काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वमहामन्त्री मुकुल ढकालले पदमा पुनः बहालीको माग गर्दै दायर गरेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ ।न्यायाधीश नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासमा सुनुवाइ जारी छ ।ढकालले आफू नै वैध महामन्त्री भएको र सोही हैसियतमा काम गर्न पाउनुपर्ने दाबी गरेका छन् ।यसअघि सर्वोच्चले विवादसम्बन्धी सबै कागजात झिकाउने आदेश दिइसकेको छ भने अन्तरिम आदेशबारे अझै निर्णय भएको छैन ।रास्वपाका संस्थापक महामन्त्री तथा प्रवक्ता रहेका ढकाललाई २०८१ असार २६ मा पार्टीहितविपरीत गतिविधि गरेको आरोपमा पदबाट हटाइएको थियो ।उनले यसबारे रविको क्लबबाट निकालिएको टिप्पणी गरेक
रामेछाप – मन्थली नगरपालिका–७ भुटौली नजिकै ठेडखोला किनारबाट तामाकोशी नदीमा बगरे एक वृद्ध बेपत्ता भएका छन् । भटौलीको मुगिटारका ७६ वर्षीय श्रीवंश कँडेल मंगलबार बिहान तामाकोशी नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका हुन् । बिहान १० बजे तिर घरबाट नुहाउन भनी निस्किएका कँडेल बगेर बेपत्ता भएका स्थानीय पाण्डव प्रसाईँले जानकारी दिए । बिहान नदीमा नुहाएर घर गएका प्रसाईँ पुनः खाना खाएर नदीमा गएका थिए । नदी किनारमा लुगा खोलेर नुहाउन पसेका प्रसाईँ बगेर बेपत्ता भएका हुन् । ‘नदीको पानीमा अलि तलसम्म हात हल्लाएको एक जनाले देखेका रहेछन्,’ उनले भने । घटनाको बारेमा बिहान १०ः३० बजेतिर जानकारी आउन
वीरगञ्ज— नारायणी अस्पतालमा एक कैदीको मृत्यु भएपछि आज बिहानदेखि अस्पताल परिसर बाहिर तनावपूर्ण अवस्था देखिएको छ। मृतक ३५ वर्षीय राहुल तुहारा पर्सा कारागारमा बन्दी रहेका थिए।तुहारा नियमित रूपमा जिम गर्ने क्रममा असहज भएपछि आज बिहान उनलाई उपचारका लागि नारायणी अस्पताल ल्याइएको थियो। चिकित्सकले आवश्यक उपचार सुविधाको अभाव जनाउँदै उनलाई बाहिरको विशिष्टीकृत केन्द्रमा रेफर गर्न सुझाव दिएका थिए।उनलाई अन्यत्र लैजान जिल्ला प्रशासन कार्यालयबाट अनुमति नआएको कारण मृत्यु भएको मृतकका आफन्तहरूले बताएका छन्।मृत्युपछि आक्रोशित आफन्त र सर्वसाधारणले अस्पताल अगाडि विरोध प्रदर्शन गर्दै दोषीमाथि कारबाहीको माग गरेक
पोखरा – गुरुङ (तमु) समुदायको मौलिक सांस्कृतिक पर्व ‘ट्होंटे’ आज धूमधामले मनाइदैछ । ट्होंटेको अवसरमा कास्कीका तीन वटा गाउँपालिकाले सार्वजनिक बिदा दिएका छन् । अन्नपूर्ण, माछापुच्छ्रे र मादी गाउँपालिकाले स्थानीय बिदा दिने निर्णय गरेका हुन् । तीनवटै पालिकाले आफ्नो पालिका क्षेत्रभित्रका सरकारी कार्यालय तथा संस्थाहरू बन्द रहने जानकारी दिएका छन् । ट्होंटे गुरुङ समुदायले प्राकृतिक प्रकोप, महामारी र अनिष्टबाट गाउँ बस्तीलाई बचाउनका लागि मनाउने गर्छन् । हरेक वर्ष साउन र चैतको अन्तिम मंगलबार ट्होंटे मनाउने चलन छ ।
युरोपियन मुलुक माल्टामा सडक दुर्घटनामा परेर एक नेपालीको मृत्यु भएको छ।आइतबार सडक दुर्घटनामा परी स्थायी ठेगाना म्याग्दीका खिमबहादुर पुनको मृत्यु भएको एनआरएनए एनसिसी माल्टाले आफ्नो आधिकारिक फेसबुक फेजमार्फत जानकारी गराएको छ।दुर्घटनाबारे अनुसन्धान भइरहेको एनआरएनए एनसिसी माल्टाका अध्यक्ष रेम्स खनालले जानकारी दिए। एनआरएनए एनसिसी माल्टाले शव नेपाल पठाउनका लागि आर्थिक सहयोग जुटाउन सुरू गरेको समेत जनाएको छ।अध्यक्ष खनालले शव नेपाल ल्याउन चार हजार ५०० देखि ६ हजार ५०० युरोसम्म खर्च लाग्ने बताए।'यहाँबाट शव नेपाल पठाउन त्यति सहज पनि छैन। सामान्य अवस्था हुँदा कम्तीमा एक हप्ता लाग्छ। यस्तो जटिल केसमा अन
काठमाडौं— जुम्ला र कास्कीमा दुई जना मृतावस्थामा फेला परेका छन् । जुम्लाको तिलागुफा नगरपालिका-४ राचुली घर भई हिमा गाउँपालिका–६ जर्जालीस्थित माईती घरमा बस्ने ४१ वर्षीया मनसोभा अधिकारी थापा सोही ठाउँस्थित पातर खोलाको किनारमा सोमबार मृत अवस्थामा फेला परेकी छिन् । यसैगरी कास्कीको पोखरा महानगरपालिका(२९ पुलचोक पट्टनेरी सेती खोँचमा सोही ठाउँ बस्ने ४७ वर्षीया मिठु राज वंशी सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
चितवन — चितवनमा पालिएका कुखुरामा ‘चिकेन एनेमिया भाइरस’ (CAV) संक्रमण देखिएको छ। राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले पछिल्लो तीन महिनाको परीक्षणबाट यो रोग पुष्टि गरेको हो।प्रयोगशालाका प्रमुख डा. विजयकुमार श्रेष्ठका अनुसार चितवनसहित अन्य जिल्लाबाट परीक्षणका लागि ल्याइएका नमूनाहरूमा यो भाइरसको उपस्थिति फेला परेको हो। एलाइजा प्रविधिबाट गरिएको परीक्षणमा ९२ मध्ये ३१ नमूनामा — अर्थात् ३३ प्रतिशतमा — भाइरस पोजिटिभ देखिएको उनले जानकारी दिए।उनका अनुसार यो भाइरसले कुखुराको रोगसँग लड्ने क्षमता कमजोर बनाउँछ, जसका कारण अन्य रोगले सजिलै आक्रमण गर्ने गर्छ। “सिधा मृत्यु नदेखिए पनि कुखुराको वृद्धि, उत्पादन
काठमाडौं— नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तरराष्ट्रिय युवा दिवसका अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण युवामा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।गरिबी, असमानता, जलवायु परिवर्तन र अन्य विश्वव्यापी चुनौतीबाट पार पाउँदै दिगो विकासका लक्ष्य प्राप्तिमा युवा वर्ग लाग्नुपर्नेमा उनले जोड दिएका छन् । साथै, अध्यक्ष दाहालले सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणमा लाग्न युवा जमातलाई आह्वान गरेका छन् ।माओवादी नेतृत्वको सरकारले युवालाई आर्थिक, सामाजिक र राजनीतिक रूपमा सबल बनाउन विशेष प्राथमिकता दिएको उनले शुभकामना सन्देशमा स्मरण गर
काठमाडौँ – नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन रचिएको अपराधसम्बन्धी मुद्दामा साक्षीसँग बकपत्रका लागि पेसी तोकिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा साक्षीको बकपत्रका लागि पेसी तोकिएको हो । साक्षीसँग बकपत्रपछि मुद्दाको अन्तिम सुनुवाइका लागि लैजाने अदालतको तयारी छ । दुई वर्षपछि अदालतले यसको सुनुवाइलाई निरन्तरता दिन लागेको हो ।नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले ठगी, किर्ते, सङ्गठित अपराध र राज्यविरुद्धको अपराधको कसुरमा ३० जनाविरुद्ध १० जेठ २०८० मा मुद्दा दायर गरेको थियो । यो मुद्दामा थुनछेक आदेश भएयता ३
अमेरिका— अमेरिकाको मोन्टाना हवाईअड्डामा अवतरणका क्रममा एउटा सानो विमान त्यहाँ पार्क गरिएको अर्को विमानसँग ठोक्किएको छ । ठक्करका कारण विमानमा भीषण आगलागी हुँदा आकाशमा धुवाँको मुस्लो देखिएको छ ।उद्धार टोलीले तीव्र गतिमा उद्धार कार्य सुरु गरेको छ । विमानमा सवार कोही व्यक्तिलाई गम्भीर चोट नलागेको जानकारी गराइएको छ ।अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए)का अनुसार, सोकाटा टीबीएम ७०० टर्बोप्रोप विमानले जमिनमा खाली रहेको अर्को विमानलाई ठक्कर दिएको थियो ।ठक्करपछि लागेको आगो घाँस भएको क्षेत्रमा फैलियो र कालो धुवाँको मुस्लो उठेको थियो ।मोन्टाना हवाईअड्डा कालिस्पेल हिरको दक्षिणी क्षेत्रमा अवस्थित छ । कालिस्प
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.