समाचार

    Showing 11,601-11,610 of 26,686 items.
  • असाम प्रदेशसँग जारी टी–२० सिरिजमा आज नेपाल ‘ए’ चौथो प्रतिस्पर्धा गर्दै

    काठमाडौं— भारतको असाम प्रदेशसँग जारी टी–२० सिरिजमा आज नेपाल ‘ए’ टिमले चौथो प्रतिस्पर्धा गर्ने भएको छ । तीन खेल खेलिसकेको नेपालले एक खेलमा हार व्यहोर्दै लगातार दुई खेलमा विजयी भएको छ । आइतबार चौथो खेल साँझ ५ बजे खेल्दै छ । यो खेलको आसामसँगको पाँचौ अर्थात् अन्तिम भिडन्त सोमबार हुँदैछ।क्यानले घोषणा गरेको टिममा कप्तान अनिलकुमार साहसँगै अदिल आलम, पवन सर्राफ, सन्दीप जोरा, शुभ कंशाकार, ईशान पाण्डे, देव खनाल, विवेककुमार यादव, कमलसिंह ऐरी, बसिर अहमद, आकाश चन्द, सागर ढकाल, अर्जुन घर्तीमगर, तृतराज दास, युवराज खत्री र शेर मल्ल छन्।

    • प्रकाशित मितिः भदौ १५, २०८२
    • 709 पटक पढिएको
  • गृहमन्त्री लेखकद्धारा हैजा संक्रमण उपचाररत विरामीको स्वास्थ्य अवस्थाबारे जानकारी

    वीरगन्ज— गृहमन्त्री रमेश लेखकले पर्साको वीरगञ्जस्थित विभिन्न अस्पतालमा हैजा संक्रमणका उपचाररत बिरामीको स्वास्थ अवस्था र स्वास्थ उपचारमा भइरहेको प्रयासबारे जानकारी लिएका छन्  । शनिबार साँझ वीरगन्ज पुग्नु भएका गृहमन्त्री लेखकले वीरगन्जको नारायणी अस्पताल, तराई अस्पताल र वीरगन्ज हेल्थ केयर अस्पतालमा उपचाररत बिरामीको स्वास्थ्यबारे जानकारी लिएका हुन् । गृहमन्त्री लेखकले वीरगन्जमा फैलिएको हैजा महामारी नियन्त्रणका लागि नेपाली सेनासहित तीनै सुरक्षा निकायका जनशक्ति खटाइने बताए । महामारी नियन्त्रणका लागि सरकार गम्भीर रहेको भन्दै गृहमन्त्री लेखकले केन्द्रीयसुरक्षा समितिको निर्णयअनुसार

    • प्रकाशित मितिः भदौ १५, २०८२
    • 674 पटक पढिएको
  • चीन द्वारा सिभिल अस्पताललाई नेत्र उपचार उपकरण सहयोग

    काठमाडौं— काठमाडौंस्थित सिभिल सर्भिस अस्पताललाई चीनले अत्याधुनिक नेत्र उपचार उपकरण सहयोग गरेको छ । जसले नेपाली बिरामीको आँखासम्बन्धी उपचारमा ठूलो सुधार ल्याउने अपेक्षा गरिएको छ ।चीनले पठाएको नेत्र उपकरण र सामाग्रीपछि चीन–नेपाल “लाइफलाइन एक्सप्रेस“ दृष्टिविहीनता निवारण सहयोग केन्द्रमार्फत बिरामीहरूले सहज र द्रुत सेवा पाउन थालेका छन् ।“पहिले आँखा जाँच गर्न धेरै समय लाग्थ्यो, तर अहिले सजिलै धेरै प्रकारका परीक्षण यहीँ गर्न पाइन्छ । परिणाम पनि छिट्टै आउँछ,“ भनी स्थानीय बिरामी बसन्त पन्तले बताए । त्यस्तै अर्की बिरामी गोमा तामाङले पनि नयाँ उपकरणका कारण उपचार छिटो र प्रभावकारी भएको भन्दै खुसी व्यक्त ग

    • प्रकाशित मितिः भदौ १५, २०८२
    • 664 पटक पढिएको
  • सुनको मूल्यमा नयाँ रेकर्ड, चाँदी पनि हालसम्मकै उच्च

    काठमाडौं— साताको पहिलो कारोबार दिन  नेपाली बजारमा आज (आइतबार) सुनको मूल्यले आजसम्मकै उच्च रेकर्ड कायम गरेको छ । आज सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढेर हालसम्मकै उच्च स्तरमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।शुक्रबार प्रतितोला २ लाख ६ सय रुपैयाँमा कारोेबार भएको सुन आज बढेर २ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भैइरहेको छ ।यता चाँदीको मूल्यले पनि रेकर्ड बनाएको छ । आज एकै दिन चाँदी प्रतितोला ६५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला २४ सय २५ रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिन २३ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

    • प्रकाशित मितिः भदौ १५, २०८२
    • 571 पटक पढिएको
  • चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओली स्मृति संग्रहालयमा

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको थियानजिनस्थित चाउ इन्लाई र तेङ यिङ्चाओ  स्मृति संग्रहालयको अवलोकन गरेका छन्  ।चीन भ्रमणमा रहेको उनले आइतबार थियानजिनस्थित चाउ इन्लाई र तेङ यिङ्चाओ स्मृति संग्रहालयको अवलोकन गरेका हुन् । चिनियाँ राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा सांघाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा भाग लिन ओली शनिबारै बिहान तियानजिन प्रस्थान गरेका हुन् ।प्रधानमन्त्री ओलीले सोमबार (भदौ १६) तियानजिनमा हुने एससीओ प्लस शिखर सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम छ । एससीओ शिखर सम्मेलनको ‘साइडलाइन’मा प्रधानमन्त्रीले केही विश्व नेताहरूसँग भेटघाट गर्नेछन् ।

    • प्रकाशित मितिः भदौ १५, २०८२
    • 576 पटक पढिएको
  • बागमती प्रदेश सभाको बैठक आज बस्दै

    काठमाडौं— बागमती प्रदेशको प्रदेश सभाको बैठक आज (आइतबार) बस्ने भएको छ ।बागमती प्रदेश सभाको छैठौं अधिवेशनको बाइसौं बैठक प्रदेश सभा नियमावली, २०७४ को नियम ६ बमोजिम आज दिनको २ बजे बस्ने सचिवालय सचिव पूर्णबहादुर दर्जीले जानकारी दिए । बैठकमा प्रदेश मामिला समितिमा विचाराधीन रहेको २ विधेयकको प्रतिवेदन पेस गरिने कार्यसूची रहेको छ । यस्तै बैठकमा प्रदेश चिट्ठा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश चलचित्र सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको समितिको प्रतिवेदन पेस हुनेछ ।

    • प्रकाशित मितिः भदौ १५, २०८२
    • 709 पटक पढिएको
  • गौरा पर्व समाजिक एकता, आपसी सद्भाव र संस्कृतिक संरक्षणको आधारशिला हो : सभापति देउवा

    काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गौरा पर्व समाजिक एकता, मेलमिलाप, आपसी सद्भाव र संस्कृतिक संरक्षणको आधारशिला भएको बताएका छन् । आइतबार गौरा पर्वको शुभकामना दिदैँ सभापति देउवाले गौरा पर्व केवल धार्मिक अनुष्ठान मात्र नभई समाजिक एकता, सद्भाव र संस्कृतिक संरक्षणको आधारशिला रहेको बताएका हुन् । उनले शुभकामना सन्देश मार्फत भनेका छन्, ‘गौरा पर्व केवल धार्मिक अनुष्ठान मात्र नभई समाजिक एकता, मेलमिलाप, आपसी सद्भाव र संस्कृतिक संरक्षणको आधारशिला समेत हो । विभिन्न धार्मिक, सास्कृतिक गीत, भजन, देउडा लगायतका नाच, व्रत, पूजापाठ र सामूहिक सहभागिताले यो पर्वलाई झनै विशेष बनाएको छ।’उ

    • प्रकाशित मितिः भदौ १५, २०८२
    • 617 पटक पढिएको
  • राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक बस्दै

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय सचिवालय बैठक बस्दैछ । आइतबार दिउँसो १ः३० बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने भएको हो । पार्टी प्रवक्ता मनिष झाका अनुसार पार्टीको कार्यवाहक सभापति डीपी अर्यालको आव्हानमा बैठक बस्ने भएको हो ।बैठकमा रुपन्देही–३ उम्मेदवार छनोट मूल्याङ्कन,  प्रवास विशेष अभियान सञ्चालन र अन्य विविध विषयमा छलफल हुने बताइएको छ । 

    • प्रकाशित मितिः भदौ १५, २०८२
    • 579 पटक पढिएको
  • परराष्ट्रमन्त्री डा राणाले बुढानीलकण्ठस्थित निवासमा भित्र्याइन् गौरा

    काठमाडौं—परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले काठमाडौंको बुढानीलकण्ठस्थित आफ्नो निवासमा शनिबार गौरा भित्र्याएकी छन् । मन्त्री डा राणाले धार्मिक अनुष्ठान एवं विशेष पूजाआजा सहित गौरा भित्र्याएकी हुन् । यसअघिका बर्षहरुमा गौरा पुजनका लागि उनी धनगढी जाने गरेकोमा यसपटक भने धनगढीस्थित निवासको पुनर्निर्माण कार्य भइरहेकाले काठमाडौंमै गौरा भित्र्याएकी हुन् । हरेक वर्ष भाद्र सप्तमीका दिन बाजागाजा सहित गौरा भित्र्याउने गरिन्छ । विभिन्न वनस्पतिबाट बनेको गौराको मूर्तिलाई देवी पार्वतीको प्रतिकका रुपमा धार्मिक अनुष्ठानका साथ गौरा घर एवं मन्दिरमा भित्र्याउने प्रचलन छ । उनले गौरा पर्व सुदूरपश्चि

    • प्रकाशित मितिः भदौ १५, २०८२
    • 548 पटक पढिएको
  • आज विधायन व्यवस्थापनसहित दुईवटा संसदीय समितिको बैठक बस्दै

    काठमाडौं— संघीय संसद अन्तर्गतका विभिन्न दुईवटा संसदीय समितिका बैठक आज बस्दैछ । आइतबार प्रतिनिधि सभा अन्तर्गत रहेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र राष्ट्रिय सभा अन्र्तगत विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको हो ।  विहान ११ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा हाइड्रोपावरहरुको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनको वातावरणीय व्यवस्थापन योजना परिमार्जन गर्ने विषयमा देखिएको समस्याका सम्बन्धमा वन तथा वातावरण मन्त्रालयसँग छलफल गरिने भएको छ । यस्तै बिहान ८ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छल

    • प्रकाशित मितिः भदौ १५, २०८२
    • 611 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.