राजनीति

    Showing 9,161-9,170 of 10,447 items.
  • सर्वोच्चमा कानुन व्यवसायीहरूको लडाइ

    काडामाडौँ / सर्वोच्च अदालत अगाडि कानुन व्यवसायीबीच झडप भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजिनामा माग गर्दै नेपाल बार एशोसियसनका कानुन व्यवसायिहरूले केही दिन देखि लगातार विरोध प्रदर्शन गर्दै आएका छन् । सोही विरोधका क्रममा आज आन्दोलनरत पक्ष र विपक्षबीच धकेला धकेल भए पछि झडप भएको हो । झडपका क्रममा केहीलाई भने प्रहरीले पक्राउ गरेको छ । बारले प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालतको गेटमै रोक्ने रणनीति लिएपछि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ । सर्वोच्च अदालत क्षेत्रमा बिहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । सर्वोच्च अदालत सुरक्षा गणका एसपी दीप

    • प्रकाशित मितिः कार्तिक २६, २०७८
    • 106 पटक पढिएको
  • दश बुँदे कार्यान्वयनमा समस्या छैनः महासचिव पोखरेल

    काठमाडौँ  / नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले पार्टीमा १० बुँदे कार्यान्वयनको विषयमा कुनै समस्या नरहेको बताएका छन् । आज पत्रकारहरूसँग कुरा गर्दै उनले १० बुँदे समझदारी आधारभूत रुपमा कार्यान्वयनमा आइसकेको बताए । “१० बुँदे समझदारी आधारभूत रुपमा कार्यान्वयनमा आइसकेको छ”, उनले भने, “कहिँकतै समस्या भए त्यसलाई पार्टीले समाधान गर्छ ।” महाधिवेशनमा आफ्नो उम्मेदवारीको विषयमा टुङ्गो लागि नसकेको महासचिव पोखरेलले बताए । वरिष्ठ उपाध्यक्षमा तपाइएको उम्मेदवारी हो भन्ने पत्रकारको जिज्ञासामा उनले भने, “सल्लाह हुन बाँकी नै छ ।” नेकपा एमालेको १०औँ महाधिवेशनको तयारीको अवस्था बुझ्न पोखरेलसँगै मह

    • प्रकाशित मितिः कार्तिक २५, २०७८
    • 96 पटक पढिएको
  • नव नियुक्त प्रदेश प्रमुखले लिए सपथ

    काठमाडौँ / प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेश प्रमुखहरूले आज (बिहीबार) पद तथा गोपनियताको सपथ लिएका छन् ।प्रदेश –१ का पर्शुराम खापुङ, कर्णालीका तिलक परियार र सुदूरपश्चिमका देवराज जोशीले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनियताको सपथ लिएका हुन् । मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कात्तिक २३ गते प्रदेश –१ को प्रदेश प्रमुखमा खापुङ, कर्णाली प्रदेशको प्रदेश प्रमुखमा परियार र सुदूरपश्‍चिम प्रदेशको प्रदेश प्रमुखमा जोशीलाई नियुक्त गरेकी थिइन् ।

    • प्रकाशित मितिः कार्तिक २५, २०७८
    • 101 पटक पढिएको
  • शुक्रबार बेन्च बहिष्कार गर्ने नेपाल बारको घोषणा

    काठमाडौँ / नेपाल बार एसोसिएसनले भोलि शुक्रबार सबै बेन्च बहिष्कार गर्ने घोषणा गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रिएको बारले शुक्रबार सबै बेन्च बहिष्कार गर्ने घोषणा गरेको हो ।कार्यपालिकासँग मिलेर राजनीतिक भागबन्डा खोजेकोलगायतका आरोप लगाएर सर्वोच्च अदालतकै १९ जना न्यायाधीश र बार आन्दोलनमा छ । सोही क्रममा बिहीबार सर्वोच्च अदालतमा धर्ना दिएका कानुन व्यवसायी र प्रहरीबीच घम्साघम्सी भएको छ । घम्साघम्सीका क्रममा बार महासचिवसहित ६ जना कानुन व्यवसायी घाइते भएका छन् । घाइते हुनेमा नेपाल बार एशोसिएसनका महासचिव लीलामणि पौडेल, उपाध्यक्ष रक्षा बस्याल, पूर्

    • प्रकाशित मितिः कार्तिक २५, २०७८
    • 118 पटक पढिएको
  • इन्धनको मूल्यवृद्धि तत्काल फिर्ता गर्न आग्रह

    काठमाडौं  / नेकपा क्रान्तिकारी माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको छ । अखिल (क्रान्तिकारी) का अध्यक्ष हरिकृष्ण गजुरेलले बिहीबार विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि  फिर्ता गर्न नेपाल सरकार, नेपाल आयल निगम र सम्बन्धित निकायसँग माग गरिएको हो।नेपाल आयल निगमले बुधबार मध्यरातदेखि लागू हुनेगरि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमै ३ रुपैयाँ बढाउने निर्णय गरेको थियो । यस्तै खाना पकाउने ग्यासको मूल्य पनि एक सिलिन्डरमा ७५ रुपैयाँ बढाउने निर्णय गरेको थियो । निगमले मूल्

    • प्रकाशित मितिः कार्तिक २५, २०७८
    • 111 पटक पढिएको
  • सर्वोच्च अदालतमा प्रहरी र वकिलबीच धकेलाधकेल

    काठमाडौँ /  कानुन व्यवसायीहरूले सर्वोच्च अदालत परिसरभित्र गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामाको मागसहित कानुन व्यवसायीहरूले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो । अदालत परिसरमा कानुन व्यवसायीहरूले माइक राख्न खोज्दा प्रहरीले रोकेको थियो । प्रहरी र वकिलहरुबीच धकेलाधकेल भएको छ ।कानुन व्यवसायीहरूले प्रदर्शनका क्रममा  ‘चोलेन्द्रका मतियार होसियार’ भन्दै नारा पनि लगाएका छन् ।प्रहरीसँगको धक्कामुक्कीमा नेपाल बार एशोसियसनका महासचिव लीलामणि पौडेल सामान्य घाइते भएका छन् । अहिले सर्वोच्च परिसरमा वकिलहरूले प्रधानन्याया

    • प्रकाशित मितिः कार्तिक २५, २०७८
    • 114 पटक पढिएको
  • जनगणना सफल बनाउन अध्यक्ष ओलीको आग्रह

    काठमाडौँ \ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आजबाट  सुरु हुने १२ औँ राष्ट्रिय जनगणना राष्ट्र विकासको एक महत्वपूर्ण पक्ष भएकाले यसको पूर्ण सफलताको शुभकामना व्यक्त गरेका छन् ।पूर्वप्रधानमन्त्री ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रपछिको पहिलो जनगणना भएकाले यसले राज्यको सेवा अझै प्रभावकारी बनाउन उपयुक्त तथ्याङ्क उपलब्ध गराउने भएकाले यस कार्यमा सहभागी भई सहयोग गर्न सबै नेता, कार्यकर्ता र आम नागरिकमा आह्वान गरेका हुन् । उनले आज जारी गरेको सन्देशमा घरघरमा आउने गणकलाई सही विवरण दिएर कार्यक्रम सफल बनाउन अपिल गरेका छन् । 

    • प्रकाशित मितिः कार्तिक २५, २०७८
    • 89 पटक पढिएको
  • कात्तिक ३० गते मुख्यमन्त्री राईले विश्वासको मत लिने

    विराटनगर / प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले कात्तिक ३० गते विश्वासको मत लिने भएका छन् । राईले अव बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने भएका हुन् । प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गरी कात्तिक ३० गतेका लागि बैठक बस्ने जनाएको छ ।तत्कालीन मुख्यमन्त्री भीमप्रसाद आचार्यले पदबाट राजीनामा दिएपछि राई मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री राईले प्रदेशसभाबाट विश्वासको मत लिए लगतै मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । विश्वासको मत लिएर मंसिर पहिलो साता नै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी रहेको मुख्यमन्त्री राईले बताए । गठबन्धन दल बीचको सहमतिमै चाँडै मन्त

    • प्रकाशित मितिः कार्तिक २४, २०७८
    • 112 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.