काठमाडौं— नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले छवटा प्रदेश ५० जिल्ला अधिवेशन सम्पन्न गरेको छ । पार्टीले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिवेशन गरेर नयाँ कार्यसमिति चयन गरेको हो । केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालका अनुसार सङ्गठनलाई सुदृढ गर्न सबै पालिका, वडा, टोल, जिल्ला, प्रदेश र केन्द्रसम्मका सदस्यको भेला, सदस्यता विस्तार, राजनीतिक प्रशिक्षण सञ्चालन हुनेछ । बाँकी प्रदेश तथा जिल्लामा यथाशक्य चाँडो अधिवेशन गरिनेछ ।
काठमाडौं । इजरायल र इरानबीचको तनाव बढ्दै जाँदा मंगलबार विश्वव्यापी रुपमा तेलको मूल्यमा तीव्र वृद्धि देखिएको छ ।जुलाई डेलिभरीको लागि वेस्ट टेक्सास इन्टरमिडिएट न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जमा ३.०७ अमेरिकी डलर वा ४.२८ प्रतिशतले बढेर प्रति ब्यारेल ७४.८४ डलरमा स्थिर भएको छ । यसैबीच, अगस्ट डेलिभरीको लागि ब्रेन्ट क्रूडको मूल्य लन्डन आईसीई फ्युचर्स एक्सचेन्जमा ३.२२ डलर वा ४.४ प्रतिशतले बढेर ७६.४५ डलर प्रति ब्यारेलमा स्थिर भएको छ ।अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले विश्वव्यापी तेल बजारमा देखिएका प्रमुख अनिश्चितताहरूको बारेमा चिन्ता व्यक्त गरेको छ । २०२५ मा माग वृद्धिभन्दा धेरै बढेर विश्वव्यापी तेल आपूर्त
काठमाडौं । इजरायलले इरानी राजधानी तेहरान नजिकैको रिफाइनरी र तेल डिपोहरूलाई निशाना बनाएर नयाँ आक्रमण गरिरहेको छ । मध्येपुर्वका यी दुई मुलुकचि चलिरहेको युद्ध छैटौं दिनमा प्रवेश गरेको छ ।रोयटर्सका अनुसार इजरायली सैन्य प्रवक्ताले तेहरानको तोकिएको क्षेत्र खाली गर्न इरानलाई चेतावनी जारी गरेको केही समयपछि आक्रमण अझ चर्किएको हो । रोयटर्सले उल्लेख गरे अनुसार सामाजिक सञ्जालमा सेयर गरिएका दृश्यहरूले इरानी राजधानीको उत्तरपूर्वमा, ताजरिशको छिमेक नजिकै ठूलो आगो लागेको देखाएको छ ।बुधबार बिहान इरानले इजरायलतर्फ लगभग १० वटा ब्यालिस्टिक मिसाइल प्रहार गरेपछि तेल अभिभमा पनि विस्फोटहरू सुनिएका थिए, एक इजरायली सैन्
काठमाडौं— सुनचाँदी व्यवसायीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुनचाँदी कारोबारमा लगाइएको दुई प्रतिशत विलासिता कर तथा हिरा र बहुमूल्य पत्थरमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने व्यवस्थाबाट परेको मर्काबारे ध्यानाकर्षण गराएका छन् ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घका र नेपाल रत्न तथा आभूषण सङ्घका अध्यक्षसहितको टोलीले मङ्गलबार प्रधानमन्त्रीलाई भेटेर आफ्ना मागका विषयमा जानकारी गराएका हुन् । भेटमा प्रधानमन्त्रीले व्यवसायीका मागका विषयमा सम्बन्धित निकायसँग बुझेर पूरा गर्न सक्ने माग सम्बोधन गर्न लाग्ने बताएको महासङ्घका प्रथम उपाध्यक्ष धर्मसुन्दर वज्राचार्यले जान
काठमाडौं । स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी–२० खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डलाइ पराजित गराएको छ । मंगलबार भएको खेलमा १० विकेट गुमाएर ९८ रनको लक्ष्य दिएको स्कटल्याण्डलाई नेपालले आठ विकेटको क्षतिमा पराजित गरेको हो ।ग्लास्गोमा टस जितेर पहिलो इनिङ बलिङ रोजेको नेपालका बलर लगातार हावी भएपछि स्कटल्याण्ड ९७ रनमै समेटिएको थियो ।नेपालका लागि बलिङतर्फ सन्दीप लामिछानेले सर्वाधिक चार विकेट लिए भने अराउण्डर दीपेन्द्रसिंह ऐरीले दुई, करण केसीले दुई र ललित राजवंशीले एक विकेट लिएका थिए । यो खेलमा कुशल भुर्तेलले सर्वाधिक ३०, दीपेन्द्रसिंह ऐरीले १४, बसिर अहमदले १३ र किरण ठगुन्नाले १० रन जोडे ।यो जित
सप्तरी— जिल्लामा मोटरसाइकल र ट्याक्टर एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।शम्भुनाथ नगरपालिका– २ स्थित पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने गोविन्द चौकमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा भएको दुर्घटनामा मोटरसाइकल चालक रुपनी गाउँपालिका–१ घर भएका २० वर्षीय मो. आजादको मृत्यु भएको हो ।गएराति पूर्वबाट पश्चिमतर्फ गइरहेको स १ त ४९७२ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको प्र २–००१–प ३१३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।दुर्घटनामा गम्भीर घाइते भएका आजादलाई प्रहरीले उद्धार गरी उपचारका लागि युनिक अस्पताल रायपुरमा ल्याई थप उपचारका लागि राजविराजस्थित
काठमाडौं । काठमाडौं महानगरपालिका वडा २२ को आयोजनामा हुने प्रथम मिस्टर महानगर शारीरिक सुगठन प्रतियोगिताको तयारी पूरा भएको छ ।प्रतियोगिता असार ६ र ७ गते प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा हुनेछ । प्रतियोगिताकम कुल ६ तौलसमूहमा प्रतिस्पर्धा हुनेछ ।पुरूष ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी र ७५ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक ईश्वर श्रेष्ठले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।प्रत्येक तौल समूहको विजेता मिस्टर महानगरको ओभरअल प्रतिस्पर्धाका लागि छनोट हुनेछन् । ओभरअल विजेताले मिस्टर महानगरको उपाधिसहित नगद ५ लाख, ट्रफी र ब्यानेट पाउनेछ । प्रत्येक तौलसमूह
काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘महाभोज’ले दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया पाएको छ ।सहकारी संस्थाहरूमा हुने ठगी र त्यसले सिर्जना गरेका चुनौतीहरूलाई केन्द्रमा राखेर निर्माण गरिएको नेपाली चलचित्र ‘महाभोज’ले नेपालको आर्थिक अवस्था र सामाजिक पक्षलाई छुन खोजेको छ । दर्शकहरुले यो चलचित्र मनोरञ्जन मात्र नभई शिक्षा दिने काम गरेको बताउछन् । एक दर्शकले भने, ‘चलचित्रले समाजमा भएको अन्यायलाई यति नजिकबाट देखायो कि म भावुक भएको छु ।’विशेष शोमा सहभागी साहित्यकार अमर न्यौपानेले फिल्मले कानूनी व्यवस्थाको कमजोरीमाथि प्रश्न उठाएको टिप्पणी गरे । ‘संविधान र कानूनका कारण हामी
काठमाडौं— नेपाली कांग्रेसले पार्टीका पूर्व केन्द्रीय सदस्य तथा पूर्व मन्त्री ढुण्डिराज शास्त्रीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ। बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले शास्त्रीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक कार्यक्रम सार्वजनिक गरेको हो।कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार असार ४, ५ र ६ गतेसम्म तीन दिन पार्टीका केन्द्रीय, प्रदेश तथा जिल्ला कार्यालयहरूमा पार्टीको झन्डा आधा झुकाइनेछ। त्यस्तै, असार ५ गते बिहीबार पार्टीका सबै तहका कार्यालयहरू बन्द गरिने निर्णय गरिएको छ।शास्त्रीको निधनको १३ दिनसम्म पार्टी कार्यालयहरूमा शोक पुस्तिका राखिनेछ भन
गुल्मी— गुल्मीको कालीगण्डकी गाउँपालिका– ६ बर्लाबास्थित कालीगण्डकी करिडोर सडकखण्ड एकतर्फी रुपमा खुलेको छ । पहिरोका कारण सोमबारदेखि अवरुद्ध भएको सडकखण्ड मङ्गलबार साँझदेखि एकतर्फी रुपमा खुलेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) एवम् सूचना अधिकारी गङ्गाबहादुर सारुका अनुसार सोमबार दिनभर पहिरो खसेको थियो । निकै लामो प्रयासपछि सडक एकतर्फी खुलेको हो ।यहाँबाट पर्वत, बाग्लुङ र पोखरासम्म आवतजावत गर्न समस्या भइरहेको थियो । ठुलो चट्टानसहित खसेको सुख्खा पहिरोका सडक सडक दुईतर्फी सञ्चालन हुन अझै समय लाग्ने बताइएको छ । सडक अवरुद्ध हुँदा सवारी
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.