समाचार

    Showing 11,861-11,870 of 26,686 items.
  • सार्वजनिक सुझावअनुसार भूमि विधेयक संशोधन गरिएको मन्त्री अधिकारीको दाबी

    काठमाडौं— भूमि व्यवस्थापन, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले संशोधनकर्ताहरुको सुझावको आधारमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक संशोधन भएको बताएका छन् । बिहीबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भएको भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा छलफलमा उनले भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई अलग बनाउने संशोधन आएको हुनाले त्यही सुझावको आधारमा अलग राखेको भन्दै त्यसको तल अव्यवस्थित बसोबासको दफा पनि जोडेको बताए । उनले भने, ‘हाम्रो दायरा के हो, विधेयकमा छलफल गर्ने प्रक्रिया के हो र यसलाई अबलम्बन गर्ने प्रक्रिया के हो त्यसमा

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • 755 पटक पढिएको
  • युवा संघको देशव्यापी रक्तदान महाअभियानः मकवानपुरमा ३५२ ले गरे रक्तदान

    मकवानपुर— नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी मकवानपुरको स्वास्थ्य विभागद्वारा आयोजित रक्तदान कार्यक्रममा ३५२ जनाले रक्तदान गरेका छन् ।राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीले सञ्चालन गरिरहेको देशव्यापी रक्तदान महाअभियानका क्रममा मकवानपुरमा पनि खुला रक्तादान कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक राजेश नगरकोटीले जानकारी दिए ।संघका जिल्ला अध्यक्ष राजेश नगरकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ को प्रत्यक्ष सांसद निर्वाचित तथा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक माननीय महेश कुमार बर्तौला, एमाले मकवानपुरकाका अध्यक्ष श्रीधर पोखरेलगायत य

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • 790 पटक पढिएको
  • सांसद नेपाली भन्छन सरकार अपराधलाई छोप्ने खेलमा रमाइरहेको छ

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीले भ्रष्टाचार नियन्त्रण गर्ने, मानव तस्करी जस्ता अपराधविरुद्ध कडा कदम चाल्नेको साटो सरकार तिनै अपराधलाई छोप्ने खेलमा रमाइरहेको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संविधानको रक्षा गर्नु पर्नेमा आजको सरकारले त्यसको अपमान गरिरहेको बताए । उनले भने,‘देश हाँक्नेहरूले संविधानको रक्षा गर्नुपर्ने हो, तर आजको सरकारले त्यसको अपमान गरेको छ । जनताको जीवनस्तर सुधार्ने, भ्रष्टाचार नियन्त्रण गर्ने, मानव तस्करी जस्ता अपराधविरुद्ध कडा कदम चाल्नेको साटो सरकार तिनै अपराधलाई छोप्ने खेलमा रमाइरहेको छ ।’उनले मानव तस्करी जस्तो गम

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • 772 पटक पढिएको
  • बालबालिकाको प्रतिरक्षा क्षमता बढाउन ‘स्वर्णप्राशन’को शुभारम्भ

    काठमाडौं— स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सुदूरपश्चिम प्रदेशको धनगढीबाट ‘राष्ट्रिय स्वर्ण बिन्दु प्राशन’ कार्यक्रमको औपचारिक शुभारम्भ गरेका छन्। बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै उनीहरूको बौद्धिक र शारीरिक विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यले यो राष्ट्रिय अभियान सुरु गरिएको मन्त्री पौडेलले बताए।प्रादेशिक आयुर्वेद चिकित्सालय, धनगढीमा आयोजित विशेष समारोहमा मन्त्री पौडेलले बालबालिकालाई स्वर्ण बिन्दु प्राशन खुवाएर कार्यक्रमको शुभारम्भ गरेका हुन्।यस कार्यक्रमलाई नेपालको प्राचीन आयुर्वेदिक चिकित्सा पद्धतिको पुनर्जागरण गर्दै यसलाई विज्ञानिक रुपमा विकास गरी आधुनिक ज

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • 766 पटक पढिएको
  • ब्राजिलियन खेलाडी आना कर्णाली यसभिएसमा अनुबन्धित

    काठमाडौं— एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल)को दोस्रो सिजनका लागि कर्णाली यसभिएसले ब्राजिलियन खेलाडी आना फ्लाभियालाई अनुबन्धित गरेको छ ।यही भदौमा हुने लिगको लागि सेटर आना फ्लाभियालाई अनुबन्धित गरेको कर्णाली यसभिएसले जनाएको छ ।सुरुवाती वर्षमा ब्राजिलबाट व्यावसायिक भलिबल खेलेकी आनाले स्पेन, स्लोभाकिया, चेक गणराज्य, हंगेरी र स्विजरल्याण्डबाट खेलिसकेकी छन् । स्लोभाकिया र स्पेनमा उनी उत्कृष्ट सेटर घोषित भएकी थिइन् । दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिग इन्फिनिटी ड्रिम्सको आयोजनामा आगामी भदौ २० गतेदेखि २८ गतेसम्म हुनेछ ।यसअघि कर्णाली यसभिएसले महानायक राजेश हमाललाई आफ्नो ब्रान्ड एम्बेसडरको रूपम

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • 780 पटक पढिएको
  • कुलमानले भन्छन नेपालमा सही राजनीतिक नेतृत्व आवश्यक छ

    लक्जेम्वर्ग—  हाल युरोपको भ्रमणमा रहेका नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको समग्र रुपान्तरणका लागि सही राजनीतिक नेतृत्व आवश्यक रहेको बताएका छन् ।एनआरएनए लक्जेम्वर्गलगायत नेपाली संघसंस्थाद्वारा संयुक्त रुपमा बुधबार आयोजित सम्मान तथा अन्तरक्रियालाई सम्बोधन गर्दै घिसिङले राजनीति सही नभएसम्म मुलुकले फड्को मार्न नसक्ने बताए।मुलुकमा छिटो भन्दा छिटो आर्थिक परिवर्तन गर्न र विदेशिएका नेपालीलाई नेपाल फर्काउन पनि  नीति र नेतृत्वमा पनि व्यापक परिवर्तन आवश्यक भएको उनले बताए । ‘प्रायः ब्यूरोक्रेसी नेतृत्वले नै चलाउछ, तर नेतृत्वले भनेको सबै कुरा, गलत भएपनि

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • 771 पटक पढिएको
  • महिला संघकै कारण महिलालाई मताधिकार, शिक्षा र सम्पत्तिमा हक: उपप्रधानमन्त्री सिंह

    काठमाडौं—  उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमन सिंहले समाजलाई अगाडी बढाउनमा महिलाहरुको विशेष भूमिका रहेको बताएका छन् । नेपाल महिला संघ काठमाडौं क्षेत्र नं १ ले आज नयाँ बानेश्वरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले अहिले प्राप्त परिवर्तनमा महिलाहरुको भूमिका विशिष्ट रहेको भन्दै तीजको शुभकामना दिए ।   ‘अहिले यातायातको सुविधा बढेकाले आवतजावत गर्न सहज छ । पहिला बाटोघाटो नहुँदा विवाह पछि माइत जान पनि विशेष पर्व आउनुपर्ने । विशेषगरि तीजमा माइत गएर आफन्तसँग बसेर गीत र नृत्यमार्फत आफ्नो सुख दुख व्यक्त गर्ने परम्परा हो,’ उनले भने,‘विशेष गरि दिदिबहिनीह

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • 774 पटक पढिएको
  • लिपुलेक सहमतिमा सरकारको स्पष्ट धारणा सार्वजनिक गर्न माओवादीको माग

    काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले लिपुलेक नाकालाई व्यापारका लागि प्रयोग गर्ने भारत–चीनबीच भएको सहमतिप्रति आपत्ति जनाउँदै सरकारको धारणा माग गरेको छ।प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भारत र चीनबीच भएको भनिएको सहमतिपछि सरकारको कदमबारे सदनमा जानकारी गराउन माग गरेका हुन्।यस्तो विषयमा राष्ट्रिय एकतालाई सबल पार्दै नेपालको सार्वभौमिकता र अखण्डताको रक्षा र नेपालको हितको पक्षमा एकजुट हुन पनि उनले आह्वान गरे। पाण्डेले कूटनीतिक तवरबाट यस विषयमा वार्ता अघि बढाउनसमेत आग्रह गरे।

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • 569 पटक पढिएको
  • बालबालिकासम्बन्धी विधेयकलाई थप समृद्ध बनाउन आवश्यकताः सभापति गैरे

    काठमाडौं— प्रतिनिधिसभाको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिका सभापति ठाकुर गैरेले बालबालिकासम्बन्धी विधेयक २०८२ लाई थप समृद्ध बनाउँदै बालअधिकार सुनिश्चित गर्नुपर्ने बताएका छन् ।प्रतिनिधिसभाको बैठकमा बालबालिका सम्बन्धी विधेयकको पहिलो संशोधनसहितको सैद्धान्तिक छलफलमा बोल्दै सभापति गैरेले बालबालिकाको संरक्षण, सामाजिक सुरक्षा र उज्ज्वल भविष्य सुनिश्चित गर्न कानुनको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे ।उनले भने, ‘हामी बालबालिकासम्बन्धी विधेयकको पहिलो संशोधनसहितको विधेयक २०८२ को सैद्धान्तिक छलफलमा छौं । नेपाल सरकारले बालबालिकाजस्तो संवेदनशिल विषयमा ल्याए

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • 566 पटक पढिएको
  • नेपाल प्रहरीद्वारा पहिलो महिला प्रहरी सम्मेलन सुरु

    काठमाडौं— नेपाल प्रहरीले पहिलोपटक महिला प्रहरीहरूका लागि विशेष सम्मेलन आयोजना गरेको छ। 'साझा जिम्मेवारी, समान प्रतिबद्धता स् प्रहरी सेवामा सशक्त भूमिका' भन्ने मूल नाराका साथ आयोजित दुईदिने सम्मेलन बिहीबार काठमाडौंको नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा सुरु भएको हो।सो सम्मेलनको उद्घाटन गृहमन्त्री रमेश लेखकले गरेका थिए। कार्यक्रममा सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लसहित अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।सम्मेलनको उद्देश्य महिला प्रहरीहरूले भोगिरहेका व्यवहारिक, पेशागत र संरचनागत समस्याको पहिचान गर्दै समाधानका उपाय खोज्नु रहेको छ। अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिर

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • 559 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.