समाचार

    Showing 12,941-12,950 of 26,699 items.
  • विद्युत प्राधिकरणले निजी क्षेत्रसँगको साझेदारीमा ४ ठुला प्रसारण लाईन निर्माण गर्ने

    काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक÷निजी साझेदारी (पीपीपी) मोडलमा ४ वटा ठुला विद्युत् प्रसारण लाइन निर्माण गर्ने भएको छ ।प्राधिकरणले प्रसारण लाइन निर्माणका लागि आईतबार सुचना जारी गर्दै निजी फर्म तथा कम्पनीहरूसँग आशयपत्र (इओआई) मागेको छ ।प्राधिकरणले ११८ किलोमीटरको तिङ्ला–दूधकोशी–ढल्केबर ४०० केभी, ९४ किलोमीटरको अरुण हब (शीतलपाटी)–इनरुवा ४०० केभी, ८० किलोमीटरको न्यू खिम्ती–ढल्केबर ४०० केभी र ३० किलोमीटरको लप्सीफेदी–तीनपिप्ले २२० केभी प्रसारण लाइन निर्माण गर्न आशयपत्र आह्वान गरेको हो ।आशयपत्र पेश गर्ने फर्म तथा कम्पनीको आयोजना सञ्चालन गर्न आवश्यक वार्षिक आम्दानी (एनुअल रिक्वायर्ड रेभिन

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 409 पटक पढिएको
  • अरुण तेस्रोमा कार्यरत मजदुरको करेन्ट लागेर मृत्यु

    सङ्खुवासभा— सङ्खुवासभामा निमार्णाधीन नौ सय मेगावाट क्षमताको अरुणतेस्रो जलविद्युत् आयोजनामा कार्यरत एक मजदुरको आज करेन्ट लागेर मृत्यु भएको छ ।चिचिलागाउँपालिका–३ स्थित अरुणतेस्रो परियोजनाको अडिट थ्रीस्थित सोलाखानीको सुरुङभित्र करेन्ट लागेर कैलालीको घोडाघोडी नगरपालिका–२ का ४० वर्षीय करणधर पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए । करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो ।अरुण आयोजनामा नेपाली र भारतीयसहित तीन हजारभन्दा बढी मजदुर कार्यरत छन् ।

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 548 पटक पढिएको
  • पातारासी गाउँपालिकामा करार शिक्षकले लगाए ताल्चा

    मुगु – जुम्लाको पातारासी गाउँपालिकामा करार शिक्षकले तालबन्दी गरेका छन् । पालिकामा रहेका करार शिक्षकहरुको जागिर सुनिश्चत गर्न माग गर्दै उनले पालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् ।गाउँपालिकाले गत असार ३२ गते कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ को दफा १४ (१) बमोजिम कुर्नैपनि व्यक्तिलाई ज्यालादारी वा करार नियूक्ति गर्न नपाईने र स्थानीय सेवा– गठन तथा संचालन नियमावली २०८१ को नियम ११ (१) अनुसार पद नभई करार कर्मचारी नियूक्त गर्न नहुने, प्रदेश र संघबाट बजेट सुनिश्चितता भएका करार कर्मचारी वाहेकका कर्मचारीले २०८२ साउन १ गतेबाट हाजिर नगर्न नगराउन सूचना अनुसार हाजिर हुन नपाएका शिक्षक

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 773 पटक पढिएको
  • युवकलाई छुरा प्रहार गरी हत्या गर्ने युवती पक्राउ

    धनुषा – धनुषा प्रहरीले एक जना युवकको छुरा प्रहार गरी हत्या गरेको आरोपमा एक युवतीलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा महोत्तरीको बनौटा घर भइ हाल जनकपुरधाम उपमहानगरपालिका  ०४ बस्दै आएकी २१ वर्षीया जुली झा रहेकी छन् ।पक्राउ परेकी झाले महोत्तरीको महोत्तरी गाउँपालिका १ पर्साका ३२ वर्षिय बिमलेश यादवलाई छुरा प्रहार गरी हत्या गरेको प्रहरीको आरोप छ । उनीहरुबीच लामो समयदेखि चिनजान र आर्थिक लेनदेन समेत रहेको पाइएको छ ।गत शनिबार राति करिब १० बजे जनकपुरधाम उपमहानगरपालिका २३ स्थित रहेको एस पी एण्ड गेस्ट हाउसको कोठा नं. १०२ मा अभियुक्त झा र मृतक यादव बसेका थिए ।सोही राती करिब ३ बजे मृतक यादव नग्न अवस्थामा

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 405 पटक पढिएको
  • लुकाईछिपाई राखिएको ३८८ किलो ७३० ग्राम गाँजासहित महिला पक्राउ

    सप्तरी— सप्तरीको राजगढ गाउँपालिका–३ नर्घोस्थित रामकेवल मण्डलको घरबाट ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरिएको छ। मण्डलको घरमा लुकाईछिपाई राखिएको ३८८ किलो ७३० ग्राम गाँजा बरामद गरेको हो।सशस्त्र प्रहरी बल र इलाका प्रहरी कार्यालय कल्याणपुरको टोलीले लुकाईछिपाई राखिएको ३८८ किलो ७३० ग्राम गाँजा बरामद गरेको हो।सशस्त्र प्रहरी बल र जनपद प्रहरीको टोलीले मण्डलको घर खानतलासी गर्दा निर्माणाधीन शौचालयबाट दुई बोरा, गाईगोठबाट एक बोरा र घरनजिकको बाँसको झ्याङबाट नौ बोरा गाँजा बरामद गरेको हो।प्रहरीले घटनास्थलबाट ४१ वर्षीया रेखाकुमारी मण्डललाई नियन्त्रणमा लिई थप अनुसन्धान अडागी बढाएको जिल्ला प्रहरी कार्यालयले जना

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 542 पटक पढिएको
  • अख्तियारले बोलायो घुसकाण्डमा जोडिएका पूर्वमन्त्री गुप्तालाई

    काठमाडौं— घुसकाण्डमा जोडिएर राजीनामा दिएका  निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झिकाएको छ । ७८ लाख रूपैयाँ घुसकाण्डको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा गुप्ताले राजीनामा दिएका थिए । अख्तियारले गुप्तालाई ‘भ्वाइस टेस्ट’ का लागि मंगलबार हाजिर हुन भनेको हो ।घुस लेनदेन गरेको अडियोसहित परेको उजुरी परेपछि अख्तियारले छानबिन थालेको थियो। घुसको अडियो प्रकरण छानबिनका लागि अख्तियारले ‘भ्वाइस टेस्ट’ गर्न गुप्तालाई मंगलबार हाजिर हुन भनेको हो । अख्तियारका एक सदस्यले गुप्ता मंगलबार हाजिर भएर भ्वाइस टेस

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 527 पटक पढिएको
  • पोखरामा कोरोना संक्रमणबाट ७४ वर्षीया महिलाको मृत्यु

    काठमाडौँ — पोखरामा कोरोना भाइरस संक्रमणबाट ७४ वर्षीया एक महिलाको मृत्यु भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक खीमबहादुर खड्काले मृत्युको पुष्टि गरेका छन्।खड्काका अनुसार ती महिला आठ दिनअघि कोरोना पोजिटिभ देखिएपछि उपचारका लागि अस्पतालमा भर्ना भएकी थिइन्। “उनी चरक अस्पतालमा उपचाररत थिइन्। उच्च रक्तचाप र मधुमेहसमेत भएको थाहा भएको छ,” खड्काले जानकारी दिए।उनका अनुसार कोरोना संक्रमणसँगै अन्य स्वास्थ्य समस्या पनि देखिएकाले मृत्युको कारणमा विविधता हुन सक्ने भए पनि कोरोना पुष्टि भएको हो। स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकी प्रदेशमा हाल कोरोना संक्रमण दर फेरि बढ्न थालेको छ।

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 548 पटक पढिएको
  • ग्रिस पठाउने भन्दै २४ लाख ठगी गर्ने सुदीप सापकोटा पक्राउ

    काठमाडौं — वैदेशिक रोजगारीको लागि ग्रिस पठाइदिने भन्दै २४ लाख रुपैयाँ ठगी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति धादिङको नेत्रावती गाउँपालिका–५ स्थायी ठेगाना भइ हाल भक्तपुरको मध्यपुर ठिमीमा बसोबास गर्दै आएका २९ वर्षीय सुदीप सापकोटा हुन्।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले साउन ३ गते उनलाई काठमाडौं महानगरपालिका–१५ बाट पक्राउ गरेको हो। पीडितको उजुरीका आधारमा सापकोटाले आकर्षक तलबको प्रलोभन देखाएर ग्रिस पठाउने बहानामा ठगी गरेको खुलेको छ। उनलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 390 पटक पढिएको
  • धादिङ र कैलालीबाट जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

    काठमाडौं— १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धादिङको निलकण्ठ नगरपालिका–३ बस्ने १९ वर्षीय अमृत जंग मल्ल समेत २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।उनीहरूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी धादिङबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । साथै घटनामा संलग्न हाल फरार १ जनाको प्रहरीले खोजी गरिरहेको छ ।त्यस्तै १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कैलालीको टीकापुर नगरपालिका४ मौरनिया बस्ने ५० वर्षीय रामकृष्ण चौधरीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । चौधरीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी का

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 588 पटक पढिएको
  • गौशालामा राजस्व संकलनको विषयमा दोहोरो झडप, १५ जना घाइते, साढे ७ लाख लुटिएको आरोप

    धनुषा — महोत्तरीको गौशाला बजारमा गोरु तथा खसी बजारको राजस्व संकलनको विषयमा दुई पक्षबीच दोहोरो झडप हुँदा झन्डै १५ जना घाइते भएका छन्। झडप निगौल गाई गौशाला र गौशाला नगरपालिका बीच ठेक्का तथा राजस्व संकलनको अधिकारलाई लिएर भएको हो।इलाका प्रहरी कार्यालय गौशालाका अनुसार निगौल गाई गौशालातर्फबाट राजस्व संकलन गरिरहेका विपिन साहको टोली र गौशाला नगरपालिका–२ का वडाध्यक्ष श्याम मण्डलको टोलीबीच झडप भएको हो। भिडन्तमा वडाध्यक्ष मण्डलसहित सचिन महतो, सुरेन्द्र महतो र जसपा नेपाल पार्टीका नगर संयोजक कुमारकान्त झा घाइते भएका छन्। मण्डलको कानमा गहिरो चोट लागेको बताइएको छ।त्यस्तै विपिन साह र सुनिल साहको टाउकोमा गम्भी

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 660 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.