समाचार

    Showing 10,041-10,050 of 24,707 items.
  • दुग्ध विकास संस्थानमा महाप्रबन्धक पदमा आवेदन खुला, २१ दिन भित्र इच्छुक उम्मेदवारले आवेदन दिन सकिने

    काठमाडौं– दुग्ध विकास संस्थान (डीडीसी)को महाप्रबन्धक पदमा आवेदन खुलेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आइतबार एक सूचना प्रकाशित गर्दै दरखास्त आह्वान गरेको हो ।महाप्रबन्धकका लागि इच्छुक उम्मेदवारले गोप्य सिलबन्दी २१ दिन भित्र पेस गर्नुपर्ने छ ।प्रशासन, व्यवस्थापन वा कानून विषयमा स्नातकोत्तर गरी ३० वर्ष पूरा भएर ६० वर्ष ननाघेको व्यक्तिले आवेदन दिन पाउने छन् ।

    • प्रकाशित मितिः भदौ १, २०८२
    • 487 पटक पढिएको
  • विद्युतीय शवदाह गृह निर्माणमा दुई करोड ३० लाख रुपैयाँ खर्च

    झापा—  झापाको कनकाई नगरपालिका–४ स्थित कन्काई घाटमा विद्युतीय शवदाह गृह निर्माण गरिएको छ ।  कोशी प्रदेश सरकार, कनकाई नगरपालिका र विभिन्न दाताको सहयोगमा रु दुई करोड ३० लाखको लागतमा कन्काई नदीको पूर्वी तटमा विद्युतीय शवदाह गृहको निर्माण सम्पन्न भएको हो । विद्युतीय शवदाह गृहमा कोशी प्रदेश सरकारको रु दुई करोड, नगरपालिकाको रु २० लाख र विभिन्न दाताको रु १० लाख लगानी रहेको छ ।कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले विद्युतीय शवदाह गृह कनकाई नगरपालिकाले सञ्चालन गर्नेगरी प्रदेश सरकारसँग सम्झौता भएको जानकारी दिए । निर्माण सम्पन्न भएसँगै कनकाई नदीमा विद्युतीय शवदाह गृह निर्माणका ला

    • प्रकाशित मितिः भदौ १, २०८२
    • 576 पटक पढिएको
  • सप्तरीको चन्द्रनहरमा डुबेर एक जनाको मृत्यु

    राजविराज— सप्तरीको कञ्चनरुप नगरपालिका—८ चाँदनी चोक नजिक चन्द्रनहरमा डुबेर एक जना पुरुष मृत्यु भएको छ।कञ्चनरुप—७ बलुवा चोकका ५० वर्षीय गोविन्द चौधरीको चन्द्रनहरमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।चन्द्रनहरमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शवलाई गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा परीक्षणका लागि पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।मृत्युको वास्तविक कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन भने प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको जनाएको छ।

    • प्रकाशित मितिः भदौ १, २०८२
    • 530 पटक पढिएको
  • वैशाखदेखि साउन ३१ गतेसम्म २,८५३ विपद्का घटना, १२६ जनाको मृत्यु

    काठमाडौं— राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको वैशाख महिनादेखि साउन ३१ गतेसम्म देशभर विभिन्न प्रकारका २,८५३ विपद्का घटना घटेका छन्। ती घटनामा परी १२६ जनाको ज्यान गएको छ भने ५८५ जना घाइते भएका छन्।उक्त अवधिमा २३ जना बेपत्ता भएका छन् भने पाँच हजार ४१ परिवार विपद्बाट प्रभावित भएका छन्। विपद्का घटनामध्ये सबैभन्दा बढी आगलागीका १,११४ घटना दर्ता भएका छन्। यस्तै, डढेलोका १५८, हुरीबतासका २७७, जनावर आक्रमणका १७२, र सर्पदंशका ७७ घटनाहरू भएका छन्।प्राकृतिक प्रकोपका अन्य घटनामध्ये बाढीका २१६, पहिरोका ३१७, भारी वर्षाका २२१, चट्याङका २४५, लेक लागेको ४६, भूकम्पक

    • प्रकाशित मितिः भदौ १, २०८२
    • 519 पटक पढिएको
  • नयाँ आईपीओ आउँदै, साढे सत्र करोड रुपैयाँको सेयर निष्कासन हुने

    काठमाडौं— फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सत्र करोड ५० लाख रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ। कम्पनीको साधारणसभाले यो निर्णय गरेको हो।कम्पनीले भोजपुरको साल्पासिलिछो गाउँपालिकामा ४.३ मेगावाटको फेदीखोला (थुमलुङ) जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। आगामी पुस मसान्तसम्ममा यो आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।सञ्चालक प्रकाशचन्द्र दुलालका अनुसार, आयोजनाको अनुमानित लागत ९४ करोड रुपैयाँ रहे पनि २०८१ साउन १५ गतेको बाढीका कारण लागत ४ करोड रुपैयाँले बढेर ९८ करोड रुपैयाँ पुगेको छ। कुल लागतको ४९ प्रतिशत (४८ करोड रुपैयाँ) सेयरधनीबाट र बाँकी ५१ प्रतिशत (५० करोड रुपैयाँ

    • प्रकाशित मितिः भदौ १, २०८२
    • 611 पटक पढिएको
  • तुइनखोलामा सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध

    काठमाडौं— सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका– ५ तुइनखोलास्थित सडकखण्डमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध बनेको हो ।जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार अहिले दुई ‘जेसिभी’ प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ । सो ठाउँमा चट्टानसहितको पहिरो खसेको र पन्छाएर केहीबेरमा बाटो सञ्चालन गर्ने तयारी भइरहेको खनालले जनाकारी दिए ।पहिरोका कारण गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका छन् ।

    • प्रकाशित मितिः भदौ १, २०८२
    • 532 पटक पढिएको
  • पूर्वाधार विकास र अन्य समसामयिक विषयमा दुई संसदीय समिति आज बस्दै

    काठमाडौं— संघीय संसद अन्तर्गत रहेको दुईवटा संसदीय समितिका बैठक बस्दै छन् । आइतबार पूर्वाधार विकास समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।पूर्वाधार विकास समितिको बैठक दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा वर्षाका कारण अन्तरदेशीय जोड्ने कोदारी राजमार्ग र रसुवागढीलगायत अन्य सडकको अवस्था  र चाडपर्वको पूर्वसन्ध्यामा सडक यातायात र सडक पूर्वाधारको अवस्थाका बारेमा छलफल गर्ने कार्यसूची रहेको छ ।यस्तै, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो २ बजे नै सिंहदरबारमा बस्नेछ । बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमाथि छलफल हुनेछ ।

    • प्रकाशित मितिः भदौ १, २०८२
    • 523 पटक पढिएको
  • भारतीय विदेश सचिव आज नेपाल आउँदै, प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्तो दिने तयारी

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिन भारतीय विदेश सचिव बिक्रम मिश्री आज नेपाल आउँदैछन्।उनी आइतबार अपरान्ह काठमाडौं आउने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र  विज्ञप्ति जारी गर्दै उनको नेपाल भ्रमणबारे जानकारी गराएको छ ।ओलीलाई ३१ भदौदेखि १ असोजसम्म भारत भ्रमण गर्न भारतीय पक्षले प्रस्ताव गरेको छ। तर, भ्रमणको औपचारिक मिति भने अझै तय भइसकेको छैन। विदेश सचिव मिश्रीले प्रधानमन्त्री ओलीसँग भेटेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट भारत भ्रमणको औपचारिक निमन्त्रणापत्र हस्तान्तरण गर्नेछन्। विदेश सचिव मिश्रीले राष्ट्रपति

    • प्रकाशित मितिः भदौ १, २०८२
    • 625 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधरणतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेका थोरै स्थानहरूमा तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका केहि स्थानमा मध्यम वर्षा भइरहेको छ।दिउँसो देशभर साधरणतया बदली रहनेछ । कोशी, मधेस र बागमती प्रदेशको तराई र पहाडी भूभाग तथा बाँकी प्रदेशको पहाडी भूभागको केहि स्थानहरूमा तथा बाँकी तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भूभागका केहि स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।राति कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा

    • प्रकाशित मितिः भदौ १, २०८२
    • 408 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४० रुपैयाँ ३९ पैसा कायम भएको छ ।युरोपियन युरो एकको खरिदर १६३ रुपैयाँ ३९ पैसा र बिक्रीदर १६४ रुपैयाँ ०९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८९ रुपैयाँ ५७ पैसा र बिक्रीदर १९० रुपैयाँ ३८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७४ रुपैयाँ २१ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ०५ पैसा र बिक्रीदर ९१ रुपैयाँ ४४ पैसा, क्यानेडियन डलर एकको खरिदर १०१ रुपैयाँ ३७ पैसा र बिक्री

    • प्रकाशित मितिः भदौ १, २०८२
    • 447 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.