राजनीति

    Showing 9,811-9,820 of 10,449 items.
  • एमाले बहिर्गमनको कारण दलकै नेता

    वाग्मती / वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एमालेको सत्ता बहिर्गमनको कारण दलकै नेताहरु भएको विचार व्यक्त गरेका छन्।हेटौँडा–१४ मयूरधापमा पार्टी प्रवेश कार्यक्रममा मुख्यमन्त्री पौडेलले समृद्ध नेपाल सुखी नेपाली निर्माणको महाभियानमा लागिरहेको इतिहासकै सफल केपी शर्मा ओली नेतृत्वको सरकारलाई सत्ताबाट बाहिर बनाउन सफलता हात पारेकाहरुको खुशी एक महिनामै दुःखमा परिणत हुने जिकिर गरेका छन् । कार्यक्रममा एमाले वाग्मती प्रदेश सङ्गठन विभाग प्रमुख अनन्त पौडेलले देशमा एकाएक कानूनी राजको अन्त्य भएको विचार व्यक्त गरेका छन् । वाग्मती प्रदेशसभा सदस्य जेनेली श्रेष्ठले नेपाली जनताले एमालेलाई विकास

    • प्रकाशित मितिः असार ३१, २०७८
    • 120 पटक पढिएको
  • मोटरसाइकल दुर्घटनाबाट वडा सदस्यको मृत्यु

    इलाम / माङसेबुङ गाँउपालिका -४ मार्चेबुङ बस्ने ३६ वर्षीय धन बहादुर राईको मोटरसाइकल दुर्घटनाबाट मृत्यु भएको छ । हिजो दिउसो ४ बजे मार्चेबुङ वडा नम्बर -४ का वडा सदस्य समेत रहेका राई कार्यालयबाट मे ८ प  ६०४ नम्बरको मोटरसाइकलमा घर तर्फ आउँदै गर्दा रतुवा पुल नजिक मोटरसाइकल आफै अनियन्त्रित भई सेतेभिरबाट अन्दाजी १०० मिटर तल झरी दुर्घटना हुँदा उनी गम्भिर घाईते भएका थिए । टाउकोमा चोट लागी गम्भीर घाईते भएका वडा सदस्य राईको बि एण्ड सी अस्पताल बिर्तामोडमा उपचारको क्रममा राती पौने १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

    • प्रकाशित मितिः असार ३१, २०७८
    • 201 पटक पढिएको
  • माधव नेपाल भेट्न कोटेश्वर किन पुगे विप्लव ?

    काठमाडौं / नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले एमाले वरिष्ठ नेता माधव कुमार नेपाल भेट्न कोटेश्वर गएका छन् । बिहीबार नेता नेपाललाई भेट्न विप्लव र धर्मेन्द्र बाँस्तोला कोटेश्वर गएका हुन् ।भेटका क्रममा नेता नेपालसँग विप्लवले पछिल्लो राजनीतिक घटनाक्रमका साथै समसामयिक विषयवस्तुमा केन्द्रित रहेर छलफल गर्ने नेपाल निकट स्रोतले जनाएको छ । यसअघि बुधबार विप्लवले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग खुमलटारमा भेटवार्ता गरेका थिए । तत्कालीन प्रधानमन्त्री केपी ओलीसँग ३ बुँदे सहमति गरेपछि शान्तिप्रक्रियामा आएपनि विप्लवको माग पूरा भएको छैन । नेता कार्यकर्ताको रिहाई

    • प्रकाशित मितिः असार ३१, २०७८
    • 121 पटक पढिएको
  • प्रधानमन्त्री देउवाको कार्यकालमा कोरोनाबाट मुलुकले निकास पाउने विश्वास

    काठमाडौँ / सुशील कोइराला मेमोरियल फाउन्डेशनले प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालमा कोरोना महामारीको चपेटामा परेको मुलुकले निकास पाउने विश्वास व्यक्त गरेको छ । नेपाली कांग्रेसको महामन्त्रीसमेत रहेका फाउन्डेसनका अध्यक्ष डा शशाङ्क कोइराला र सदस्य सचिव इञ्जिनीयर अतुल कोइरालाले बुधबार विज्ञप्ति जारी गरी नेपाली जनताको सुख, शान्ति र समृृद्धिको सपना पूरा गर्न वर्तमान सरकार सफल हुने कामना गरेका हुन् । नेपाली कांग्रेसका सभापति र फाउन्डेसनको संरक्षकसमेत रहेका देउवा मुलुकको प्रधानमन्त्री बनेमा शुभकामनासहित उनको सफल कार्यकालको कामना पनि गरिएको छ । देउवा मङ्गलबार पाँचौँपटक प्रधानमन्त्री पदमा नियु

    • प्रकाशित मितिः असार ३१, २०७८
    • 74 पटक पढिएको
  • प्रदेश प्रमुख प्रसाइद्धारा दुई विधेयक प्रमाणीकरण

    मकवानपुर / वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँले वाग्मती प्रदेशसभाबाट पारित भएको दुई वटा आर्थिक विधेयक आज  प्रमाणीकरण गरेका छन् ।उनले प्रमाणीकरण गरेको प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७८ र आर्थिक वर्ष २०७८/७९ सेवा र कार्यलाई प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्न र विनियोजित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८ रहेको प्रदेश प्रमुख सचिवालयले जनाएको छ ।

    • प्रकाशित मितिः असार ३०, २०७८
    • 131 पटक पढिएको
  • महामारी परास्त गर्न सबैको सहयोग र योगदानको खाँचो : गृहमन्त्री खाँण

    काठमाडौँ / नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँणले सिंहदरबारस्थित गृहमन्त्रालयमा आज पदबहाली गरेका छन् । उनलाई मन्त्रालयमा गृहमन्त्रालयका सचिव महेश्वर न्यौपाने, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारीलगायतले स्वागत अभिवादन गरेका थिए । पद बहालीपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै गृहमन्त्री खाँणले हामीले आफ्नो जीवनमा कोभिड –१९ को सबैभन्दा ठूलो महामारी सामना गरिरहेकाले त्यसलाई परास्त गर्न सबैको सहयोग र योगदानको खाँचो औँल्याए ।उनले भने, “कोरोनाको महामारीबाट बच्नका लागि सबैले गम

    • प्रकाशित मितिः असार ३०, २०७८
    • 162 पटक पढिएको
  • ओलीले छाडे बालुवाटार निवास(फोटो फिचर)

    काठमाडौं / निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटार छाडेका छन्। आज (बुधबार) बिहान सरकारी निवास बालुवाटारबाट आफ्नै  निजी निवास बालकोट सरेका हुन् । केपी ओली तीन वर्ष ५ महिनापछि प्रधानमन्त्रीबाट बाहिरिएका हुन् । उनलाई एमालेनिकट युथ फोर्सले बालुवाटारबाट बालकोटसम्मै स्कर्टिङ गरेर लगेको छ ।२८ असारमा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापित गर्दै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश दिएपछि ओली पदमुक्त भएका हुन् । देउवाले बुधबार पद तथा गोपनियताको शपथ ग्रहण गर्दै बुधबार साँझ नै कार्यभार सम्हालेका छन् ।

    • प्रकाशित मितिः असार ३०, २०७८
    • 191 पटक पढिएको
  • भ्रष्टाचारको मुद्दा लागेका गच्छदार अदालतमा उपस्थित

    काठमाडौँ / ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा लागेका नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार अदालत हाजिर भएका छन् । फरार रहेका गच्छेदार आज अदालतमा हाजिर भएका हुन् ।लामो समयदेखि अदालतमा म्याद नबुझेपछि अदालतले सार्वजनिक सूचना समेत जारी गरेको थियो । हाजिर हुन सार्वजनिक सूचना जारी गर्दासमेत हाजिर नभएका गच्छदार कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको भोलिपल्टै अदालतमा हाजिर भएका हुन् । अदालत स्रोतका अनुसार उनी बुधबार बिहान सहयोगीसहित अदालतमा उपस्थित भएका छन् ।अदालतमा गच्छदारको पहिले प्रारम्भिक बयान हुने र त्यसपछि थुनछेक बहस सुरु हुने बताईएको छ । यसअघि अदालतले बोलाउँदा

    • प्रकाशित मितिः असार ३०, २०७८
    • 137 पटक पढिएको
  • देउवा प्रधानमन्त्री नियुक्त भएको खुसीमा दीप प्रज्वलन

    बैतडी / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको खुशियालीमा मङ्गलबार बेलुका बैतडीमा दीप प्रज्वलन गरिएको छ । सर्वोच्च अदालतको फैसलाको स्वागत तथा देउवा प्रधानमन्त्री नियुक्त भएको खुशियालीमा कांग्रेस र माओवादी केन्द्रले संयुक्तरूपमा जिल्लाको दोगडाकेदार र पाटनमा दीप प्रज्वलन गरेका हुन् ।नेपाल विद्यार्थी सङ्घको अगुवाइमा पाटनमा र दोगडाकेदारमा तरुण दलको अगुवाइमा दीप प्रज्वलन गरिएको हो । अदालतको फैसलाले लोकतन्त्रको रक्षा भएको भन्दै खुशियालीमा दीप प्रज्वलन गरिएको नेपाल विद्यार्थी सङ्घ बैतडीका अध्यक्ष कपिल केसीले बताए ।यस्तै सुदूरपश्चिमको चेलो देशकै प्रधानमन्त्री भएको खुश

    • प्रकाशित मितिः असार ३०, २०७८
    • 111 पटक पढिएको
  • अमेरिकी राजदूतद्वारा प्रधानमन्त्री देउवालाई बधाई

    काठमाडौँ / नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई यहाँस्थित संयुक्त राज्य अमेरिकाका राजदूत र्यान्डी बेरीले बधाई दिएका छन् । राजदूत बेरीले मङ्गलबार ट्वीटमार्फत प्रधानमन्त्री देउवालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् ।राजदूत बेरीले अमेरिकी मिसन नेपाल सरकारका सबै तहमा करिब ७५ वर्षको मित्रता अगाडि बढाउन उनीसँग मिलेर काम गर्ने आशा गर्ने भनेका छन् । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवाले मङ्गलबार प्रधानमन्त्रीको शपथ लिएका हुन् ।

    • प्रकाशित मितिः असार ३०, २०७८
    • 142 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.