध्यक्षतामा २६ सदस्यीय गाउँपालिका संगठन कमिटी गठन भएको छ ।  बान्नीगढी जयगढ गाउँपालिकामा जगत थापाको अध्यक्षतामा २७ सदस्यीय, चौरपाटी गाउँपालिकामा जीवन विक्रम साउँदको अध्यक्षताका २७ सदस्यीय, रामारोशन गाउँपालिकामा शेरबहादुर बोहरा शिशिरको अध्यक्षमा ५५ सदस्यीय र मेल्लेख गाउँपालिकामा ज्

    • प्रकाशित मितिः मंसिर २०, २०७८
    • 93 पटक पढिएको
  • पार्टीमा अब कुनै गुट उपगुट हुँदैन : सभापति पुन

    रूपन्देही / नेपाली कांग्रेस लुम्बिनी प्रदेशका नवनिर्वाचित सभापति अमरसिंह पुन मगरले अव पार्टीलाई एक ढिक्का बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् । देउवा पक्षका भरतकुमार शाहलाई पराजित गर्दै सभापतिमा निर्वाचित भएका पौडेल पक्षका  पुनले भैरहवामा पत्रकारसँग कुरा गर्दै सो कुरा बताएका हुन् । उनले भनेका छन्, –‘चुनावपछि पार्टीमा कुनै गुट उपगुट हुँदैन, अब म कांग्रेसलाई एकढिक्का बनाएर लैजान्छु ।’सभापतिमा विजयी भएका पुनले ८५२ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी शाहले ७६७ मत प्राप्त गरेका छन् । एक उप–सभापति बाहेक अन्य सबै पदमा पुनको प्यानलनै विजयी भएको छ ।

    • प्रकाशित मितिः मंसिर २०, २०७८
    • 107 पटक पढिएको
  • कांग्रेस अधिवेशन : पुनः मतगणना गर्न घिमिरेको माग

    विराटनगर  / नेपाली कांग्रेस प्रदेश नम्बर १ को सभापति पदको निर्वाचनमा पराजित भएका गुरुराज घिमिरेले पुनः मत गणना गर्न माग गर्दै प्रदेश निर्वाचन समितिमा लिखित निवेदन दिएका छन् । संस्थापन पक्षका उम्मेदवार उद्धव थापासँग दुई मत अन्तरले पराजित भएका घिमिरेले मत परिणाममा चित्त नबुझेको भन्दै पुनः मत गणनाको माग गर्दै केन्द्रीय र प्रदेश निर्वाचन समितिमा लिखित निवेदन दिएका हुन् । १ हजार ७ सय ५२ मत खसेकोमा थापाले ८ सय ४४ मतका प्राप्त गरेका छन् भने घिमिरेले ८ सय ४२ मत पाएका छन् । 

    • प्रकाशित मितिः मंसिर २०, २०७८
    • 107 पटक पढिएको
  • प्रदेश १ को सभापतिमा उद्धव थापा निर्वाचित, घिमिरे दुई मतले पराजित

    विराटनगर / नेपाली कांग्रेस प्रदेश १ को सभापतिमा उद्धव थापा निर्वाचित भएका छन् । पौडेल समूहबाट उम्मेदवार बनेका गुरुराज घिमिरेलाई दुई मतले पराजित गर्दै थापा निर्वाचित भएका हुन् । थापालाई सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौलाको समर्थन थियो । १ हजार ७ सय ५२ मत खसेकोमा थापाले ८ सय ४४ मतका प्राप्त गरेका छन् भने घिमिरेले ८ सय ४२ मत पाए । प्रदेश उपसभापति पदमा पनि संस्थापन पक्षका रमेशजंग रायमाझी ८ सय ९१ र टंकप्रसाद राईले ८ सय ४७ मत प्राप्त गरी विजयी भएका छन् । महामन्त्रीमा संस्थापन समूहका भुपेन्द्र राई ८ सय २४ र संस्थापन इतरका उमेश थापाले ८ सय २३ मत ल्याएर विजयी भए । सहमह

    • प्रकाशित मितिः मंसिर २०, २०७८
    • 105 पटक पढिएको
  • कांग्रेस अधिवेशन : प्रदेश १ मा गुरूराजको अग्रता

    विराटनगर / प्रदेश –१ को कांग्रेस सभापतिको निर्वाचनको मत गणनामा गुरुराज  घिमिरेले अग्रता कायम गरेका छन । २०० मत गणना हुँदा घिमिरेले १०८ मत पाएका छन भने उनका प्रतिद्वन्द्वी उद्धव थापाले ८३ मत पाएका छन । त्यस्तै उपसभापतिमा गोविन्द प्रसाद ढुङ्गानाले ८५, टङ्क प्रसाद राई ९७, रमेशजङ्ग रायमाझी ८७ र विश्वनाथ रिजालले ८२ मत प्राप्त गरेका छन् । महामन्त्रीमा उमेश थापाले ९६, दिपन कुमार थापा ८९, पदम सुन्दर पालुङ्वा ८४ र भुपेन्द्र राईले ८८ मत प्राप्त गरेका छन् । 

    • प्रकाशित मितिः मंसिर १९, २०७८
    • 108 पटक पढिएको
  • प्रदेश नं २ मा काँग्रेसको अधिवेशन अनिश्चित

    धनुषा  / नेपाली काँग्रेसको प्रदेश नं २ को नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अन्योलमा छ । हालसम्म केन्द्रीय निर्वाचन समितिबाट सबै प्रतिनिधिको नामावली प्रदेश निर्वाचन समिति समक्ष प्राप्त नहुँदा निर्वाचन प्रक्रिया अन्योलमा परेको हो ।प्रदेश नं २ का आठवटै जिल्लामा ३२ प्रदेश निर्वाचन क्षेत्र छन् । नेपाली काँग्रेस प्रदेश २ का निर्वाचन अधिकृत प्रह्लाद गौतमका अनुसार प्रदेशका सात निर्वाचन क्षेत्रमा प्रदेश अधिवेशन हुन नसकेकाले प्रतिनिधिको नामावली प्राप्त हुन सकेको छैन् ।मतदाता नामावली प्रकाशन हुन नसक्दा अन्य निर्वाचन प्रक्रिया अघि बढ्न नसकेको अधिकृत गौतमले जानकारी दिए । सर्लाहीका चार, बाराक

    • प्रकाशित मितिः मंसिर १९, २०७८
    • 116 पटक पढिएको
  • किराँती नेताको हातमा हिन्दु राष्ट्रको एजेन्डा : थापाको विरासत ध्वस्त बनाएर उदाए लिङदेन

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को काठमाण्डौमा जारी महाधिवेशनमा पञ्चायती व्यवस्था देखि हालसम्म पार्टी र सत्तामा पकड जमाएर बसेका नेता कमल थापालाई पराजित गर्दै झापाली नेता राजेन्द्र लिङ्देन विजयी भएका छन् ।थापासँगै हिन्दु राष्ट्र र राजसंस्था पक्षमा राजनितीमा लागेका लिङ्देनले अध्यक्ष पदका लागि भएको निर्वाचनमा २ सय मतले थापालाई पराजित गरी अध्यक्ष बनेका हुन् ।सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि भएको निर्वाचनमा थापा र लिङ्देन छुट्टा छुट्टै प्यानलनै बनाएर निर्वाचनमा होमिएका थिए । शनिवार भएको निर्वाचनको आइतवार सार्वजनिक नतिजा अनुसार अध्यक्षमा निर्वाचित भएका लिङ्देनले १८१७ र थापाले १६१७ मत ल्याएका

    • प्रकाशित मितिः मंसिर १९, २०७८
    • 84 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.