समाचार

    Showing 11,921-11,930 of 26,686 items.
  • अर्थ समितिबाट वैकल्पिक विकास वित्त परिचालन बिधेयक पारित

    काठमाडौं । अर्थ समितिबाट वैकल्पिक विकास वित्त परिचालन बिधेयक पारित भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिको बैठकबाट वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक पारित भएको सभापति सन्तोष चालिसेले जानकारी दिएका हुन् । अर्थमन्त्री विष्णु पौडेलको उपस्थिततिमा बसेको उक्त बैठकबाट सर्वसहमत रुपमा विधेयक पारित भएको हो । 

    • प्रकाशित मितिः भदौ ३, २०८२
    • 468 पटक पढिएको
  • मधेश प्रदेशमा शिक्षाको गुणस्तर सुधार गर्न प्रदेश सरकार गम्भिर : मुख्यमन्त्री सिंह

    जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रदेश सरकार शिक्षाको गुणस्तर सुधारका लागि गम्भिर रहेको बताएका छन् ।मंगलबार शिक्षा तथा संस्कृति मन्त्रालय मधेश प्रदेशद्वारा जनकपुरधाममा आयोजित एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने छात्र–छात्राहरुलाई साइकल वितरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले दिनानु दिन खस्किँदो शैक्षिक स्तर सुधारका लागि विद्यार्थी, शिक्षक, अभिभावक र सरोकारवालाको संयुक्त प्रयास आवश्यक रहेको उल्लेख गरे । कमजोर नतिजाबीच पनि उत्कृष्ट उपलब्धि हासिल गर्ने विद्यार्थीलाई उनले बधाई दिँदै उज्ज्वल भविष्यको कामना गरे । उनले विगतमा मधेश प्रदेशको शिक्षा स्तरले देशव्यापी

    • प्रकाशित मितिः भदौ ३, २०८२
    • 417 पटक पढिएको
  • धनुषामा फस्टाउँदै अवैध देह व्यापारः लज सञ्चालकसहित तीन जोडी पक्राउ

    धनुषा— विगत केही महिनादेखि धनुषाका विभिन्न क्षेत्रमा देह व्यापार फस्टाउँदै गएको पाइएको छ । खासगरी धनुषाको ढल्केवर र आसपासका क्षेत्रहरुमा अवैद्य देह व्यापार हुने लज, डान्सबारहरु सञ्चालनमा आइरहेको छ । स्थानीयहरुले यस सम्बन्धमा धनुषा प्रहरीलाई जानकारी गराएपछि ती अवैध लज र डान्सबारहरुमा प्रहरीले छापा मार्न थालेका छन् । सोही क्रममा धनुषाको गणेशमानचारनाथ नगरपालिकामा अवैध देह व्यापारमा संलग्न आरोपमा सात जनालाई प्रहरी पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय धनुषा र इलाका प्रहरी कार्यालय ढल्केबरको संयुक्त टोलीले  सोमबार साँझ धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं। ७ स्थित दुईवटा होटलमा छापा म

    • प्रकाशित मितिः भदौ ३, २०८२
    • 757 पटक पढिएको
  • बाजुरामा एमडीजीपी डाक्टरको रुपमा कार्की

    बाजुरा— बाजुरामा एमडिजीपी डाक्टरको रुपमा आशिष कार्की आएका छन् ।किस्ट मेडिकल कलेज ललितपुरमा अध्ययन सकेर निक साइमन संस्थाको सहयोगमा एमडीजिपीको डाक्टरको रुपमा उनी बाजुरा आएका हुन् । ३ वर्षदेखि एमडिजीपी डाक्टर विहिन रहेको अस्पताल बाजुराले ३ वर्षको अन्तराल पछि एमडिजीपी डाक्टरको पद पाएको हो । यस अघि २०७९ पुस १४ मा तेह्रथुमबाट सरुवा भएर एमडिजिपी डाक्टरको रुपमा प्रेरित देवकोटा आएका थिए । बाजुरा आएको तीन महिना नपुग्दै फागुन २५ गते उनको बाग्मती प्रदेशको स्वास्थ्य मन्त्रालयमा सरुवा भएको थियो । त्यस यता एमडिजिपी डाक्टर विहिन बनेको अस्पताल बाजुराले डाक्टर कार्कीलाई एमडिजिपीको रुपमा पाएको हो ।भर्ख

    • प्रकाशित मितिः भदौ ३, २०८२
    • 711 पटक पढिएको
  • बार एशोसिएसनको जग्गा दाबीप्रति जनकपुरधामका मेयर साहको आपत्ति

    जनकपुर— विगत केही दिनदेखि जनकपुरधाममा उत्पन्न पत्रकार र बार एशोसिएसनबीचको विवादप्रति जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले पत्रकारहरुको पक्षमा आपूm रहेको बताएका छन् ।नेपाल पत्रकार महासंघ, मधेश प्रदेशले गुठी संस्थानबाट लिजमा लिएको जग्गामाथि नेपाल बार एशोसिएसन जनकपुरले दाबी गर्दै अवरोध सिर्जना गरेको विषयमा  मेयर साहले कडा आपत्तिसमेत जनाएका छन् ।सोमबार (आज) पत्रकार महासंघको टोलीसँगको भेटघाट गर्दै मेयर साहले बार एसोसिएसनको दाबी ‘अनुचित र अन्यायपूर्ण’ भएको टिप्पणी गरे । पत्रकार महासंघले उक्त जग्गा सर्वसम्मत कानुनी प्रक्रिया पुरा गरी गुठी संस्थानसँग २० वर्षका लागि लिजमा लिएको जनाउँदै

    • प्रकाशित मितिः भदौ ३, २०८२
    • 696 पटक पढिएको
  • गौर घटनामा सर्वोच्चको परमादेशविरुद्ध जसपाको सर्लाहीमा विरोध

    सर्लाही— गौर घटनाको छानबिनका नाममा सर्वोच्च अदालतले दिएको परमादेशलाई जनता समाजवादी पार्टी (जसपा) नेपालले ‘जालझेलपूर्ण’ भन्दै सर्लाहीमा सोमबार विरोध प्रदर्शन गरेको छ ।विरोधमा सहभागीहरूले “मधेश जनविद्रोह हाम्रो पहिचान हो” “नस्लवादी सोच मुर्दावाद” जस्ता नारा लगाउँदै प्रदर्शन गरेका थिए । उनीहरूले मानवअधिकार संस्थाहरू—विशेषगरी इन्सेक—ले सार्वजनिक गरेको प्रतिवेदनलाई सर्वोच्चले बेवास्ता गरेको भन्दै मधेशी जनताको संघर्षप्रति अन्याय गरिएको आरोप लगाए ।विरोधसभामा जसपाका पूर्व राष्ट्रियसभा सदस्य रामपृत पासवानले गौर घटना केवल राजनीतिक झडप नभई मधेश आन्दोलनकै निर्णायक मोड भएको बताए । उनले सहिदहरूको बलिदानलाई

    • प्रकाशित मितिः भदौ ३, २०८२
    • 670 पटक पढिएको
  • गाउँ–गाउँमै पुगेर राष्ट्रिय परिचयपत्र वितरण सुरु, रामेछापका नागरिकलाई सहजता

    रामेछाप— जिल्ला प्रशासन कार्यालय रामेछापले नागरिकलाई सहज रूपमा राष्ट्रिय परिचयपत्र उपलब्ध गराउन गाउँ–गाउँमै पुगेर परिचयपत्र वितरण र नयाँ विवरण सङ्कलन अभियान सुरु गरेको छ ।सोही अभियान अन्तर्गत सोमबारदेखि गोकुलगंगा गाउँपालिका–१ चुचुरेमा बनेका परिचयपत्र वितरण र नयाँ परिचयपत्रका लागि विवरण सङ्कलन सुरु गरिएको हो । यसअघि सुनापति गाउँपालिका र रामेछाप नगरपालिकामा पनि बनेर आएका परिचयपत्र वितरण र नयाँ विवरण संकलनको काम सम्पन्न भइसकेको छ ।स्थानीय तहमा नै पुगेर परिचयपत्र वितरण र तथ्याङ्क सङ्कलन गरिँदा नागरिकलाई सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको छ । यसले सेवाग्राहीलाई प्रत्यक्ष लाभ पुगेको जिल्ला प्रशासन का

    • प्रकाशित मितिः भदौ ३, २०८२
    • 782 पटक पढिएको
  • सांसद भट्टराई भन्छन उपसभामुखलाई हटाउने उद्देश्यले सांसदहरूको हस्ताक्षर संकलन गरिएको होइन्

    काठमाडौं— नेकपा एमालेका सचिव योगेश भट्टराईले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने उद्देश्यले सांसदहरूको हस्ताक्षर संकलन नगरिएको स्पष्ट पारेका छन् । मंगलबार संसदीय दलको कार्यालय बाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले कांग्रेस र एमालेले एकैदिन सांसदको हस्ताक्षर लिनु सल्लाह नभएर संयोग भएको समेत जानकारी दिए । उनले भने, ‘कांग्रेस र हाम्रो सल्लाह भएर यो एकैदिन हस्ताक्षर भएको होईन् । संयोगले एकैदिन परेको मात्रै होला । हस्ताक्षर विभिन्न काममा प्रयोग हुन्छन् । कुनै काम विशेषलाई भनेर हस्ताक्षर लिइएको होईन् । यो कामको लागि भनेर किटानी गरेर हस्ताक्षर गरेको छैन् ।’त्यस्तै उनले नेपालमा मात्रै हो

    • प्रकाशित मितिः भदौ ३, २०८२
    • 748 पटक पढिएको
  • मन्त्री यादव र सचिव ई.बज्राचार्यबीच कार्यसम्पादन सम्झौता

    काठमाडौं— खानेपानीमन्त्री प्रदीप यादव र सचिव ई.प्रमिलादेबी शाक्य बज्राचार्यबीच मंगलबार आर्थिक वर्ष २०८२/८३ का लागि कार्यसम्पादन सम्झौता आदानप्रदान गएको छ । मन्त्रालयको सभाहलमा मन्त्री यादवसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि सचिव ई.बज्राचार्यले कार्यसम्पादन सम्झौता आदानप्रदान गरेका हुन्  । सोही क्रममा मन्त्री यादवले आर्थिक वर्ष २०८२/८३ मा गरिने कार्य सम्पादनलाई छिटो र प्रभावकारी बनाउन र आज भएको सम्झौता इमानदारीपूर्वक पालना गर्न निर्देशन दिए । सरकारको नीति तथा कार्यक्रम, बजेट वक्तव्यमा उल्लेख गरिएका खानेपानी मन्त्रालय अन्तर्गतका कार्यक्रमहरू निर

    • प्रकाशित मितिः भदौ ३, २०८२
    • 678 पटक पढिएको
  • गृह मन्त्रालयमा २ अर्व ३६ करोड १२ लाख बढी बेरुजु फर्छयौट

    काठमाडौं— बेरुजु फर्छयौट गरी बित्तीय सुशासन कायम गर्न गृह मन्त्रालयको क्रियाशिलता बढेको छ । गृहमन्त्री रमेश लेखकको गृह नेतृत्वको पहिलो बर्षमा आ व २०८१/०८२ मा हालसम्मकै उच्च रु २ अर्व ३६ करोड १२ लाख ६३ हजार बेरुजु रकम गृह मन्त्रालयले फर्छयौट तथा गरेको छ । अघिल्लो आर्थिक बर्षसम्म गृह मन्त्रालय अन्र्तगत कुल बेरुजु ३ अर्व ७२ करोड ४५ लाख ८७ हजार फर्छयौट बाँकी रहेको थियो । गृह मन्त्रालय आर्थिक प्रशासन शाखाका प्रमुख उपसचिव खडानन्द अधिकारीले गृहमन्त्री लेखकको निर्देशन तथा गृहसचिवको समन्वय तथा निर्देशन र मातहतका निकायहरुको सहयोग र आर्थिक प्रशासनको सक्रियताले सम्परीक्षण र बित्तीय सुशासन कायम ग

    • प्रकाशित मितिः भदौ ३, २०८२
    • 599 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.