काठमाडौं— टिकटकले २०२५ को पहिलो त्रैमासिकको ुकम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्टु रिपोर्ट सार्वजनिक गरेको छ । प्रतिवेदनमा टिकटकले गत जनवरीदेखि मार्चसम्मका रिपोर्ट सार्वजनिक गरेको हो ।
टिकटकले कम्युनिटी गाइडलाइन्स उल्लंघन गर्ने सामग्रीहरू पहिचान गरी हटाएको हो । कम्पनीका अनुसार, यसले प्रयोगकर्तालाई सुरक्षित र सकारात्मक अनुभव दिलाउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।
सन् २०२५ को पहिलो त्रैमासिकमा नेपालमा मात्र टिकटकले १८ लाख ७६ हजार ५६३ वटा भिडियोहरू हटाएको छ । गाइडलाइन उल्लंघन गर्ने भिडियोहरू स्वचालित प्रविधिले हटाएको थियो ।
विश्वव्यापी रूपमा, टिकटकले यो अवधिमा २११ मिलियन भिडियोहरू हटाएको छ, जुन प्लेटफर्ममा अपलोड भएको कुल सामग्रीको करिब ०.९ प्रतिशत हो । तीमध्ये १८ करोड ४३ लाख ७८ हजार ९८७ भिडियो अटोमेटेड डिटेक्सन प्रविधि प्रयोग गरेर हटाइएका थिए । ७५ लाख २५ हजार १८४ भिडियो थप समीक्षा गरेपछि पुनःस्थापित गरिएका थिए ।
प्रतिवेदनअनुसार, हटाइएका भिडियोहरूको ३०.१ प्रतिशत सामग्री टिकटकको नीतिसँग मेल नखाने संवेदनशील वा वयस्क विषयवस्तु थिए ।