राजनीति

    Showing 9,611-9,620 of 10,449 items.
  • बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य

    काठमाडौं//मुख्यमन्त्री डोरमणि पौडेलले  दिएको राजीनामा बुधबार स्वीकृत गर्दै  वागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त  भएकी छन्। मुख्यमन्त्रीमा शाक्यलाई प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले  नियुक्त गरेका हुन्। बुधबार विहान नेकपा एमाले वागमती प्रदेश संसदीय दलको नेतामा शाक्य चयन  भएकी थिइन् । आजै सानो मन्त्रिमण्डल पनि बनाइने सांसद अरुण नेपालले जानकारी गराएका छन्। नेकपा एमालेको माधव नेपाल पक्षले नयाँ पार्टी गठन गरेपछि नेता नेपाल समूहमै रहेकी शाक्यलाई रोक्न मुख्यमन्त्री बनाइएको चर्चा भइरहेको बताइएको छ। 

    • प्रकाशित मितिः भदौ २, २०७८
    • 136 पटक पढिएको
  • एमाले विभाजन : माधव नेपाल समुहले आयोगमा दियो निवेदन ( यि हुन् विभाजनका कारण )

    काठमाण्डौ / नेकपा एमाले भित्र लामो समय देखि कायम विवाद अन्ततः पार्टी विभाजनमा पुगेर टुङ्गिएको छ । एमालेका प्रभावशाली नेता माधव नेपाल समुहले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएसँगै विवाद फुटमा पुगेर टुङ्गिएको हो ।एमालेमा अध्यक्ष केपी शर्मा ओली समर्थित नेता–कार्यकर्ता  र माधव नेपाल समुहका नेता–कार्यकर्ता बिचको विवाद उत्कर्षमा पुगेको थियो । पार्टी भित्रका दुई समुहबीच देखिएको विवाद मिलाउन दोस्रो तहका नेताले लामो समयदेखि गर्दै आएको प्रयास समेत बुधबारबाट निरर्थक बनेको छ । एमालेका प्रभावशाली नेता माधव कुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतम समुहले अन्तत औपचारिक रुपमा नै पार्ट

    • प्रकाशित मितिः भदौ २, २०७८
    • 1,198 पटक पढिएको
  • नेता महन्त ठाकुरलाई साइकल चाहियो !

    काठमाण्डौ / जनता समाजवादी पार्टीबाट अलग भएको महन्थ ठाकुर पक्ष नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेको छ ।निर्वाचन आयोगले उपेन्द्र यादव समुहलाई आधिकारीकता दिएपछि दलविहीन भएका महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले नयाँ दल दर्ताका लागि बुधबार निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।राजनीतिक दल विभाजनका लागि सरकारले संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत पुर्‍याएर हुने गरी अध्यादेश ल्याएपछि ठाकुर – महतो पक्ष दल दर्ताका लागि आयोगमा निवेदन सहित गएको हो ।नयाँ दलको नाम जनता समाजवादी पार्टी लोकतान्त्रिक रहेको छ भने अध्यक्षमा महन्थ ठाकुर  रहेका छन् ।  नयाँ दलमा राजेन्द्र महतो वरिष्ठ नेता रहने छन्

    • प्रकाशित मितिः भदौ २, २०७८
    • 184 पटक पढिएको
  • एमाले विभाजन : फाइदामा अष्ठलक्ष्मी शाक्य

    काठमाण्डौ / नेकपा एमालेको माधव नेपाल पक्षकी प्रभावशाली नेता अष्ठलक्ष्मी शाक्यलाई ओली समुहले वागमति प्रदेशको मुख्यमन्त्री बनाउन तयारी थालेको छ ।केन्द्रिय सरकार गुमेपछि प्रदेश सरकार गुमाउन थालेको एमालेको ओली समुहले बागमती प्रदेश सरकार जोगाउन नेपाल समुहकी नेता शाक्यलाई मुख्यमन्त्री बनाउन तयारी थालेको हो ।प्रदेश सरकार गठनका बेला मुख्यमन्त्रीका लागि बलियो दाबेदार मानिएकी शाक्यलाई नेपाल समुहको भएकै कारणले ओली समुहले मुख्यमन्त्री बन्न दिएको थिएन ।पार्टी विभाजनका लागि माधव समुह अग्रसर बनेको समयमा शाक्यले आफूलाई पार्टी विभाजनको विपक्षमा उभ्याएपछि उनलाई मुख्यमन्त्री बनाएर प्रदेश सरकार जोगाउने दिशामा ओली

    • प्रकाशित मितिः भदौ २, २०७८
    • 215 पटक पढिएको
  • फुट्यो एमाले : माधव नेपालको नेतृत्वमा ‘नेकपा एमाले समाजवादी’

    बिर्तामोड / नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समुहले नयाँ दल दर्ता गर्ने भएको छ । सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरेसँगै नेपाल समूहले नयाँ दल दर्ता गर्ने भएको हो । नेपाल समूहको नयाँ बानेश्वरस्थित अर्याल होलटमा बसेको बैठकले पार्टीको नाम ‘नेकपा एमाले समाजवादी’  र चुनाव चिन्ह  ‘किताव’ राख्ने  निर्णय गरेको नेता जगन्नाथ खतिवडाले जानकारी दिए । खतिवडाका अनुसार ‘नेकपा एमाले समाजवादी’को संयोजकमा नेता नेपाल छन् भने ९५ सदस्यीय केन्द्रीय कमिटी हुनेछ ।सबै प्रकृया पुर्याएर भोली सम्ममा निर्वाचन आयोगमा दल दर्ता गर्ने माधव समूहको तयारी रहेको छ । 

    • प्रकाशित मितिः भदौ २, २०७८
    • 114 पटक पढिएको
  • दल विभाजन अध्यादेश राष्ट्रपतिबाट स्वीकृत

    काठमाडौं / सरकारले नेकपा एमालेको माधव नेपाल समुहलाई दल विभाजनका लागि सहज बनाइदिन ल्याएको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण  गरेकी छन् ।प्रधानमन्त्री शेर बहादुर देउवाको नेतृत्वमा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले दल विभाजनलाई सहज बनाउन तयार पारेको अध्यादेश प्रमाणिकरणका लागि राष्ट्रपतिकोमा पठाउने निर्णय गरेको थियो ।सरकारले ल्याएको अध्यादेशका विषयमा प्रधानमन्त्री देउवाको नेतृत्वमा रहेको कांग्रेस सहित सत्तारुढ दल र एमालेको ओली समुहबाट तिव्र विरोध भईरहेका बेला राष्ट्रपतिले प्रमाणिकरण गरेर कानुनको मान्यता दिएकी हुन् ।  सरकारले ल्याएको अध्यादेशमा केन्द्रीय समिति वा संसद

    • प्रकाशित मितिः भदौ २, २०७८
    • 143 पटक पढिएको
  • जसपा नै सरकारसंग असन्तुष्ट

    काठमाडौं//कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने जसपाले अध्यादेश जारि भएकोमा असन्तुष्टि जनाएको छ।  जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको भन्दै त्यसको विरोध गरेका हुन । ओली गए तापनि ओली प्रवृत्ति कायम रहनु लोकतन्त्रको निम्ति चिन्ताको विषय भएको उनले टिप्पणी गरेका छन् ।सामाजिक सञ्जालमार्फत आफ्नो लिखित भनाइ सार्वजनिक गर्दै उनले जसले गरेपनि संसद अधिवेशन अन्त्य गरे लगत्तै अध्यादेश ल्याउनु भनेको लोकतन्त्रको उपहास रहेको बताएका छन्।  सांसद पद जोगाउने गरी दलविभाजन गर्न अध्यादेश ल्याउनु प्रतिनिधिमू

    • प्रकाशित मितिः भदौ १, २०७८
    • 120 पटक पढिएको
  • जसपाका १८ जना केन्द्रीय सदस्यसहित २० जनाद्वारा उपेन्द्र यादव समूह परित्यागको घोषणा

    काठमाडौं//जनता समाजवादी पार्टी नेपालका १८ जना केन्द्रीय सदस्यसहित २० जनाले उपेन्द्र यादव समूह परित्यागको घोषणा गरेका छन् । आज पत्रकार सम्मेलन गरेर उनीहरुले समूह परित्यागको घोषणा गरेका हुन।२०७२ सालको भुकम्प र कोरोना महामारीमा जनता  पीडीत  हुँदा समेत यो पार्टीले जनतालाई केही दिन नसकेको जसपाका केन्द्रिय सदस्य समेत रहेका भाडावाल सरोकार समाजका अध्यक्ष बिष्णु जंग बस्नेतले बताएका छन् ।१८ महिना उपेन्द्र यादव उपप्रधान तथा स्वास्थ्यमन्त्री बनेर आफूले मात्र कमाएर जनतालाई केही नदिएको आरोप लगाउँदै उनले आजदेखि बाध्य भएर उपेन्द्र यादवको समूह परित्याग गरेको बताएका छन्।२०६५ साल देखि आफुले घरबेटीहरुको

    • प्रकाशित मितिः भदौ १, २०७८
    • 133 पटक पढिएको
  • सांसद विमला वली र वाईसीएल कार्यकर्ता बस्नेतको ‘निजी’ तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक

    दाङ //लुम्बिनी प्रदेशकी सांसद विमला वली र वाईसीएल कार्यकर्ता एकराज बस्नेतको ‘निजी’ तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।एमालेका तत्कालीन सांसद स्वर्गीय उत्तरकुमार वलीकी पत्नी विमलाले बस्नेतलाई चुम्बन गरेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएको हो। बस्नेत स्वयम्‌को फेसबुक स्टोरीमा देखिएको उनीहरुको 'निजि ' तस्बिर  केही समयमा हटाइएको थियो । उत्तरको दुर्घटनामा निधन भएपछि  श्रीमानकै निर्वाचन क्षेत्रमा तत्कालीन नेकपाको उम्मेदवार बनेकी विमला कांग्रेस नेता केशव आचार्यलाई पराजित गर्दै सांसद समेत बनेकी थिइन् ।लुम्बिनी प्रदेशमा एमालेको सरकार ढाल्न निर्णायक बनेकी विमला कहिले माओवादी  ब

    • प्रकाशित मितिः भदौ १, २०७८
    • 167 पटक पढिएको
  • कांग्रेस नेता कोइराला अध्यादेशको विपक्षमा

    बिर्तामोड / सरकारले नेकपा एमालेको माधव नेपाल समुहलाई पार्टी विभाजनका लागि सहज बनाइदिन ल्याएको अध्यादेशको सत्तारुढ दल नेपाली कांग्रेस भित्रैबाट विरोध सुरु भएको छ ।नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले सरकारले ल्याएको राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेशको विरोध गरेका हुन् ।कांग्रेस सभापति समेत रहेको शेर बहादुर देउवा नेतृत्वको आज बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको थियो । अध्यादेश जारीका लागि सरकारले राष्ट्रपतिकोमा पठाएको छ ।आफ्नै दलको नेतृत्वमा बनेको सरकार सञ्चालनलाई सहज बनाउनकै लागि देउवाले अध्यादेश ल्याएको भएपनि अध्यादेशबाट मु

    • प्रकाशित मितिः भदौ १, २०७८
    • 99 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.