समाचार

    Showing 11,561-11,570 of 26,686 items.
  • एससीओ शिखर सम्मेलनपछि मोदी र पुटिन एउटै गाडीमा अमेरिकी शुल्कबारे छलफल

    काठमाडौं— भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रूसी राष्ट्रपति भ्लादिमिर पुटिन सोमबार शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनपछि तिआनजिनमा भएको द्विपक्षीय बैठक स्थलमा एउटै गाडीमा सँगै गएका छन् ।सो अवसरको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा शेयर गर्दै प्रधानमन्त्री मोदीले लेखे, “एससीओ शिखर सम्मेलनको कार्यसूचीपछि राष्ट्रपति पुटिनसँग म द्विपक्षीय बैठक स्थलमा सँगै गइरहेको थिएँ । उहाँसँगका वार्तालापहरू सधैँ गहन हुन्छन् ।”यो भेटघाट भारत–रुसबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन प्रयास भइरहेको अवस्थामा भएको हो । जब वाशिङ्टनसँगको सम्बन्ध तनावपूर्ण बन्दै गएको छ । अमेरिकाले हालै भारतीय वस्तुमा ५० प्रतिशतसम्म शुल्

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • 674 पटक पढिएको
  • प्रधानमन्त्री ओली र कम्बोडियाका प्रधानमन्त्रीबीच भेटवार्ता

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओली र कम्बोडिया अधिराज्यका प्रधानमन्त्री डा. सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेटबीचसँग दुईपक्षीय भेटवार्ता भएको छ ।सोमबार शाङ्घाई सहयोग संगठन (एससिओ) प्लस को शिखर सम्मेलनका क्रममा चीनको थियानजिनमा रहेका  प्रधानमन्त्री केपी शर्मा ओली र कम्बोडिया अधिराज्यका प्रधानमन्त्री डा सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेटबीचसँग दुईपक्षीय भेटवार्ता भएको छ ।आजै प्रधानमन्त्री केपी शर्मा ओली र गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा मोहमद मिज्जुबीच दुईपक्षीय भेटवार्ता भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले शाङ्घाइ सहयोग सङ्गठन (एससिओ) प्लस को शिखर सम्मेलनलाई सम्बोधन गर्दै छ

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • 807 पटक पढिएको
  • आज देशैभरका निजी विद्यालयले बस र्याली गर्दै, यस्तो छ रूट निर्धारण

    काठमाडौं— शिक्षा विधेयकमा कतिपय प्रावधानहरू निजी विद्यालय हित विपरित रहेको भन्दै देशभरका निजी विद्यालयहरुले आज बस र्याली गर्दैछन् । प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले संयुक्त रूपमा घोषणा गरेका आन्दोलनका कार्यक्रमहरू अन्तर्गत आज देशैभरिका विद्यालयहरुले  बस र्याली गर्न लागेका हुन् । यस्तो छ र्यालीको रूट निर्धारण:१. कोटेश्वरचोकमा जम्मा भई सातदोबाटो हुँदै चक्रपथ परिक्रमा गरी विद्यालय फिर्ता हुने भक्तपुर, कागेश्वरी नगरपालिकाका सबै, पेप्सीकोला, तिनकुने, नरेफाट, जडीबुट्टी र बानेश्वर तर्फका विद्यालय बसहरू ।२.सातदोबाटोचोकबाट प्रवेश गरी एकान्तकुना हुँदै चक्रपथ परिक्रमा गर्ने

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • 761 पटक पढिएको
  • इजरायली हवाई आक्रमणमा यमनका प्रधानमन्त्रीसहित मन्त्रीहरुको मृत्यु

    काठमाडौं— हुथी समर्थित सरकारका प्रधानमन्त्री अहमद गालेब अल–रहावीसहित मन्त्रीहरु बिहीबार इजरायली हवाई आक्रमणमा मारिएको पुष्टि भएपछि यमनवासीहरु आक्रोशित बनेका छन् ।यमनवासीहरुले आफ्नो देशको सार्वभौमिकता जोगाउने र युद्धग्रस्त गाजालाई समर्थन गर्ने अठोट व्यक्त गरेका छन् । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले शनिबार राति विज्ञप्ति जारी गर्दै बिहीबार सानामा उच्च तहका हुथी नेताहरु भेला भएको स्थलमा आक्रमण गरिएको जनाएको छ । उक्त भेलामा प्रधानमन्त्री रहावीसहित वरिष्ठ हुथी नेताहरु सहभागी रहेको बताइएको छ ।इजरायली रक्षा मन्त्री इस्रायल काट्जले आक्रमणपछि वक्तव्य जारी गर्दै हुथी नेतृत्वमाथि “अभूतपूर्व प्रहार” गरिए

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • 750 पटक पढिएको
  • अफगानिस्तानमा ६.३ रेक्टर स्केलको भूकम्प, लगातार पराकम्प अनुभव

    काठमाडौं— अफगानिस्तानमा सोमबार बिहान ६.३रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) का अनुसार भूकम्प भारतीय समयअनुसार राति १२ः४७ बजे ३४.५० डिग्री उत्तर अक्षांश र ७०.८१ डिग्री पूर्व देशान्तरमा १६० किलोमिटर गहिराइमा केन्द्रविन्दु भएर गएको हो ।प्रारम्भिक भूकम्पपछि ४ देखि रेक्टर स्केलबीचका पराकम्पहरू पनि अनुभव गरिएको छ । सोही क्षेत्रमा ४.७, ४.३ र ५.० रेक्टर स्केलका भूकम्प पराकम्पको रूपमा गएका छन् । यीमध्ये ५ रेक्टर स्केलको पराकम्प ४० किलोमिटर गहिराइमा भएको हुँदा थप शक्तिशाली महसुस गरिएको बताइएको छ ।विशेषज्ञहरूको भनाइमा सतह नजिक अर्थात् मध्यम गहिराइका भूकम्पहर

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • 790 पटक पढिएको
  • एस आईबीएस बास्केटबल आजदेखि

    काठमाडौं— एस इन्टरनेसनल बिजनस स्कुल (एस आईबीएस) को आयोजनामा एस आईबीएस थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता आजदेखि हुने भएको छ ।प्रतियोगिताको ब्वाइजमा ३२ तथा गल्र्समा १२ टिमको सहभागिता रहने आयोजकका बीबीए प्रोग्राम म्यानेजर कौशलराज पौडेलले जनाएका छन् । ब्वाइजलाई ८ तथा गल्र्सलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।ब्वाइजतर्फ विजेताले २० हजार र उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । गल्र्समा पहिलो हुनेलाई १५ हजार तथा दोश्रोलाई ८ हजार नगदबाट पुरस्कृत गरिने छ ।पौडेलले प्रतियोगिताको उद्देश्य युवामाझ बास्केटबललाई प्रवद्र्धन गर्नु र खेलाडीहरूलाई आफ्नो सीप प्रदर्शन गर्ने प

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • 690 पटक पढिएको
  • आजदेखि सर्वसाधारणका लागि बुङ्गल हाइड्रोपावरको आईपीओ निष्कासन

    काठमाण्डौं— बुङ्गल हाइड्रोपावर लिमिटेडले आजदेखि आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले १७ लाख १ हजार ५०० कित्ता साधारण शेयर जारी गरेको हो ।लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरूका शाखामार्फत वा ‘मेरो शेयर’ अनलाइन प्लेटफर्ममार्फत दिन सकिने व्यवस्था गरिएको छ । यो आईपीओ छिटोमा भदौ १९ गते र ढिलोमा भदौ ३० गते बन्द हुनेछ ।यस आईपीओको लागि केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी सिंगल बी’ इश्युअर रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।आईपीओ निष्कास

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • 590 पटक पढिएको
  • संघीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान आज विराटनगरमा

    काठमाडौं— संघीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान आज विराटनगरमा हुन लागेको छ । मोर्चा गठनको उद्देश्य, आवश्यकता र औचित्यबारे प्रकाश पार्न देशका विभिन्न ठाउँमा जनजागरण अभियान गर्दै आएको मोर्चाले सोमबार विराटनगरको अतिथि सदनमा कार्यक्रम गर्न लागेको जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।जनता समाजवादी पार्टी (जसपा) नेपालको समन्वयमा हुन लागेको कार्यक्रममा मोर्चासम्बद्ध पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्ने बताइएको छ ।मोर्चाले आगामी भदौ १८ गते राजविराज, २० गते जनकपुर र २२ गते वीरगञ्जमा जनजागरण अभियान गर्ने कार्यतालिका बनाएक

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • 467 पटक पढिएको
  • प्रधानमन्त्री ओली र लाओका राष्ट्रपति सिसौलिथबीच भेटवार्ता

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले जनप्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति थोंगलुन सिसौलिथसँग भेटवार्ता गरेका छन्।सोमबार शाङ्घाइ सहयोग सङ्गठन (एससीओ) प्लसको शिखर सम्मेलनमा सहभागी हुन चीन पुगेका ओलीले बिहान लाओका राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन् । उनले यसअघि चिनियाँ राष्ट्रपति सी चिनफिङ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलगायत विभिन्न देशका राष्ट्र र सरकार प्रमुखसँग भेटवार्ता गरिसकेका छन्।

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • 588 पटक पढिएको
  • महासंघका अध्यक्ष ढकाल र कतार चेम्बरका अध्यक्ष अलथानी बीच कतारमा भेटवार्ता

    काठमाडौं— नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र कतार चेम्बरका अध्यक्ष शेख खालिफा विन जासिम विन मोहम्मद अल थानीबीच कतारमा भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा नेपाल र कतार बीच आर्थिक तथा व्यवसायिक सम्बन्ध सुदृढिकरण तथा आपसी सहकार्यका विषयमा छलफल भएको थियो । सो अवसरमा नेपाल–कतार संयुक्त व्यापार परिषद् (जेबीसी) को आगामी बैठक छिट्टै काठमाडौंमा आयोजना गर्ने सहमती भएको महासंघका अध्यक्ष ढकालले जानकारी दिए । उनले नेपाल–कतार संयुक्त व्यवसाय परिषद् (जेबीसी) दुवै देशबीच व्यापार तथा लगानी प्रवद्र्धनको महत्वपूर्ण संयन्त्र बनेको उल्लेख गर्दै यसलाई अझ सशक्त बनाउन सदस्य सू

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • 348 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.