समाचार

    Showing 12,031-12,040 of 26,687 items.
  • राष्ट्रपति पौडेल कृष्ण मन्दिरमा

    ललितपुर । राष्ट्रपति पौडेलले पाटनस्थित् कृष्ण मन्दिरको दर्शन र भगवान् श्रीकृष्णको पूजा आराधना गरी प्रसाद ग्रहण गरेका छन्  ।श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आराधनाकालागि  राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित पाटनस्थित् कृष्ण मन्दिर पुगेका थिए । राष्ट्र प्रमुखको हैसियतमा कृष्ण जन्माष्टमीमा ललितपुरको कृष्ण मन्दिरमा पुगेर पूजा गर्ने चलन रहेको छ ।राष्ट्रपति पौडेललाई कृष्ण मन्दिर परिसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलगायत जनप्रतिनिधिले स्वागत गरेका थिए ।किंवदन्तीअनुसार महादेव मन्दिर बनाउन राखिएको जग्गामा सपनामा भगवान् श्रीकृष्णले मन्दिर बनाउन भनेपछि राजा सिद्

    • प्रकाशित मितिः साउन ३१, २०८२
    • 402 पटक पढिएको
  • टप एण्ड टी–२० सिरिजमा बंगलादेश ‘ए’ ले दियो नेपाललाई १८४ रनको चुनौती

    काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपालले बंगलादेश ‘ए’ विरुद्ध बलियो लक्ष्य पाएको छ ।शनिबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेश ‘ए’ ले २० ओभरमा ६ विकेट गुमाएर १८३ रन बनाया ।  नेपाललाई जितका लागि १८४ रनको चुनौती दिएको छ ।बंगलादेशका लागि ओपनर जिशाद आलमले सर्वाधिक ७१ रन बनाए भने अफिफ होसेनले अविजित ४८ रनको योगदान दिए । नेपालका तर्फबाट रिजन ढकालले २ विकेट लिए । नन्दन यादव, करण केसी र सन्दीप लामिछानेले समान १–१ विकेट लिए ।नेपालले यसअघि शुक्रबार भएको पहिलो खेलमा एनटी स्ट्राइकसँग पराजय ब्यहोरेको थियो । 

    • प्रकाशित मितिः साउन ३१, २०८२
    • 497 पटक पढिएको
  • महाधिवेशन ढिला भए पार्टी मात्र नभइ देश नै कमजोर हुन्छ : डा.कोइराला

    काठमाडौं ।  नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको महाधिवेशन ढिला हुँदा कांग्रेस मात्र नभइ देश नै कमजोर हुने बताएका छन् । शनिबार नेपाली कांग्रेस सोलुखुम्बुले काठमाडौमा आयोजना गरेको ‘नेपाली कांग्रेस भित्रको अपरिहार्यता–सहमति, सहकार्य र एकता आजको आवश्यकता’ बिषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै डा. कोइरालाले पार्टीको महाधिवेशन चाँडो गर्नुपर्नेमा जोड दिए ।उनले भने, ‘नेपाली कांग्रेसको छिटो भन्दा छिटो अधिवेशन भएन भने पार्टी कमजोर हुन्छ । कांग्रेस कमजोर भयो भने लोकतन्त्र कमजोर हुन्छ, लोकतन्त्र कमजोर भए देश कमजोर हुन्छ ।’नेता कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्ट

    • प्रकाशित मितिः साउन ३१, २०८२
    • 385 पटक पढिएको
  • नाडा अटो शोका लागि ल्याइयो अत्याधुनिक युनिट्री रोबोट्स

    काठमाडौं ।  नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले १७ औं संस्करणको नाडा अटो शो प्रदर्शनीका लागि अति उच्च प्रविधिबाट बनेका ट्याक्सी र अत्याधुनिक युनिट्री रोबोट्स काठमाडौं ल्याएको छ । आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म (१९–२४ अगस्ट २०२५) काठमाडौंको भृकुटीमण्डपको सार्वजनिक प्रदर्शनको लागि अत्याधुनिक युनिट्री रोबोट्स र डिपाल इभिटिओएल (भख्त्इी० फ्लाइङ ट्याक्सी  सुरक्षित रूपमा काठमाडौं ल्याइएको हो । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले विज्ञप्तिमार्फत तातोपानी क्षेत्रमा देखिएका प्राकृतिक विपद् र अनपेक्षित चुनौतीहरूलाई पार गर्दै अति उच्च प्रविधिहरू नेपाल ल्याउन सफल भएको जानकारी दिएको छ ।

    • प्रकाशित मितिः साउन ३१, २०८२
    • 297 पटक पढिएको
  • रवि लामिछानेलाई ३ बजे बुद्ध एअरको जहाज मार्फत काठमाडौं ल्याइँदै

    काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट सरुवा गरेर आज दिउँसो काठमाडौँ ल्याइँदै छ।कारागार व्यवस्थापन विभागका अनुसार लामिछानेलाई दिउँसो ३:१० बजे बुद्ध एअरको फ्लाइटमार्फत काठमाडौँ ल्याइदै गरेको हो।बुटवलको सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि गत चैत २५ गतेदेखि रुपन्देही कारागारमा रहेका लामिछानेले जेठमै नक्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए। तर, प्रक्रिया तत्काल अघि बढ्न सकेको थिएन।केही दिनअघि राष्ट्रिय मानव अधिकार आयोगको टोलीले रुपन्देही कारागार अनुगमन गर्ने क्रममा लामिछानेले भैरहवामा आफ्नो ज्यानसमेत असुरक्षित रहेको बताएपछि सरकारले उनलाई काठमाडौँ

    • प्रकाशित मितिः साउन ३१, २०८२
    • 504 पटक पढिएको
  • एमाले केन्द्रीय परिषद् सदस्य कुँवर माओवादी केन्द्रमा प्रवेश

    बैतडी— बैतडी कुवाकोट निवासी एमाले केन्द्रीय परिषद् सदस्य दीपेन्द्र कुँवर ‘यथार्थ’ एमाले परित्याग गरी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।जनयुद्ध कालदेखि नै माओवादी आन्दोलनमा सक्रिय रहेका कुँवर नेकपा विभाजन पश्चात् एमालेमा सक्रिय रहेका थिए । कुँवरलाई माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नै निवास खुमलटारमा स्वागत गरे ।माओवादी केन्द्रका बैतडी जिल्ला इन्चार्ज नरेन्द्र कुँवर ‘विजय सुन्दर’ ले कुँवरलाई पार्टीमा पुनर्मिलनको निम्ति सहजीकरण गरेका छन् ।

    • प्रकाशित मितिः साउन ३१, २०८२
    • 664 पटक पढिएको
  • ९८ किलो गाँजासहित बगैँचाबाट ठुलो परिमाणमा लागुऔषध फेला

    सप्तरी— सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका—११, नयाँटोलस्थित बिहुल खोला नजिकैको बगैँचाबाट करिब ९८ किलोग्राम गाँजा बरामद भएको छ।साउन ३० गते सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म पातो र नेपाल प्रहरीको संयुक्त टोलीले विशेष सूचनाको आधारमा उक्त स्थानमा छापा मारेको थियो। त्यस क्रममा बेवारिसे अवस्थामा ५ वटा पोकाभित्र राखिएको गाँजा फेला परेको हो।बरामद गरिएको गाँजालाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ।

    • प्रकाशित मितिः साउन ३१, २०८२
    • 681 पटक पढिएको
  • कारागारबाट भागेका कैदी तीन दिनपछि पक्राउ परे

    सुनसरी— सुनसरीको झुम्का कारागारबाट भागेका कैदी तीन दिनपछि शनिबार बिहान बिर्तामोडबाट पक्राउ परेका छन्।कारागारबाट भागेका कैदी खोटाङको  प्रुङचुचुम्मा गाउँपालिका २ का २८ वर्षीय रुपक पौडेल खत्रीलाई झापा जिल्लाको बिर्तामोड नगरपालिका १०, बिराटपोखरस्थित आफन्तको घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिमिल्सिनाले जानकारी दिए।जबरजस्ती करणी कसूरमा कारागारमा सजाय भोगिरहेका पौडेल खत्रीलाई प्रहरीले पक्राउ गरी थप कानूनी कारबाही प्रक्रिया अघि बढाइएको छ । जबरजस्ती करणी कसूरमा १३ वर्ष कैद सजाय पाएका खत्रीले एक वर्ष कैद भुक्तान गरेका छन् ।

    • प्रकाशित मितिः साउन ३१, २०८२
    • 604 पटक पढिएको
  • तातोपानी नाकामा बोकेर ल्याइयो उड्ने कार

    काठमाडौं— उड्ने कार तातोपानी नाकामा आइपुगेको छ । भृकुटीमण्डपमा आगामी मंगलबारदेखि शुरू हुने नाडा अटो शोका लागि उक्त कार तातोपानी नाकामा बोकेर ल्याइएको हो । बाढीपहिरोले बाटो बन्द भएका कारण कारलाई भरिया लगाइ बोकेर नाकामा ल्याइएको तातोपानी भन्सार कार्यालयले जनाएको छ । उड्ने कार यतिबेला नेपाली भन्सार कार्यालयले आइपुगेको हो । भदौ ३ देखि ८ सम्म काठमाडौंको भृकुटीमण्डपको प्रदर्शनी स्थलमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल ९नाडा०ले आयोजना गर्ने शोमा उड्ने कार राखिने छ ।भविष्यको सहरी हवाई मोबिलिटीको पहिलो झलक स्वरूप उड्ने कार प्रदर्शनीमा राखिने भएको हो । प्रदर्शनीमा पुगेर जो कोहीले कार अवलोकन ग

    • प्रकाशित मितिः साउन ३१, २०८२
    • 895 पटक पढिएको
  • रवि लामिछानेलाई नक्खु कारागार सरुवा गरिने

    काठमाण्डौ । सहकारी ठगीको आरोपमा रुपन्देही कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई नक्खु कारागार सरुवा गरिने भएको छ।पुर्पक्षका लागि रुपन्देही जिल्ला कारागारमा रहेका लामिछानेले कारागार सरुवाका लागि निवेदन दिएका थिए। उनले निवेदन दिएपनि यसअघि सरुवाको निर्णय भने भएको थिएन। कारागार विभागले आज निर्णय गरेर रुपन्देही कारागारलाई पत्राचार गरेको छ। गृहमन्त्रालयको निर्देशन पछि विभागले उक्त निर्णय गरेको हो।योसँगै अब रुपन्देही कारागार र प्रशासन कार्यालयले आवश्यक प्रक्रिया पूरा गरेर लामिछानेलाई नख्खु कारागारमा पठाउनेछ।

    • प्रकाशित मितिः साउन ३१, २०८२
    • 361 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.