समाचार

    Showing 12,631-12,640 of 26,699 items.
  • गुण्डागर्दीमा संलग्न (चक्रे मिलन) सहित ४७ जना पक्राउ

    काठमाडौं— काठमाडौंमा गुण्डागर्दीमा संलग्न मिलन गुरुङ (चक्रे मिलन) सहित ४७ जना पक्राउ परेका छन्। उनीहरूलाई महाराजगञ्ज, ठमेल र दरबारमार्गबाट गएराति प्रहरीले पक्राउ गरेको हो। जन्मदिन मनाइरहेका बेला चक्रे मिलनलाई महाराजगञ्जस्थित होटलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूलाई धम्क्याउने, तर्साउने र आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा सोधपुछ गरिरहेको छ। यसै क्रममा घैँटेका सहयोगी ‘सानुभाइ’ पनि ठमेलबाट पक्राउ परेका छन्। हाल प्रहरीको विशेष टोलीले रेष्टुरेन्ट र क्लबहरूमा निगरानी बढाएको छ।

    • प्रकाशित मितिः साउन १६, २०८२
    • 755 पटक पढिएको
  • रुपन्देही–३ मा उपनिर्वाचनका लागि दल दर्ता गर्न आयोगको आह्वान

    काठमाडौं— आगामी कात्तिक १७ गते हुने प्रतिनिधिसभा उपनिर्वाचनका लागि निर्वाचन आयोगले राजनीतिक दलहरूलाई दल दर्ता गर्न आह्वान गरेको छ।आयोगले २०८२ साउन १५ गते एक सूचना जारी गर्दै साउन २१ गतेदेखि २७ गतेभित्र आयोगको केन्द्रीय कार्यालयमा दल दर्ताको निवेदन दिन सकिने जानकारी दिएको हो।निर्वाचन आयोगले यसअघि नै रुपन्देही निर्वाचन क्षेत्र नं. ३ मा उपनिर्वाचनका लागि कार्यतालिका स्वीकृत गरिसकेको छ।कार्यतालिका अनुसार उम्मेदवारको मनोनयन दर्ता असोज २१ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ। सोही दिन साँझ उम्मेदवारको प्रारम्भिक सूची प्रकाशित गरिनेछ।यसपटकको उपनिर्वाचनमा असोज २४ गते

    • प्रकाशित मितिः साउन १६, २०८२
    • 791 पटक पढिएको
  • नेपालका सडकमार्ग : हत्केलामा ज्यान छ, छैन् पूर्वसूचना र सावधानी

    काठमाडौं – बर्षा लागेसँगै देशका अधिकांश राजमार्गहरु यात्राका लागि जोखिमपूर्ण अवस्थामा छन् । पहिरोले अवरुद्ध हुनेमात्र नभइ ठूला ढुंगाहरु खस्ने वा सडक भासिने जोखिम पनि बढ्दो छ । तथापी, जोखिमका बाबजुत लामो वा छोटो दुरीका सार्वजनिक यातायातहरुले सेवा दिइरहेका छन् ।बर्खामा यात्रा गर्दा ज्यान हत्केलामा राखेर हिड्नु परिरहेको अनुभव सवारी चालकहरुले सुनाउने गरेका छन् । जोखिमपूर्ण र कठिन यात्रा गर्ने गरेको चालकहरु बताउँछन् ।  काठमाडौं–सिन्धुपाल्चोक चल्ने अरनिको सुपरएक्प्रेसका चालक अशोक सापकोटा सिन्धुपाल्चोकको टिमुरे रतनपुरसम्म यात्रु लिएर ओहोरदोहोर गर्दा ज्यान जोखिममा मात्र होइन पहिरो पन्साउन बेल्चा

    • प्रकाशित मितिः साउन १६, २०८२
    • 513 पटक पढिएको
  • राजविराजमा लालपूर्जा नपाएको भन्दै ५ हजार बढी पीडित पुनः आन्दोलनमा

    राजविराज—  झण्डै ६५ वर्षदेखि ब्लक र बिटौरी क्षेत्रमा बसोबास गर्दै आएका पाँच हजारभन्दा बढी पीडित परिवारले लालपूर्जा माग गर्दै आन्दोलन चर्काउने भएका छन्।राजविराज नगरवासी पीडित संघर्ष समितिले बिहीबार बृहत् बैठक गरी नगरपालिका र प्रशासनले सहमति कार्यान्वयन नगरेको भन्दै पुनः आन्दोलनको घोषणा गरेको हो। बैठकमा संयोजक इरसाद अन्सारी, वार्ता टोली सदस्य दिपेन्द्र चौधरी, जिल्ला समन्वय समिति प्रमुख शिवनारायण साह, उद्योग वाणिज्य संघ अध्यक्ष लालुप्रसाद अग्रवाललगायतको सहभागिता थियो।यसअघि भएको सहमतिअनुसार १५ दिनभित्र समस्या समाधान गर्ने भनिए पनि कार्यान्वयन हुन नसकेपछि बाध्य भएर आन्दोलनमा जान लागेको संघर्ष

    • प्रकाशित मितिः साउन १६, २०८२
    • 649 पटक पढिएको
  • नेपाल आयल निगमले पेट्रोलको मूल्य घटायो डिजेल, मट्टितेल र हवाई ईन्धनको मूल्य बढायो

    काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ डिजेल, मट्टितेल र हवाई ईन्धनको मूल्य बढाएको छ ।इन्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची प्राप्त भएको भन्दै पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य समायोजन गरिएको निगमले जनाएको छ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ मूल्य घटेको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढेको छ ।हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रति किलो लिटर २१ अमेरिकी डलर बढेको छ पोखरा र भैरहवाका लागि ‘ब्रेक डाउन पोइन्ट’ मा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ । एलपी ग्यासको खुद्रा मूल्य भने यथावत् छ । 

    • प्रकाशित मितिः साउन १६, २०८२
    • 288 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली भइ कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।दिउँसो देशको पहाडी भू-भागमा साधारणतया बदली रही तराई भूभागमा आंशिक बदली रहनेछ। बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागका धेरै स्थानहरूमा तथा तराई भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका केह

    • प्रकाशित मितिः साउन १६, २०८२
    • 395 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ८६ पैसा र बिक्रीदर १४० रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ ।हिजो अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ५८ पैसा र बिक्रीदर १४० रुपैयाँ १८ पैसा रहेको थियो । केही दिन यता अमेरिकी डलरको मूल्य लगातार बढिरहेको छ ।युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६० रुपैयाँ ६८ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ ९९ पैसा र बिक्रीदर १८५ रुपैयाँ ७८ पैसा तोकिएको छ । स्वीस फ्रयांक एकको खरिददर १७२ रुपैयाँ ०६ पैसा र बिक्रीदर १७२ रुपैय

    • प्रकाशित मितिः साउन १६, २०८२
    • 342 पटक पढिएको
  • तीन महिनामा १८ लाख ७६ हजार नेपाली भिडियो हटायो टिकटकले, कारण यस्तो

    काठमाडौं— टिकटकले २०२५ को पहिलो त्रैमासिकको ुकम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्टु रिपोर्ट सार्वजनिक गरेको छ । प्रतिवेदनमा टिकटकले गत जनवरीदेखि मार्चसम्मका रिपोर्ट सार्वजनिक गरेको हो ।टिकटकले कम्युनिटी गाइडलाइन्स उल्लंघन गर्ने सामग्रीहरू पहिचान गरी हटाएको हो । कम्पनीका अनुसार, यसले प्रयोगकर्तालाई सुरक्षित र सकारात्मक अनुभव दिलाउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।सन् २०२५ को पहिलो त्रैमासिकमा नेपालमा मात्र टिकटकले १८ लाख ७६ हजार ५६३ वटा भिडियोहरू हटाएको छ । गाइडलाइन उल्लंघन गर्ने भिडियोहरू स्वचालित प्रविधिले हटाएको थियो ।विश्वव्यापी रूपमा, टिकटकले यो अवधिमा २११ मिलियन भिडियोहरू हटाएको छ, जुन प्लेटफर

    • प्रकाशित मितिः साउन १५, २०८२
    • 684 पटक पढिएको
  • मेयर भट्टराईको जीवनरक्षाका लागि राष्ट्रिय मानवअधिकार आयोगको आग्रह

     काठमाडौं— राष्ट्रिय मानवअधिकार आयोगले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईको जीवन रक्षाका लागि आग्रह गरेको छ।भट्टराई जैविक विविधता र रैथाने संस्कृति संरक्षणमा नीति निर्माणको लागि पहलकदमी गर्न, बाँसको प्रवर्धन गर्न, जलवायु परिवर्तनको असर कम गर्ने कार्य गर्न, गिटी क्रसर उद्योग मापदण्डअनुसार सञ्चालन गर्न, खोटाङलाई बाँसको राजधानी घोषणा गर्न, निर्माण व्यवसायीलाई एउटा काम नसकी अर्को निर्माण कार्य गर्न नदिने व्यवस्था मिलाउन तथा बाँदर तथा अन्य जंगली जनावर नियन्त्रणका लागि नीति बनाउन भन्ने लगायतका माग राखी साउन ११ गतेदेखि माइतीघरमा अनशन बसेका छन्। उनको स्वास्थ्य अवस्

    • प्रकाशित मितिः साउन १५, २०८२
    • 804 पटक पढिएको
  • डडेल्धुराको परशुराममा सुत्केरी महिलाको निधन

    डडेल्धुरा— डडेल्धुराको परशुराम नगरपालिका–७ साँदनीकी २७ वर्षीया भुवनी पाण्डेय (भट्ट) को सुत्केरी पछिको जटिलताका कारण निधन भएको छ।साउन १३ गते साँझ सुत्केरी ब्यथा लागेपछि उनलाई साँदनी स्वास्थ्य चौकी ल्याइएको थियो। उनले साउन १४ गते विहान ७ः१८ बजे तेस्रो सन्तानका रूपमा एक छोरालाई जन्म दिएकी थिइन्। सुत्केरीपछि समयमै सालनाल नआएको र अत्यधिक रक्तश्राव भएपछि उनलाई जोगबुढा अस्पताल रिफर गरिएको थियो।जोगबुढा अस्पतालमा पनि अवस्था जटिल भएपछि थप उपचारका लागि उनलाई धनगढीस्थित सेती प्रादेशिक अस्पताल पठाइएको थियो। आइसीयूमा राखेर उपचार भइरहेको अवस्थामा आज विहान करिब ११ बजे उनको मृत्यु भएको वडा नम्बर ७ का वडाध्यक्ष

    • प्रकाशित मितिः साउन १५, २०८२
    • 606 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.