समाचार

    Showing 1,281-1,290 of 24,498 items.
  • कर्णालीमा कांग्रेसको समीक्षा भेलाको तयारी, केन्द्रीय सभापति थापा सुर्खेत आउने

    सुर्खेत— नेपाली कांग्रेसले कर्णाली प्रदेशमा आयोजना गर्न लागेको प्रदेश स्तरीय भेलाको तयारी पुरा भएको जनाएको छ । भेलालाई सम्बोधन गर्न नेपाली कांग्रेसका सभापति गगनकुमार थापा कर्णाली आउने कार्यक्रम रहेको छ ।शनिबार सुदूरपश्चिमको धनगढीबाट सुरु गरेको प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला सोमबार र मंगलबार सुर्खेतमा आयोजना गर्न लागेको हो ।नेपाली कांग्रेसबाट विजयी जनप्रतिनिधिहरू भेलामा सहभागी हुने नेपाली कांग्रेसले जनाएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नारायण प्रसाद भट्टराईले भेलाको तयारी तीब्र रुपमा भई रहेको जानकारी दिए ।कार्यक्रममा केन्द्रीय सभापति थापासहित उपसभापति विश्वप्रकाश शर्मा,

    • प्रकाशित मितिः वैशाख २७, २०८३
    • 394 पटक पढिएको
  • यौन हिंसा र बाल अपराधसम्बन्धी कानुन संशोधनको तयारी, अध्ययन कार्यदलको प्रतिवेदन पेस

    काठमाडौं— जबरजस्ती करणी, जबरजस्ती करणीपछिको हत्या, यौनजन्य हिंसा तथा बालबालिकासम्बन्धी जघन्य अपराधमा संलग्न दोषीलाई कडा सजाय सुनिश्चित गर्न तथा पीडितलाई छिटो न्याय दिलाउने उद्देश्यले गठित अध्ययन कार्यदलले सरकारलाई प्रतिवेदन बुझाए छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले गठित अध्ययन कार्यदलले सरकारलाई प्रतिवेदन बुझाएको जानकारी दिएकी छन् ।उनका अनुसार कार्यदलले अपराध संहिता लगायतका कानुनहरूमा देखिएका अवरोधहरू पहिचान गरी सम्बद्ध कानुनमा संशोधन कार्य अघि बढाउने उद्देश्यले गठन गरिएको अध्ययन कार्यदलले मिहिन रूपमा अध्ययन गरी प्रतिवेदन पेस गरेको हो । मन्त्री गौतमले उक्त प्रतिव

    • प्रकाशित मितिः वैशाख २७, २०८३
    • 405 पटक पढिएको
  • जनतालाई घरबार विहीन बनाउने पक्षमा हामी छैनौँः अध्यक्ष हर्क साम्पाङ

    हेटौँडा— श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष एवम् सुनसरी क्षेत्र नम्बर–१ का प्रतिनिधि सभा सदस्य हर्कराज राई (साम्पाङ) ले जनतालाई घरबार विहीन नबनाउने पक्षमा सदैव आफू रहेको बताएका छन् । नेपालमा भएको अव्यवस्थित वसोवासी, सुकुम्बासीको समस्यालाई समाधान गर्नुपर्छ भन्ने पक्षमा आफू सधैँ लागेको उनले स्पष्ट पारेका छन् ।शनिबार चितवन जाने क्रममा हेटौँडामा आइपुगेका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले मकवानपुरका हेटौँडा–११, स्थित थानाभ¥याङका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित वसोबासीका मानिसका सामुदायहरुसँग भएको छोटो छलफल कार्यक्रमलाई सम्बोधन गर्दै सुकुम्बासी र अव्यवस्थित रूपमा बसोबास गर्दै आएका मानिसको समस्

    • प्रकाशित मितिः वैशाख २७, २०८३
    • 366 पटक पढिएको
  • शिक्षा र खेलकुद उच्च प्राथमिकतामा छः मेयर आचार्य

    कोहलपुर— कोहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद आचार्यले शिक्षा र खेलकुदलाई उच्च प्राथमिकतामा राखेर आफूले काम गरिरहेको बताएका छन् ।शनिबार कोहलपुरमा आयोजित ‘स्कुल टु ओलम्पिक’ कार्यक्रमलाई सम्बोधन गर्दै मेयर आचार्यले आगामी वर्षदेखि ‘स्कुल टु ओलम्पिक’ कार्यक्रम हरेक स्कुलमा पुग्ने वातावरण बनाउन आफूले सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गरे ।‘प्रस्तावना दिनुहोस्, हरेक स्कुले विद्यार्थीमाझ ओलम्पियनका अनुभव साटासाट गर्ने वातावरण तयार गर्न आवश्यक बजेटसहित कार्यक्रम बनाउँछौँ,’ नेपाल एपीएफ स्कुलको हलमा आयोजित कार्यक्रममा प्रमुख आचार्यले भने, ‘विद्यार्थीलाई खेलकुदसँग जोड्ने हरेक खेललाई सम्बोधन गर्न तयार छ

    • प्रकाशित मितिः वैशाख २७, २०८३
    • 405 पटक पढिएको
  • रामेछापमा आयुर्वेदिक उपचार शिविरको निरन्तरताः दुई सयले लिए निःशुल्क सेवा

    रामेछाप— आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले जिल्लामा आयुर्वेदिक स्वास्थ्य शिविरलाई निरन्तरता दिइरहेको छ ।लिखु तामाकोशी गाउँपालिकाको धोबी स्वास्थ्य चौकीमा एक दिने आयुर्वेदिक स्वास्थ्य उपचार शिविर सम्पन्न भएको छ ।चिकित्सालयको आयोजना तथा लिखु तामाकोशी गाउँपालिका र स्वास्थ्य चौकी धोबीको सहकार्यमा भएको शिविरमा दुई सयले स्वास्थ्य परीक्षण गराएका थिए ।शिविरमा डा. सविता भण्डारीको नेतृत्वमा गएको चिकित्सक सहितको स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य सेवा प्रदान गरेको थियो । सो शिविरमा डा. उत्तम गैरे, डा. अरुण टेर्रा लगायतका स्वास्थ्यकर्मीहरुले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए । सो कार्यमा स्

    • प्रकाशित मितिः वैशाख २७, २०८३
    • 391 पटक पढिएको
  • धनुषामा बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते

    धनुषा। पूर्व–पश्चिम सडकखण्डअन्तर्गत जिल्लाको मिथिला नगरपालिका–०९ फुटबल ग्राउण्ड नजिक आज बिहान बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।काठमाडौँबाट विराटनगरतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको बस अर्को बसलाई उछिन्ने क्रममा अनियन्त्रित भई सडकमै पल्टिएको प्रहरीले जनाएको छ ।इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार बसमा ३३ यात्रु रहेकामा चालकसहित १७ जना घाइते भएका हुन् । घाइतेहरूको लालगढस्थित मोडल अस्पतालमा उपचार भइरहेको छ ।

    • प्रकाशित मितिः वैशाख २७, २०८३
    • 110 पटक पढिएको
  • लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ

    काठमाडौं— लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ परेका छन् ।टोखा नगरपालिका—३ ढलमलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १५८ ट्याब्लेट सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टोखा नगरपालिका—३ भत्केको पुल बस्ने नुवाकोट घर भएका २६ वर्षीय बिजय तामाङ र २६ वर्षीया अञ्जना पाठक रहेका छन् । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।सुनसरी, धरान उपमहानगरपालिका—९ बगैचा लाईनस्थित रत्न होटलबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३६ ग्राम ९१० मिलिग्रामसहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौ

    • प्रकाशित मितिः वैशाख २७, २०८३
    • 377 पटक पढिएको
  • रास्वपा केन्द्रीय सचिवालयको बैठक बस्दै

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालयको बैठक बस्दै छ ।बैठक आज साँझ ६ बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय, घन्टीघरमा बस्ने भएको हो ।बैठकमा भेला, अधिवेशन विशेष तालिका, आयोग, विभाग पदाधिकारी मनोनयन र जिल्ला समिति विघटनका विषयमा छलफल हुने कार्यसूची रहेको छ ।यस्तै, अनुशासनात्मक कारबाही सम्बन्धमा, केन्द्रीय समिति बैठक तथा अन्य विविधमा छलफल हुने छ ।

    • प्रकाशित मितिः वैशाख २७, २०८३
    • 353 पटक पढिएको
  • बजेटका लागि सुझाव संकलन पोर्टल सञ्चालनमा

    काठमाडौं— प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्ने प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा ल्याएको छ ।सोमबार सार्वजनिक हुने नीति तथा कार्यक्रममा जनताका वास्तविक आवश्यकता र मौलिक अपेक्षाहरूलाई समेट्दै शासन व्यवस्थालाई थप पारदर्शी र जनमुखी बनाउने उद्देश्यले यो डिजिटल प्लेटफर्मको सुरुवात गरिएको हो ।यस पोर्टलका माध्यमबाट देश—विदेशमा रहेका सम्पूर्ण नेपाली नागरिक, विषयविज्ञ र नीति निर्माताहरूले बजेट निर्माण र विकासका प्राथमिकताका सम्बन्धमा आफ्ना महत्वपूर्ण राय—सुझावहरू सिधै सरकारसमक्ष पेश

    • प्रकाशित मितिः वैशाख २७, २०८३
    • 359 पटक पढिएको
  • आइपीएलः गुजरातद्वारा राजस्थान पराजित

    काठमाडौं— इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्सले जित हात पारेको छ । गएराति भएको खेलमा गुजरातले राजस्थान रोयल्सलाई ७७ रनले पराजित गरेको हो ।गुजरातका लागि शुभमन गिलले ८४ रन बनाए । साई सुदर्शनले ५५ रन बनाए । यस्तै, वासिङ्टन सुन्दरले ३७ रन बनाए । गुजरातका राशिद खानले सबैभन्दा बढी ४ विकेट लिए । यस्तै, जेसन होल्डरले ३ तथा कागिसो रबाडाले २ विकेट लिए ।गुजरातले दिएको २३० रनको लक्ष्य पछ्याएको राजस्थान १६ ओभर ३ बलमा अलआउट हुँदै १५२ रन मात्र बनायो ।राजस्थानका लागि रविन्द्र जडेजाले सर्वाधिक ३८ रन बनाए । यस्तै, वैभव सूर्यवंशीले ३६, ध्रुव जुरेलले २४, दसुन शनकले १६ तथा शुभम् दुवेले १५ रन जोडे ।यो जि

    • प्रकाशित मितिः वैशाख २७, २०८३
    • 389 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.