राजनीति

    Showing 9,861-9,870 of 10,449 items.
  • बाढी–पहिरो प्रभावित क्षेत्र अवलोकनका गर्दै प्रधानमन्त्री ओली

    सिन्धुपाल्चोक / प्रधानमन्त्री केपी शर्मा ओली हेलम्बु र मेलम्ची आएका छन् । ओली  हेलिकप्टरमार्फत आज सिन्धुपाल्चोकको बाढी–पहिरो प्रभावित क्षेत्र हेलम्बु र मेलम्चीको अवलोकनका लागि आएका हुन् । प्रधानमन्त्री ओली मेलम्ची घ्याङमा स्थानीय तहका जनप्रतिनिधि र स्थानीयवासीसँग छलफलपछि गणेशबगर जाँदै छन् । उनले आज मेलम्ची आयोजनाको मुख्य सुरुङको हवाइ निरीक्षण गर्ने  पनि कार्यक्रम रहेको छ । प्रधानमन्त्रीका साथमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलगायत रहेका छन् । मनसुन शुरु भएसँगै यही असार १ गतेको अविरल वर्षाका कारण सो क्षेत्रमा बाढी पहिराबाट जनधनको क्षति भएको थियो ।

    • प्रकाशित मितिः असार २६, २०७८
    • 96 पटक पढिएको
  • झापाका एमाले नेता प्रसाईंको दुर्घटनामा मृत्यु

    बिर्तामोड / नेकपा एमाले बिर्तामोड नगर अध्यक्ष ज्ञानु राम प्रसाईँको सवारी दुर्घटना परी मृत्यु भएको छ ।उनको ११ : ४० बजे चारआली–चन्द्रगढी सडक खण्डमा आफैले चलाएको कार अनियन्त्रित भई दुर्घटना हुँदा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।बिर्तामोड नगरपालिका ५ घर भएका प्रसाईं बा १६ च ८१८२ नम्बरको कार आफै चलाएर चन्द्रगढी तर्फ जाँदै गर्दा लक्ष्मी प्रसाद देवकोटाको शालिकमा  ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटना परेर गम्भिर घाइते भएका प्रसाईको मेची अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी बिर्तामोड नगरपालिकाका नगर उप प्रमुख पवित्रा महतरा प्रसाईका श्

    • प्रकाशित मितिः असार २५, २०७८
    • 3,980 पटक पढिएको
  • कार्यदलको बैठक शुरु

    काठमाडौँ / नेकपा एमाले कार्यदलको बैठक अहिले सिंहदरबारमा शुरु भएको छ । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका एकलौटी निर्णयहरू खारेज हुनुपर्ने अडान माधव नेपाल पक्षले राखेको छ ।  ‘विहीबार साँझ माधव पक्षका नेताहरू कडा रुपमा प्रस्तुत भएपछि ओली पक्ष केही नरम रुपमा प्रस्तुत भएको छ । शुक्रबार बिहानैदेखि दुई पक्षका कार्यदल सदस्यहरूबीच अनौपचारिक छलफल शुरु भएको थियो ।   ‘आज उहाँहरु केही नरम रुपमा प्रस्तुत हुनुभएको छ, सहमतिमा आउने सम्भावना पनि देखिएको छ,’ माधव नेपाल पक्षका एकजना कार्यदल सदस्यले  भने ,‘ फागुन २३ यता उहाँहरूले गरेका एकलौटी निर्णयहरू सबै खारेज हुनुपर्छ भन्ने हा

    • प्रकाशित मितिः असार २५, २०७८
    • 133 पटक पढिएको
  • दल दर्ता खारेजीको निर्णय शिघ्र दिन आग्रह

    बिर्तामोड / एमाले प्रवेश गरेका पूर्व माओवादी नेताहरूले माओवादी केन्द्रको दल दर्ता खारेज गर्न दिएको निवेदनबारे छिटो निर्णय दिन निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।एमाले स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी, मणि थापा, नेता प्रभु साह, लगायतका नेताहरू आज आयोग गएका थिए । उनीहरूले बहादुर भवन पुगेर माओवादी केन्द्रको दल दर्ता खारेजका लागि दिएको निवेदनका बारेमा प्रमुख आयुक्त दिनेश थपलिया लगायतलाई भेटेका हुन् । एमाले प्रवेश गरेका पूर्व माओवादी नेताहरूले माओवादी केन्द्रले २०५९ देखि पार्टीको महाधिवेशन नगरेको, पार्टी एकताका नाममा आयोगलाई झुक्याएको लगायतका दाबी गर्दै दल दर्ता खारेज गर्नुपर्ने भन्दै निवेद

    • प्रकाशित मितिः असार २५, २०७८
    • 128 पटक पढिएको
  • एमालेको कार्यदल बैठक स्थगित

    काठमाडौँ / नेकपा एमालेको कार्यदल बैठक स्थगित गरिएको छ । पार्टी भित्रको विवाद टुंग्याउन बसेको कार्यदलको बैठक साँझ ७ बजेसम्मका लागि स्थगित गरिएको हो । कार्यदलका सदस्यहरू केही घण्टाका लागि वार्ता रोकेर आपसी छलफलमा जुटेका छन् । माधव नेपाल पक्षका कार्यदल सदस्यहरू सिंहदरबारस्थित अर्थमन्त्रालयकै एउटा कोठामा छलफलमा बसेका छन् भने ओली पक्षीय कार्यदल सदस्यहरू बालुवाटारतिर लागेका छन् ।पार्टी एकताको प्रयासका लागि दुई दिनयता १० सदस्यीय कार्यदलको बैठक अर्थमन्त्रालयमा नियमितजसो बस्दै आएको छ ।एकताबद्ध पार्टी निर्माणका आधारहरू खोज्नका लागि गठित एमाले कार्यदलमा केपी ओली पक्षबाट सुवासचन्द्र नेम्वाङ, विष्णु प

    • प्रकाशित मितिः असार २४, २०७८
    • 248 पटक पढिएको
  • एमाले कार्यदलको बैठक शुरु

    बिर्तामोड / नेकपा एमालेको कार्यदलबीच वार्ता शुरु भएको छ ।सिंहदरबारमा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका कार्यालयबीच ठोस सहमतिमा पुग्ने गरी वार्ता शुरु भएको हो ।बैठक शुरु हुनुअघि भीम रावल नेता नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका थिए । वार्तामा आफ्नो पक्षबाट प्रस्तुत हुनेबारे रणनीतिको लागि छलफल गर्न रावलले नेपाललाई भेटेको बताइएको छ ।रावल सिंहदरवार फर्केलगत्तै अहिले वार्ता जारी छ । त्यसअघि आज बिहान रावल र विष्णु पौडेलबीच सिंहदरबारमा भेटवार्ता भएको थियो । पौडेलसँगको भेटपछि रावल नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए ।हिजो दिउँसो नेताहरूले विवाद समाधानउन्मुख भ

    • प्रकाशित मितिः असार २४, २०७८
    • 132 पटक पढिएको
  • प्रदेश २ सभाको बैठक स्थगित

    जनकपुरधाम  / आज बुधबार बस्ने भनिएको प्रदेश २ सभाको बैठक स्थगित गरिएको छ । आगामी असार २५ गतेका लागि बस्ने प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए ।गत असार १ गते प्रस्तुत भएको आर्थिक वर्ष २०७८ ७९ को बजेटमा प्रदेश सभा बैठक बस्न नसक्दा छलफल शुरु हुन सकेको छैन । बजेट प्रस्तुत भएकै दिन बसेको दोस्रो बैठक नेकपा एमाले र माओवादी केन्द्रका सांसदले अवरुद्ध गरेका थिए ।चालु आर्थिक वर्षको बजेट खर्च गर्ने अन्तिम समय रहेकाले सबै सांसद आफ्ना योजनालाई हेर्ने र कार्यालयमा पनि चाप रहने भएकाले बैठक सारिएको प्रदेश सभा सचिव यादवले बताए ।

    • प्रकाशित मितिः असार २३, २०७८
    • 109 पटक पढिएको
  • कारबाही फिर्ताको माग गर्दै प्रचण्डविरुद्ध उजुरी

    काठमाडौँ / नेकपा माओवादी केन्द्रको कारबाहीमा परेका पूर्वसांसदहरु अध्यक्ष प्रचण्डविरुद्ध उजुरी दिन निर्वाचन आयोग जाने भएका छन् । पूर्वमाओवादी टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको टोलीले आजै निर्वाचन आयोगमा आफूहरुमाथिको कारबाही फिर्ताको माग गर्दै निवेदन दर्ता गर्न लागेको हो । हामी प्रत्यक्ष निर्वाचित सांसद हौँ, महाधिवेशन नै नगरेका प्रचण्डले हामीमाथि गरेको कारबाही वैधानिक छैन’, पूर्वमाओवादी नेता प्रभु साहले भने, ‘त्यसैले अवैधानिक रुपमा गरिएको कारबाही फिर्ताको माग गर्दै आयोगमा निवेदन दिन लागेका हौँ ।’त्यसैगरी केही दिनभित्रै सर्वोच्च अदालतमा पनि रिट निवेदन दर्ता गर

    • प्रकाशित मितिः असार २३, २०७८
    • 187 पटक पढिएको
  • निर्वाचन आयोगद्वारा जसपा विवाद टुंग्याउन इजलास गठन गर्ने

    बिर्तामोड / जनता समाजवादी पार्टीे आधिकारिकताको विवाद टुंग्याउन निर्वाचन आयोगले इजलास गठन गर्ने भएको छ । मंगलबार निर्वाचन आयोगमा जसपाको महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच भएको छलफल पश्चात आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले पत्रकारसँग कुरागर्दै पार्टी भित्रको विवाद टुङ्गाउन इजलास गठन गर्ने बताएका हुन् ।   उपेन्द्र यादवले पार्टी विभाजन चाहेको भन्दै अब पार्टी विभाजनकै दिशातर्फ आगाडि बढेको प्रवक्ता श्रेष्ठले बताए। आजको छलफलबाट दुवै पक्ष मिल्न सहमत नभएका कारण नियमानुसार अगाडि बढ्ने भन्ने निर्णय भएको पनि उनले जानकारी दिए। जसपाको उपेन्द्र यादव पक्षले पार्टीको आधिकारिकता दाबी गर्दै निर्

    • प्रकाशित मितिः असार २२, २०७८
    • 100 पटक पढिएको
  • माओवादीका केन्द्रीय सदस्य महादेव यादवको निधन

    काठमाडौं / नेकपा माओवादीका केन्द्रीय सदस्य महादेव यादवको निधन भएको छ । क्यान्सर रोगबाट पीडित ५७ वर्षीय यादवको सोमबार बेलुका धनुषा जनकपुरस्थित आफ्नै निवासमा निधन भएको हो । यादवले  २०३६ सालदेखि विद्यार्थी आन्दोलनबाट आफ्नो राजनीतिक जीवन सुरु गरेका थिए । उनी महान् सहिद रामबृक्ष यादवलाई आदर्श मान्दै मुक्तिकामी आन्दोलनहरुमा सक्रिय सहभागी बनेका थिए । 

    • प्रकाशित मितिः असार २२, २०७८
    • 134 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.