एजेन्सी । बलिउड अभिनेत्री शिल्पा शेट्टी उमेरले ५० पुगेपनि फिटनेस आइकनका रुपमा दरिएकी छिन् । हालै मुम्बईको खार क्षेत्रमा देखिएकी उनी सुन्दर र आकर्षक देखिएकी थिइन् ।आकर्षक फेसन सेन्सका लागि परिचित शिल्पा क्याजुअल तर स्टाइलिश लुकमा देखिएकी थिइन् । स्वास्थ्य र स्वस्थ जीवनमा आफ्नो ध्यान केन्द्रित गरेर लाखौंलाई प्रेरित गरिरहेकी शिल्पाले ढल्किदो उमेरमा पनि धेरैको ध्यान तानिरहेकी छिन् । उनको सरल व्यवहार र मैत्रीपूर्ण हावभावले दर्शकहरू लोभिने गरेका छन् । फिल्म प्रमोशन, फिटनेस कार्यक्रम र टेलिभिजन शोहरुमा व्यस्त उनी शारीरिक रुपमा फिट देखिन्छिन् । व्यावसायिक क्षेत्रमा, शिल्पाले आफ्नो फिल्म र उद
काठमाडौं— उर्जामन्त्री तथा नेपाल विद्युत प्राधिकरणका पूर्व प्रमुख कुलमान घिसिङले बक्यौता असुलीको विषयमा आफ्नो अडान फेरि पुष्टि गर्दै सबै उद्योग–व्यवसायीहरूलाई नियम अनुसार बक्यौता बुझाउन आग्रह गरेका छन् ।घिसिङले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै लोडसेडिङका कारण देश अन्धकारमा डुबेको समयमा केही ठूला उद्योगहरूले डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् आपूर्ति पाएका थिए । तर प्रिमियम महसुल बुझाउन अहिलेसम्म चुकाएका मानेका छैनन् । नियमित बिल तिरे पनि प्रिमियम महसुल नतिर्नेलाई ध्यानमा राख्दै प्राधिकरणले कानुन अनुसार लाइन काट्न बाध्य भएको हो उनले उल्लेख गरेका छन् ।उनले लेखेका छन,“यो निर्णय नयाँ होइन । विगत
काठमाडौं— नेपाल धितोपत्र बोर्ड (सेबोन) मा कर्मचारीहरूको आन्दोलन ४० दिनभन्दा बढी समयदेखि निरन्तर जारी रहेसँगै पूँजीबजार नियामक निकाय नै अक्षम बन्ने अवस्था देखिएको छ । आन्दोलन उग्र बन्दै गर्दा सेबोनमा नेतृत्व विवाद झनै चर्किएको छ ।अर्थ मन्त्रालयको निर्देशनविरुद्ध आन्दोलित कर्मचारीहरूले आइतबारदेखि बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठसहित सञ्चालकहरूलाई कार्यालय प्रवेशमा रोक लगाउने चेतावनी दिएपछि तनाव थपिएको हो ।गत असोज २ गते अर्थ मन्त्रालयले सेबोनको कर्मचारी कल्याण तथा सुरक्षा कोष अवैध रहेको निष्कर्ष निकाल्दै कोष खारेज गर्न र वितरण भएको रकम असुल्न निर्देशन दिएको थियो । सो निर्देशन सार्वजनिक भएपछि नै
काठमाडौं— नेकपा माओवादी केन्द्रले महाधिवेशन आयोजक समितिको सचिवालय बैठक बोलाएको छ ।शनिबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरि बैठक बोलाइएको हो ।बैठकमा नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी लगायत पार्टीसँग, एकता, पदीय व्यवस्थापन, मोडिलाटी लगायत विषयमा छलफल हुने भनिएको छ । शुक्रबार सम्पन्न एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकले माओवादीसँग एकता गर्ने निर्णय गरेको थियो ।
बाजुरा— भौगोलिक विकटता र गुणस्तरीय स्वास्थ्य संस्थाको अभावमा बाजुराका आमाहरुले बाटोमै बच्चा जन्माउने क्रम जिवित छ । आवश्यक स्वास्थ्य संस्था, भौगोलिक विकटता, प्रसूति स्वास्थ्य शिक्षा र उचित परामर्श नहुँदा यहाँका आमाहरु बाटोमै बच्चा जन्माउन बाध्य छन् ।हरेक बर्ष बाजुराका आमाहरुले बाटोमै बच्चा जन्माउने गरेको समाचार आउँने गरेका छन् । घरपरिवारको स्वास्थ्य हेरचाह, असुरक्षित खानपान, भौगोलिक विकटता र गुणस्तरीय स्वास्थ्य संस्थाको अभाव नै यहाँका आमाहरुको प्रमुख बाधक समस्या हो । बाजुरामा ४ वर्षको तथ्यांक मात्रै केलाउँदा दर्जनौ बढि आमाहरुको मुत्यु भएको छ भने कयौं आमाहरुले बाटोमै बच्चालाई जन्म दिएकी छन
काठमाण्डौ । अविरल रुपमा परिरहेको पानीका कारण मौसम बिग्रीएपछी तीन विमानस्थल तत्कालका लागि बन्द भएका छन् ।प्रतिकूल मौसमका कारण भिजिविलिटी कम भएपछि भरतपुर, सुर्खेत र तुम्लिङटार विमानस्थलमा शनिबारको उडान स्थगित गरिएको छ । बाक्लो बादलले हिमाल ढाकिएपछि माउन्टेन फ्लाइटहरू समेत रद्द भएका छन् । आज पनि नेपालमा पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतयादेखि अधिकांश बदली भएको छ भने बाँकी प्रदेशमा आंशिक बदली छ भएको छ । बागमती प्रदेशका केही स्थानहरूमा तथा कोशी, मधेश, र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइर
झापा । झापा शिवसताक्षी – १० का सरोज शर्माको शव हुलाकी सडक अन्तर्गत विरिङ पुलमुनी फेला परेको छ । उनको शव पुरिएको अवस्थामा आज विहान फेला परेको हो ।झापा गाउँपालिका- ५ हुलाकी राजमार्ग अन्तर्गत बिरिङ खोलाको पुलमुनि भेटिएको सब शिवशताक्षी- १० माईधारका ३३ वर्षीय सरोज शर्माको भएको परिवारका सदस्यले पुष्टि गरेको वडा सदस्य दीपक पोखरेलले बताएका छन। झापाको बिरिङ खोलामा स्थानीयले शंकास्पद अवस्थामा गाडिएको मानवीय शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा प्रहरी टोली पुगेर शव उत्खनन गरी अनुसन्धान सुरु गरेको छ। झापाको मेचीनगर–१३ चारआली भद्रपुर सडकखण्डअन्तर्गत पर्ने हातेमालो सामुदायिक वनभित्र आगजन
काठमाण्डौ । सिन्धुलीको तीनपाटन गाउँपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।तीनपाटन गाउँपालिका–५ लङ्गुरखोलामा माछा मार्ने क्रममा करेन्ट लाग्दा २० वर्षीय धनबहादुर लामिछानेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।स्थानीयका अनुसार करेन्ट लागेर गम्भीर घाइते भएका लामिछानेलाई लङ्गुरखोला आधारभूत स्वास्थ्य केन्द्रतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
काठमाण्डौ । कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी । सानातन धर्मावलम्बी शनिबार तुलसीको विवाह गरी मनाउँदै छन् ।सनातन समाजमा आषाढ शुक्ल एकादशीमा आँगनमा तुलसी रोप्ने र चार महिनासम्म पूजा गर्ने परम्परा छ । यो अवधिलाई चतुर्मास भनिन्छ। चतुर्मासभर ‘विष्णुप्रिया’को रूपमा पूजा गरेर तुलसीलाई हरिबोधिनी एकादशीमा भगवान् विष्णुसँग विवाह गरिदिने परम्परा छ। एकादशीका दिन उपवास बसी नारायणको आराधना गरी र भोलिपल्ट द्वादशीमा हवन गरी विसर्जन गरिन्छ ।आषाढ शुक्ल एकादशीको दिन क्षीरसागरमा सुतेका भगवान् विष्णु यो दिन उठ्ने पौराणिक मान्यता छ। त्यसैले यो दिनलाई हरिबोधिनी एकादशी भनिएको पुराणमा उल्लेख छ। विष्णुको अर्
काठमाण्डौ । नेपाल आयल निगमले शुक्रबार इन्धनको नयाँ मूल्य सूची सार्वजनिक गरेको छ । जसमा डिजेल र मट्टितेलको मूल्य घटाएको छ भने हवाई इन्धनको मूल्य बढाएको हो । पेट्रोलको मूल्य भने यथावत् राखिएको छ।निगम सञ्चालक समितिको निर्णयअनुसार, डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १ रुपैयाँले कमी गरिएको हो । नयाँ मूल्य शनिबार राति १२ बजेदेखि लागू हुनेछ।हवाई इन्धन (आन्तरिक) तर्फ प्रतिलिटर १ रुपैयाँले वृद्धि गरिएको छ। अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग हुने हवाई इन्धन (अन्तर्राष्ट्रिय) तर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर ७ अमेरिकी डलरले मूल्य वृद्धि गरिएको निगमले जनाएको छ।
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.