समाचार

    Showing 11,831-11,840 of 26,686 items.
  • एकीकृत समाजवादी र राष्ट्रिय एकता अभियानबीच पार्टी एकता

    काठमाडौं— नेकपा (एकीकृत समाजवादी) र विद्रोही नेकपा (राष्ट्रिय एकता अभियान) बीच पार्टी एकता भएको छ ।  शुक्रबार नेकपा (एकीकृत समाजवादी)को मुख्यालय आलोकनगरमा महेन्द्र अर्याल नेतृत्वको उक्त अभियान एकीकृत समाजवादीमा समाहित भएको हो । पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय एकता अभियानका नेता कार्यकर्तालाई स्वागत गरे । एकीकृत समाजवादीले विचार मिल्ने राजनीतिक दलहरूबीच एकताको तयारी अघि बढाएको छ । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले पनि एकताका लागि अनौपचारिक संवाद अघि बढाएको छ । विभिन्न चरणमा दुवै पार्टी अध्यक्षबीच अनौपचारिक संवाद पनि भइसकेका छन् । दुवै दलले प

    • प्रकाशित मितिः भदौ ६, २०८२
    • 653 पटक पढिएको
  • शिक्षक महासंघ पुनः आन्दोलनमा, पहिलो चरणको कार्यक्रम सार्वजनिक

    काठमाडौं— नेपाल शिक्षक महासङ्घले विद्यालय शिक्षा विधेयकले सहमती अनुरुप सम्बोधन हुन नसकेको भन्दै पुनः आन्दोलन गर्ने भएको छ । शुक्रबार महासङ्घले पत्रकार सम्मेलन गर्दै पहिलो चरणका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको हो । नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले विधेयक सकारात्मक रहे पनि शिक्षक कर्मचारीका सरोकारका र विगतका सहमतीमा रहेका विषयहरु सम्बोधन हुन नसकेको बताए । उनले भने, ‘केही अन्य विषयमा विधेयक सकारात्मक रहेपनि शिक्षक कर्मचारीका  सरोकारका र विगतका सहमतीमा रहेका विषयहरु सम्बोधन हुन सकेका छैनन् । अस्थायी प्रकृतिका शिक्षकको स्थायित्वका लागि तोकिएको आन्तरिक

    • प्रकाशित मितिः भदौ ६, २०८२
    • 739 पटक पढिएको
  • सांसद डाँगी भन्छिन संसद बहिष्कार लोकतन्त्रभित्रको असहमतिको औपचारिक शैली हो

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले संसद बहिष्कारलाई संविधानविरोधी वा लोकतान्त्रिक मूल्यविपरितको अभ्यासका रूपमा चित्रण गर्न खोजिएकोप्रति आपत्ति जनाएकी छन् ।शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद डाँगीले सरकारले रास्वपाको आन्दोलन र संसद बहिष्कारलाई गलत ढंगले प्रस्तुत गरेको बताउँदै त्यसप्रति गम्भीर आपत्ति व्यक्त गरिन् ।उनले भनिन्, ‘सरकारले हामीले गरिरहेको आन्दोलन र बहिष्कारलाई लोकतान्त्रिक अभ्यासविरुद्धको कदम भनेर चित्रण गर्न खोजेकोमा म गम्भीर आपत्ति जनाउन चाहन्छु । संसद बहिष्कार कुनै संविधान विरोधी अभ्यास होइन, यो लोकतन्त्र भित्रको असहमतिको औपचारिक शैली हो

    • प्रकाशित मितिः भदौ ६, २०८२
    • 605 पटक पढिएको
  • मन्थलीको पाखाबारीमा लरी दुर्घटना हुँदा चालक घाइते

    रामेछाप— सदरमुकाम मन्थलीबाट सेलेघाटतर्फ जाँदै गरेको बागमती प्रदेश–३०१००३ क ५६४४ नम्बरको मालवाहक लरी(ट्रक) शुक्रबार बिहान मन्थली नगरपालिका–६ पाखाबारीमा दुर्घटना परेको छ । दुर्घटनामा  लरी चालक नुवाकोट, दुप्चेश्वर गाउँपालिका–७ सिखरबेसीका ४४ वर्षीय प्रवास ओली घाइते भएका छन् । उनलाई घटनास्थलबाट उद्धार गरी मन्थली अस्पतालमा उपचारका लागि लगिएको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टले जानकारी दिए । उक्त लरी सुनकोशी मरिण डाइभर्सन आयोजनाको बाँधस्थलमा रहेको प्लान्टका लागि सिमेन्ट बोकेर सेलेघाटतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो । दुर्घट

    • प्रकाशित मितिः भदौ ६, २०८२
    • 594 पटक पढिएको
  • संघीयता अभ्यासका सबल र कमजोरी पक्षको गहिरो विश्लेषण आवश्यक: सभामुख

    काठमाडौं— सभामुख देवराज घिमिरेले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको अभ्यासलाई अझ प्रभावकारी बनाउन गहिरो विश्लेषण र अध्ययन आवश्यक रहेको बताएका छन् ।शुक्रबार काठमाडौंमा आयोजित ‘नेपालको सङ्घीय शासन प्रणालीः आयाम र अभ्यास’ पुस्तक विमोचन समारोहमा बोल्दै सभामुख घिमिरेले संविधान जारी भएपछिको संघीय यात्रालाई ऐतिहासिक रुपान्तरणको प्रतीकको रूपमा व्याख्या गरे ।उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भइसकेपछि हामीले राज्य पुनःसंरचनाको एक ऐतिहासिक रुपान्तरित यात्रा तय गरेका छौं । यो यात्रा केवल राजनीतिक परिवर्तन होइन, शासकीय अधिकार, वित्तीय स्रोत र विकासका अवसरहरू जनताको घरदैलोसम्म पु¥

    • प्रकाशित मितिः भदौ ६, २०८२
    • 668 पटक पढिएको
  • वैदेशिक रोजगारीको प्रलोभन देखाउँदै ठगी गर्ने चार जना पक्राउ

    काठमाडौं— वैदेशिक रोजगारीको प्रलोभन देखाउँदै लाखौं रुपैयाँ ठगी गरेको अभियोगमा चार जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो।पक्राउ परेकामा प्युठान नगरपालिका–८ घर भई हाल टोखा नगरपालिका–३ बस्ने ३९ वर्षीय शान्त बहादुर विक, काभ्रे भूम्लु गाउँपालिका–१ घर भई हाल काठमाडौं महानगरपालिका–३२ बस्ने २६ वर्षीय प्रल्हाद खत्री, सिराहा कर्जन्हा नगरपालिका–८ घर भई हाल बनेपा नगरपालिका–८ बस्ने ४४ वर्षीय महमद हातीम, र खोटाङ हलेसी तुवाचुङ नगरपालिका–४ घर भई हाल बुढानिलकण्ठ नगरपालिका–२ बस्ने ४६ वर्षीय तारा बस्नेत तामाङ रहेका छन्।शान्त बहादुरले क्

    • प्रकाशित मितिः भदौ ६, २०८२
    • 629 पटक पढिएको
  • प्रहरी जवानको लिखित परीक्षामा नक्कली परीक्षार्थी पक्राउ

    सुर्खेत— प्रहरी जवानको लिखित परीक्षामा नक्कली परीक्षार्थी संलग्न भएको आरोपमा चार जना पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर नगरपालिका– ७ स्थित लोक सेवा आयोगको सुर्खेत कार्यालयमा सञ्चाररइन्जिनियरिङ प्राविधिकतर्फको प्रहरी जवान परीक्षा चलिरहेको बेला बिहीबार नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको हो ।बिहान करिब ९ः३० बजेतिर परीक्षा हलभित्रै प्रवेशपत्र र नागरिकताको फोटो परिवर्तन गरी अर्कै परीक्षार्थीको परीक्षा दिन पुगेका दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।पक्राउ परेकामध्ये जाजरकोट, छेडागाड नगरपालिका– १२ का धर्मराज चरनाको सट्टामा परीक्षा दिन आएका कुशे गाउँपा

    • प्रकाशित मितिः भदौ ६, २०८२
    • 648 पटक पढिएको
  • शिक्षकभन्दा कार्यालय सहयोगी उच्च तलबमा ? यो व्यवस्था बदलिनुपर्छ— डा. कोइराला

    काठमाडौं— नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शिक्षकमाथि राज्यले उचित मूल्यांकन नगरेकोप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । शुक्रबारकाठमाडौंस्थित ज्ञानज्योति महिला माध्यमिक विद्यालयको २०औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले शिक्षा प्रणालीको वर्तमान अवस्थाबारे धारणा राखेका हुन् ।कोइरालाले भने, ‘हामी नेपालीहरूमा क्षमता छैन भन्ने होइन, क्षमता छ । तर त्यो क्षमतालाई उजागर गर्न सकिरहेका छैनौं ।’उनले शिक्षकमाथिको तलब संरचनाप्रति आक्रोश जनाउँदै थपे, ‘कार्यालय सहायकको भन्दा शिक्षकको तलब कम छ यो देशमा । यस्तो पनि हुन्छ ? अनि शिक्षकहरूले कसरी मन लगाएर काम गर्ने? यसबारे सोच्न जरुरी छ ।’

    • प्रकाशित मितिः भदौ ६, २०८२
    • 626 पटक पढिएको
  • बागलुङमा विद्यार्थी बोकेको भ्यान दुर्घटना, छ जना घाइते

    बागलुङ — गलकोटमा विद्यार्थी बोकेको भ्यान दुर्घटना हुँदा छ जना घाइते भएका छन्। गलकोट नगरपालिका–५ स्थित शिवालय मन्दिर नजिकै बिहीबार बिहान भएको दुर्घटनामा गलकोट बहुमुखी क्याम्पसका विद्यार्थी सवार भ्यान दुर्घटनामा परेको हो।हरिचौरबाट हटिया गइरहेको ग१झ ७४३ नम्बरको भ्यान अनियन्त्रित भई सडकबाट चिप्लिएको इलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ।दुर्घटनामा परी १८ वर्षीया सुस्मिता विक, प्रमिला विक, सुनिता सापकोटा, १९ वर्षीया अमिसा क्षेत्री, जीवन खत्री र २५ वर्षीय मोहोन सिंह सुनार घाइते भएका छन्। उनीहरूको गलकोट नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।दुर्घटनाको कारण तीव्र गति रहेको प्रारम्भिक अ

    • प्रकाशित मितिः भदौ ६, २०८२
    • 587 पटक पढिएको
  • लुम्बिनीका छ जिल्लामा आइतबार सार्वजनिक बिदा

    लुम्बिनी— लुम्बिनी प्रदेश सरकाले थारु समुदायले मनाउने बर्का अट्वारी पर्वका अवसरमा यही भदौ ८ गते आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।थारु समुदायको अधिक बसोबास बढी भएका दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।आन्तरिक मामिला तथा कानुन मन्त्रालयले  सुचना निकालेर सार्वजनिक बिदा दिने  जनाएको छ । यो पर्वमा थारू समुदायका पुरुषहरू निराहार व्रत बस्ने र सूर्यको पूजा गर्ने प्रचलन छ ।

    • प्रकाशित मितिः भदौ ६, २०८२
    • 627 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.