झापा— झापाको कन्काई नगरपालिका–३ सुरुङ्गास्थित टेम्पु स्टेन्डबाट ३०० ग्राम लागू औषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा साउन १६ गते चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सिन्धुली भिमान नगरपालिका–१० का २६ वर्षीय विनोद बि.क. र झापा गाउँपालिका–३ की २४ वर्षीया प्रेमकला महतो रहेका छन्।
उनीहरूको साथबाट बरामद गरिएको लागू औषध ब्राउन सुगरसहित थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ।
 
                     
                                        
                                                                                                 
        








 
        





























 
        