समाचार

    Showing 12,581-12,590 of 26,699 items.
  • सरकारी साक्षीले बयान फेरेपछि निजविरुद्ध पनि भ्रष्टाचार मुद्दा

    काठमाडौँ – भ्रष्टाचार मुद्दा अभियोजन क्रममा अदालतमा पेश गरिएका सरकारी साक्षीले बयान फेरेपछि निजविरुद्ध पनि भ्रष्टाचार मुद्दा लागेको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँकेको कोहलपुर नगरपालिकाका डम्मरबहादुर बुढाथोकीविरुद्ध विशेष अदालतमा कैद सजाय मागसहित भ्रष्टाचार मुद्दा दायर गरेको हो ।बुढाथोकीले नियमानुसार जग्गाको मोठ भिडाउन सहजीकरण गरीदिन भन्दै मिलेमतोमा प्रतिवादीहरू शान्ति पुन (बिचौलिया), खरिदारद्वय रतन बहादुर जि.सी., हरिचन्द्र पाण्डे तथा घनश्याम तिवारीलाई २० हजार रुपैयाँ नगद घुस/रिसवत दिएका थिए ।उक्त भ्रष्टाचार मामिलामा विशेष अदातल, काठमाडौँमा दर्ता भएको मुद्दामा आयोगले बुढाथोकीलाई सरका

    • प्रकाशित मितिः साउन १८, २०८२
    • 594 पटक पढिएको
  • मोटरसाइकलको ठक्करबाट घाइते महिलाको उपचारका क्रममा मृत्यु

    दाङ— मोटरसाइकलको ठक्करबाट घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका–७ की ६५ वर्षीया गौमती रोका शनिबार दिउँसो साढे २ बजे तुलसीपुर–१९ बाँसगडीस्थित कुटिचौरबाट बिजौरीतर्फ जाँदै गरेको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी थिइन्।घटनापछि उनलाई तत्काल राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा उपचारका लागि भर्ना गरिएको थियो। तर, अवस्था गम्भीर भएपछि थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज, कोहलपुर रिफर गरिएको थियो।इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार उपचारका क्रममा आइतबार कोहलपुरमा रोकाको मृत्यु भएको हो। उनको शव पोस्टमार्टमका लागि भेरी अस्पताल, नेपालगञ्ज पठाइएको छ।दुर्घ

    • प्रकाशित मितिः साउन १८, २०८२
    • 627 पटक पढिएको
  • मुख्यमन्त्री लामाले मन्त्रिपरिषद् बैठक बोलाए, आजै राजीनामा दिने तयारी

    मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आज दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्।एक मन्त्रीका अनुसार मुख्यमन्त्री लामाले राजीनामा दिने तयारी गरेका छन्। नेपाली कांग्रेस संसदीय दलको नेतामा पराजित भएपछि उनले पदबाट राजीनामा दिने निर्णय लिएको स्रोतले जनाएको छ।त्यही सन्दर्भमा मन्त्रिपरिषद् बैठक बोलाइएको हो। बैठकमा उनले आफ्नो कार्यकालमा सहयोग गर्ने विभिन्न राजनीतिक दल, कर्मचारी तथा निकायहरूलाई धन्यवाद दिनेछन्।बैठकपछि मुख्यमन्त्री लामाले औपचारिक रूपमा राजीनामा दिने तयारी गरेको ती मन्त्रीले जानकारी दिए।

    • प्रकाशित मितिः साउन १८, २०८२
    • 762 पटक पढिएको
  • धरानमा लागूऔषधसहित दुई जना पक्राउ

    सुनसरी— धरान उपमहानगरपालिका–१५ स्थित क्षेत्रबाट लागूऔषध र नियन्त्रित औषधीसहित दुई जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा धरान–१५ का ३६ वर्षीय हेम बहादुर तामाङ र धनकुटा घर भई धरान–२६ बसोबास गर्दै आएका २८ वर्षीय मिलन थापा रहेका छन्।इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोस्ट बरगाछीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा हिजो साँझ ८ः३० बजे उनीहरूलाई नियन्त्रणमा लिएको हो।प्रहरीका अनुसार तामाङ र थापाको साथबाट लागूऔषध ट्रामोल २,९१० क्याप्सुल र नियन्त्रित औषधि डिकोलिन २,९५० ट्याब्लेट बरामद गरिएको छ।हाल उनीहरूविरुद्ध इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः साउन १८, २०८२
    • 661 पटक पढिएको
  • शनिबार बिदा होइन श्रमको दिन : मनमोहन प्राविधिक विश्वविद्यालयमा नियमित सरसफाई र सौंदर्यीकरण अभियान

    विराटनगर— कोशी प्रदेशको मनमोहन प्राविधिक विश्वविद्यालयले प्रत्येक शनिबार ‘क्लिनिङ’ र ‘ब्युटिफिकेसन’ कार्यक्रम अन्तर्गत सामूहिक श्रमदानमार्फत विश्वविद्यालय सरसफाई र सौंदर्यीकरणको अभ्यासलाई संस्थागत बनाउन थालेको छ।बिदाको दिन भनेर थन्किने परम्परालाई तोड्दै विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक, कर्मचारी र विद्यार्थीहरू हरेक शनिबार बिहान हातमा हँसिया, फरुवा, कुटो, खन्ती र दाँते लिएर तोकिएको स्थानमा पुग्ने गर्छन्। उनीहरू उपकुलपति, रजिष्ट्रार, डिन, परीक्षा नियन्त्रक, विभागीय प्रमुखदेखि सामान्य कर्मचारी र विद्यार्थीहरूसम्म सहभागी हुने सामूहिक श्रमदानमा जुट्छन्।प्रशासन प्रमुख सारदा सुवेदीका अनुसार श्र

    • प्रकाशित मितिः साउन १८, २०८२
    • 933 पटक पढिएको
  • उज्यालो नेपाल अभियानमा सबै नेपाली जोडिन कुलमानको आह्वान

    काठमाडौं –  नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले उज्यालो नेपाल अभियानमा सबै नेपालीलाई जोडिन आह्वान गरेका छन् ।अभियानको क्रममा अमेरिकामा रहेका घिसिङले शुक्रबार अमेरिकाको टेक्सास इर्भिंगमा आयोजित अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन् ।कार्यक्रममा बोल्दै घिसिङले आफुले बाँकी जीवन देशकै सेवामा समर्पित गर्ने बताउँदै डायस्पोराहरुबाट देशले ठूलो आशा गरेको बताए । कार्यक्रममा बोल्दै उनले भने,‘वास्तवमा देश बनाउन तपाइँहरुको ठूलो भूमिका रहेको छ । देशको सम्वृद्धिको लागि, देशमा सुशान कायम गर्न र देशको समग्र विकासको लागि तपाइँहरुबाट ठुलो आशा गरेको छु । आफ्नो आफ्नो क्षे

    • प्रकाशित मितिः साउन १८, २०८२
    • 561 पटक पढिएको
  • ३०० ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ

    झापा— झापाको कन्काई नगरपालिका–३ सुरुङ्गास्थित टेम्पु स्टेन्डबाट ३०० ग्राम लागू औषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्।इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा साउन १६ गते चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सिन्धुली भिमान नगरपालिका–१० का २६ वर्षीय विनोद बि.क. र झापा गाउँपालिका–३ की २४ वर्षीया प्रेमकला महतो रहेका छन्।उनीहरूको साथबाट बरामद गरिएको लागू औषध ब्राउन सुगरसहित थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ।

    • प्रकाशित मितिः साउन १८, २०८२
    • 740 पटक पढिएको
  • दाजुको खुकुरी प्रहारबाट भाइको हत्या

    ताप्लेजुङ—  ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–४ आहालेमा दाजुले खुकुरी प्रहार गरी आफ्नै भाइको हत्या गरेका छन्।२२ वर्षीय मन कुमार बि.क.ले सामान्य विवादका क्रममा २० वर्षीय भाई रोशन बि.क.माथि खुकुरी प्रहार गर्दा रोशनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। घटना साउन १६ गते साँझ करिब ६ बजेको समयमा भएको हो।घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दोभानबाट खटिएको टोलीले मन कुमारलाई खुकुरीसहित नियन्त्रणमा लिएको छ।हाल उनीमाथि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट थप अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको जनाइएको छ।

    • प्रकाशित मितिः साउन १८, २०८२
    • 680 पटक पढिएको
  • रास्वपाको मधेस प्रदेश बैठक बर्दिबासमा

    महोत्तरी— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मधेस प्रदेशस्तरीय पूर्ण बैठक आइतबार महोत्तरीको बर्दिबासमा सम्पन्न भएको छ। बैठकमा पार्टीको जिल्लागत प्रगति विवरण, पदपूर्ति प्रक्रिया, संगठन सबलीकरण अभियान, प्रशिक्षण कार्यक्रम, हस्ताक्षर अभियान, हुलाकी राजमार्गमा प्रस्तावित राजनीतिक यात्रा तथा बारा र सप्तरी जिल्लासम्बन्धी गुनासोहरूमाथि विस्तृत छलफल गरिएको प्रवक्ता तथा सांसद मनिष झाले जानकारी दिए।बैठकमा रास्वपाका कार्यवाहक सभापति तथा सांसद डीपी अर्याल प्रमुख अतिथिको रूपमा सहभागी भएका थिए। त्यस्तै, मधेस प्रदेश इन्चार्ज, प्रवक्ता एवं सांसद मनिष झा, सांसद प्राडा। चन्दा कार्की, केन्द्रीय सदस्य डा। नन

    • प्रकाशित मितिः साउन १८, २०८२
    • 655 पटक पढिएको
  • ललितपुरमा घाँटी थिचेर श्रीमानले गरे श्रीमतीको हत्या, आरोपित पक्राउ

    ललितपुर— ललितपुरको गोदावरी नगरपालिका–१४ ठैबमा एक महिलाको हत्या भएको छ । प्रहरीले हत्या आरोपमा मृतकको श्रीमानलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा ४६ वर्षीय निरज खड्गी रहेका छन् । उनले श्रीमती कमलामाया खड्गीको हत्या गरेकाले पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए ।शनिबार बेलुका दुबै जनाले मदिरा पिएको र त्यसपछि विवाद भएपछि हत्या गरेको पाइएको एसएसपी अधिकारीको भनाइ छ । निरजले कमलाको घाँटी थिचेर हत्या गरेको प्रहरीको भनाइ छ । हत्या भएको जानकारी पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।स्थानीयले नै श्रीमान निरजलाई घेरा हालेर राखेको अवस्थामा प्रहरी पुगेर पक्राउ

    • प्रकाशित मितिः साउन १८, २०८२
    • 762 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.