दाङ //लुम्बिनी प्रदेशकी सांसद विमला वली र वाईसीएल कार्यकर्ता एकराज बस्नेतको ‘निजी’ तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।
एमालेका तत्कालीन सांसद स्वर्गीय उत्तरकुमार वलीकी पत्नी विमलाले बस्नेतलाई चुम्बन गरेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएको हो।
बस्नेत स्वयम्को फेसबुक स्टोरीमा देखिएको उनीहरुको 'निजि ' तस्बिर केही समयमा हटाइएको थियो ।
उत्तरको दुर्घटनामा निधन भएपछि श्रीमानकै निर्वाचन क्षेत्रमा तत्कालीन नेकपाको उम्मेदवार बनेकी विमला कांग्रेस नेता केशव आचार्यलाई पराजित गर्दै सांसद समेत बनेकी थिइन् ।
लुम्बिनी प्रदेशमा एमालेको सरकार ढाल्न निर्णायक बनेकी विमला कहिले माओवादी बनेर चर्चामा थिइन् भने कहिले एमाले बनेर चर्चित भएकी थिइन् ।
उनी माओवादी बनेपछि लुम्बिनी प्रदेशमा एमालेबाट हटाइएको थियो।
आज सामाजिक सञ्जालमा ‘निजी’ सार्वजनिक भएपछी एमाले र माओवादी पंक्तिमा नै खैलाबैला मच्चिएको छ ।
यसअघि पनि बस्नेतसँगको घनिष्ट सम्बन्धकै कारण विमला माओवादीको सम्पर्कमा पुगेको र उनले ऋण तिर्न पैसा लिएको बताइएको थियो ।
तस्बिरमा विमलाको सिउँदोमा सिन्दूर समेत देखिएकाले उनीहरूबीच विवाह भइसकेको अनुमान गरिएको छ।
यता वाईसीएल कार्यकर्ता बस्नेतले भने उक्त तस्बिर आफ्नो फेसबुकमा कसरि देखियो भन्ने बारेमा आफैलाई थाहा नभएको बताएका छन्
विवाहित उनले विमलासंग भने बिहे भएको वा नभएको भन्ने बारेमा प्रष्ट बताएनन।
सांसद वली सम्पर्कविहिन भएकी छन्।






































