समाचार

    Showing 11,661-11,670 of 26,686 items.
  • जडिबुटीको सडक छेउमा रोकी राखेको बसमा स्कुटर ठोक्किदा दुई जनाको मृत्यु

    काठमाडौं— काठमाडौंको जडिबुटीमा शुक्रबार बिहानै स्कुटर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक नवलपरासी स्थायी घर भई हाल भक्तपुर लोकन्थली बस्ने २२ वर्षीय शिरिस पौडेल र काभ्रेपलाञ्चोक घर भएका २३ वर्षका नितेश नेपाल रहेका छन् ।   बिहान करिब ३ बजेतिर जडिबुटीको आकासे पुलनजिकै सडक छेउमा रोकी राखेको बा प्र०१–००६ ख ४२४३ नम्बरको बसमा लु ४३ प ४९३८ नम्बरको स्कुटर ठोक्किएर उनीहरुको मत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि गम्भीर घाइते भएका उनीहरुलाई राष्ट्रिय ट्रमा सेन्टर पर्याइएको थियो । उपचारको क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • 505 पटक पढिएको
  • आज संघीय संसदको दुवै सदनको बैठक बस्दै, कार्यसूचीसहित

    काठमाडौं— आज संघीय संसदको दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार प्रतिनिधि सभा बैठक दिउसो १ बजे र राष्ट्रिय सभा बैठक १ः१५ बजेदेखि सरुु हुने छ ।आजको बैठकमा प्रतिनिधि सभाका सचिव हर्कराज राईले ’नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ ।त्यस्तै आज सभामुख देवराज घिमिरेले संयुक्त समिति अन्तर्गतको संसदीय सुनुवाई समितिमा सदस्यको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ ।त्यसैगरी व्यवस्थापन कार्य अन्तर्गत आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ’कृ

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • 525 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभरि आंशिकदेखि साधारणतया बदलीभइ देशका अधिकांश भूभाग  कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा भइरहेको छ।दिउँसो देशभरि नै बदली हुने पूर्वानुमान छ। साथै सातै प्रदेशका अधिकांश पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भवना रहेको छ। कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही भूभागहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ।राति पनि देशैभरि आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी र सुदूरपश्चिम प्रदेशका केहि स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • 507 पटक पढिएको
  • आगामी मंसिर भित्रमा केन्द्रको महाधिवेशन हुन्छ : गगन थापा

    रौतहट । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी मंसिरभित्रमा केन्द्रको महाधिवेशन गरिसक्नुपर्ने बताएका छन  ।कांग्रेस सर्लाहीले बिहीबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले मंसिर पछाडि महाधिवेशन लैजान नपाइने बताए । महाधिवेशन सकिएपछि मात्र नयाँ चुनावको सामना हुने उनले बताए ।कार्यक्रममा महामन्त्री थापाले उखु किसानको मागलाई सरकारले चाँडै सम्बोधन गर्नुपर्ने बताए ।  उखु किसानलाई अनुदान दिनुपर्ने प्रस्ताव कृषिमन्त्री रामनाथ अधिकारीले मन्त्रिपरिषदमा लगेको भएपनि अस्वीकार भएको उनले बताए ।यद्यपि, मन्त्री अधिकारीको जोडबलमा अघिल्लो बर्षको पैसाबाट ३५ रुपैयाँ अनुदान दिएको थापाले बताए ।आफू

    • प्रकाशित मितिः भदौ १२, २०८२
    • 308 पटक पढिएको
  • अत्याधिक रक्तस्रावका कारण सुत्केरी सुनिताको ज्यान गयो

    मुगु । बुधबार बिहान ११ बजे घरमै सुत्केरी भएकी सोरु गाउँपालिका–८ रुमा गाउँकी ३४ बर्षीया सुत्केरी सुनिता बुढाको उपचारको क्रममा जिल्ला अस्पातलमा मृत्यु भएको छ ।बुधबार बिहान ११ बजे घरमै सुत्केरी भएकी बुढाले छोरा जन्माएकी थिइन । घरमै सुत्केरी भएकी बुढाको सालनाल नझरेपछी उनलाई उपचारका लागी घरबाट एक घण्टा टाढा रहेको सीप प्रसुती केन्द्रमा लगिएको थियो ।अत्याधिक रक्तस्राप हुन थालेपछि थप उपचारका लागि प्रशुती केन्द्रले जिल्ला अस्पातल लैजान सल्लाह दिएपछि घर परिवाले राति १० बजे जिल्ला अस्पतालमा पुर्याएपनि उपचारका क्रममा विहीबार ३ बजेतिर मृत्यु भएको परिवारले पुष्टि गरेको छ । राति १० बजे अस्पतालमा पुगेका

    • प्रकाशित मितिः भदौ १२, २०८२
    • 543 पटक पढिएको
  • ‘फ्लाइङ ट्याक्सी’ : नेपालमा यातायातको राम्रो विकल्प बन्नसक्छ

    काठमाडौं । अटोमोबाइल व्यवसायीहरूको छाता संगठन अटोमोबाइल्स एसोसिएसन अफ नेपाल ९नाडा०को आयोजनामा भएको सवारीसाधन प्रदर्शनी मेला ‘नाडा अटो शो २०२५’ मा प्रदर्शनमा राखिएको फ्लाइङ ट्याक्सी नउडाई फिर्ता पठाइएको छ । गत भाद्र ३ गतेदेखि ८ गतेसम्म चलेको शोको मुख्य आकर्षणको रुपमा फ्लाइङ ट्याक्सी नेपालको पहिलो इभीटोल ९इलेक्ट्रोनिक भर्टिकल टेकअफ एन्ड ल्यान्डिंग० उड्ने ट्याक्सी राखिएको थियो । नेपालमा पहिलो पटक यस्तो नविनतम प्रविधि भित्रिएकाले पनि फ्लाइङ ट्याक्सी हेर्नेको भीड थियो । कस्तो हुन्छ फ्लाइङ ट्याक्सी रु कसरी उड्छ भन्ने कौंतुहलताले पनि बच्चादेखि बुढाबुढीदेखिसम्म हेर्न पुगेका थिए । के हो

    • प्रकाशित मितिः भदौ १२, २०८२
    • 666 पटक पढिएको
  • आशिक तामाङसहित दुई जनालाई पाँच दिनको कैद फैसला

    काठमाडौं— भक्तपुर जिल्ला अदालतले साँगा झोलुङ्गे पुल प्रकरणमा आशिका तामाङ र शरण तिरुवालाई दोषी ठहर गर्दै कैद सजाय तोकेको छ ।न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले आपराधिक उपद्रवसम्बन्धी मुद्दामा उनीहरूलाई पाँच दिन कैद सजाय सुनाएको अदालतकी सूचना अधिकारी हिराकुमारी भण्डारीले जानकारी दिइन् । मामिला भक्तपुरको सूर्यविनायक नगरपालिका–८ मा रहेको साँगा झोलुङ्गे पुलमा शुल्क उठाउने विषयसँग सम्बन्धित छ । पुल पार गर्न तोकिएको रकम प्रति व्यक्ति २० रुपैयाँ लिँदै आएको अवस्थामा तामाङले बोर्ड च्यात्ने, शुल्क संकलनमा खटिएका कर्मचारीलाई दुर्व्यवहार गर्ने कार्य गरेको अभियोग थियो । सो घटनापछि नगरपालिकाले आपर

    • प्रकाशित मितिः भदौ १२, २०८२
    • 728 पटक पढिएको
  • सामाजिक सञ्जालको दुरुपयोग गरेर ठगी गरेको आरोपमा युवक पक्राउ

    काठमाडौं— फेसबुक, ह्वाटस्एप, टीकटकलगायतका सामाजिक संजालमा नक्कली आईडीको प्रयोग गरी फ्रेन्ड रिक्वयस्ट पठाई साथी बनाई विभिन्न प्रलोभनमा पारी ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक घर भई कपन बस्ने २७ वर्षीय रवि लामा रहेका छन् । लामाले उपचारमा सहयोग गर्ने, रोजगारी मिलाई दिने जस्ता झुट्ठा आश्वासन देखाई नजिकको साथी बनी आफू विभिन्न समस्यामा परेको बहाना बनाई पैसा लिएपछि सम्पर्कविहीन भएको पीडितको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटेको प्रहरी टोलीले बुधबार चावाहिल गणेस्थानबाट पक्राउ गरेको हो ।उनलाई ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं का

    • प्रकाशित मितिः भदौ १२, २०८२
    • 740 पटक पढिएको
  • प्रतिबन्धित लागुऔषधसहित तीन जना पक्राउ

    बर्दिया— बर्दियाको बढैयाताल गाउँपालिकाबाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन्। भारतबाट शंकास्पद रूपमा नेपाल प्रवेश गरिरहेका उनीहरूलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको हो।पक्राउ पर्नेमा बाँके बैजनाथ गाउँपालिका–८ टिटिहिरियाका २३ वर्षीय सरोजकुमार थारु, २३ वर्षीय रुपेश थारु र मधुवन नगरपालिका–९ का २५ वर्षीय आशिक तामाङ रहेका छन्।प्रहरीका अनुसार सरोज र रुपेशलाई बढैयाताल गाउँपालिका–७ बाट नियन्त्रणमा लिइएको हो। उनीहरूले साथमा लुकाएर ल्याएको ब्राउन सुगर जस्तो देखिने खैरो रङको गिलो पदार्थ २६० मिलिग्राम फेला परेको छ।त्यसैगरी, बढैयाताल–८ स्थित सिमापुरबाट नेपाल प्रवेश गर्दै गरेका आशिक तामाङको साथबाट ३६० म

    • प्रकाशित मितिः भदौ १२, २०८२
    • 589 पटक पढिएको
  • प्रमुख प्रतिपक्षी दलको बिरोधका कारण मधेश प्रदेशसभाको बैठक स्थगित

    काठमाडौं— प्रमुख प्रतिपक्षी दलको बिरोधका कारण मधेश प्रदेशसभाको आजको बैठक सुरु भएको केही समयपछि स्थगित भएको छ ।आज दिउँसो बैठक सुरु हुनासाथ प्रतिपक्षी दलका सांसदहरुले बिरोध जनाएका थिए। त्यसपछि सभामुख रामचन्द्र मण्डलले जनता समाजबादी पार्टी नेपालका प्रदेशसभा सदस्य राम अशिष यादवलाई बोल्न समय दिएका थिए।प्रदेशसभा सदस्य यादवले प्रदेश सरकारले संसद्लाई छलेर प्रतिपक्षको अनुपस्थितिमा बजेट ल्याएको हुनाले अर्थमन्त्री सुनिलप्रसाद साहको राजीनामा माग गरे । उनले प्रतिपक्षी दलका प्रदेशसभा सदस्यको उपस्थिति बिना बजेट ल्याइनु गलत भएको उल्लेख गर्दै अर्थमन्त्रीको राजीनामा नआएसम्म आफूहरुले प्रदेशसभा अवरुद्ध गर्ने बताए

    • प्रकाशित मितिः भदौ १२, २०८२
    • 668 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.