काडामाडौँ / सर्वोच्च अदालत अगाडि कानुन व्यवसायीबीच झडप भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजिनामा माग गर्दै नेपाल बार एशोसियसनका कानुन व्यवसायिहरूले केही दिन देखि लगातार विरोध प्रदर्शन गर्दै आएका छन् ।
सोही विरोधका क्रममा आज आन्दोलनरत पक्ष र विपक्षबीच धकेला धकेल भए पछि झडप भएको हो । झडपका क्रममा केहीलाई भने प्रहरीले पक्राउ गरेको छ ।
बारले प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालतको गेटमै रोक्ने रणनीति लिएपछि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ । सर्वोच्च अदालत क्षेत्रमा बिहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ ।
सर्वोच्च अदालत सुरक्षा गणका एसपी दीपक रेग्मीले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी सुरक्षा सतर्कता बढाइएको बताए । सुरक्षाको व्यवस्थापन काठमाडौं परिसरले गरिरहेको हो ।
बारले बिहीबार गरेको धर्नामा प्रहरीले हस्तक्षेप गरेपछि विवाद उत्कर्षमा पुगेको हो । आज (शुक्रबार) सर्वोच्च अदालतको मुख्य गेटबाट प्रधानन्यायाधीश जबरालाई प्रवेश गर्न नदिन भन्दै बारका कानुन व्यावसायीहरू धर्नामा बसेका छन् ।