ताप्लेजुङ— ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–४ आहालेमा दाजुले खुकुरी प्रहार गरी आफ्नै भाइको हत्या गरेका छन्।
२२ वर्षीय मन कुमार बि.क.ले सामान्य विवादका क्रममा २० वर्षीय भाई रोशन बि.क.माथि खुकुरी प्रहार गर्दा रोशनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। घटना साउन १६ गते साँझ करिब ६ बजेको समयमा भएको हो।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दोभानबाट खटिएको टोलीले मन कुमारलाई खुकुरीसहित नियन्त्रणमा लिएको छ।
हाल उनीमाथि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट थप अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको जनाइएको छ।
 
                     
                                        
                                                                                                 
        








 
        





























 
        