समाचार

    Showing 11,961-11,970 of 26,686 items.
  • भारतद्वारा नेपाली सेनालाई सहयोग प्रदान

    काठमाडौं— भारतीय सरकारले नेपाली सेनालाई केही थान सवारीसधान, घोडा र विपद्पछिको घटनाको अनुसन्धान कार्यमा प्रयोग हुने कुकुर सहयोगस्वरुप उपलब्ध गराएको छ ।नेपालको दुईदिने भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले सैनिक मुख्यालय जङ्गीअड्डामा सोमबार आयोजित कार्यक्रममा ती सहयोग हस्तान्तरण गरेका हुन्। भारतबाट ६ थान सवारीसाधन, पाँचवटा घोडा तथा विस्फोटन तथा विपद्का घटनापछि खोजी र अनुसन्धानमा नतिजामुखी परिणाम दिलाउन सहयोग पु¥याउने गुणस्तरका दुई कुकर प्राप्त भएको छ ।यसअघि प्रधानसेनापति अशोकराज सिग्देल र विदेशसचिव मिस्रीबीच सैनिक मुख्यालय जङ्गीअड्डामा शिष्टाचार भेटवार्ता भएको थियो । भेटका अवसरमा दुई द

    • प्रकाशित मितिः भदौ २, २०८२
    • 604 पटक पढिएको
  • सामसङले नेपालमा क्यूलेड टिभीमा भिजन एआई ल्याउने

    काठमाडौं— सामसङ नेपालले आफ्नो प्रिमियम २०२५ क्यूलेड टिभी मोडेलको नयाँ लाइनअप सार्वजनिक गरेको छ।यसले नेपाली उपभोक्तालाई क्रान्तिकारी सामसङ भिजन एआई प्रविधि उपलब्ध गराउने कम्पनीले जनाएको छ।सामसङ भिजन एआईले नयाँ पुस्ताको एआई क्षमतासहित अद्वितीय होम इन्टर्टेन्मेन्ट अनुभव दिने कम्पनीको दाबी छ।सामसङ भिजन एआईको अत्याधुनिक प्रविधिले तस्वीर र आवाजलाई एआई बाट अझ शक्तिशाली बनाउँदै प्रयोगकर्तालाई व्यक्तिगत अनुभव दिने कम्पनीले उल्लेख गरेको छ। यो प्रविधिमा विशेषतस् एआई मोड, एआई अनुभव र मल्टिडिभाइस कनेक्टिभिटीजस्ता विशेषता छन्।सामसङ नेपालका सीई बिजनेस हेड मिलन कुमार झाले भने, “सामसङ भिजन एआईले व्यक्तिगत र एआ

    • प्रकाशित मितिः भदौ २, २०८२
    • 582 पटक पढिएको
  • कोशी प्रदेशको आफ्नै राजस्व कार्यालय आजदेखि संचालनमा

    इटहरी— कोशी प्रदेश सरकारले पहिलोपटक प्रदेश राजस्व कार्यालय सञ्चालनमा ल्याएको छ । प्रदेशको राजस्व संकलनलाई प्रभावकारी बनाउन र आवश्यक सहजीकरण गर्न सोमबार सुनसरीको इटहरीमा प्रदेश राजस्व कार्यालयको उद्घाटन गरिएको हो ।आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना मगरले कार्यालयको उद्घाटन गर्दै प्रदेशले लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेको अवस्थामा नयाँ कार्यालय आवश्यक भएको बताए ।उनले  भने, ‘जनतालाई करको अतिरिक्त बोझ नपारीकन राजस्व संकलनका स्रोत पहिचान गरी कार्यालयले सहजीकरण गर्नेछ ।’गत आर्थिक वर्षमा कोशी प्रदेश सरकारले ४ अर्ब ९८ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ९८ प्रतिशत मात्र सफलता हा

    • प्रकाशित मितिः भदौ २, २०८२
    • 551 पटक पढिएको
  • जलवायु परिवर्तनको असर गम्भीर, रारा तालदेखि तराईसम्म असर : मन्त्री साही

    काठमाडौं—  वन तथा वातावरणमन्त्री ऐन बहादुर साहीले सोमबार हिन्दूकुश हिमालय संसदीय बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण नेपालले गम्भीर असर बेहोर्नुपरेको बताएका छन् । सम्मेलनको अवसरमा मन्तव्य दिंदै उनले जलवायु संकटले मुलुकभर नै विनाश ल्याइरहेको र अब यसको सामना गर्न सफल नीति निर्माण र कार्यान्वयन जरुरी भएको बताए ।मन्त्री साहीले नेपालको सबैभन्दा ठूलो ताल रारासमेत जलवायु परिवर्तनको प्रत्यक्ष प्रभावमा परेको उल्लेख गर्दै भने, ‘यो तथ्य मात्र होइन, आफैंले देखेको र भोगेको कटुसत्य हो ।’उनले जलवायु परिवर्तनको प्रभावस्वरूप हालै रसुवा जिल्लामा आएको बाढी र पहिरोका कारण २० भन्दा बढीले ज्यान ग

    • प्रकाशित मितिः भदौ २, २०८२
    • 632 पटक पढिएको
  • नेपालले जलवायु अन्याय भोगिरहेको छ – परराष्ट्र मन्त्री राणा

    काठमाडौं— परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाले जलवायु परिवर्तन कुनै भूगोल र सिमाना नचिन्ने सीमाविहीन र मानव सभ्यताको सङ्कट भएकाले यो समस्याको समाधानका लागि सबै देशको सामूहिक सहकार्य आवश्यक रहेको बताएकी छन् । हिन्दकुश हिमालय क्षेत्रका देशका सांसदहरुको आजदेखि राजधानीमा शुरू भएको सम्मेलनलाई सम्बोधन गर्दै उनले भनिन्, “यो मानव सभ्यताका खिलाफको साझा समस्या हो । यसले कुनै देश, भूगोल, राजनीतिक दललाई चिन्दैन । यही हिसाबले यसको समाधान खोज्नुपर्छ । यसका लागि सबैको साझा प्रयास जरुरी छ ।” मन्त्री डा. राणाले भनिन्, “हामी यस्तो समयमा भेला भएका छौँ कि जलवायु सङ्कट अब भविष्यको पूर्वानुमान मात्र नभए

    • प्रकाशित मितिः भदौ २, २०८२
    • 550 पटक पढिएको
  • राष्ट्रियसभाको संसदीय समितिमा निजामती विधेयकमाथि छलफल सुरू

    काठमाडौं— प्रतिनिधिसभाबाट सर्वसम्मत पारित संघीय निजामती सेवा विधेयकमाथि आजदेखि राष्ट्रिय सभाको संसदीय समितिमा छलफल सुरु भएको छ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा सोमबारदेखि सैद्धान्तिक छलफल सुरु भएको हो ।सोमबार बिहान ११ बजेदेखि सुरु भएको छलफलमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपाने, मन्त्रालयका सचिव रविलाल पन्थ लगायत मन्त्रालयको टिम सहभागी छ ।प्रतिनिधिसभाबाट पारित भएको २ महिनाभित्र राष्ट्रिय सभाबाट समेत विधेयक पारित गरिसक्नुपर्ने कानूनी व्यवस्था अनुसार संघीय निजामती विधेयक यही भदौ १७ गतेभित्र पारित गरिसक्नुपर्ने छ ।सोमबार सैद्धान्तिक छलफल सकिएपछि अर्को बैठकबाट दफावार छ

    • प्रकाशित मितिः भदौ २, २०८२
    • 619 पटक पढिएको
  • बैतडीमा स्वास्थ्यकर्मी मृत फेला

    बैतडी— जिल्लाको एक स्वास्थ्य चौकीमा कार्यरत अनमी मृत फेला परेकी छन् । पुर्चौंडी नगरपालिका–१० स्थित विजयपुर स्वास्थ्य चौकीमा कार्यरत अन्दाजी २४ वर्षीया अनमी भागरथी विष्ट मृत फेला परेकी हुन् ।आफु बस्ने कोठामा गएराति ८ बजेतिर उनी झुन्डिएको अवस्थामा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलराम पाण्डेयले बताए ।पुर्चौडी–१० चौमाला घर भएकी मृतक विष्टका श्रीमान् नेपाली सेनामा कार्यरत छन् । गत वैशाखमा मात्रै उनीहरूको विवाह भएको स्थानीयले बताएका छन् ।​अनमी झुन्डिएको अवस्थामा फेला परेपछि इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक राजेन्द्र साउद नेतृत्वको प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ ।घटन

    • प्रकाशित मितिः भदौ २, २०८२
    • 522 पटक पढिएको
  • बूढानीलकण्ठमा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

    काठमाडौं— काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–७ स्थित स्पेसलचोक नजिकै सोमबार बिहान स्कुटर र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्।बाग्मती प्रदेश ०२–०४१ प ६८१९ नम्बरको स्कुटर र प्रदेश ३–०२–००२ प ५७२ नम्बरको सुजुकी जिक्सर मोटरसाइकल एक आपसमा ठोक्किँदा चार जना गम्भीर घाइते भएका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।उपचारका क्रममा सिराहाको जन्दह–४ निवासी २९ वर्षीय भोला थापा र कालो पाइन्ट र सेतो टिसर्ट लगाएका, नाम–थर तथा ठेगाना नखुलेका करिब ३५ वर्षीय एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ।दुर्घटनामा परी

    • प्रकाशित मितिः भदौ २, २०८२
    • 464 पटक पढिएको
  • सप्तरीबाट ३६ हजार साउदी रियालसहित एक युवक पक्राउ

    सप्तरी— राजविराज विमानस्थलबाट सोमबार ठूलो मात्रामा अवैध विदेशी मुद्रासहित एक युवक पक्राउ परेका छन्। सप्तरीको खडक नगरपालिका–११ निवासी ३३ वर्षीय मोहमद खुर्सिद आलमलाई विमानस्थल सुरक्षा जाँचका क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी बुद्ध एयरको उडानमार्फत राजविराजबाट काठमाडौं जान लागेका थिए।आलमको साथबाट स्रोत नखुलेको ३५ हजार ९७६ साउदी रियाल फेला परेको प्रहरी उपरीक्षक (एसपी) गौतमकुमार केसीले जानकारी दिए । रकमको वैधता पुष्टि गर्न नसकेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।'विदेशी मुद्रासम्बन्धी कानुन उल्लंघनको आशंकामा उनलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको छ,' एसपी केसीले जानकारी दिए

    • प्रकाशित मितिः भदौ २, २०८२
    • 681 पटक पढिएको
  • टप एण्ड टी २० सिरिजमा नेपालको लगातार तेस्रो हार

    काठमाडौं— अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० सिरिजको आफ्तो तेस्रो खेलमा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ । सोमबार भएको खेलमा मेलबर्न स्टार्स एकेडेमीले नेपाललाई ३१ रनले पराजित गरेको हो ।मेलबर्न स्टार्स एकेडेमीको दिएको १७६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४४ रन मात्र बनाउन सक्यो ।नेपालका लागि ओपनर आसिफ शेखले अर्धशतक बनाएपनि जितका लागि पर्याप्त भएन । उनले ४९ बल खेल्दै ३ चौका र १ छक्का मदतमा सर्वाधिक ५३ रन बनाए । कप्तान रोहित पौडेलले ३३ र कुशल भुर्तेलले २५ रन जोडे ।नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले ३० रनको साझेदारी गर्दै राम्रो सुरुव

    • प्रकाशित मितिः भदौ २, २०८२
    • 714 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.