समाचार

    Showing 12,061-12,070 of 26,689 items.
  • पाँचपोखरी थाङ्पालमा ८४ फिटको बुद्ध प्रतिमा अर्को वर्षसम्ममा निर्माण सम्पन्न हुने

    काठमाडौं – सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालमा  गौतम बुद्धको विशाल प्रतिमा निर्माण कार्य तीव्र गतिमा अगाडि बढेको छ । थाङ्पाल गाउँपालिका ७ भोटेनाम्लाङस्थित युङ्बा दोङ (ठूलो ढुंगा) मा निर्माणाधीन बुद्धको प्रतिमा तीव्रता पाएको हो ।गाउँपालिका अध्यक्ष टाशी लामाले पालिकाको गौरवको योजनाका रूपमा रहेको यो परियोजना चार वर्षदेखि सुरु गरिएको जानकारी दिए । धार्मिक, साँस्कृतिक र पर्यटकीय दृष्टिकोणले अत्यन्त महत्वपूर्ण मानिएको बुद्धको प्रतिमालाई एउटै ठूला ढुंगामा बनाइएको उनले बताए । ८४ फिट अग्लो बुद्धको शिरको निर्माण कार्य पूरा भइसकेको र अन्य भागहरूको निर्माण तीव्र रूपमा भइरहेको जानकारी अ

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • 355 पटक पढिएको
  • भारतलाई स्वतन्त्रता दिवसको शुभकामना दिँदै परराष्ट्रमन्त्रीले भनिन्, ‘भारत लोकतन्त्रको चम्किलो उदाहरण रहिरहोस्’

    काठमाडौं –  परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको ७९औँ स्वतन्त्रता दिवसको अवसरमा भारत सरकार र त्यहाँका जनताप्रति शुभकामना व्यक्त गरेकी छन् । सामाजिक सञ्जालमा आफ्ना भारतीय समकक्ष डा. एस जयशंकरलाई उल्लेख गर्दै भारत विश्वभरका देशलाई प्रेरणा दिँदै लोकतन्त्रको चम्किलो उदाहरण रहिरहोस् भन्दै शुभकामना दिएकी हुन् ।उनले नेपालले भारतसँगको आफ्नो लामो र दिगो साझेदारीलाई अधिक महत्त्व दिएको बताइन् ।‘भारतको स्वतन्त्रता दिवसमा हामी भारतका जनताको समृद्धि, एकता र सद्भावको निरन्तरता चाहन्छौँ, भारत विश्वभरका देशलाई प्रेरणा दिँदै लोकतन्त्रको चम्किलो उदाहरण रहिरहोस्’, परराष्ट्रमन्त्रीले एक्समा लेखेकी छन

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • 604 पटक पढिएको
  • पहिला काम गर्न दिनुहोस्, त्यसपछि मात्रै मूल्यांकन गर्नुहोस् : प्रधानन्यायाधीश राउत

    काठमाडौं – सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले आफूहरू न्यायालयप्रति भएका आलोचनालाई सकारात्मक रूपमा लिने बताउँदै अदालतको कामकारबाहीमा निहित तथ्यहरूमाथि मात्रै टिकाटिप्पणी हुनुपर्ने बताएका छन् ।‘सर्वोच्च अदालतमा मुद्दा बक्यौताको स्थिति र प्राथमिकताका क्षेत्रहरू’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश राउतले व्यक्तिको मूल्यांकन काम नगरिकनै गरिनु गलत प्रवृत्ति भएको उल्लेख गरे ।‘देशमा मान्छेले कामै नगरिकन पनि पहिलेबाटै दुष्टको रूप बनाएको हुन्छन्,’ उनले भने, ‘पहिला काम गर्न दिनुहोस्, अनि मात्रै मूल्यांकन गर्नुहोस्, ठिक भयो कि भएन भनेर ।’उनले हाल न्यायाधीश नियुक्तिको ८

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • 268 पटक पढिएको
  • रुकुम पश्चिमको राप्ती राजमार्ग सुख्खा पहिरोले पूर्णरूपमा अवरुद्ध

    रुकुम पश्चिम – रुकुम पश्चिमको राप्ती राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।  शुक्रबार बिहान रुकुम पश्चिम मुसिकोट नगरपालिका-१२ प्रितिबाङस्थित राप्ती राजमार्गमा सडक माथिबाट सुख्खा पहिरो आई सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । प्रहरीले सडक खुलाउन समन्वय गरिरहेको बताएको छ ।

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • 388 पटक पढिएको
  • कुवेतमा विषाक्त मदिरा सेवनले ६ नेपालीसहित १३ जना एशियालीको मृत्यु

    कुवेत– कुवेतमा विषाक्त तथा अवैध मदिरा सेवनका कारण ६ जना नेपालीसहित १३ जना एशियाली नागरिकको मृत्यु भएको छ। कुवेतस्थित नेपाली दूतावासले घटनाको पुष्टि गर्दै विस्तृत विवरण संकलन भइरहेको जनाएको छ।दूतावासका श्रम सहचारी गिरीप्रसाद आचार्यका अनुसार विषाक्त मदिरा सेवन गरेर बिरामी परेका थुप्रै व्यक्तिहरू अहिले विभिन्न अस्पतालमा उपचाररत छन्। उनले मृत्यु भएका अधिकांश भारतीय र केही नेपाली भएको प्रारम्भिक जानकारी आएको बताए। मृतक नेपालीहरूको परिचय र उनीहरू कार्यरत कम्पनीबारे जानकारी संकलन भइरहेको छ।नेपाल पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष राज मल्लले पनि घटनाको पुष्टि गर्दै मृत्यु हुने नेपालीको संख्या ६ रहेको

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • 564 पटक पढिएको
  • विदेशी मोडेलको नक्कल होइन, नेपाली मौलिकता आवश्यक : प्रचण्ड

    काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय अर्थतन्त्रको विकासका लागि स्थानिय तहबाटै आत्मनिर्भरता निर्माण गर्नुपर्नेमा जोड दिएका छन्  ।चाँगुनारायणमा आयोजित सिटी एभोकाडो सिटी अभियानको समापन तथा अभियन्ता सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले देशको मौलिकताको आधारमा आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु अहिलेको प्रमुख आवश्यकता भएको बताए ।उनले भने, ‘हामीले सकारात्मक सोच्ने र रचनात्मक ढंगले काम गर्ने गौरवशाली इतिहास र प्रकृति पाएका छौं । यही आधारलाई आत्मसात् गरेर स्थानिय तहबाटै विकासको मौलिक मोडेल निर्माण गर्नु आवश्यक छ । हामीले सिर्जनात्मक ढंगले हरेक वस

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • 388 पटक पढिएको
  • तामाकोशी–सुनकोशी नदी किनारमा विशेष सतर्कता अपनाउन आह्वान

    रामेछाप – अपर तामाकोशी हाइड्रोपावर लिमिटेड अन्तर्गतको माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रले भोली शनिबार तामाकोशी तथा सुनकोशी नदी किनारमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।कम्पनीका अनुसार साउन ३१ गते शनिबार बिहान ५ बजेदेखि राति ८ बजेसम्म दोलखा जिल्लाको विगु गाउँपालिका–१ मा अवस्थित ४५६ मेगावाट क्षमताको सो जलविद्युत् केन्द्रको जलाशय सफा (रेजर्भोयर फ्लसिङ) गर्ने कार्यक्रम रहेको छ ।यस अवधिभर तामाकोशी बाँधको तल्लो तटीय क्षेत्रमा पर्ने लामाबगर, छेतछेत, गोंगर, जगत, टुनिटार, जामुने, भोर्ले, सिंगटी, नयाँ पुल, किर्ने, खिम्ती हुँदै सुनकोशी नदीको दोभानसम्म पानीको सतह बढ्ने–घट्ने चक्र रहने भएकाले सतर्क र

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • 503 पटक पढिएको
  • हिन्दुहरुलाई गाली, बेइज्जती र धम्की दिने टिकटकर ‘गुण्डा’ नामक इरसाद खान पक्राउ

    जनकपुर – समाजिक सञ्जाल टिकटकमा हिन्दुहरुलाई गाली गलोज र धम्की दिने भिडियो बनाउँदै आएका जनकपुरधामका टिकटकर इरसाद खान पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाले खानलाई बिहीबार पक्राउ गरेको हो । उनले ‘गुण्डा’ नाम गरेको टिकटक आईडी बनाएर खुलेआम हिन्दूहरुलाई गाली गर्नुका साथै मार्ने धम्की दिँदै आएका थिए ।  जनकपुरधाम उपमहानगरपालिका वडा नं. ५ का समिम खानका २३ बर्षिय छोरा इरसाद खानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता बरुण बहादुर सिंहले जानकारी दिए ।खानले विदेशमा हुँदा समेत हिन्दु धर्मावलम्बीहरुलाई टारगेट गरी भिडियो बनाउने, गैरसमाजिक वक्तत्व दिने, छाडा ग

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • 780 पटक पढिएको
  • मौसमसम्बन्धी भ्रामक सूचना सम्प्रेषण भइरहेकोप्रति ध्यानाकर्षण

    काठमाडौं –  जल तथा मौसम विज्ञान विभागले हाल विभिन्न सामाजिक सञ्जाल तथा अन्य माध्यमहरूमा मौसम र बाढीसँग सम्बन्धित भ्रामक र अपुष्ट सूचनाहरू प्रसारण भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।विभागले एक प्रेस विज्ञप्ति जारी गर्दै यस्ता गलत सूचनाहरूले सर्वसाधारणमा अन्यौल सिर्जना गर्नुका साथै जनगुनासोहरूसमेत बढेको जानकारी दिएको छ । विभागका अनुसार मौसम तथा बाढी सम्बन्धी पूर्वसूचना अत्यन्त संवेदनशील विषय भएकाले आधिकारिक स्रोतबाट मात्र सूचना लिन र प्रचार गर्न सर्वसाधारण तथा सरोकारवालालाई आग्रह गरेको छ ।विभागका प्रवक्ता विभूति पोखरेलका अनुसार, विभागले नियमित रूपमा मौसम र बाढीसम्बन्धी जानकारी आ

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • 433 पटक पढिएको
  • रासायनिक मलका लागि किसान कार्डको व्यवस्था लागू हुने

    रौतहट – रौतहटका कृषकलाई समयमा सहज तरिकाले रासायनिक मल उपलव्ध गराउन किसान कार्डको व्यवस्था लागू हुने भएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटमा बिहीबार प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काको अध्यक्षतामा बसेको सो बैठकले सो निर्णय गरेको हो । मल वितरण र कृषि कार्यको सहजीकरणका लागि किसानको नाम, ठेगाना, कृषि बालीको क्षेत्रफल लगायत विवरण समावेश भएको किसान कार्ड लागू गर्न सबै स्थानीय तहलाई अनुरोध गर्ने निर्णय भएको प्रजिअ खड्काले बताए । उनका अनुसार  बैठकले मलको कालोबजारी, जम्माखोरी र कृत्रिम अभाव सिर्जना गर्नेहरूमाथि कडा कानुनी कारबाही गर्ने निर्णय  गरेको छ  । रासायन

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • 466 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.