समाचार

    Showing 11,461-11,470 of 26,686 items.
  • नवनियुक्त आईजीपी खापुङलाई दज्र्यानी चिह्न प्रदान

    काठमाडौं— नेपाल प्रहरीको नव नियुक्त महानिरीक्षक (आईजीपी चन्द्र कुवेर खापुङलाई दज्र्यानी चिह्न प्रदान गरिएको छ ।बिहीबार बिहान गृहमन्त्रालयमा आयोजित एक समारोहकाबीच गृहसचिव गोकर्णमणि दुवाडीले खापुङलाई दज्र्यानी चिह्न लगाइदिएका हुन्। दज्र्यानी चिह्नग्रहणानपछि आईजीपी खापुङले गृहमन्त्रालयले सुिम्पएको जिम्मेवारी निष्ठा,पेसागत अनुशासन र पारदर्शिता भावकासाथ प्रभावकारी रुपमा निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने,‘नेपाल सरकार,गृहमन्त्रालयले मलाई सुिम्पएको यो जिम्मेवारी मेरो निष्ठा,पेसागत अनुशासन,पारदर्शिता भावकासाथ प्रभावकारी रुपमा निर्वाह गर्ने प्रतिबद्धता व्यक्त चाहन्छु ।’उनले प्रहर

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 633 पटक पढिएको
  • अफगानिस्तानको भुकम्पमा ज्यान गुमाउनेको सङ्ख्या १४ सय पुग्यो

    काठमाडौं— आइतवार पूर्वी अफगानिस्तानको कुनार प्रान्तको नुरगल जिल्ला केन्द्रबिन्दु भएर गएको शक्तिशाली भुकम्पमा ज्यान गुमाउनको सङ्ख्या १४ सय पुगेको छ ।६ रेक्टर स्केलको उक्त भुकम्पका कारण हाल सम्म ३ हजार ५०० भन्दा बढी मानिस घाइते भएको अधिकारीहरूले जनाएका छन् । यस भूकम्पले करिब ५ हजार ४०० घर ध्वस्त बनाउँदै हजारौंलाई घरबारविहीन बनाएको छ, जसलाई पछिल्लो इतिहासकै सबैभन्दा प्राणघातक प्राकृतिका विपत्तिहरूमध्ये एक मानिएको छ ।केन्द्रबिन्दुबाट करिब ६० किलोमिटर टाढा रहेको नंगरहार सैनिक विमानस्थलका हेलिकप्टर र एम्बुलेन्समार्फत घाइतेहरूलाई अस्पताल पु¥याइएको छ । खालिद इब्न वालिद कोप्र्सका प्रवक्ता वाहिदुल्लाह म

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 563 पटक पढिएको
  • मन्त्री खड्का भन्छन ठूला दुई दल मिलेर बनेको स्थिर सरकारले आक्रमक ढंगबाट काम गर्न आवश्यक छ

    काठमाडौं— उर्जा ,जल श्रोत तथा सिँचाई मन्त्री दिपक खड्काले ठूला दुई दल मिलेर बनेको स्थिर सरकार भएको कारण आक्रमक ढंगबाट काम गर्न आवश्यक रहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित राष्ट्रिय लघु तथा साना जलविद्युत उपभोक्ता समाजको ८औं वार्षिक साधारण सभा समारोमा बोल्दै उनले वर्तमान सरकारले आक्रमक ढंगबाट काम गर्न आवश्यक रहेको बताउँदै त्यहि लक्ष्यकासाथ सरकार अगाडि बढेको बताए । उनले भने,‘ठूला दलहरु मिलेर बनेको स्थिर सरकार छ । यतिखेर हिजो नभएका कामहरु आक्रमक ढंगबाट हुन सक्नुपर्छ । हामी त्यहि लक्ष्यकासाथ काम गरिरहेको छौं । सरकार जनताले निर्माण गरेको हो,जनताकै सहयोग सरकारलाई चाहिन्छ । त्यो सहय

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 483 पटक पढिएको
  • महिलाको आर्थिक सवलीकरणका लागि सिलाइ मेसिन वितरण

    रामेछाप— रामेछापको मन्थली नगरपालिका–२, ५, ६ र ८ नम्बर वडाका १९ जना महिलालाई सिलाइ मेसिन वितरण गरिएको छ ।मन्थली नगरपालिकाकी उपप्रमुख ईश्वरी बस्नेतको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा सामुदायिक विकास समाज (सिडिएस) ले ७२ दिने सीप विकास तालिम पूरा गरेका महिलालाई प्रति व्यक्ति १८ हजार रुपैयाँ बराबरको सिलाइ मेसिन हस्तान्तरण गरेको हो ।सिडिएसका कार्यकारी निर्देशक मिलनकुमार घिसिङका अनुसार प्राविधिक तथा व्यावसायिक सीप र कृषि तालिममार्फत ग्रामीण भेगमा रोजगारी सिर्जना र उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो । उनले भने, ‘ग्रामीण महिलाको सीप विकासमार्फत आर्थिक सबलीकरणमा यो

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 644 पटक पढिएको
  • विज्ञता र क्षेत्राधिकारभित्र रहेर काम गर्न मन्त्री देवकोटा निर्देशन

    हेटौंडा— हेटौंडा बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा.दिनेशचन्द्र देवकोटाले मातहतका निकायहरूलाई आफ्नो विज्ञता र क्षेत्राधिकारभित्र रहेर काम गर्न निर्देशन दिएका छन् । उनले एक निकायको काममा अर्कोले हस्तक्षेप गर्ने र आफ्नो विज्ञताभन्दा बाहिर गएर काम गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए । भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा हेटौँडामा आयोजित ‘वार्षिक प्रगति समीक्षा तथा आगामी कार्ययोजना गोष्ठी’को समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री देवकोटाले भने,‘सडकको विज्ञता भएको निकाय हुँदाहुँदै त्यहाँ हस्तक्षेप गर्ने काम बन्द हुनुपर्छ। जसको जे विज्ञता हो, उसले त्यही काम गर्ने हो। अनु

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 594 पटक पढिएको
  • पहिरोका कारण कर्णाली राजमार्ग पुनः अवरुद्ध

    काठमाडौं— कर्णाली राजमार्गअन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका–१ गगने खोलामा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ । यसअघि पनि पटकपटक पहिरो गई अवरुद्ध हुँदै आएको थियो । ‎गगने खोला क्षेत्रमा यसअघि शनिबारदेखि अवरुद्ध भएको राजमार्ग मंगलबार मात्रै सञ्चालनमा आएको थियो । केही समयपछि पहिरो पन्छाएर राजमार्ग सुचारु गर्ने प्रहरीले जनाएको छ । राजमार्ग अवरुद्ध हुँदा यात्रा गर्ने यात्रुहरू अलपत्र परेका छन् । 

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 452 पटक पढिएको
  • शिवश्री हाइड्रोपावरको हकप्रद शेयर निष्कासन खुला

    काठमाडौं— शिवश्री हाइड्रोपावर लिमिटेडले आज (भदौ १९ गते) देखि १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ । कम्पनीले १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ चुक्तापूँजी बराबरका १ करोड ४७ लाख ६४ हजार कित्ता शेयर १०० रुपैयाँ अंकित दरमा जारी गरेको हो ।हकप्रदमा आवेदन दिने अन्तिम मिति असोज ८ गते तोकिएको छ । योग्यताका लागि कम्पनीले साउन १६ गते बुक क्लोज गरेको थियो, जसअनुसार साउन १५ गतेसम्म नेप्सेमा कारोबार भएका शेयरधनी मात्रै आवेदन दिन सक्नेछन् ।हकप्रद शेयर खरिदका लागि सिटिजन्स क्यापिटल, सिटिजन्स बैंकका शाखा तथा सि–आस्बा सेवामा सहभागी बैंक/वित्तीय संस्था र ‘मेरो शेयर’ मार्फत दिन सकिनेछ । यस

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 638 पटक पढिएको
  • रोल्वालिङ खोला जलविद्युत् निर्माण सहज बनाउन संसदीय समितिको निर्देशन

    काठमाडौं— ९२२ मेगावाट क्षमताको रोल्वालिङ खोला जलविद्युत् आयोजनाको निर्माण कार्य सहज बनाउन संघीय संसद् प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले सरकारलाई निर्देशन दिएको छ ।अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले प्रवद्र्धन गरेको उक्त आयोजनाबारे सभापति कुसुमदेवी थापाको अध्यक्षतामा बसेको समितिको बैठकमा वन तथा वातावरण मन्त्रालय, अपर तामाकोशी हाइड्रोपावरका पदाधिकारी र सरोकारवालाहरूसँग छलफल भएको थियो ।छलफलपछि समितिले आयोजना निर्माण सुचारु गर्न आवश्यक वातावरणीय व्यवस्थापन योजना परिमार्जनसहित सहजीकरण गर्न निर्देशन दिएको हो । यससँगै २०७९ साल चैत ५ गते स्वीकृत वातावरणीय प्रभाव मूल्यांकन (ईआईए)

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 759 पटक पढिएको
  • अभियानता सुनारले रवि लामिछानेमाथिको राजनीतिक प्रतिशोधको विरुद्धको हस्ताक्षर गर्दै

    काठमाडौं— दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधको विरोधस्वरूप आज हस्ताक्षर गर्दै छन् । उनले बिहीबार दिउँसो १ बजे रास्वपाको पार्टी कार्यालय वनस्थलीमा गएर हस्ताक्षर अभियानमा सहभागी जनाउन लागेको हुन् । ्सभापति लामिछानेविरुद्ध सरकारले प्रतिशोध राखेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले जनताको हस्ताक्षर अभियान सुरु गरेको हो । 

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 683 पटक पढिएको
  • बुङ्गल हाइड्रो पावरको आईपीओमा आवेदन दिन आज अन्तिम दिन

    काठमाडौं— बुङ्गल हाइड्रो पावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले भदौ १६ गतेदेखि आम सर्वसाधारणका लागि १७ लाख १ हजार ५०० कित्ता शेयर जारी गरेको थियो ।लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखाहरू र मेराशेयरमार्फत दिन सकिन्छ ।यस आईपीओलाई केयर रेटिङ नेपालले ‘केयर एनपी सिंगल बी’ रेटिङ दिँदै कम्पनीको दायित्व बहन क्षमतामा औसत जोखिम रहेको बताएको छ । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले यसअघि आयोजना प्रभावित स्थ

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 596 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.