काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद समिक्षा बास्कोटाले नागरिकको पीडा र मृत्युका घटनालाई राजनीतिक आरोप–प्रत्यारोपको विषय मात्र नबनाउन आग्रह गरेकी छन् ।मंगलबार बसेको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद बास्कोटाले पछिल्लो समय विभिन्न स्थानमा ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै लोकतन्त्रलाई सत्ता पक्ष र प्रतिपक्षबीचको प्रतिस्पर्धामा मात्र सीमित गर्न नहुने बताइन्।संसद् आउँदै गर्दा एक आमाले दिएको चिरकट्टो सुनाउँदै भनिन्, ‘तन जलेको कुरा मात्र हुन्छन्, मन जलेका कुरा कहाँ भयो र खोईरु तन पछि मात्र जलेको हो हजुर, पहिला जल्ने त मन नै हुन्छ।’बास्कोटाले नागरिकको ज्
काठमाडौं । अभिनेत्री काजल कर्णले चलचित्र (चिरञ्जीवि भवः) को छायांकन सेटमा आफूमाथि दुर्व्यवहार भएको आरोप लगाउँदै चलचित्र कलाकार संघमा उजुरी दिएकी छन्। उनले घटनामा संलग्न व्यक्ति र प्रोडक्सन टिममाथि निष्पक्ष छानबिन गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता सुनिश्चित गर्न माग गरेकी छन्।कलाकार संघका अध्यक्ष उत्तम केसीका अनुसार उजुरी प्राप्त भइसकेको छ र दुवै पक्षलाई छलफलका लागि बोलाइने तयारी भइरहेको छ। आवश्यक परे केही दिन छायांकन रोक्नुपर्ने अवस्था आउन सक्ने उनले बताएका छन्।यता, प्रतिनिधिसभामा पनि घटनाबारे आवाज उठेको छ। कांग्रेस सांसद निनु कुमारी कर्णले छानबिनको माग गरेकी छन्। भने फिल्
काठमाडौं / नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेले संसद् बैठकको मर्यादा उल्लंघन गरेको भन्दै सभामुखको ध्यानाकर्षण गराएको छ ।एमाले सांसद ऐनबहादुर महरले प्रतिनिधिसभा बैठकमा नियमापत्ति जनाउँदै प्रधानमन्त्री र रास्वपा सभापति लामिछानेले प्रतिनिधिसभा नियमावलीको व्यवस्था उल्लंघन गरेको आरोप लगाए । उनले प्रतिनिधिसभा नियमावलीको नियम २० को खण्ड (छ) मा सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न नहुने व्यवस्था रहेको उल्लेख गरे । सांसद महरका अनुसार बैठकमा राप्रपाकी सांसद खुश्बु ओलीले आफ्नो भनाइ राखिरहेका बेला प्रधानमन्त्री शाह र सभा
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद रिमा विश्वकर्माले देशभर आत्मदाह प्रयासका घटना बढ्दै गएकोप्रति गम्भीर चिन्ता व्यक्त गरेकी छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आत्मदाह प्रयासका घटना बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै सरकारले नागरिकको मानसिक स्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताएकी हुन् ।‘देशभर आत्मदाह प्रयासका घटना बढ्दै गएको छ । बढ्दै गएको आत्मादहाको प्रयासका घटनाहरूले नागरीको मानसीक स्वास्थ्यसँगै केही गम्भीर प्रश्न खडा गर्दिएको छ,’ उनले भनिन् । नीति सुधारको नाममा सरकारले हतारमा निर्णय गरिरहेको हो कि भन्ने प्रश्न गर्दै उनले कानुन निर
रौतहट / मिटरब्याज पीडितहरूको समस्या समाधानका लागि सरकारको तर्फबाट पहल कदमी सुरु भएको छ ।जनकपुरबाट काठमाडौँ केन्द्रित आन्दोलनका लागि पैदल यात्रा गरिरहेका पीडितहरूलाई भेट्न र उनीहरूका समस्याबारे प्रत्यक्ष संवाद गर्न गृहमन्त्री सुधन गुरुङ बाराको निजगढ आइपुगेका छन् । बुद्ध एयरको विमानमार्फत सिमरा विमानस्थलमा अवतरण गरेलगत्तै गृहमन्त्री गुरुङ सडक मार्ग हुँदै सोझै निजगढ पुगेका हुन् । निजगढमा शिविर बनाएर बसेका आन्दोलनरत पीडितहरूसँग मन्त्री गुरुङले प्रत्यक्ष छलफल र अन्तक्र्रिया सुरु गरिसकेका छन् । लामो समयदेखि न्यायको खोजीमा सडक संघर्ष गरिरहेका नागरिकलाई राज्यका तर्फबाट अभिभावकत्व दिन मन्त्री
काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले मनसुन सुरु भएसँगै बाढी, पहिरो तथा डुबानजस्ता विपद्जन्य घटनाबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि प्रभावकारी तयारी गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अर्यालले विपद् व्यवस्थापनका लागि पूर्वतयारी, राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन र सुरक्षित सवारी आवागमनको व्यवस्था मिलाउन नेपाल सरकारलाई आग्रह गरेका हुन् ।‘यस वर्षको मनसुन सुरु भइ बाढी, पहिरो तथा डुबान जस्ता विपद्जन्य घटनाहरु बढ्न थालेका छन्,’ उनले भने, ‘यस्ता विपद्जन्य घटनाका कारण हुन सक्ने मानवीय एवं भौतिक क्षति न्यूनीकरणका लागि प्रभावकारी विपद् प
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका पूर्वपदाधिकारीहरूले जेनजी आन्दोलन छानबिनको पूर्ण प्रतिवेदन तत्काल सार्वजनिक गर्न आयोगसँग माग गरेका छन्। संक्षिप्त सारांश मात्रै सार्वजनिक गरेर मूल प्रतिवेदन गोप्य राखिएको भन्दै उनीहरूले आयोगको पारदर्शितामाथि प्रश्न उठाएका हुन्।पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश केदारनाथ उपाध्यायसहित आयोगका पूर्वसदस्य र पूर्वसचिवहरूले आयोगका अध्यक्ष तपबहादुर मगरलाई भेटेर करिब ६ सय पृष्ठको मूल प्रतिवेदन तथा प्रमाण–सहितको विवरण सार्वजनिक गर्न आग्रह गरेका छन्। उनीहरूको भनाइमा आयोगले करिब १० हजार पृष्ठको अनुसन्धान सामग्रीलाई २९ पृष्ठको सारांशमा सीमित गरेको छ, जसले घटनाको वा
सुर्खेत । कर्णाली नदीमा दुर्घटनाग्रस्त भएको फोर्स गाडी र बेपत्ता सहचालकको खोजी १२ दिन बित्दा पनि निष्कर्षमा पुग्न सकेको छैन। नदीको बहाव तीव्र र पानी धमिलो बन्दै गएपछि खोजीमा खटिएका अधिकांश प्राविधिक टोली तथा सुरक्षाकर्मी फिर्ता भएका छन्।असार १८ गते दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित साङ्गेतडामा कर्णाली राजमार्गबाट करिब ४ सय मिटर तल नदीमा खसेको फोर्स गाडीसँगै पाँचमध्ये चार जना बेपत्ता भएका थिए। हालसम्म चालक तुलाराम सुवेदी, मेगे तिरुवा र १८ वर्षीया सिर्जनाको शव विभिन्न स्थानबाट फेला परिसकेको छ। तर गाडी र सहचालक रामप्रसाद सुवेदी अझै भेटिएका छैनन्।प्रमुख जिल्ला अधिकारी आनन्द सारुले निर
काठमाडौं । प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सरकारले जनताका प्रश्नबाट उम्किन नमिल्ने भन्दै प्रधानमन्त्रीलाई तत्काल संसद्मा उपस्थित भएर जवाफ दिन चुनौती दिएका छन्। सरकार गठन भएको सय दिन पूरा भइसकेको उल्लेख गर्दै उनले अब परिणाम देखाउने बेला आएको बताए।प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै दुलालले लोकतन्त्रमा सरकार प्रश्नबाट भाग्ने होइन, संसद्मा उभिएर जवाफ दिने संस्कार हुनुपर्ने बताए। संसद् सरकारलाई नियन्त्रण र सन्तुलन गर्ने सर्वोच्च जनप्रतिनिधि संस्था भएकाले प्रधानमन्त्री स्वयं उपस्थित भएर उठेका सबै प्रश्नको स्पष्ट जवाफ दिनुपर्ने उनको माग थियो।दुलालले सरकारकै तथ
काठमाडौं / भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका एक कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ ।मन्त्रालयले सूचना जारी गर्दै ९० दिन भन्दा बढी कार्यालयमा अनुपस्थित रहेका सह-सचिव पदमा कार्यरत १ कर्मचारीमाथि कानुनी प्रक्रिया अघि बढाएको हो । मन्त्रालयले उनलाई विभिन्न माध्यमबाट सम्पर्क गर्न प्रयास गर्दा पनि सम्पर्कमा नआएको र कुनै जानकारीसमेत प्राप्त नभएको जनाएको छ । उनी २०८२ माघ ११ गतेदेखि कार्यालयमा अनुपस्थित छन् । मन्त्रालयका अनुसार निजामती सेवा ऐन, २०४९ बमोजिम उनलाई सरकारी सेवाबाट हटाउने गरी कारबाही अघि बढाउनुपर्ने अवस्था देखिएका
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.