काठमाडौं— जुम्ला र कास्कीमा दुई जना मृतावस्थामा फेला परेका छन् । जुम्लाको तिलागुफा नगरपालिका-४ राचुली घर भई हिमा गाउँपालिका–६ जर्जालीस्थित माईती घरमा बस्ने ४१ वर्षीया मनसोभा अधिकारी थापा सोही ठाउँस्थित पातर खोलाको किनारमा सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।
यसैगरी कास्कीको पोखरा महानगरपालिका(२९ पुलचोक पट्टनेरी सेती खोँचमा सोही ठाउँ बस्ने ४७ वर्षीया मिठु राज वंशी सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।