राजनीति

    Showing 9,831-9,840 of 10,449 items.
  • अदालतले राजनीतिक विषयमा हात हालेको छ : प्रम ओली

    काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च  अदालतले अत्यधिक न्यायिक सक्रियतासहित राजनीतिक विषयमा हात हालेर दलीय व्यवस्थामाथि धक्का दिन खोजेको टिप्पणी गरेका छन् । देशवासीका नाममा आज सम्बोधनका क्रममा उनले कहिलेकाँही मागै नभएका विषयमा पनि हात हालेर गन्तव्यमा पुग्न नसकिने जनाउँदै भने, ‘खेल खेल्ने जिम्मेवारी खेलाडीहरूको हो तर रेफ्री आफैँले खेल खेल्ने चाहना राखेमा समस्या हुन्छ । अदालतको फैसलाबाट दलीय प्रणालीमाथि धक्का दिइएको छ । संविधान संशोधन गराउन खोजिएको छ । राज्यका अङ्गहरुमाथि जनताको विश्वास गुम्ने र जनतामा नैराश्य उत्पन्न भई भयावह दुष्परिणाम ल्याउन सक्ने स्थिति पैदा गराइएको छ

    • प्रकाशित मितिः असार २९, २०७८
    • 127 पटक पढिएको
  • महान्यायाधिवक्ता बडालले दिए राजीनामा

    बिर्तामोड / महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका छन् । सर्वोच्च अदालतको फैसलासँगै नयाँ सरकार गठन हुने भएपछि बडालले प्रधानमन्त्रीमार्फत राष्ट्रपतिसमक्ष आज पदबाट राजीनामा दिएका हुन् ।महान्यायाधिवक्ता कार्यालयमा आजै बडालको बिदाई कार्यक्रम राखिएको छ । बगालले सरकारको कानूनी सल्लाहकारका रुपमा गत चैत ८ गते नियुक्त भई तीन महिना २१ दिन काम गरे । सर्वोच्च अदालतले विपक्षी गठबन्धनका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न सोमबार परमादेश जारी गरेको थियो ।

    • प्रकाशित मितिः असार २९, २०७८
    • 241 पटक पढिएको
  • आज प्रधानमन्त्रीको सपथ लिँदै देउवा

    बिर्तामोड  / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज (मंगलबार) साँझ ५ बजे प्रधानमन्त्रीको शपथ लिने भएका छन् । सर्वोच्च अदालतले २८ घण्टाभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएसँगै राष्ट्रपति कार्यालयले आजै देउवालाई प्रधानमन्त्रीमा नियुक्ति गर्ने र शपथ गराउने तयारी थालेको हो ।  सोमबार सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक गरेको प्रतिनिधिसभा विघटन बदर गर्नुका साथै देउवालाई मंगलबार साँझ ५ बजेसम्म प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको थियो।पाँचौँपटक प्रधानमन्त्री बन्न लागेका देउवाले आजै मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेको बताइएको छ ।

    • प्रकाशित मितिः असार २९, २०७८
    • 247 पटक पढिएको
  • माओवादीले देउवासँगको छलफलपछि मात्र मन्त्री टुंगो लगाउने

    काठमाडौँ / नेकपा (माओवादी केन्द्र)ले नेपाली काङ्ग्रेससँगको छलफलपछि मात्र सरकारमा सहभागी हुनेको नाम टुंग्याउने भएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बिहान बसेको स्थायी समिति बैठकले कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफलपछि मन्त्रीको नाम टुंगो लगाउने निर्णय गरेको हो । बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देउवासँग सरकार सञ्चालनका निम्ति आवश्यक विविध विषयमा प्रारम्भिक छलफल गर्ने र सरकारको स्वरूपका बारेमा ठोस छलफल गरेर आजको मन्त्रिपरिषद् गठनको पहल गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । “आज कस्तो मन्त्रिमण्डल निर्माण गर्ने, कति जना सहभागी हुने, कुनकुन पार

    • प्रकाशित मितिः असार २९, २०७८
    • 171 पटक पढिएको
  • अदालतको निर्णयप्रति राप्रपाको धारणा

    काठमाडौँ / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा सर्वोच्च अदालतले गरेको फैसला र परमादेश संसदीय व्यवस्था, बहुदलीय प्रणाली र शक्ति पृथकीकरणको मान्यताविपरीत रहेको धारणा सार्वजनिक गरेको छ ।सरकारबाट पीडामा परेकालाई तत्कालका निम्ति केही राहत र प्रधानमन्त्री वा मन्त्री हुनेलाई केही सुविधा वा लाभ प्राप्त भएता पनि फैसलाले नेपालको राजनीतिमा दूरगामी नकारात्मक प्रभाव पर्ने राप्रपाको ठहर छ । उक्त पार्टीको विज्ञप्तिमा भनिएको छ, “अहिले सरकारको नेतृत्वमा रहने दुःखित भए पनि आगामी दिनमा अरू धेरैले दुःख पाउने निश्चित छ । सांसदमाथि दलको नियन्त्रण नरहने फैसला अत्य

    • प्रकाशित मितिः असार २९, २०७८
    • 113 पटक पढिएको
  • एमाले स्थायी कमिटी बैठक स्थगित

    काठमाडौं  / नेकपा एमालेको आज बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो दुई बजे देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेकाले स्थायी कमिटी बैठक स्थगन भएको हो ।बैठक आज (मंगलबार) दिउँसो एक बजेका लागि बोलाइएको थियो । स्थायी कमिटी बैठक स्थगित भएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

    • प्रकाशित मितिः असार २९, २०७८
    • 179 पटक पढिएको
  • आज देशवासीको नाममा सम्बोधन गर्दै ओली

    बिर्तामोड / प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् । सर्वोच्च अदालतको परमादेशपछि हट्न लागेका ओलीले आज देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन् । मंगलबार दिउँसो २ बजे ओलीले सम्बोधन गर्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।सर्वोच्च अदालतले सोमबार संसद् विघटन बदर गर्दै शेरबहादुर देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको थियो ।

    • प्रकाशित मितिः असार २९, २०७८
    • 178 पटक पढिएको
  • ओली समर्थकद्धारा प्रधानन्यायाधीशको पुत्ला दहन

    काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थकरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पुत्ला दहन गरेका छन् । सर्वोच्च अदालतले गैरसंवैधानिक काम गरेको भन्दै ओलीका समर्थकरुले बानेश्वरमा प्रधानन्यायाधीश जबराको पुत्ला दहन गरेका हुन् ।सर्वोच्च अदालतले संसद् विघटन बदर गर्दै शेरबहादुर देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको थियो । सर्वोच्चको आदेश लगत्तै नेकपा एमालेका युवा नेता महेश बस्नेतले आदेशविरुद्ध सडकमा उत्रिन नेता, कार्यकर्ताहरूलाई आह्वान गरेका थिए ।उनी आफैं पनि माइतीघर मण्डलामा उभिएर  ‘चोलेन्द्र शमशेर मुर्दावाद’ को नारा लगाएका थिए । साँझ बानेश्वरमा भेला भएका

    • प्रकाशित मितिः असार २८, २०७८
    • 279 पटक पढिएको
  • फैसलाको स्वागत गर्दछु : सभापति देउवा

    काठमाडौँ / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले कांग्रेसलगायत पाँच दलले दर्ता गरेको रिट निवेदनउपर गरेको फैसलाको स्वागत गरेका छन् । उनले आज विज्ञप्ति जारि गर्दै सर्वोच्चको यो फैसलाले लिकबाहिर धकेलिएको संविधानलाई ट्र्याकमा ल्याएको उल्लेख गर्दै स्वतन्त्र न्यायपालिका प्रतिको आस्था र विश्वासलाई थप अभिवृद्धि गरेको बताएका छन् ।सभापति देउवाले लोकतन्त्र र लोकतान्त्रिक संविधान रक्षाका लागि विभिन्न ढङ्गले आन्दोलनमा सरिक राजनीतिक दल, कानून व्यवसायी, भ्रातृ र शुभेच्छुक संस्था, नागरिक आन्दोलन र सजग सञ्चारमाध्यम एवं स्वदेश र विदेशमा रहेका सबै नेपालीमा बधाई ज्ञापन गरेका छन् ।देश

    • प्रकाशित मितिः असार २८, २०७८
    • 171 पटक पढिएको
  • प्रतिनिधिसभा छ पटक विघटन, चार पटक पुनःस्थापना

    काठमाडौँ / नेपालको संसदीय इतिहासमा हालसम्म छ पटक प्रतिनिधिसभा विघटन भएका छन्। तीमध्ये चार पटकका विघटन बदर र दुई पटकका सदर भएका छन् । विघटित प्रतिनिधिसभा तीनपटक सर्बोच्च अदालत मार्फत र एकपटक जनआन्दोलन मार्फत पुनःस्थापित भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।पहिलोपटक विसं २०५१ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्रतिनिधिसभा विघटनको सिफारिस गरेका थिए । विसं २०५१ असार २७ गते तत्कालीन राजाबाट सो सिफारिस सदर गरिएको थियो । आर्थिक वर्ष २०५१/०५२ को सरकारको नीति तथा कार्यक्रममाथि छलफल पश्चात् पारित गर्न विसं २०५१ असार २६ गते प्रतिनिधिसभाको बैठक बसेको थियो । सो बैठकमा नीति तथा कार्य

    • प्रकाशित मितिः असार २८, २०७८
    • 147 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.