रौतहट । नेपाली कांग्रेसका सभापति गगन थापाले सदस्यता अद्यावधिक नगर्ने नेताहरूलाई पार्टीले सदस्यका रूपमा पहिचान नगर्ने स्पष्ट पारेका छन्। झापामा मंगलवार आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले पार्टी अब पूर्ण रूपमा डिजिटल र प्रणाली सिस्टममा आधारित भएर अघि बढ्ने उद्घोष गरे। पार्टीभित्रको इतर समूह, विशेषगरी पूर्वसभापति शेरबहादुर देउवा र डा शेखर कोइराला समूहका केही नेताहरूले सदस्यता अद्यावधिक नगरेको सन्दर्भलाई जोड्दै उनले यस्तो धारणा राखेका हुन्।सभापति थापाले सदस्यता अद्यावधिक नगर्ने नेताहरूलाई पार्टीले आदर र माया गरे पनि वैधानिक रूपमा सदस्य स्वीकार नगर्ने बताए। ‘कसैले सदस्यता अद्यावधिक
चितवन । रास्वपाको बन्दसत्रमा सभापति रवि लामिछानेले पार्टीभित्र गुटबन्दी र भोटको चलखेलबारे कडा चेतावनी दिएका छन्। महाधिवेशन प्रतिनिधिलाई सम्बोधन गर्दै उनले कसैको दबाब, प्रभाव वा सिफारिसमा नभई योग्य उम्मेदवारलाई मत दिन आग्रह गरे। लामिछानेले पार्टीभित्र गुट–उपगुटको राजनीति मौलाउन थालेको संकेतप्रति चिन्ता व्यक्त गर्दै पुरानै शैली दोहोरिए रास्वपाबाट फरक नतिजा ननिस्कने बताए। उनले प्रतिनिधिहरूलाई लक्षित गर्दै भने, “कसैले यहाँसम्म ल्याएको भए धन्यवाद दिनुहोस्, तर भोट चाहिँ राम्रालाई दिनुहोस्।”उनले आफू कुनै पक्षको उम्मेदवार नबोकेको दाबी गर्दै केन्द्रीय समितिमा पुग्ने व्यक्तिको छनोट विवेकपूर्ण ढंगले
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले पार्टीभित्र गुट–उपगुट र पुरानै राजनीतिक शैली दोहोरिए अपेक्षित परिणाम हासिल नहुने बताएका छन् ।चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै उनले सबै प्रतिनिधिहरूलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरे । उनले पुरानै राजनीतिक अभ्यास, आन्तरिक खिचातानी र शक्ति प्राप्त गर्ने दौडले पार्टीलाई सफलतामा नपु¥याउने बताए । उनले फरक परिणाम चाहिएको भए सोच र कार्यशैलीमै परिवर्तन आवश्यक रहेको स्पष्ट पारे ।‘म तपाईहरुलाई सम्मान गर्न चाहान्छु । जो जहाँ जसरी आउनुभएको भएपनि हाम्रो उद्देश्य साझा छ । लक्ष्य प्राप्त गर्ने तरिका पनि एक
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा नेतृत्व चयनको प्रक्रिया औपचारिक रूपमा सुरु हुने भएको छ। बन्दसत्र ढिलोगरी सुरु भए पनि आजैबाट निर्वाचन प्रक्रिया अघि बढाउने तयारी गरिएको छ।पार्टी सभापतिमा रवि लामिछाने निर्विरोध हुने लगभग निश्चित देखिए पनि केन्द्रीय सदस्य पदमा भने कडा प्रतिस्पर्धा हुने संकेत देखिएको छ। महाधिवेशनबाट चयन हुने ९९ केन्द्रीय सदस्यमध्ये ३५ जना प्रदेशगत कोटाबाट र बाँकी ६४ जना खुला प्रतिस्पर्धाबाट निर्वाचित हुने व्यवस्था गरिएको छ।रास्वपाले नयाँ विधानमार्फत प्रदेश प्रतिनिधित्व र महिला सहभागितालाई अनिवार्य बनाएको छ। सातै प्रदेशबाट कम्तीमा पाँच–पाँच जना केन्
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पछिल्ला वर्षहरूमा नेपाली कांग्रेस कमजोर बनाइएको भन्दै पार्टीभित्रकै नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका छन्।झापामा आयोजित एक कार्यक्रममा बोल्दै थापाले संस्थापक नेता बीपी कोइरालाले निर्माण गरेको कांग्रेसलाई पछिल्लो ८–१० वर्षमा विभाजित र कमजोर बनाइएको दाबी गरे। अब पार्टीलाई पुनः सुदृढ बनाउन आफूहरू लागेको बताउँदै उनले पार्टी सुधारको अभियानमा अवरोध सिर्जना गर्ने प्रस्ताव र दबाब स्वीकार नगर्ने स्पष्ट पारे।थापाले भने, “बीपीले बनाएको पार्टीलाई केही वर्षमै छिया–छिया पारियो। अब कांग्रेसलाई बलियो बनाउने अभियानमा लागेका छौं, त्यसैले पार्टी हितविपरीत आउ
काठमाडौं । विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले शिक्षा क्षेत्रमा देखिएका समस्या र विकृतिप्रति सरकार गम्भीर बन्नुपर्ने बताएका छन् ।समितिको बैठकमा बोल्दै उनले वर्तमान सरकारले शिक्षा क्षेत्रमा देखिएका विभिन्न बेथिति र विकृतिले शैक्षिक सुधारको अभियानलाई थप ओझेलमा पार्ने खोज्यको आरोप लगाए । उनले भने, ‘क्वान्टिटी’ होइन, ‘क्वालिटी’ लिने बोलामा वर्तमान सरकारले यो कुरालाई बस्ता नगरेर शैक्षिक फाटमा फेरी अनेकै बोथिति र विकृति निम्त्याएर अझै ओझेलमा पार्न खोजेको छ ।’ उनले २०३८ र २०४२ सालतिरको शैक्षिक अवस्थाको तुलना गर्दै अहिले देशका दुर्गम गाउँसम्ममा विद्यालय भवन, खानेपानी, खे
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८३ र ८४ का लागि प्रदेश सभामा पेश गरेको बजेट प्रति शत्तरुढ दल नेकपा एमालेले चरम असन्तुष्टि जनाएको छ ।यथास्थितीमा बजेट पास हुन नसक्ने बताउदै आएको एमालेले संशोधन नगरी पारित गर्ने प्रयास गरे सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णयनै गरेकोछ । नेकपा एमले प्रदेश कमिटीको ११औँ पूर्ण बैठकले बजेट एक लौटी भएको र शत्तारुढ अर्को दललाई पुर्णरुपमा वेवासता गरेको निष्कर्ष निकालेको हो । यथा स्थितिमा सरकारको समर्थन गर्न नसकिने भन्दै प्रदेश कमिटिले बजेटमा आवश्यक संशोधन अपरिहार्य रहेको नेकपा एमालेकी प्रदेश उपसचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख भागरथी विष
काठमाडौं। च्यासलमा नेकपा एमाले संसदीय दलको आकस्मिक बैठक सुरु भएको छ। उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा पक्राउ परेपछि एमालेले तत्काल बैठक बोलाएको हो।अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरू सहभागी बैठकमा पौडेल पक्राउ प्रकरण, पार्टीको आगामी रणनीति र राजनीतिक प्रतिक्रिया बारे छलफल भइरहेको छ।सुर्खेतबाट पक्राउ परेका पौडेललाई आज बिहान काठमाडौं ल्याइएको छ। एमालेले भने उनको पक्राउलाई ‘राजनीतिक प्रतिशोध’ भन्दै कडा आपत्ति जनाएको छ।
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा सांसद रमेश प्रसाईंले पार्टीको सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।चितवनमा जारी रास्वपाको प्रथम महाधिवेशनमा प्रसाईंले आफू केन्द्रीय सदस्यमा उम्मेदवार रहने र दोस्रो चरणमा हुने पदाधिकारी निर्वाचनमा सहमहामन्त्री पदका लागि प्रतिस्पर्धा गर्ने बताएका हुन्। उम्मेदवारी घोषणा गर्दै प्रसाईंले पार्टीका सदस्यहरूले नेतृत्वको कामको निष्पक्ष मूल्यांकन गर्ने बेला आएको बताए। राम्रो काम गर्ने नेतालाई पुरस्कृत र जिम्मेवारी पूरा गर्न नसक्नेलाई दण्डित गर्नुपर्ने उनको भनाइ थियो।उनले रास्वपाका सदस्यहरूले सही निर्णय गर्ने विश्वास व्यक्त
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को प्रथम महाधिवेशन चलिरहेका बेला नयाँ विवाद सतहमा आएको छ। पार्टी सभापति रवि लामिछानेविरुद्ध सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका भोला कुमार साह कानुको नाम महाधिवेशन प्रतिनिधिको अन्तिम सूचीबाट हटाइएको भन्दै विवाद सुरु भएको हो। बारा क्षेत्र नम्बर–३ का कानुले सामाजिक सञ्जालमार्फत आफ्नो नाम प्रतिनिधिको अन्तिम सूचीमा नराखिएको भन्दै असन्तुष्टि जनाएका छन्। उनले यसअघि सभापति पदमा रवि लामिछानेसँग प्रतिस्पर्धा गर्ने सार्वजनिक घोषणा गरेका थिए।कानुले बर्खास्तीमा परेका बारा जिल्ला सभापति चन्दन स्वर्णकारको सदस्यता कायम गर्नुपर्ने माग राख्दै पार्टी नेतृत्व
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.