समाचार

    Showing 11,801-11,810 of 26,686 items.
  • साफ यू–१७ महिला च्याम्पियनसिपअन्तर्गत आज नेपाल र बंगलादेश भिड्दैँ

    काठमाडौं— भुटानमा जारी साफ यू–१७ महिला च्याम्पियनसिपअन्तर्गत नेपालले आज बंगलादेशसँग तेस्रो खेल खेल्ने भएको छ ।  खेल नेपाली समय अनुसार साँझ पौने ६ बजे चाङ्लिमिथाङ रंगशालामा सुरु हुनेछ ।नेपाल र बंगलादेश दुवैले अहिलेसम्म २ खेलबाट १ जित र १ हार प्राप्त गरेका छन् । नेपाल भारतसँग ७–० ले पराजित भएपनि भुटानलाई २–१ ले हराएको थियो भने बंगलादेशले भुटानलाई ३–१ ले हराएर भारतसँग २–० ले हार हारेको थियो । प्रतियोगितामा भारत ६ अंकसहित शीर्ष स्थानमा छ भने बंगलादेश र नेपालको समान ३ अंक भए पनि गोलअन्तरका आधारमा बंगलादेश दोस्रो र नेपाल तेस्रो स्थानमा छन् । आजै भारत र भुटानबीच पनि प्रतिस्पर्धा हुनेछ

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • 630 पटक पढिएको
  • लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा

    काठमाडौं— लुम्बिनी प्रदेश सरकारले थारू समुदायको अटवारी पर्वका अवसरमा आइतबार(आज)सार्वजनिक बिदा दिएको छ । लुम्बिनी प्रदेशका थारू समुदायको बसोबास धेरै रहेका ६ जिल्लामा सार्वजनिक बिदा दिएको हो ।थारू समुदायको बसोबास बढिरहेको दाङ, बाँके, बर्दिया, रूपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिने सूचना आन्तरिक मामिला तथा कानून मन्त्रालयले सार्वजनिक गरेको हो ।पश्चिम तराईका थारू समुदायले आज विविध कार्यक्रम आयोजना गरी अटवारी पर्व मनाउँदैछन् । यो पर्व कुशे औँसीपछिको पहिलो आइतबार मनाउने गरिन्छ । यो पर्वमा विशेषगरी दाजुभाइले दिदीबहिनीको शौभाग्यका लागि व्रत बस्ने गर्दछन् ।शुक्रबार राति दर खाएर दि

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • 554 पटक पढिएको
  • समाजवादी महिला संघ धनुषाद्वारा जनकपुरधाममा झाडुसहित प्रदर्शन

    जनकपुर— जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी महिला संघ धनुषाले जनकपुरधाममा झाडुसहित विरोध प्रदर्शन गरेको छ ।शनिबार संघका महिला सदस्यहरुसहित जसपा नेपालका जिल्ला तथा मधेश प्रदेशका पदाधिकारी एवम नेता तथा कार्यकर्ताहरुले जनकपुरधाममा सडक अवरुद्ध गर्दै सरकार विरुद्ध प्रर्दशन गरेका छन् । उनीहरुले उपेन्द्र यादव जिन्दावाद, झुठो मुद्या खारेज गरे, ओली सरकार मुर्दावादलगायतका नारासमेत लगाएका छन् ।जनता विरोधी भूमि अध्यादेशको पक्षमा जसपा नेपालले संसद्मा समर्थन नगरेपछि सरकारले षड्यन्त्रपूर्वक जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव माथि गौर हत्याकाण्डको आरोप लगाएर फसाउन खोजेको जसपा नेपालका समानुपातिक मधेश प्रद

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • 596 पटक पढिएको
  • कुलमान घिसिङ भन्छनसमृद्ध नेपाल बनाउन नीति र नेतृत्वमा पनि व्यापक परिवर्तन आवश्यक छ

    स्पेन— युरोपको भ्रमणमा रहेका नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले  समृद्ध नेपाल बनाउन नीति र नेतृत्वमा पनि व्यापक परिवर्तन आवश्यक रहेको बताएका छन् ।गैरआवासीय नेपाली संघ (एनआरएनए) कोष्टाव्लाङ्का र नेपाल समाज एसोसिएसन कोष्टाव्लाङ्काद्वारा  संयुक्त रूपमा आयोजित भेटघाट तथा अन्तरक्रियालाई सम्बोधन गर्दै  घिसिङले नेपालको समग्र रूपान्तरणका लागि  सही राजनीतिक नेतृत्व आवश्यक रहेको बताए । उनले भने, ‘मुलुकमा छिटो भन्दा छिटो आर्थिक परिवर्तन गर्न र बिदेसिएका नेपालीलाई नेपाल फर्काउन पनि  नीति र नेतृत्वमा पनि व्यापक परिवर्तन आवश्यक छ । अहिले देशभरि झ

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • 743 पटक पढिएको
  • आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैँ

    काठमाडौं— आज राष्ट्रिय सभा अन्तरगत विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको छ । आइतबार बस्न लागिएको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ । बैठक बिहान ११ः३० बजे समितिको बैठक कक्षमा बस्ने तय भएको छ । 

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • 743 पटक पढिएको
  • सडकमा भेटिएको सुटकेस भित्र महिलाको शव फेला

    चपुर  ।   रौतहटमा सडकमा भेटिएको  सुटकेस भित्र एक महिलाको शव फेला परेको छ। रौतहटको गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुडवलबा मोड नजिक शनिबार राती १०:३० बजे संकास्पद सुटकेस फेला परेको थियो। प्रहरीका अनुसार रस्सीले बाँधिएको अवस्थामा फेला परेको उक्त  सुटकेस खोलेपछि भित्र महिलाको शव भेटिएको छ। घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली रातिदेखि नै घटनास्थलमा परिचालन गरिएको थियो। महिलाको हत्या गरी सुटकेशमा हालिएको हुन सक्ने अनुमान रहेको र यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।प्रहरीले शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • 459 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। बागमती प्रदेशका थोरै स्थानहरू तथा गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका केहि स्थानमा हल्का वर्षा भइरहेको छ ।दिउसो देशभर साधरणतया बदली रहनेछ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानहरू र बाँकी तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र कर्णाली प्रदेशको पहाडी भूभागका केहि स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मधेस प्रदेश लगायत कोशी र लुम्बिनी प्रदेशको तराई भूभागमा हावाहुरीको पनि सम

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • 404 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आइतवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४० रुपैयाँ ३६ पैसा कायम भएको छ ।युरोपियन युरो एकको खरिदर १६२ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६२ रुपैयाँ ७८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १८८ रुपैयाँ २४ पैसा, स्वीस फ्र्यांक एकको खरिददर १७२ रुपैयाँ ७८ पैसा र बिक्रीदर १७३ रुपैयाँ ५२ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ७० पैसा र बिक्रीदर ९० रुपैयाँ ०८ पैसा, क्यानेडियन डलर एकको खरिदर १०० रुपैयाँ ४४ पैसा र बिक्रीदर १०० रुपैया

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • 334 पटक पढिएको
  • आज २०८२ साल भदौँ ०८ गते आइतबारको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)शैक्षिक तथा बौद्धिक क्रियाकलापमा सफलता मिल्ने समय रहेको छ। परिक्षा र प्रतिस्पर्धात्मक कार्यहरूमा सकारात्मक नतिजा देखिन सक्छ। सृजनात्मक तथा बौद्धिक क्षेत्रमा सक्रिय रहनेहरूका लागि उपलब्धिको संकेत देखिन्छ। व्यवसाय तथा रोजगारीबाट मध्यम लाभ प्राप्त हुने सम्भावना छ। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)कार्यमा मन नलाग्ने, निर्णयप्रति अन्योल देखिने तथा पारिवारिक र सामाजिक सम्बन्धमा असमझदारी बढ्न सक्ने समय छ। आफन्त र सहयोगी पक्षबाट अपेक्षित साथ नपाइने सम्भावना रहेकोले संयमता अपनाउनु उपयुक्त हुनेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)परा

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • 575 पटक पढिएको
  • भारतीय दुतावास अगाडि संयुक्त विद्यार्थी संगठनको प्रदर्शन

    काठमाडौँ । संयुक्त विद्यार्थी संगठनले लिपुलेकलाई व्यापारिक नाका बनाइ अतिक्रमण गर्ने भारतीय र चिनियाँ हस्तक्षेपकारी षड्यन्त्रका विरुद्ध विरोध प्रदर्शन गरेको छ ।शनिबार लौनचौरस्थित भारतीय दुतावास अगाडि संगठनले नेपाली भूमिमाथिको हस्तक्षेप बन्द गर्न माग गर्दै विरोध प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शनमा अखिल क्रान्तिकारीका अध्यक्ष विरेन्द्र शाहले सँधै कुटनीतिक पहल गर्ने भनेर सरकारले कुरा गरेपनि त्यो खालको पहलकदमी चाँही नगरेको बताए । सरकार यसमा गम्भीर बन्नका साथै छलफलको विषय बनाउनुपर्ने उनको भनाई छ ।  लिपुलेकको सन्दर्भमा पटक–पटक विदेश सचिवस्तरिय समिति पनि बनेता पनि अन्तिममा आएर यो विषयमा भ

    • प्रकाशित मितिः भदौ ७, २०८२
    • 453 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.