समाचार

    Showing 10,161-10,170 of 24,707 items.
  • विपिन जोशीलाई नेपालमा स्वागत गर्न पाउने अवस्था सिर्जना गर्नुपर्छः ठाकुर गैरे

    काठमाडौं – नेकपा एमालेका सांसद ठाकुर गैरेले विपिन जोशीलाई नेपालमा स्वागत गर्न पाउने अवस्था सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा उनले विपिन जोशीको रिहाइका लागि नेपाल सरकारले कुटनीतिक पहललाई अझ प्रभावकारी बनाउनु पर्ने भन्दै उनलाई नेपालमा स्वागत गर्न पाउने अवस्था सिर्जना गर्नुपर्ने बताए ।उनले भने, ‘नेपाली युवा विपिन जोशीको रिहाइका लागि नेपाल सरकारले गरि रहेको कुटनीतिक पहललाई अझ प्रभावकारी बनाएर आमा र छोरी इजरायल पुगेको यो बेलामा विपिनको यथार्थ पत्ता लाग्ने र उनलाई नेपाल स्वागत गर्न पाउने अवस्था सिर्जना गर्नको लागि आज पुन सदन मार्फत सरकारको ध्यानाकर्षण ग

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 653 पटक पढिएको
  • हेलम्बुका युवा डल्ले खुर्सानीको खेतीबाट आत्मनिर्भर बन्दै

    सिन्धुपाल्चोक— सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–५ भारती डिप्लोका युवा परम्परागत जातको डल्ले खुर्सानीको खेती गरेर आत्मनिर्भर बन्न थालेका छन् । पाँच वर्षअघि स्थानीय युवा वीरजित तामाङले डल्ले खुर्सानीको व्यावसायिक खेतीको सुरुआत गरेका थिए । उनले गरेको खुर्सानीखेती फस्टाएपछि हाम्रो साझा कृषि सहकारी संस्थाको समन्वय र सहयोगमा हेलम्बु कृषि शाखाले आर्थिक वर्ष २०८१÷८२ को कार्यक्रमबाट आधुनिक प्रविधिद्वारा खुर्सानी रोप्न प्रयोग गरिने मल्चिङ प्लास्टिक ५० प्रतिशत अनुदानमा दिएको सहकारीका अध्यक्ष सानुकान्छा तामाङ बताउछन् । उक्त अनुदान पाएसँगै हेलम्बु–५ का विभिन्न टोलमा त्यहाँका युवाहरुले व्यावसायि

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 532 पटक पढिएको
  • रास्वपाको माग : थारू भाषा कोशी प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गरियोस्

    काठमाडौं –राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले थारू भाषालाई कोशी प्रदेशको सरकारी कामकाजको भाषाका रूपमा समावेश गर्न माग गरेको छ।बुधबार प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै सभामुखसँग समय लिएर बोल्दै रास्वपाका सांसद अशोक कुमार चौधरीले यो माग प्रस्तुत गरेका हुन्।उनले भने, "थारू भाषालाई कोशी प्रदेशको सरकारी कामकाजको भाषामा तत्काल समावेश गर्न प्रदेश सरकारसँग जोडदार माग गर्दछु।"

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 622 पटक पढिएको
  • अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ पोल्यान्ड शाखाको अध्यक्षमा ललितपुरका बजगाईं

    काठमाडौं— विश्वभर छरिएर रहेका पत्रकारहरुलाई एकीकृत गर्ने उद्देश्यका साथ, आम सञ्चारकर्मीहरूको हक र हितका लागि सङ्गठित रुपमा आवाज उठाउँदै आएको अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ पोल्यान्डको अध्यक्षमा सङ्गम दैनिकका प्रधान सम्पादक ललितपुरका केशवप्रसाद बजगाई निर्विरोध निर्वाचित भएका छन ।पोल्यान्डको राजधानी क्राकोमा २०८२ साउन २५ गतेको भेलाले संस्थाको अध्यक्षमा बजगाईलाई निर्विरोध निर्वाचित गरेको हो ।नौ सदस्यीय कार्यसमितिमाको उपाध्यक्षमा सौगात ढुङ्गाना, सचिव अशोक भुसाल, कोषाध्यक्ष दीपक बजगाईं त्यस्तै बोर्ड अफ डाइरेक्टरमा धनेश्वर चौधरी, प्रमिला भुजेल, कमल बिष्ट, रामप्रसाद शर्मा र स्वागत ढुङ्गाना रहेका छन

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 606 पटक पढिएको
  • कालीगण्डकी करिडोर पुनः अवरुद्ध, यात्रु अलपत्र

    काठमाडौं –  राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर फेरि अवरुद्ध भएको छ। बागलुङ नगरपालिका–१३ कालाखोला क्षेत्रमा भारी वर्षापछि ठूलो पहिरो खसेपछि सडक पुनः बन्द भएको हो।करिब पाँच दिनअघि पहिरोका कारण अवरुद्ध भएको यो सडक मंगलबार दिउँसो मात्रै सञ्चालनमा आएको थियो। तर, रातभरको वर्षापछि आज बिहान ९ बजे पुनः पहिरो खस्दा करिडोर पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए।सडक बन्द भएपछि दक्षिण बागलुङसँगको सिधा यातायात सम्पर्क टुटेको छ। बागलुङबाट बुटवल, पाल्पा, भैरहवा लगायतका गन्तव्यमा जाने सवारी साधनहरू ठप्प हुँदा यात्रुहरू बाटोमै अलपत्र परेका छन

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 575 पटक पढिएको
  • रास्वपा र राप्रपाद्वारा आज पनि संसद बैठक बहिष्कार

    काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिनको माग गर्दै आज पनि प्रतिनिधि सभाको बैठक बहिष्कार गरेका छन्।आजको बैठकमा रास्वपाका सांसद अशोक बहादुर चौधरी र राप्रपाका सांसद दीपक बहादुर सिंहले आफ्नो धारणा राखेपछि दुबै दलका सांसदहरू बैठकबाट बाहिरिएका थिए।सांसद चौधरीले भिजिट भिसा काण्डमा निष्पक्ष छानबिन सुनिश्चित नभएसम्म आन्दोलन जारी रहने स्पष्ट पारे। उनले सरकारले उच्चस्तरीय छानबिन समिति गठन गर्न ढिलाइ गरिरहेको भन्दै आपत्ति जनाए।उता, राप्रपाका सांसद सिंहले आफूहरूले भिजिट भिसाको विरोध नगरेको तर भिसाको नाममा भइरहेको अवैध

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 351 पटक पढिएको
  • झापामा जंगली हात्तीको आक्रमण : चार घर र खेतबारीमा क्षति

    झापा – झापाको मेचीनगर नगरपालिका–१ साडुगौडामा जंगली हात्तीको आक्रमणले चारवटा घर र खेतबारीमा क्षति पुर्‍याएको छ।गएराति साढे १२ बजेतिर दुईवटा जंगली हात्तीले स्थानीयवासीका घर तथा बालीमा क्षति गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।हात्तीले नर्वु तामाको भान्सा घरको टिनको छाना भत्काउँदा करिब २५ हजार रुपैयाँ बराबरको क्षति भएको छ। त्यस्तै, प्रेमबहादुर भारतीको दुई मन धान खाएको प्रहरीले जनाएको छ।सुनिता तामाङको पाँच कठ्ठा खेतमा लगाएको धान खाँदा झण्डै ३० हजार रुपैयाँ बराबरको क्षति भएको छ भने जितबहादुर मगरको पनि पाँच कठ्ठा खेतमा लगाइएको धान हात्तीले नष्ट गर्दा करिब ३० हजार रुपैयाँ बराबरको क्षति भएको

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 604 पटक पढिएको
  • मालपोत कार्यालयमा घुस प्रकरण, प्रमुख अधिकृत आचार्यसहित दुई जनाविरुद्ध मुद्दा दायर

    भक्तपुर — भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्यसहित दुई जनाविरुद्ध २४ लाख ५० हजार रुपैयाँ घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।अख्तियारका अनुसार आचार्य र कार्यालय सहयोगी टिकाराम राउतले चाँगुनारायण नगरपालिकामा पर्ने १४ रोपनी ४ आना क्षेत्रफलको जग्गालाई मोहीको नाममा लगत कट्टा तथा जग्गा धनी प्रमाण पूर्जा तयार गरिदिने भन्दै सेवाग्राहीसँग सो रकम घुस रूपमा लिएको अनुसन्धानबाट पुष्टि भएको छ।साविक चाँगुनारायण गाविस–५ ख मा पर्ने उक्त जग्गाको मोही बाँडफाँड तथा रजिष्ट्रेसनका लागि सहजीकरण गरिदिने भन्दै

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 588 पटक पढिएको
  • सप्तरीमा करेन्ट लागेर एक व्यक्तिको मृत्यु

    सप्तरी – तिरहुत गाउँपालिका–१ स्थित क्रिकोल गाउँमा करेन्ट लागेर एक व्यक्तिको ज्यान गएको छ।इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधव काफ्लेका अनुसार स्थानीय ४० वर्षीय भूपेन्द्र बिराजी यादवको करेन्ट लागेर मृत्यु भएको हो।काफ्लेले बताएअनुसार यादवलाई आफ्नै घरमा पंखा जडान गर्ने क्रममा करेन्ट लागेको थियो। गम्भीर अवस्थामा उनलाई उपचारका लागि भारदहस्थित अस्पताल लगिएको थियो, तर उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 537 पटक पढिएको
  • भूमि विधेयकमाथिको छलफल फेरि स्थगित

    काठमाडौं— प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा आज (बुधबार) का लागि तय गरिएको भूमि सम्बन्धी ऐन संशोधन विधेयकको छलफल फेरि स्थगित भएको छ।बिहान १० बजेका लागि बोलाइएको बैठकमा विधेयकमाथि छलफल हुने भनिएको थियो। तर, समितिमा विधेयकको प्रतिवेदनमाथि अझै छलफल चलिरहेकाले बैठक स्थगित गरिएको समिति सचिव शिवदत्त बरालले जानकारी दिए।यसअघि मंगलबार (२७ साउन) को बैठक पनि स्थगित गरिएको थियो।विधेयकको मस्यौदा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सहकार्यमा तयार पारिएको हो। समितिका सदस्यहरूलाई मस्यौदा प्रतिलि

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 643 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.