समाचार

    Showing 11,941-11,950 of 26,686 items.
  • डेढ वर्षमा तीन वटा सरकार फेरिएको कारण देश विकासमा समस्या आयो : मन्त्री गुरुङ

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले डेढ वर्षमा तीन वटा सरकार फेरिएको कारण देश विकासमा समस्या आएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित ‘लिपेमा फुल्ने लालीगुराँस फुल’ को वृत्तचित्र प्रदर्शन, सम्मान तथा विविध सांस्कृतिक कार्यक्रममा बोल्दै उनले डेढ वर्षमा तीन वटा सरकार फेरिएको भन्दै यसले गर्दा कुनै पनि योजनाहरु पूरा नभएको बताए । उनले भने, ‘नेपालमा पैसा नै उठ्दैँन् यति धेरै, राजस्व उठ्दैँन्, पैसा खर्च हुदैँन् । मन्त्री फेरि रहेका हुन्छन् । ७९ को चुनावपछि १३ महिना सरकार चलेको यो पहिलो पटक मात्र हो, चौथो पटकमा, एउटा सरकार ६२ दिनमा गयो, अर्को सरकार ६ महिनामा,

    • प्रकाशित मितिः भदौ २, २०८२
    • 253 पटक पढिएको
  • अनावश्यक रिङ ब्याक टोन बन्द गर्न सर्वोच्च अदालतमा मुद्दा

    काठमाडौं— नेपाल टेलिकमले ल्यान्डलाइन र मोबाइल फोनमा रिङ ब्याक टोन बजाउन बन्द गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता विमल पोखरेलले नेपाल टेलिकम, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई विपक्षी बनाउँदै रिट दर्ता गरेका हुन् । रिटमा नेपाल टेलिकमले बारम्बार बजाइरहने अनावश्यक ‘रिङ ब्याक टोन’का कारण नेपाल टेलिकमको सिम प्रयोग गर्ने उपभोक्ताहरू अन्य निजी दूरसञ्चारको सेवा लिन, ह्वाट्सएप, म्यासेन्जर, भाइवरजस्ता विदेशी कम्पनीको सेवा लिन बाध्य भएको जिकिर गरेका छन् । साथै विदेशी सेवा प्रदायकहरू नेपालमा दर्ता नभएको हुनाले देशको राजस्वमा समेत धेरै ठुलो

    • प्रकाशित मितिः भदौ २, २०८२
    • 619 पटक पढिएको
  • मेलामा गएकी आमा फर्किएपछि बाकसभित्र फेला पर्यो १३ वर्षीय छोराको शव

    स्याङ्जा— स्याङ्जाको वालिङ नगरपालिका–५ द्वारभञ्ज्याङमा एक १३ वर्षीय बालक आफ्नै घरको बाकसभित्र मृत अवस्थामा फेला परेका छन्।मृतक निशान थापा सरस्वती आधारभूत विद्यालय मिनाङकोटमा कक्षा ८ मा अध्ययनरत थिए। आइतबारको परीक्षा सकेर घर फर्किएका निशान केही समयपछि रहस्यमय रूपमा हराएका थिए। उक्त समयमा घरमा उनकी सानी बहिनी मात्र थिइन् भने आमा छिमेकीको मेलामा गएकी थिइन्।मेलाबाट फर्केपछि आमाले छोराको खोजी गर्दा घरभित्रै रहेको बाकसभित्र निशानको शव फेला परेको परिवारजनले बताएका छन्।घटनाबारे जानकारी प्राप्त भएलगत्तै प्रहरी टोली आइतबार राति नै घटनास्थल पुगेको थियो। स्याङ्जाका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रशन्नराज

    • प्रकाशित मितिः भदौ २, २०८२
    • 590 पटक पढिएको
  • वाणिज्य विभागको महानिर्देशकको जिम्मा ज्ञवालीलाई

    काठमाडौं—  वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशकमा रोशन ज्ञवाली नियुक्त भएका छन् । सोमबारदेखि उनी विभागमा उपस्थित भएका छन् । दुई महिनाअघि मात्रै सहसचिव बनेका ज्ञवाली यसअघि लघु घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रमा कार्यरत थिए ।  यसअघि विभागको महानिर्देशक कुमारप्रसाद दाहाल थिए ।दाहाल समावेशी आयोगमा सरुवा भएपछि ज्ञवालीलाई नियुक्त गरिएको हो । बजार अनुगमनमा कडाइ गरेपछि निजी क्षेत्रले विरोध गर्दै आएका थिए ।यसका साथै दाहाललाई असारको पहिलो सातातिर अन्यत्र सरुवा गर्ने चर्चा चलेको थियो । गत साउन २६ गते उनलाई समावेशी आयोगमा सरुवा गरिएको थियो ।

    • प्रकाशित मितिः भदौ २, २०८२
    • 584 पटक पढिएको
  • विद्यालय शिक्षा विधेयकको प्रतिवेदन समितिमा पेस

     काठमाडौं— विद्यालय शिक्षा विधेयकको प्रतिवेदन शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पेस भएको छ । सोमबार समितिका सचिव दशरथ धमलाले प्रतिवेदन बैठकमा पेस गरेका हुन् ।प्रतिवेदनमा कुल १७४ वटा दफा छन् । १४ वटा दफा थप गरिएका छन् । ९८ दफा संशोधन गरी चारवटा दफा हटाइएको सचिव धमलाले जानकारी दिए ।

    • प्रकाशित मितिः भदौ २, २०८२
    • 829 पटक पढिएको
  • नाडा अटो शोमा सारथी स्कुटरमा २५ हजार नगद छुट पाउने

    काठमाडौं — भदौ ३ गते अर्थात् भोलिदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शोको शुरुको दिन अर्थात भदौ ३ गते देखि भदौ ८ गतेसम्म लागु हुने गरी  अफर सञ्चालन भएको कम्पनीले जनाएको छ ।उक्त अटो शोमा कम्पनीले सहभागिता नलिएता पनि ग्राहकहरुको चासो र उत्साहलाई मध्यनजर गर्दै यो अफर सञ्चालन गरेको कम्पनीले जनाएको छ ।उक्त अफर अनुसार सारथी इकुटरका दुई मोडेल इ ३ र विगर मोडेलको स्कुटर खरिद गर्ने ग्राहकले नगद रु। २५ हजार छुट पाउनेछन् । साथै एक वर्षको कर, एउटा प्रिमियम हेलमेट तथा एउटा रेनकोट पनि निःशुल्क दिइने कम्पनीले जनाएको छ ।यो अफर नगदमा खरिद गर्ने ग्राहकले मात्र पाउने छन् । नगद नहुने

    • प्रकाशित मितिः भदौ २, २०८२
    • 619 पटक पढिएको
  • बजेट अभावका कारण ‘छोरी शिक्षा बीमा कार्यक्रम’ स्थगित

    काठमाडौं— मधेस प्रदेश सरकारले सात वर्ष अगाडि सञ्चालनमा ल्याएको  ‘बेटी पढाउ बेटी बचाउ’ योजनाअन्तर्गतको छोरी शिक्षा बीमा कार्यक्रम स्थगित भएको छ ।मधेस प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा छोरी शिक्षा बिमाको लागि बजेट विनियोजन नगरेको शिक्षा विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयका छोरी शिक्षा बीमा कार्यक्रमका संयोजक प्रियङ्का यादवले बजेट अभावमा सो कार्यक्रम हाल स्थगित भएको बताईन् । निर्देशनालयबाट प्राप्त विवरणअनुसार छोरी शिक्षा बीमा कार्यक्रमअन्तर्गत हालसम्म १४ हजार ४५३ जना छोरीको बीमा गरिएको जानकारी दिइएको छ ।कार्यक्रम संयोजक यादवका अनुसार आव २०७५/७६ मा पाँच हजार ६६६ ज

    • प्रकाशित मितिः भदौ २, २०८२
    • 860 पटक पढिएको
  • एमाले त्यागेर माओवादीमा प्रवेश, मालबहादुर बुढालाई प्रचण्डले गरे स्वागत

    डोल्पा— डोल्पाको काइके गाउँपालिका–३ निवासी मालबहादुर बुढा नेकपा (एमाले) परित्याग गरी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्।बुढालाई माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले पार्टीमा स्वागत गरेका छन्। पार्टी स्रोतका अनुसार बुढाले माओवादी केन्द्रको विचार, राजनीतिक कार्यक्रम र भूमिकाबाट प्रभावित भएर पार्टी परिवर्तन गरेको बताएका छन्।हालैको प्रवेशलाई स्थानीय राजनीतिक समीकरणमा महत्वपूर्ण रूपमा हेरिएको छ।

    • प्रकाशित मितिः भदौ २, २०८२
    • 849 पटक पढिएको
  • बाढीले पाकिस्तानमा हजारभन्दा बढी बेपत्ता

    इस्लामाबाद— पाकिस्तानी प्रधानमन्त्रीका संयोजक इख्तियार वली खानले खैबर पख्तुनख्वा प्रान्तमा आएको भयानक बाढीमा एक हजारभन्दा बढी मानिसको मृत्यु हुन सक्ने गम्भीर चिन्ता व्यक्त गरेका छन् । खानले आफूले व्यक्तिगत रूपमा बाढी प्रभावित क्षेत्रहरू भ्रमण गरेको र ठूलो विनाश देखेको बताए । उनले बुनेरको चघर्जी क्षेत्रमा व्यापक क्षति भएको र बासोनी गाउँ नक्साबाट नै हराएको जानकारी दिए । “बाढीको पानीले बोकेका केही चट्टानहरू ट्रकभन्दा ठूला थिए । घरहरू नदीमा बगाइएका छन्, सम्पूर्ण परिवारहरू हराएका छन् र रिपोर्ट गर्ने कोही छैन”, उनले भने ।उनले आधिकारिक तथ्याङ्कले अस्पतालमा ल्याइएको शवहरू मात्रै देखाएको तर ध

    • प्रकाशित मितिः भदौ २, २०८२
    • 649 पटक पढिएको
  • वासिङ्टन पुगे राष्ट्रपति जेलेन्स्की, युक्रेनले सुरक्षा ग्यारेन्टी पाउनेमा आशावादी

    वासिङ्टन — युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्की वासिङ्टन पुगेका छन्। अमेरिकी भ्रमणको थालनीसँगै उनले युक्रेनले सुरक्षा ग्यारेन्टी प्राप्त गर्नेमा दृढ विश्वास व्यक्त गरेका छन्।वासिङ्टन आइपुगेको केही घण्टापछि जेलेन्स्कीले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई ह्वाइट हाउसमा आमन्त्रण गरेकोमा धन्यवाद व्यक्त गर्दै युद्ध चाँडै र भरपर्दो रूपमा अन्त्य हुने आशा व्यक्त गरेका छन्।“हामी सबै चाहन्छौँ कि यो युद्ध चाँडै र भरपर्दो तरिकाले समाप्त होस्, र शान्ति दिगो होस्,” उनले पोस्टमा लेखेका छन्।राष्ट्रपति जेलेन्स्कीले युक्रेनको रक्षा र सुरक्षामा विश्वस्त रहेको उल्लेख

    • प्रकाशित मितिः भदौ २, २०८२
    • 791 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.