काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले नगर विकास कोषलाई निष्क्रिय नराखी त्यसको क्षेत्राधिकार विस्तार गरी थप प्रभावकारी बनाइने बताएका छन् ।शहरी विकास मन्त्रालयअन्तर्गत रहेको नगर विकास कोषका कामकारबाहीको जानकारी लिंदै मन्त्री घिसिङले उक्त कोषलाई प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गर्नुपर्ने आवश्यकता औंल्याउँदै, इ–मोबिलिटी, विद्युतीय सार्वजनिक यातायात र चार्जिङ स्टेसनजस्ता नयाँ क्षेत्रहरूमा लगानी विस्तार गर्न सुझाव दिएका छन् ।उनले नगरपालिकासँगको साझेदारीमा फोहोरबाट ऊर्जा उत्पादन गर्ने परियोजनाहरूमा कोषले लगानी गर्न सक्ने सम्भावनाबार
ललितपुर । फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा जावलाखेलस्थित खेलमैदानमा जारी १८ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीले रंगीचंगी फूल र मौलिक नर्सरी उत्पादनमार्फत दर्शकहरूको ध्यान खिचिरहेको छ ।‘रोपेर फूल गोदावरी, सजाऔं आँगन वरिपरि’ नाराका साथ असोज २९ देखि सुरु भएको मेला कार्तिक २ गतेसम्म सञ्चालन हुनेछ ।मेलामा करिब ४० हजार दर्शकले अवलोकन गर्ने र १ करोड ३० लाख रुपैयाँभन्दा बढीको कारोबार हुने आयोजकको अनुमान छ । मेलामा ८० व्यावसायिक, ५ अफिसियल, २ प्रतियोगितात्मक, १ प्लान्ट क्लिनिक र १ फोटो सेल्फी स्टलसहित ९० वटा प्रदर्शनी स्टलहरू रहेका छन् ।यसैगरी १८औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीम
काठमाडौं— जनता समाजवादी पार्टी (जसपा) नेपाल प्रदेश समितिको अधिवेशनमा जुटेको छ । पार्टीले दुइटा प्रदेश समितिको अधिवेशन गरेको छ भने आज सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेश समितिको अधिवेशन गर्न लागेको पार्टी प्रचार विभागले जनाएको छ । पार्टीका महासचिव रामकुमार शर्माले कर्णाली प्रदेश समितिको अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ ।जसपा नेपालले कोशी प्रदेश समिति र मधेश प्रदेश समितिको अधिवेशन सम्पन्न गरेको छ । कोशी प्रदेश समितिको अधिवेशनबाट दीपक याक्खाको अध्यक्षतामा प्रदेश कार्यसमिति निर्वाचित भएको छ । प्रदेश समितिको उपाध्यक्षमा अनील ठाकुर, हस्तशोधा राई, विष्णुकुमार लावती मुख्
काठमाडौं— सडक विभाग, पुल महाशाखा नेपालगञ्जले नवलपरासीको धोबहा खोलाको पुल निर्माण परियोजनामा कार्य सम्पादनमा गम्भीर लापरबाही गरेको भन्दै ठेकेदार कम्पनीलाई ठेक्का सम्झौतामा गम्भीर उल्लंघन गरेको ठहर गरेको छ ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत पुल सेक्टरले शुक्रबार यस सम्बन्धमा १५ दिने सार्वजनिक सूचना जारी गरेको हो । सुचना अनुसार, गौरी पार्वती निर्माण सेवा प्रालि, कालंकी–१४, काठमाडौं ले सम्झौता अनुसार समयमै काम सम्पन्न नगरेको र निर्माण कार्यमा प्रगति नदेखिएको भन्दै सो कम्पनीलाई खरिद सम्झौता अन्य कम्पनीसँग गर्न रोक लगाउने प्रक्रिया सुरु गरिएको हो ।सूचनामा भनिएको छ, “निर्माण व्यवसायीले ठे
काठमाडौं— विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको वासिङटन डिसिमा रहेका अर्थमन्त्री रामेश्वर प्रसाद खनालले २०८२ कार्तिक १ मा सिंगापुरका महामहिम राष्ट्रपति थार्मान शनमुगारात्नमसँग शिष्टाचार भेटवार्ता गरेका छन् । उक्त भेटमा राष्ट्रपति थार्मानले देशको तिव्र आर्थिक विकासका मानव पुँजी, पूर्वाधार, उर्जा, व्यापार र खुल्लापनमा लगानी केन्द्रित गर्न अर्थमन्त्रीलाई सुझाव दिएका थिए । अर्थमन्त्री खनालले नेपाल सरकारले युवाको चाहना अनुरुप सुशासन कायम गरी आर्थिक विकासमा केन्द्रित हुने लक्ष्यका साथ काम गरिरहेको बताए । अर्थमन्त्र
काठमाडौं— जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं उपत्यकाका विभिन्न पाँच क्षेत्रमा आगामी दुई महिनासम्म भेला प्रदर्शन, धर्ना र जुलुसजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरेको छ ।प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले शुक्रबार आदेश जारी गर्दै शीतल निवास (राष्ट्रपति कार्यालय) महाराजगन्ज क्षेत्र, हरित गृह (उपराष्ट्रपति कार्यालय) लैनचौर क्षेत्र, नारायणहिटी दरबार संग्रहालय, सिंहदरबार क्षेत्र र प्रधानमन्त्री निवास बालुवाटारलाई निषेधित क्षेत्र उल्लेख गरेको हो । विरोधका कार्यक्रम आयोजना गर्दा उत्तेजित भीडबाट तोडफोड, आगजनी जस्ता उच्छृङ्खल तथा अवाञ्छित गतिविधि हुन सक्ने र आपसी मुठभेड, भिडन्त एवम ह
काठमाडौं— औद्योगिक क्षेत्रमा लामो समयदेखि जारी डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवादमा उद्योगीहरूले आफूहरूले कुनै बक्यौता बाँकी नरहेको दाबी गर्दै प्रधानमन्त्री सुशीला कार्कीलाई पत्र पठाएका छन् ।प्रधानमन्त्रीलाई पठाइएको पत्रमा उद्योगीहरूले नेपाल विद्युत प्राधिकरणले प्रस्तुत गरेको बक्यौता विवरणलाई असत्य र आधारहीन बताउँदै, उद्योगहरूले नियमानुसार विद्युत महसुल तिरेको स्पष्ट गरेका छन् ।पत्रमा उल्लेख छ, “डेडिकेटेड फिडर र ट्रंक लाइनमार्फत विद्युत सेवा लिने उद्योगहरूले नियमित रूपमा महसुल तिर्दै आएका छन् । तथापि, प्राधिकरणले एकतर्फी हिसाबकिताबका आधारमा अनावश्यक बक्यौता देखाउँदै उद्योगहरूलाई दोषारोपण गरेक
काठमाडौं— हिन्दु नेपालीहरुको दोस्रो महान चाड तिहारको यमपञ्चक आजदेखि विधिवत् रुपमा सुरु हुँदैछ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ । आज दिउँसो १ः२३ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व सुरु भएको हो ।दिउँसो १ः२३ बजेपछि कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख छ । विशेष गरी दीपावलीको किनमेलको लागि आजको दिन निक्कै उत्तम मानिन्छ । आजको दिन खरिद गरेका सामग्रीहरू राखेर लक्ष्मी पू
काठमाडौं— हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहने छ ।आज राति देशभर मौसम मुख्यतया सफा रहने छ ।
चितवन— चितवनको मुग्लिन नारायणगढ सडकखण्डमा बस र ट्रकसहित ७ वटा सवारीसाधन ठोक्किएका छन् ।बिहान भएको दुर्घटनामा सात जना घाइते भएका छन् । दुर्घटनामा परेका घाइतेहरूको उद्दारको काम भइरहेको छ ।जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी रवीन्द्र खनालका अनुसार घाइतेलाई भरतपुर उपचारका लागि ल्याइँदैछ ।दुर्घटनाको थप विवरण आउन बाँकी छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.